U can also visit my artical and photo in online papernepalsandesh.com
http://www.nepalsandesh.com/2014/08/21/101081
जापानको शहरमा हुने फेस्टिवल मा लियको किही किमोनोको फोटोहरु यस प्रकारका छन्
किमोनो जापान को परम्परागत पहिरन हो, र यो औपचारिक अवसरमा आजकल लगाउने गरिन्छ । यो पहिरन कहिलेकाहीं एक अव्यावहारिक भएको आरोप, लगाइछ तर यो पहनने व्यक्ति एक सुंदर र सुरुचिपूर्ण बानीबेहोरा दिने भयको ले फाइदा छ।
किमोनो विभिन्न समयमा र कार्यक्रमको अवसरमा प्रयोग गरिन्छ। किमोनो विभिन्न प्रकारकको र रंग पनि धेरै रहेको पाइन्छ।
किमोनो लगाउने ले बिशेष किसिमको चप्पल र हाते ब्याग प्रयोग गर्ने गर्छन।
घर वा स्थानीय चाड मा अनौपचारिक पोशाक, (दुवै पुरुष र महिला )लगाउने गरिन्छ जसलाई युकाता भनिन्छ। जापानको शहरमा हुने फेस्टिवल मा लियको किही किमोनोको फोटोहरु यस प्रकारका छन्
नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु
जापनको सबै भन्दा अग्लो ठाउँ Mt. Fuji (富士山 3776 meters) हो , जापानीहरु Mt. Fuji लाइ फुजी सान भन्ने गर्छन। हामी नेपालीहरु जति सगरमाथा लाइ गर्ब गर्छौ, जापानी हरु पनि Mt. Fuji लाइ गर्वको साथ लीने गर्छन। आज भन्दा करी 6 बर्ष अगाडीको कुरा हो। म जापानको Tokyo College of Technology (東京工業等専門学校(とうきょうこうぎょうせんもんがっこう) मा विद्याथी भएको समयमा जापानमा गर्मि बिदा भयो। गर्मि बिदा लामो भएपनि नेपाल जाने चाहाना भने पुरा हुन् सकेन साथीहरु संग सल्लाह गर्दै जादा ओसाका जानेको कुरा भयो तर मैले ओसाका भन्दा पनि राम्रो र महत्तोको ठाउँ फुजी सान जाने प्रस्ताब राखे र सबैले सहमति पनि गरे।अन्तिममा जाने बेला हामी चार जना भयौ।
mount Fuji फोटो www.japan-guide.com
यात्राको साथीहरु - म ,श्री कृष्ण रेग्मी ,विन्बो (मेनमार ) र बिन्वो को साथी मेनमार
winbo and his frinds with baru
हाम्रो यात्रा र यात्री तय भएपछि हामीहरु July 15 को दिन बिहान जापानको सिन्जुकु स्टेशन मा भेट भयौ।
जाने ट्रेन र बसको तालिका पहिला नै तय भएकोले हामीलाई कुनै समस्या भएन। ट्रेन र बस को आरामदायी यात्रा Fifth Station (Go-gome Altitude: about 2000 meters ) सम्म करिब २ बजे पुगेका थीयौ। बाकिको आधा यात्रा मेरो साथीहरु र अन्य यात्री सगै रमाइलो गर्दै हीड़ेर जान पर्ने हुन्छ। Fifth Station बाट हामीहरु यात्राको तयारी पुरा गरेर करिब ४ बजे तयार भयौ। हामीलाई यात्रामा अनावस्यक सामानहरु पछि फर्कदा लिने गरेर लकरमा जम्मा गरेम ,हाम्रो गतब्य सुरु भयो। फुजी सान जाने हामी मात्र होइन यो सिजन मा गार्मे बिदा भएकोले होला करिब करिब २००० जना रहेछन।
Tokyo College of Technology student(from left winbo,shree Krishna regmi and mukunda)
अरुको भन्दा बेग्लै मेरो हातमा नेपालको झन्डा थीयो। मेरो हातमा झन्डा देखेर धेरै ले नेपारु नो हाता (नेपालको झन्डा ) भन्ने गर्थी र जसलाई थाहा छैन कुन देशको भनेर सोधन्ने गर्थे र म पनि नेपालको भनेर परिचय दीने गर्थी। नेपाल भनेर थाहा नहुनेलाई सम्झाउने कोशिस गर्थे।
हामीहरु सबै रमाइलो गर्दै हास्दै जिस्किदै र समय समय मा आराम पनि गर्दै रातिको करिब ८ बजे फुजी सानको
Eight Station (hachi -gome ) पुग्यौ। बाटोमा जापानिज हरुसंग नेपाल र सगरमाथाको बारेमा धेरै कुरा भयो। हामीलाई पनि उनीहरु ले नजानेको कुरा सिकाउन पाउदा रमाइलो लागिरहेको थीयो। फुजी सान चड्ने यात्री लाइ कुनै समस्या परेमा उपचार र अरु सहयोग को लागि red cross र अन्य सस्थाको राम्रो उपस्थिति थीयो। हामीहरु लै त खासै समस्या भएन तर कोहि जापानिज हरुलाई oxcegen को कमि महसुश भएको देखीन्थ्यो।
राति बस्ने ठाउको पनि ठीकै बन्द बास्तो भयो। ७०० येन् मा सुत्ने ठाउँ र बेलुका को खान ,खाना मा सजिलो खालको करी राइस अथवा उदोन मात्र थीयो हामी लै जाडो भएको ले तातो उदोन खाने विचार भयो। सुत्नलाई नम्बर दीएको थीयो ,मानिस हरु लाम लागेर आफ्नो अफ्न्नो नम्बर को ठाउमा सुद्दै थीय हामी पनि बिच मा घुर्सेर निदाई हालेछम ,निन्द्रा मिठो हुदा हुदै बिहान को ३ बजे उठेर जाने तयारी गर्न सुरु भयो। हाम्रो उदेस्य थीयो माथि ३७७६ मि को फुजी सान बिहान ५ बजे सम्म पुग्नु र बिहानको सुर्यदय हेर्नु ,बिहानको समय अन्धकार,राति पानी परेकोले बाटो चिप्लो ,मानिसको भिड ,अब को हिडाई सबै भन्दा कठिन थीयो। जाडो पनि नीकै बढी थीयो ,हामीले सजिलोको लागि टाउकोमा लाइट प्रयोग गरेको र हात मा लौरो भएको ले हामी हरु भीड पन्छाउदै छीटो छीटो अगाडी बढ्दै ५ बजे हाम्रो उदेस्य पुरा भयो।
माथिको भीड पनि हेर्न लायक को थीयो। माथिको तापक्रम ६-८ डी थीयो, जाडोले सबैजना कामिरहेका थीए। हामी पनि कतै तातो चिया कफी पाइछ कि भनेर हेर्दै जादा तातो पानीमा चिया र कफीको क्यान हरु उमालिरहेको रहेछ जाडोमा तातो चिया खुशीको सिमा नै रहेन ,एक क्यान को ६०० येन (तल बजारमा १०० येन )
हामीहरु चिया पिउदै सुर्यदय को प्रतिछ्यामा थीयौ
मेरो आफ्नो रमाइलो कुरा
तेस्तै जापानको को ५ बजे तिर होला जापानको सबै भन्दा अग्लो ठाउमा बसेर नेपालमा परिवार संग कुरा गर्न मन लाग्यो र फोनको नेटवर्क पनि थीयो ,नेपाल फोन गरको उता नेपालमा २ बजेको रहेछ ,मध्यॆ रति फोन आएकोले नेपाल मा भाइ राजुले हत्त्तार मा फोन उठायो ,डराउदै के भो दाइ किन यति राती फोन गरेको ठिक छ ………सबै भन्दै थीयो,मैले जापान को सबै भन्दा अग्लो ठाउँ बाट तिमि संग कुरा गर्दै छु भनेर भन्दा राजुले म मध्यॆ रति फोन आयो केहि emergancy होला भनेको,…… तपाईलाई मस्ती भन्दै के के भन्न थाल्यो ,मैले आफुमा लागेको कुरा गरेर सरि भनेर फोन कटिदीय ,भोलि पल्ट बाबा ले पनि फोन गरेर गाली गर्नु भयो,किन पहाड चड्न गोएको नपढेर……………. मध्यॆ रति फोन गर्ने ………………………
बिहान हामी सबै जना यता उति हेर्दै फोटो हरु खीच्न शुरु भयो बिहानी को ठण्डा मा रमाइलो गर्दै गर्दा भगवान सुर्य को दर्शन गर्ने मौका मिल्यो। अति सुन्दर बिहानी ,मनमोहक सुर्यको किरण ,हामी सम्म सुर्यको राप आइनपुगेपनि न्यानो अनुभब भयो। बिहानीको सुन्दर फोटो हरु लिदैमा म रमाउन थालेछु,करिब करिब ७ बजे तिर हामी हरु आफ्नो फर्कने बाटो तताउन सुरु भयो। हामी हरु को ओरालो लाग्ने यात्रा पनि कम रमाइलो भयन धेरै जना साथी हरु बनिसकेको ले ओर्लदा अझ रमाइलो भयो।
video shoting top of Fuji san (baru)
रमाइलो रमाइलो मा नै हामीहरु को बाटो त भुल भै सकेको रहेछ। भएको के रहेछ भने हामीहरु जुन बाटो बाट गोएको हो ओर्लदा त बिपरित बाटो बाट ओरालो झर्दै रहेछौ , हामी जादा Fujinomiya 5th Station बाट यात्रा शुरु गर्दै नचाहीने सामानहरु लकरमा राखेको हो. तर ओर्लदा gotembea 5th Station पट्टि ओर्लन पुगेछौ। सबै को सामान त थीयो तर जाने समय सबै संग थीएन । हामी आ-आफ्नो सामान सम्झदै घर जाने बसमा बस्यौ। मेनमारको साथीहरु को अलि बढी सामान भएको ले चित्त दुखाउदै घर जान तयार भए। फुजी सान को यात्रा निकै रमाइलो र यादगार भयो।