Chhath Parba - छठ पर्व 2073 कार्तिक १९,२०,२१
२०७३ सालको तिहार मेरो लागि धेरै कुराले बिशेस भयो किन भने ११-१२ वर्षा पछिको मेरो तिहार निकै रमाइलो भयो । यो वर्षा तिहार संगै हाम्रो नेपालको तराईमा मानिने छठ पर्वको सहभागिताको लागि मलाई निकै मन चंचल भएको थ्यो। मेरो एकजना दीदीको साथ लगेरमा छठ पर्व ,मेला हेर्न बिरगन्जतिर लागे
हामी बिहान दशिंकाली को बाटो हुदै हेटोड़ा बाट बिरगन्ज जनाको लागि करिब ६ -७ घण्टा लग्यो।
मेरो लागि बिल्कुल नया ठाउँ र नया पर्ब धेरै कुराले उत्साहित मेरो मन ,छठ पर्व को २ दिन अगाडी जानुको मेरो उदेस्य छठ पर्व हेर्नु र तेस्को तयारीको लागि बिरगन्जर रक्सोल बजारको घुमघाम पनि थ्यो।
निकै अनुभबी र बिरगन्जको पुरानो बासिन्दा भएको नाताले लक्ष्मी दीदी मेरो लागि सहयोगी साथी हुनुभाको थ्यो। दीदीले बिरगन्जमा चिनेको मकालु होटलमा २ ओटा रूम बुक गर्नु भयो। पहिलो दीन हाम्रो लामो यात्राले गर्दा हामी कसै कतै नगोइकन बित्यो
बिरगन्ज सफा रहेछ
म त अनि बिशेस समयमा तराई गोएको ले होला मलाई बिरगन्ज धेरै सफा लग्यो किनकि नजिकै गोएको तिहार दीपावलीमा लक्ष्मी भगवानको पुजा र आराधनाको लागि घर आगन सफा गरेको समय तेस् पछि छठ पर्वको लागि चोखो गर्न पर्ने सफा राखन पर्ने कारण ले होला सफा नै थ्यो।
छठ पर्वको पहिलो दीन हाम्रो त खासै काम केहि थिएँ घुम्म गोएकोले हामीलाई पनि रक्सोल बजार जाने योजना बन्यो ,दीदी र म करिब बिहानको १० बजे हल्का नास्ता गरेर मेरो गाडीमा नै रक्सौल तिर लागेम ,त्यो दीन मेरो कार लेयर जानु मेरो ठुलो गल्ति थ्यो किनकि छठ पर्वको रक्सौल बजार त यस्तो भिडभाड थ्योकी मैले मेरो कार लाइ करिब करिब ४ घण्टा बिच बाटो बाट कतै लान सकिन अब मलाई त्यो गर्मिमा कार भित्र ,चर्को एसी पनि तेती राम्रो छैन ,गर्मि भयर पनि तीर्खा लगेर ,सारै गारो भयो विचार लक्ष्मी दीदी हामी एक अर्का लाइ हेर्दै हास्ने र बस्ने कुर्ने बाहेक कुनै उपाए नै भएन। तर पनि हामीले त्यो दीन धेरै घरयेसी सामान किन्न सफल भयौ ,
बिरगन्जको तेर्सो दीन बिहान हामी दिदीको साथीहरु र मा निकै नै प्रख्यात गढीमाइको दर्शनको लागि तेस तर्फा को यात्रा सुरु भयो ,मैले मेरो जिबनमा गढी माइको जात्र पर्बको मात्र कुरा सुनेको र पढेको ले मलाई तेहा जाने चाहाना थ्यो ,करिब ४०-५० मीनेट को यात्रा पछि हामी गढीमाइको मन्दीर पुगेर बडो सान्त र आनन्दको साथमा पुजा अर्चना पुरा भयो मन सारै आनन्द भयो।
छठ पर्व आज बिरगन्जको घडीअर्वा पोखरी बिशेस किसमले सजाएको छ सबै तिर सरसफाई गरेको बत्ति को तिहार जस्तै पोखरीको चारै तिरको सजावट निकै सुन्दर दीखेएको छ। म पनि आफुलाई मन पर्ने निकोंन को क्यमेरा लीएर घडीअर्वा पोखरी घुम्न गए। आज महापर्व छठ अन्तर्गत बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने तयारी गर्दै छन्।मैले सोचेको भन्दा नि धेरै राम्रो तयारी ,आउने जाने बाटोमा टोकरीमा फलफुल नरिओल सजाएको ,आफ्नो टाउको माथि राखेर अस्ताउदो सुर्यको लागि अर्घाको तयारी हुदै थ्यो।
चाड पर्वको समय भएकोले होला मेला मा आउने नारीको साज सज्जा पनि निकै राम्रो थ्यो। परिवार को हरेक सदस्य र आफ्नो साथी ,इस्ट मित्र संग को भेट ले सबै जनामा खुशीको लहर देखेंत्यो, त्यो बेलुका सुर्यलाइ अर्घा दीयर सबै सामन टोकरि लीयर अ-आफ्नो घर फर्कने रहेछन तर मेरो मन तेही रमाइरहेको थ्यो।
त्यो दीन बेलुका फर्कने बेलामा दीदी र मैले पाउभाजी निकै नै खाएम र फर्कने बेलामा बल्लु जी को चिया बिर्सन नसक्ने थ्यो।
बल्लु टी
घडीअर्वा पोखरी नजिक रहेको बल्लुचिया पसल निकै प्रख्यात रहेछ। लामो जुँगा भएको चिया बनाउन निकै सिपालु र अनुभबी भएकोले होला चिया निकै मिठो थ्यो। माटोको भाडोमा पहिलो चोटी चिया पिएको मेरो अनुभब निकै रमाइलो भयो। हामीले बिरगन्ज बस्दाको बिहान बेलुका चिया पिउने ठाउँ बल्लु टि सप हुनागोयो।
आज बिहान उदयमान सूर्यलाई विधि पूर्वक अर्घ दिए पछि चार दिनको यो लोकआस्थाको महापर्व सकिने छ । तर मेरो उस्सुकता यति थ्यो कि मा बिहान ३ बजे उठेर बिरगन्जको घडीअर्वा पोखरी को लागि हीड़े ,मैले सोचेको थए म यक्लै यति चाडो जादा पोखरीमा को होला त तर बल्लु चिया पसलको चहलपहल ले म छक्क परे ,बिहानको चिया चुस्की ,चिसो मौसम तर मेरो मन त्यो पर्ब मा थ्यो ,यक्लै हातमा मेरो साथी निकोंन को क्यामेरा ,मेरो मन पहिलो छठ पुजाको उदाउदो सुर्यलाइ अर्घा दीने तयारीको दीर्स्य हेर्नु र फोटो लिनु थ्यो
यताउति घुमघाम गर्दै बिहानको मौसम मा मा करिब ३.३० तिर पोखरीको एक कुना मा बसे भिडभाड बिस्तारै बढ्दै गयो हरेक पल को फोटो लिदै गोए बिहानीको माहोल आनन्द को थ्यो कि मेरो मन सारै खुशी थ्यो। बेला बेलामा भक्तजनको लागि सुचना पनि आउने गर्त्यो ,बाकी समयमा छठ को भजन बज्ने गर्त्यो ,कति मनाहोहक त्यो समय म आज एक वर्षा पछि तेही सम्झेर केहि लेख्दै छु।
घडीअर्वा पोखरी बिस्तारै ४.३० तिर पुरा भारीयो बस्ने ठाउँ र पैदल जाने बाटो पनि नहुने भयो ,सबै जना आफ्नो अर्घा तयारीको साथमा त्यो चिसो पानीमा आधा शरीर डुबाएर १ घण्टा सुर्य को प्रतिछा मा बसेर भक्ति गरेको पनि देखियो। एक जना महिला त पुरा शरीर पानी मुनि टाउको मात्र माथि ,टाउकोमा पनि टोकरी सुर्य भगवानको दर्शनको लागि बसेको देक्दा मैले उनको भक्ति लाइ मन मनै प्रणाम गरे।
बेग्र प्रतिछा पछि सुर्य उदय भयो मैले पनि मन मनै ए एरो भगवान हामी सबैको सधै भलो गर्नुहोला यस्तै तातो बिहानी सधै हजुरको दर्शन गर्न पाउ भनेर कामना गरे र भटा भाट फोटो लिन थाले ,पोखरीको भिड सारै बाक्लो थ्यो। करिब करीब सुर्य उदयको ३० मिनेटमा सबैको पुजा सकिय र पर्साद वितरण गर्दै आफ्नो घर तिल फर्कदै गरेको देखिन्त्यो ,मैले पनि नजिकै को मानिस संग पर्साद लियर होटल फर्कदै गर्दा लक्ष्मी दीदी र साथी हरु संग भेट भयो। फेरी एक पल्ट पोखरी पुगेर फन्को मार्दै बिदा लिने काम भयो
अन्तीम मा बल्लु जी को चिया को चुस्की लिदै केहि फोटो लेयर तेहा बाट पनि हामी बिदा भयौ ,दीदीको साथी मेनुका दीदी को घरमा खाना खान जाने योजना अनुसार होटलमा सबै काम सकाएर हामी मेनुका दीदी को न्योनो खाना र सम्झना बोकेर हामी काठमाडौँ को यात्रा सुरु भयो
सुभकामना
मेरो नया नया ब्लग र फोटो ब्लग को लागि मलाई त्विटर मा फल्लोव गर्नु होला @barujisan
तपाईहरु को केहि सुझाबहरु भएमा मलाई इमेल गर्नुहोला barujisan@gmail.com
MY YOUTUBE VIDEO MAY BE U LIKE .........................
MY YOUTUBE VIDEO MAY BE U LIKE .........................
No comments:
Post a Comment