
मलाई थाहा छैन हाम्रो पुर्खा किन संसारमा नाम कमाए ,सुनेको
थीए धरै बहादुर भएर रे लडाईमा मात्रहो। देश विकासको काममा त कतै पनि मेहनत गरेको
देखेको छैन।
देश विकास मा मेहनत गर्ने
भएको भए सबै ठेक्का काम हरु समएमा नै सकिन्त्यो होला होइन र तर आज आर्थिक वर्षा
सकिदा पनि सडक ढल निर्माणको काम जस्ताको जस्तै छ बर्षाको हिलोमा
कसरि हामी नेपाली ले द;ख पाएइरहेको छौ।
बाटो ठुलो हुदै छ ढल को सुबिधा हुदै छ गाडी को चाप सगै बाटो पनि ठुलो हुनु राम्रो कुरो हो हामी
खुशी नै हुनु पर्छ र छौ पनि तर के सदै को हिलो र धुलो ले हाम्रो हेअल्थ खराब
भैराको छ ठेकेदार कम्पनि काम त गरेरको नै छ भन्छ। सरकार भन्छ अनुगमन त गरेरको नै छु,
तर काम किन पुरा हुदै न त् कारण सरकारी कर्मचारी अनुगम भैराको छ भन्छ खाली मिडिया
मार्फत झुट को खेति गरेराको छन् तर कहीले सम्म ????
आज करिब ६ महिना पछि यो ब्लग फेरी लेख्दै छु मलाई थाहा छ यो बाटो यो ६ महिना मा फेरियाको छ बाटो ठुलो पनि भयको छ सडक पेटिको काम पुरा नभय पनि काम अजै जारी छ
फेरी पनि बर्षको समय सुरुहुन लागेको छ गत वर्षा जस्तै यो वर्षा पनि कुनै अर्को ठाउँ मा सडक को यो गति हुनेहोला। ………। तेही चिन्ता ले आज मा यो ब्लग लेख्दै छु यो वर्षा को बर्सात कता तिर बिजोग बनउने होला
update आज को कान्तिपुर दैनिक मा यो सडक को बारेमा पढेर खुशी लागेको छ द ढीला भएपनि आज बाटो को रुप फेरीको छ यस्तो छ कान्तिपुर को समाचार
काठमाडौ, जेष्ठ १७ - बूढानीलकण्ठका सुदर्शन पौडेललाई वर्षअघिसम्म लैनचौर-बूढानीलकण्ठ बसपार्कसम्मको नौ किलोमिटर यात्रा गर्न डेढ घन्टासम्म लाग्थ्यो । तर, अब आधा घन्टामा आउजाउ गर्छन् । 'अझ आफ्नै साधन भएकाले १५ मिनेटमै बूढानीलकण्ठबाट लैनचौर पुग्छु,' उनले भने । उनी हिंड्ने सडक विगत र अहिले उही हो । तर, १२ मिटरबाट १८ मिटर फराकिलो भएपछि सडकको रूप फेरिएको छ । दायाँ-बायाँ २/२ मिटरको फुटपाथ पनि बनेको छ । विगतमा जस्तो जामको सामना गर्नु नपर्ने भएको छ । 'त्यो सडकमा अहिले जाम शून्य छ,' महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सीताराम हाछेथुले भने । 'बाटो फराकिलो भएपछि सहरको मुहार नै परिवर्तन भएको छ,' चपली-९ गणेश चोकका विश्व खड्काले भने, 'घरमा स्टार्ट गरेको गाडी निश्चित गन्तव्यमा पुगेपछि बन्द गरे हुन्छ ।' ७० करोडको लागतमा निर्मित यो सडकमा विस्तारितमध्येकै सबैभन्दा लामो र बढी खर्च भएको छ । नारायणगोपाल चोकदेखि गंगालाल अस्पतालसम्म बाहेक अन्यत्र पिच भइसकेको छ । उपत्यकामा विस्तारपछि नमुना बनेको लैनचौर-बूढानीलकण्ठ सडक एउटा नमुनामात्रै हो । सधंैजसो जाम हुने साँघुरो सडक विस्तारपछि फराकिलो भइसकेको यस्ता ७० भन्दा बढी छन् । - See more at: http://ekantipur.com/np/2071/2/17/full-story/390082.html#sthash.5Fq0dmeb.dpuf
No comments:
Post a Comment