Saturday, August 30, 2014

जीवित देवी कुमारीको तस्वीर कथा

नेपालको कुमारी को कथा (online khabar र कान्तिपुर बाट )

जीवित देवीको तस्वीर कथा, जसको पाउले भुइँ छोएको हुँदैन -

 See more at: http://www.onlinekhabar.com/2014/06/209496/#sthash.nVMJQijL.dpuf
From onlinekhabar



Kumari

विश्वका अधिकांश समुदायमा देवी एक अध्यात्मिक संसारको प्रतिक हो । तर, नेपालमा देवीहरु बाँचिरहेका छन् । उनीहरुलाई जीवित देवी कुमारीको रूपमा पुजिन्छ । यो भूमिकाका लागि उनीहरु कठोर ३२ चरण पार गर्नु पर्ने हुन्छ ।तर, उनीहरुलाई नाम र सम्मान मात्र दिइँदैन, उनीहरुको जीवन नै परिर्वतन हुन्छ । उनीहरु आफूले चाहेको बेला घरबाहिर निस्कन र हिडडुल गर्न पाउँदैनन् । चाडपर्वहरुमा मात्र उनीहरु जिवित देवी कुमारीका रुपमा उपस्थित हुन्छन् ।यसरी जाँदा पनि उनीहरुको पाउले भुई छाएको हुँदैन । रथमा राखेर यात्रा गराइन्छ वा बोकिन्छ ।

Kumari-1

तर, जब उनीहरु यौवन अवस्थामा पुग्छन्, फेरि सबै परिर्वतन हुन्छ । रजश्वाला भएपछि उनीहरुलाई १२ दिने गुफामा राखिन्छ र उनीहरुको कुमारी जीवन अन्त्य भएर समान्य जीवन सुरु हुन्छ ।

Kumari Samita Bajracharya looks outside her window room at the Kumari Ghar residence in Patan, Nepal, 03 October 2012. After becoming a Kumari, Samita was restricted of going out from her residence appearing outside only during different jatras for nine times a year as a guest and banning her to go to school

कुमारी भएपछि समिता बज्राचार्य । उनीहरुलाई घर बाहिर जान दिइँदैन । कुमारीलाई पर्वहरुमा हुने पूजाहरुमा मात्र जिवित देवीको रुपमा लैजाने गरिन्छ । 

Kumari Samita Bajracharya sits on the traditional throne of Kumari as participants of Matya fesival pass on at Ratnakar Mahavihar in Patan, Nepal, 04 August 2012

उनीलाई स्कुल जान रोक लगाइएको हुन्छ भने समाजमा दिनदिनै हुने कामकारबाहीबाट पनि अलग गरिएको हुन्छ । आवश्यक पठन पाठनको व्यवस्था छुट्टै मिलाइन्छ ।

Kumari Samita Bajracharya receives a private class from a teacher of St. Xavior School at her home in Patan, Nepal, 31 March 2011. St. Xavier School provides a full scholarship to educate the Living goddess Kumari sending a teacher to their home
  • कुमारी भएपछि समिता बज्राचार्य स्कुल जान पाइनन् । उनलाई अध्ययनका लागि छुट्टै व्यवस्था गरिएको थियो । उनलाई पढाउन सेन्ट भेभियरबाट एक शिक्षकलाई घरमै बोलाइएको थियो ।
Purna Shova Bajracharya (R), mother of Kumari Samita Bajracharya (C), putting on makeup on her daughter's face for a festival procession at Kumari Ghar in Patan, Nepal
  • चाडपर्वमा जिवित कुमारीका रुपमा उपस्थित हुने बेला समितालार्इ परम्परागत श्रृगार लगाइदिँदै ।
Kumari Samita Bajracharya (R) sharing a light moment with her mother Purna Shova Bajracharya

Purna Shova Bajracharya (2-L), mother of Kumari Samita Bajracharya (2-R), as she carries her daughter to a festival procession in Patan, Nepal
  • जीवित कुमारीको रुपमा मन्दिरमा बोकेर लैजाँदै परिवारका सदस्य । कुमारी भएको अवधीमा उनीहरुले भुइँमा टेकको हुँदैन । रथमा यात्रापछि यसरी नै बोकेर लैजाने प्रचलन छ । 
Kumari Samita Bajracharya (C) plays with her friends at Kumari Ghar in Patan City, Nepa
  • कुमारी जीवन अन्त्य भएपछि स्कुलका साथीहरुसँग खेल्दै समिता ।
Mother Purna Shova Bajracharya (R) and nephew sister of Samita Bajracharya (C) hold her as she is brought outside with her face covered with a cloth and wearing a traditional wedding dress to worship the Sun during a 'Gufa' ceremony at Ratnakar Mahavihar in Patan, Nepal
  •  गुफा राखेको समयमा समितालाई समारोहमा ल्याउँदै उनकी आमा पूर्णासोभा । गुफा बसेको समयमा उनीहरुले घाम देख्नु हुँदैन भन्ने मान्यता रहकाले अनुहार छोपिएको छ ।
Kumari Samita Bajracharya (2-L) sits with his father Kul Ratna Bajracharya (L), Mother Purna Shova (R) and elder brother Sabin at Kumari Ghar in Ratnakar Mahavihar in Patan, Nepal
  •  गुफापछि बाबु कुलरत्न, आमा पूर्णासोभा र भाई सविनको साथमा समिता । अब उनकाे जीवन अन्य किशोरीहरू जस्तै सुरू हुन्छ ।
Kumari Samita Bajracharya washes her third eye at Bagmati river in Patan, Nepal, 07 March 2014. After completing 12 days of 'Gufa' ritual, the following day Kumari goes to the nearby river and unties her hair and washes the painted third eye made on her forehead. This ritual represents the end of Samita as a Kumari
  • १२ दिन गुफा बसेका समिता नजिकैको नदीमा आफ्नो निधारमा तेस्रो आँखाका रुपमा बनाइएको आकृति पखाल्दै । जुन परम्परागत रंगले बनाइएको हुन्छ ।
Kumari Samita Bajracharya visits the white monastry with her family in Kahmandu, Nepal, 29 March 2014. Samita could not walk properly after she retired as Kumari because she had been carried all the time as the Kumari's feet can never touch the ground. It took almost one month transition to gain confidence interacting with people and to get used to a normal daily life
  • सामान्य जीवन सुरू गर्दै । १२ दिनको गुफापछि उनले नयाँ जीवन सुरू गरिन् र अन्य मानिसहरू जस्तै समाजमा हरेक काममा संलग्न हुन सकिन् ।
Samita Bajracharya plays an Indian classic music instrument called Sarod in her room in Patan, Nepal, 24 April 2014, after she retired from post of Living goddess

Samita Bajracharya (C) attends a class at Xavier school in Patan, Nepal, 24 April 2014. Samita used to be the Kumari or 'Living Goddess'
  • पूर्व कुमारी समिता बज्राचार्य अन्य साथीहरुसँग प्रवेशिका परीक्षामा सहभागी हुँदै ।
डेलिमेलको सहयोगमा 


कुमारी को कथा अहिले को कुमारी मनीता कान्तिपुर भाद्र 2014
हेमेश रत्न बज्राचार्य

http://www.ekantipur.com/np/2071/5/14/full-news/394934.html

यो जनश्रुति हो । अथवा भनौं, जनविश्वास । कुमारीको दैत्यसँग माया बसेको हुन्छ । पछि यस्तो स्थिति आउँछ, कुमारीले आफ्नो दैत्य प्रेमी वा देशमध्ये एउटा रोज्नुपर्ने हुन्छ । कुमारीले देश रोज्छिन् । दैत्यको हत्या गर्छिन् । आफ्नो प्रेमीलाई रोजेको भए, देश रहने थिएन । यो उनको मायाको हत्या थियो । त्यसैले उनले घोषणा गर्छिन्, 'म अब विवाह गर्दिनँ, कुमारी नै रहन्छु ।' उनले देश पनि बचाउँछिन्, आफ्नो प्रेम पनि अमर राख्छिन् ।




यसै कथालाई समेटेर अहिलेसम्म पनि 'प्याखँ' प्रदर्शन हुँदै आएको छ । वियोगान्त छ, यो कथा । ०६५ को दसैंताका काठमाडौं इतुंबहालको प्रतापमान शाक्यको घरमा पनि ठूलै छलफल चलेको थियो, उनकी कान्छी छोरीलाई कुमारी बनाउने विषयमा लिएर । कुमारी यही बेला फेरिन्छ । आखिरमा उनीहरू सबैले त्यो वियोगान्त कथा त सुनेकै थिए । कान्छी छोरीको नाम राखेका थिए, मतिना । नेपाल भाषामा मतिनाको अर्थ हुने गर्छ, प्रेम, माया, प्रीति, प्यार ।

त्यतिबेला मतिना तीन वर्षभन्दा केही बढीकी मात्र थिइन् । नर्सरीमा भर्ना मात्र भएकी । शाक्य परिवारले निर्णय गर्‍यो- आफ्नो संस्कृतिको धरोहर कायम राख्न मतिनालाई कुमारी बनाउने । 'त्यो वियोगान्त कथा खालि एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको कथा न हो,' शाक्य परिवारको निचोड थियो । त्यसो त, कुमारीका पनि दर्जनभन्दा बढी प्रथा छन् । त्यसमध्ये केही लोप भइसके । जति छन्, त्यसमध्ये पनि वसन्तपुरकी कुमारी मुख्य मानिन्छ । यसकै बढी महत्त्व छ ।

राजकीय कुमारी भएर पनि यस्तो भएको हुन सक्छ । कोही यसलाई महालक्ष्मी त कोही वज्रदेवीको प्रतीक मान्छन् । यस्तै केही तलेजु भवानीको प्रतीक । जयप्रकाश मल्लले कुमारी प्रथाको स्थापना गरेको मानिन्छ । अहिले वसन्तपुरमा रहेको कुमारी घर नेपाल संवत् ८७७ तिर बनेको मानिन्छ । त्यसअगाडि सायद हनुमानढोकामै कुमारीलाई बस्नका लागि व्यवस्था थियो । जयप्रकाश मल्लदेखि अहिलेसम्म लगातार एकपछि अर्को कुमारी बन्दै आएका छन् ।

एकखाले अनुमान छ, अहिलेकी मतिना सम्भवतः ४४ औं राजकीय कुमारी हुन सक्छिन् । यिनै मतिनालाई पनि त्यति बेला सोधिएको थियो, 'कुमारी हुन्छौ त ?' सानैदेखि केही फरक र विशेष देखिएकी मतिनाले आत्मविश्वासले भनेकी थिइन्, 'हुन्छु ।' जो कोहीले कुमारी कहाँ हुन पाउँछन् र ? शाक्य कुलकी हुनुपर्‍यो । आमा र बुबा दुवैमा तीन पुस्तासम्म हेरिन्छ, कुल ठीक छ कि छैन भनेर । फेरि चिना पनि मिल्नुपर्‍यो । पहिले पहिले कुमारी हुनेको चिना राजाको चिनासँग मिल्नुपथ्र्यो ।

अहिले त राजै रहेनन्, त्यसैले मतिनाको चिना देशको ग्रहदशासँग मिलाइएको थियो । सबै मिलेपछि अन्ततः मतिना बनिन्, गणतन्त्र नेपालको पहिलो कुमारी । दसैंको मुखैमा परिवारको सबैभन्दा प्यारी कान्छी छोरीले घर छाड्नुपरेको थियो । त्यो दसैं कुनै पनि अर्थमा दसैं रहेन । बज्यै बालदेवी र आमा सुनिता शाक्यको मन कम्ती रोएको थिएन, त्यस बेला । न त बुबाको मन ठीक ठाउँमा थियो । हिजै जस्तो लाग्छ, यी सबै घटना, अहिले छ वर्ष भइसकेको छ । मतिना पनि नौ वर्षकी भइसकिन् ।
कुमारी हुँदासम्म उनले आफ्नो घर र्फकनु हुन्न । वसन्तपुरको कुमारी घरमै रहनुपर्छ । उनको हेरविचार गर्न चिताइदारहरू हुन्छन् । केही साताअगाडि मात्र इतुंबहालमा देवताहरू प्रदर्शन चल्दा उनी त्यहाँ आएकी थिइन् । र्फकंदा परबाट आफ्नो घर हेरिन् । खासै प्रतिक्रिया दिइनन् । उनका आफ्नै उमेरका दिदीबहिनीले घरबाट हात हल्लाएर बाईबाई गरे । कुमारीले आफ्नो गहना र वस्त्र धारणा गरिसकेपछि उनी केही फरक देखिन्छन् । बाल चञ्चलता हराउने गर्छ । अरू बेला भने साधारणजस्तै हुन्छ ।

अचेल कम्प्युटरको जमाना छ, त्यससँग पनि मतिना अभ्यस्त भइसकेकी छन् । ल्यापटप र मोबाइल पनि उनका लागि नौला रहेनन् । अहिले उनी चार कक्षामा पढ्ने भइसकेकी छन् । स्कुल जान्नन्, स्कुल नै उनीसम्म आउने गर्छ । उनको स्कुल हो, गणबहालको गि्रनपिस को-एड । दुईजना शिक्षक दिउँसो पालोपालो कुमारी घर पुग्छन्, पढाउन । मतिनाले पढ्ने मात्र कुमारी घरमा हो, उनको पढाइको ढाँचादेखि लिएर अरू सबै स्कुलले तोकेजस्तै हुन्छ । जाँच पनि दिनुपर्छ, पास पनि हुनुपर्छ । शाक्य परिवारबाट पनि बरोबर कुमारी घर पुग्छन् ।

आफ्ना दिदीबहिनी आउँदा कुमारी खुबै खुसी हुन्छिन् र साधारण केटाकेटीजस्तै खेल्छिन् । बज्यै र आमालाई भने कुमारी घर छाड्दा अझै गाह्रो हुने गर्छ, उनको मायाले । बुबा प्रतापमान बरोबर कुमारी घर गइरहन्छन् । छोरी भेट्न उनलाई कुनै रोकतोक छैन । मनले भनेपछि पुगिहाल्छन्, कुमारी घर । उनले पनि अनुभव गरेका छन्, आफ्नी छोरी अरू बेला साधारण हुन्छिन् । जति बेला कुमारीको गहना र वस्त्रमा सज्जिन्छन्, विशेष हुन्छिन् ।अब एकाध दिनमै इन्द्रजात्रा सुरु हुँदै छ । काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक चाड हो, यो । यसलाई येँया पुन्हि भनिन्छ । तीनपटक कुमारीको रथले भित्री काठमाडौं घुम्ने गर्छ । बुबा प्रतापमान पनि रथसँगै घुम्छन् । त्यसैलै इन्द्रजात्राको बेला उनी खुबै व्यस्त हुन्छन् । आखिरमा उनी कुमारीका बुबा हुन्, अझ भनौं देवताका बुबा । यत्तिकै भन्दा पनि उनको मन खुसीले झुम्ने गर्छ । मान्छे भएर देवताको आमा बुबा, बाजे बज्यै, दिदीबहिनी, दाइभाइ हुने अवसर ।

प्रतापमान आफै प्राज्ञिक व्यक्ति हुन्, भाषा संस्कृतिप्रति अनुराग राख्ने । खासमा उनी लिपि विशेषज्ञ हुन् । नेपालमा चलनचल्तीमा रहेका कम्तीमा १२ लिपिका ज्ञाता हुन् । त्यसमा नेपालको गौरव रञ्जना लिपि पनि पर्छ । लामो समय नेपाल लिपि गुथिको नेतृत्व सम्हाले, अहिले त्यही गुथिको प्राज्ञिक परिषद्को सदस्य छन् । अहिले उनी कुमारी अधिकारकर्मीजस्तै भएका छन् । र, कुमारीबारे विशेषज्ञ पनि । कुमारीलाई लिएर निस्केका समाचारका कटिङ राख्छन्, कुमारीलाई लिएर लेखिएका थेसिस पनि जम्मा गरिरहेका छन् ।
उनकै भाषामा मतिना कुमारी हुनुअगाडिसम्म यो प्रथा संकटमा थियो । डर थियो, कतै त्यो लोप हुने त होइन । आफ्नो छोरी कुमारी भएपछि प्रण गरे, यो प्रथालाई कायम राख्न केही दिगो काम गर्नुपर्छ । यसका लागि उनले पछिल्लो छ वर्ष लगातार काम गरेका छन् । धेरैलाई भेटेका छन् । धेरैले उनलाई सहयोग पनि गरेका छन् । समस्या अझै धेरै छन् । यसबीच पनि अहिले केही सन्तोष मान्ने स्थिति बनेको छ ।
जस्तो काठमाडौं महानगरपालिकाले हालै मात्र कुमारीमा कायम रहेकालाई प्रतिमहिना ४० हजार रूपैयाँ दिने निर्णय गरेको छ । नेपाल सरकारका तर्फबाट सात हजार पाँच सय रुपैयाँ अलग्गै आउँछ । अवकास प्राप्त कुमारीले पनि अहिले नगरपालिकाबाट प्रतिमहिना १० हजार रुपैयाँ पाउँछन् भने सरकारका तर्फबाट तीन हजार सात सय ५० रुपैयाँ । प्रतापमान मान्छन्, कायम कुमारी मात्र होइन, अवकाश प्राप्त कुमारीको स्वास्थ्य र शिक्षाको जिम्मा पनि सरकारले लिनुपर्छ ।

यसपछाडि प्रतापमानसँग पर्याप्त तर्क पनि छन् । पहिलो, नेपाली पयर्टनमा कुमारीको जबरदस्त आकर्षण छ । यो सबैलाई थाहा छ । धेरैलाई थाहा नभएको के हुन सक्छ भने कुमारीको नाममा पहिले १ सय ८० रोपनी जग्गा थियो, पछि त्यो सरकारले लियो । राजा महेन्द्रको पालामा । टुँडिखेल अगाडि नेपाल वायु सेवा निगम (एनएसी) को भवन रहेको जग्गा यसैमा पर्न सक्छ । अझै पनि घोडेजात्राका बेला त्यही एनएसीको भवनको एउटा कोठामा बसेर कुमारीले जात्रा मनाउने परम्परा छ ।यस्तै पुतलीसडकस्थित क्यापिटल मार्केट रहेको भवनको जग्गा पनि कुमारीकै थियो, बूढापाका यस्तै भन्छन् । 'कुमारीको नाममा धेरैले लाखौं करोडौं कमाइरहेका छन्, आखिरमा त्यही कुमारीलाई राम्रो होस् भनेर त्यसको केही अंश खर्च गर्न किन कन्ज्युस्याइँ ?' प्रतापमानको प्रश्न छ । उनी अवकाश प्राप्त सबै कुमारीहरूले सहज र सामान्य जीवन बिताइरहेको तथ्य पनि सबैलाई बुझाउन चाहन्छन् । उनी प्रायः रश्मिला शाक्यको उदाहरण प्रस्तुत गर्न चाहन्छन् । यी पूर्वकुमारी अहिले कम्प्युटर इन्जिनियर भएकी छन् ।

सायद दुई वर्षपछि मतिनाले पनि अवकाश पाउनेछिन् । यही दुई वर्षभित्र प्रतापमानलाई अझ धेरै काम गर्नु छ । पछि मतिनाले के बन्न चाहने हो, त्यो उनमै छाड्न चाहन्छन् । खालि चाहन्छन्, मतिना देशको सफल र सभ्य नागरिक बनुन् । प्रतापमानलाई दुई वर्षपछि मतिना घर र्फकंदा उनलाई नयाँ वातावरणसँग अभ्यस्त गराउने चुनौती पनि छ । उनी अहिलेदेखि नै त्यसको तयारीमा छन् । र, उनी त्यो दसैंको पर्खाइमा पनि छन्, जुन बेला घरमा कान्छी छोरी हुनेछिन् ।


मेरो youtube video तपाइको लागि जापानी डान्स 




मेरो मन परेको मेरो आफ्नै photography 



धन्यवाद तपाइको सल्लाह र सुझाबको लागि barujisan@gmail.com


Sunday, August 24, 2014

चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली एक हौं


जो, जहाँ, जसरी भए पनि 

चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली एक हौं

७ भदौ, काठमाडौं onlaikhaber bata
काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा ३५ हजार मानिसको प्रयोग गरेर शनिबार नेपाली राष्ट्रिय झन्डाको आकर्षक आकृति बनाइएको छ ।

Nepali flag 13

‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो ।
जो, जहाँ, जसरी भए पनि चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली एक हौं भन्ने भावनालाई जगाउन यसरी झन्डा बनाइएको आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।

तस्वीरः प्रकाश माथेमा
तस्वीरः प्रकाश माथेमा

राष्ट्रिय भावना स्थापनासँगै आफूहरुको यो अभियानले विश्व कीर्तिमान कायम गर्ने पनि उनले बताए । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएर विश्व रेकर्ड कायम गरेको थियो ।


Nepal-Flag 
एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको छ ।
मानिसलाई मिलाएर झण्डा बनाउने कामको जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडौं इन्जिनियररिङ क्याम्पसमा अध्ययनरत बिई तेस्रो वर्षका विद्यार्थीलाई दिइएको थियो ।



Nepaliese attempt world,s largest nepali human flag record
youtube video






नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु 

AND LAST  EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................
 

मलाई मनपरेको फोटो मेरो आफ्नो  फोटो ग्राफी 



Saturday, August 23, 2014

जापान परम्परागत पोशाक


जापान परम्परागत पोशाक फोटो फिचर 
बाल मुकुन्द खड्का (बारू)

U can also visit my artical and photo in online papernepalsandesh.com
 http://www.nepalsandesh.com/2014/08/21/101081

जापानको शहरमा हुने फेस्टिवल मा लियको किही किमोनोको फोटोहरु यस प्रकारका छन्


किमोनो जापान को परम्परागत पहिरन हो, र यो औपचारिक अवसरमा आजकल लगाउने गरिन्छ । यो पहिरन कहिलेकाहीं एक अव्यावहारिक भएको आरोप, लगाइछ तर यो पहनने व्यक्ति एक सुंदर र सुरुचिपूर्ण बानीबेहोरा दिने भयको ले फाइदा छ।


 किमोनो विभिन्न समयमा र कार्यक्रमको  अवसरमा प्रयोग गरिन्छ। किमोनो विभिन्न प्रकारकको र रंग पनि धेरै रहेको पाइन्छ।



किमोनो लगाउने ले बिशेष किसिमको चप्पल र हाते ब्याग प्रयोग गर्ने गर्छन।




 घर वा स्थानीय चाड मा अनौपचारिक पोशाक, (दुवै पुरुष र महिला )लगाउने गरिन्छ जसलाई युकाता भनिन्छ। जापानको शहरमा हुने फेस्टिवल मा लियको किही किमोनोको फोटोहरु यस प्रकारका छन्






नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु 

AND LAST  EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................
 

मलाई मनपरेको फोटो मेरो आफ्नो  फोटो ग्राफी

Thursday, August 21, 2014

हामी पानी कसैलाई सहयोग गर्न तयार हुदै छौ

Current Nepali Time

मेरो सहयोगी हात

ネパールのネパール学生のための奨学金
start from 1st janawary 2014
Starting money 505 yen from me

यो बर्षा २०१४ बाट नयाँ काम को सुरु गरेको छु । यो काम नयाँ किन भने मैले सहयोगी 
हात सुरु गरेको छु आजै बाट सुरु गरेको अर्थिक सक्लन गर्ने छु मेरो कमाइको केही बाचात र मेरो 
साथी श्रीमती सहयोग ले अर्थिक सक्लन गर्ने र दिन दुखी हरुको सहयोग गर्ने बचन गर्छु।  यसरी गरेको सहयोग को बारेमा पानी नियमित यस ब्लोगमा रकने छू। कायकर्म  अंतर्गत बर्षा माँ मिनिमम पानी १०,००० रूपया सहयोग गर्ने बचन गर्छु।


यस भन्दा बड़ी जती मैले गर्न सक्छु त्यों पानी गर्छु।

अर्थिक सकलन को सोत 
१) मेरो कमाइ बाट हरेक महिना १ हजार 
२) रेस्टूरेंट को सील्स एक दिन्को ४०,००० येन  पुगेको दीन ५०० येन 
३) साथी हरुको सहयोग बाट 
४) रेस्टूरेंट कस्टुमर बाट सहयोग
५) अन्य

यो कार्यक्रममा मलाई सहयोग गर्ने सुरुको साथीहरु
श्रीमती उर्मिला खडका
इन्द्र कुमार पुर्जा र सुनीता पुर्जा 

2014 may 10 samamaa collection
5400yen



सहयोग गरेको रकम र कारण 

Wednesday, August 20, 2014

कलाकारको आचारसंहितामा के छ?

From nagarik news online


कलाकारहरुले पेसागत, व्यक्तिगत, सामाजिक र सुरक्षामा केन्द्रित आचारसंहितालाई आइतबारदेखि लागू गरेका छ। 
 कलाकारहरुको आचारसंहिता लागू भएको छ। 

क) हामी कलाकारिताको पेशागत उत्कृष्टता र गुणस्तरप्रति सजग र प्रतिवद्ध रहनेछौँ।
१) कलाकारीतालाई आफ्नो पुनीत कर्म ठान्दछौँ र यो पेशाको गुणस्तर र प्रतिष्ठा बढाउन सधै प्रयत्नशील रहनेछौँ। 
२) चलचित्र कर्म प्रति सदा समर्पित रहि र आफ्नो पेशामा निष्ठावान र अनुशासित रहनेछौँ।
३) आफूले अभिनय गर्ने चलचित्र प्रचलित कानूनको अधिनमा रहि कथा वस्तु तयार भएको सुनिश्चित गरेर सम्वन्धित रोजगारदातासँग करार गरेर काम गर्नेछौँ।
४) नेपाल राज्यको सुरक्षा, शान्ति र अमनचयनमा खलल पुर्याथउने, विभिन्न जातजाती वा सम्प्रदाय वा धर्म सांस्कृतिक र सामाजिक जीवनमा नकारात्मक असर पार्ने चलचित्र निर्माण गर्नेछौँ र त्यस्ता चलिचत्रमा अभिनय गर्नेछैनौँ।
५) कसैको व्यक्तिगत पहिचान र मर्यादामा आँच आउने विषयस्तु भएको चलचित्र निर्माण गर्ने तथा अभिनय गर्नेछैनौँ।
६) आफुले अभिनय गर्ने पात्रको भूमिका र चरित्र प्रति इमान्दार र लगनशील भई त्यस प्रति उचित न्याय दिनेछौँ।
७) आफ्नो कलाकारिता पेशावाट प्राप्त लोकप्रियताको दुरुपयोग गरि नाजायज आर्थिक तथा अन्य लाभ लिनेछैनौँ।
८) आफ्नो कामप्रति पूर्ण अनुशासित भई तोकिएको समयमा तोकिएको स्थानमा उपस्थित भई तोकिएको गुस्तरमा कार्यसम्पादन गनेृछौँ। जतिसुकै प्रतिकुल अवस्था वा भूमीका सानो ठूला जे जस्तो भएपनि उत्कृष्ट नतीजा दिन प्रतिवद्ध छौँ।
९) चलचित्र उद्योग, सहकर्मी कलाकारहरु र कलाकारहरुको प्रतिनिधिमूलक संस्था नेपाल चलचित्र कलाकार संघलाई नकारात्मक असर पर्ने वा अपमान गर्ने वा होच्याउने वा अन्य यस्तै खालका अभिव्यक्ति दिने वा अन्य व्यवहार गर्नेछैनौँ।
१०) कलाकार संघको वार्षिक साधारण सभा लगायतका अन्य महत्वपूर्ण गतिविधिहरुमा सक्रिय सहभागी हुने र आफ्नो क्षमताले भ्याएको योगदान गर्नेछौँ।
११) आफूले अभिनय गरेको चलचित्रको छायांकनको क्रममा आफूले निर्वाह गरेको भूमिका तथा सो चलचित्रको कथावस्तु लगायत यससंग सम्वन्धित अन्य सूचनाहरु गोप्य राख्नेछौँ र निर्माता, निर्देशकको अनुमति विना सार्वजनिक गर्नेछैनौं।
१२) आफू संगै अभिनय गर्ने सहकर्मी बरिष्ठ एवं कनिष्ठ कलाकारहरुलाई यथोचित आदर र सम्मान गर्नेछौ।
१३) रोजगारदाता चलचित्र निर्मातासंग एउटै मिति र समयमा एउटा भन्दा बढी चलचित्रमा समय दिने गरि करारनामा गर्नेछैनौँ। करारनामामा उल्लेखित शर्तहरु इमान्दारी पूर्वक पालना गर्नेछौँ।
१४) हाम्रा दर्शक श्रोतहरुलाई आदर सम्मान र प्रेम गर्दछौँ। उहाँहरुको चाहनालाई मध्यनजर गरेर हामी कलाकारिताका परिकारहरु प्रस्तुत गर्नेछौँ।
१५) व्यक्तिगत रुपमा आफ्ना कमजोरी वा असफलताको लागि अरुलाई दोष दिनेछैनौ। 
१६) कला, कलाकारिता र कलाकारिताको मंच वा कलाकारिताको उद्योगप्रति अपहेलना गर्नेछैनौँ र त्यसको सम्वर्द्धमा योगदान पुर्याउनेछौँ।  -

ख) हामी हाम्रा व्यक्तिगत आचरण र अभ्यास समाजमा अनुकरणीय बनाउने छौँ। 

१) सार्वजनिक स्थलमा धुम्रपान मध्यपान गर्ने, जुवा खेल्ने वा अन्य अनैतिक गतिविधमा संलग्न रहने छैनौ।
२) दैनिक नीजि तथा व्यावसायिक जीवनमा गैरकानूनी गतिविधि गर्नेछैनौँ।
३) नीजि र व्यवसायिक जीवनमा कुनै व्यक्ति प्रति जात, धर्म, लिङ्ग, वर्ण, वर्ग वा अन्य कुनैपनि आधारमा भेदभावजन्य व्यवहार गर्नेछैनौ।
४) अरुको विचारको सम्मान र फरक मतको कदर गर्नेछौँ।
५) कुनैपनि प्रकारको हिंसाप्रति विश्वास गर्दैर्नौ र त्यस्ता कर्मप्रति संलग्न रहँदैनौ। 
६) कसैप्रति दुर्व्यवहार, हिंसा (लैङ्गिक र अन्य हिंसा), शोषण (आर्थिक वा यौन शोषण) जन्य गतिविधिमा संलग्न रहनेछैनौँ।
७) बहुविवाह, वालविवाह, अनमेल विवाह तथा दाईजो लिनेदिने गतिविधिमा संलग्न रहनेछैनौ र त्यसको सक्रिय प्रतिवाद गर्नेछौँ। 

ग) हामी सामाजिक दायित्वको वोध गर्दछौ र त्यसको परिपूर्तिको लागि सदा सक्रिय रहनेछौँ।

१) कलाकारिताको माध्यमवाट नेपाली कला संस्कृति र साहित्यको प्रवर्द्धन गरि समाज र राष्ट्र्रको पहिचान अभिवृद्धि गर्न सचेत र सक्रिय रहनेछौँ।
२) कलाकारिताको माध्यमवाट समाजमा नयाँ ज्ञान, चेतना र सूचना प्रवाह गर्नेछौँ।
३) कलाकारिताको माध्यमवाट समाजमा सद्भातव, मेलमिलाप र सहकार्य अभिवृद्धि गर्न योगदान गर्नेछौ।
४) समुदायमा आईपर्ने आपत विपद र संकटमा मानवीय सहयोग र सद्भाव पुर्याउनेछौँ।
५) जातीय विभेद, वालश्रमको प्रयोग तथा महिला हिंसाप्रति विशेष सम्वेदनशील रहनेछौं र त्यसप्रति शून्य सहनशीलता अपनाउनेछौँ।
६) आफ्नो शक्तिको दुरुपयोग, जालसाजी तथा भ्रष्टाचारजन्य गतिविधि गर्नेछैनौ र त्यस्तो कर्मलाई प्रोत्साहन हुने क्रियाकलाप गर्नेछैनौँ। 
७) वातावरण संरक्षण सम्वन्धमा विशेष सक्रिय रहनेछौ र आफ्नो नीजि तथा व्यावसायिक कामले वातावरणमा पार्ने नकारात्मक प्रभाव प्रति सचेत रही वातावरण मैत्री व्यवहार अपनाउने छौँ।
८) नाफा वा कमाईको लागि अनैतिक, असभ्य र गैरकानूनी पेशा, कर्म वा व्यवसाय गर्ने गराउने छैनौ।

घ) हामी हाम्रा पेशागत सुरक्षा प्रति चासो र पहल गर्नेछौ।

१) पेशागत हक, हित र सुरक्षाको कानून प्रदत्त अधिकार प्राप्तिका लागि सक्रिय रहनेछौँ।
२) शान्तिपूर्ण विधिवाट कुनैपनि समस्यको समाधान गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछौँ।
३) पेशागत सुरक्षाको विषयमा रोजगारदाता तथा सरकारसँग सामूहिक मोलमोलाई गर्नेछौँ, वार्ता र सम्वादको माध्यवाट आपसी हितको छिनोफानो गर्नेछौँ। 
४) रोजगारदाता संग कुनै विषयमा विवाद उत्पन्न भएमा आपसी सम्वादको माध्यमवाट समाधान खोज्नेछौ र सो सम्भव नभएमा उपयुक्त कानूनी उपचारको खोजी गर्नेछौँ। 
५) कलाकारिताको माध्यमवाट सृजना भएको श्रव्यदृष्य वस्तुको प्रतिलिपि अधिकार प्रति सजग रहनेछौँ र सो को प्राप्तिमा सक्रिय रहनेछौँ।
६) कलाकारहरुले काम गर्ने वातावरण, कार्यस्थल तथा सामाजिक सुरक्षाको (विमा, औषधि उपचार आदी) विषयमा सचेत रही रोजगारदाता तथा सरकारलाई त्यस्तो व्यवस्था गर्न गराउन पहल गर्नेछौँ। - See more at: http://www.nagariknews.com/entertainment/nepali-film/story/23264.html#sthash.EtYhLVIR.dpu



नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु 

AND LAST  EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................

 
मलाई मनपरेको फोटो मेरो आफ्नो  फोटो ग्राफी 

Tuesday, August 12, 2014

OBON : JAPANIES FESTIVAL OF SOULS


OBON : JAPANIES FESTIVAL OF SOULS
बाल मुकुन्द खड़का(बारू) जापान

OBON: 

आफ्नो पुर्खाहरुको सम्झनाको  लागि गरिने  एक बार्षिक कार्यक्रम हो। यो ओबोनको समयमा पुर्खाहरूको 'आत्माहरू आफ्नो नातेदारकोमा  भ्रमण गर्न यस संसारमा फर्कने भन्ने विश्वास । यो जापानको buddhist परमपरा हो। 

परमपरागत रुपमा आफ्नो घर अगाडी पुर्खाको मार्ग दर्शन गर्नकोको लागि लाल्टिन राख्ने गरिन्छ। घर अथवा चिहानमा आत्माको लागि राम्रो फुल र फलफुल मिठो खानेकुरा राख्ने गरिन्छ। ओबोन को समय मा जापानिज हरु आफ्नो पुर्खाको चिहानमा गोएर सर-सफाई गर्ने गर्छन र खानेकुरा चढाउने गर्छन।

This month 13th to 15th of August, the people of Japan celebrate the Obon festival, a time when families get together to honour their ancestors and return to their ancestral homes. Not unlike the feast of All Saints’ Day in the West it is a time to remember where you came from and to make offerings to those who have gone before you.





oban :को समय 
पहिले प्रयोग भयको चन्द्र पात्रो अनुसार अगस्ट भन्दा जुलाई मा ओबोन मेल खान्छ। जापानको अन्य क्षेत्रहरुमा जुलाई माOBON मनाइन्छ  तापनि अझै पनि, जापान को धेरै क्षेत्रहरु मा मध्य अगस्ट मा ओबोन मनाइन्छ। जापानमा ओबोनको बिदा अगस्ट १३ बाट १५ सम्म हुन्छ। सरकारी कार्यालय हरु बिदा नभय  पनि प्राइभेट कम्पनिहरु को बिदा हुन्छ। ओबोन जापानको प्रमुख बिदाहरू मधे एक हो। ओबोनको  समयमा पनि जापनिजहरु देश बीदेशको भ्रमणमा जाने गर्छन 


OBON अन्तमा, अस्थायी लालटेन आफ्नो  पुर्खालाई संसारमा डोऱ्याउन नदी, ताल समुद्र उतार्न /बगाउने गरिन्छ।

Fire works photo in obon holiday/festival






नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु 

AND LAST  EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................
 

मलाई मनपरेको मेरो फोटोग्राफी