जो, जहाँ, जसरी भए पनि
चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली एक हौं
७ भदौ, काठमाडौं onlaikhaber bata
काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा ३५ हजार मानिसको प्रयोग गरेर शनिबार नेपाली राष्ट्रिय झन्डाको आकर्षक आकृति बनाइएको छ ।
‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो ।
जो, जहाँ, जसरी भए पनि चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली एक हौं भन्ने भावनालाई जगाउन यसरी झन्डा बनाइएको आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।
राष्ट्रिय भावना स्थापनासँगै आफूहरुको यो अभियानले विश्व कीर्तिमान कायम गर्ने पनि उनले बताए । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएर विश्व रेकर्ड कायम गरेको थियो ।
एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको छ ।
मानिसलाई मिलाएर झण्डा बनाउने कामको जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडौं इन्जिनियररिङ क्याम्पसमा अध्ययनरत बिई तेस्रो वर्षका विद्यार्थीलाई दिइएको थियो ।
Nepaliese attempt world,s largest nepali human flag record
youtube video
नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु
AND LAST EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................
मलाई मनपरेको फोटो मेरो आफ्नो फोटो ग्राफी
No comments:
Post a Comment