Saturday, August 30, 2014

जीवित देवी कुमारीको तस्वीर कथा

नेपालको कुमारी को कथा (online khabar र कान्तिपुर बाट )

जीवित देवीको तस्वीर कथा, जसको पाउले भुइँ छोएको हुँदैन -

 See more at: http://www.onlinekhabar.com/2014/06/209496/#sthash.nVMJQijL.dpuf
From onlinekhabar



Kumari

विश्वका अधिकांश समुदायमा देवी एक अध्यात्मिक संसारको प्रतिक हो । तर, नेपालमा देवीहरु बाँचिरहेका छन् । उनीहरुलाई जीवित देवी कुमारीको रूपमा पुजिन्छ । यो भूमिकाका लागि उनीहरु कठोर ३२ चरण पार गर्नु पर्ने हुन्छ ।तर, उनीहरुलाई नाम र सम्मान मात्र दिइँदैन, उनीहरुको जीवन नै परिर्वतन हुन्छ । उनीहरु आफूले चाहेको बेला घरबाहिर निस्कन र हिडडुल गर्न पाउँदैनन् । चाडपर्वहरुमा मात्र उनीहरु जिवित देवी कुमारीका रुपमा उपस्थित हुन्छन् ।यसरी जाँदा पनि उनीहरुको पाउले भुई छाएको हुँदैन । रथमा राखेर यात्रा गराइन्छ वा बोकिन्छ ।

Kumari-1

तर, जब उनीहरु यौवन अवस्थामा पुग्छन्, फेरि सबै परिर्वतन हुन्छ । रजश्वाला भएपछि उनीहरुलाई १२ दिने गुफामा राखिन्छ र उनीहरुको कुमारी जीवन अन्त्य भएर समान्य जीवन सुरु हुन्छ ।

Kumari Samita Bajracharya looks outside her window room at the Kumari Ghar residence in Patan, Nepal, 03 October 2012. After becoming a Kumari, Samita was restricted of going out from her residence appearing outside only during different jatras for nine times a year as a guest and banning her to go to school

कुमारी भएपछि समिता बज्राचार्य । उनीहरुलाई घर बाहिर जान दिइँदैन । कुमारीलाई पर्वहरुमा हुने पूजाहरुमा मात्र जिवित देवीको रुपमा लैजाने गरिन्छ । 

Kumari Samita Bajracharya sits on the traditional throne of Kumari as participants of Matya fesival pass on at Ratnakar Mahavihar in Patan, Nepal, 04 August 2012

उनीलाई स्कुल जान रोक लगाइएको हुन्छ भने समाजमा दिनदिनै हुने कामकारबाहीबाट पनि अलग गरिएको हुन्छ । आवश्यक पठन पाठनको व्यवस्था छुट्टै मिलाइन्छ ।

Kumari Samita Bajracharya receives a private class from a teacher of St. Xavior School at her home in Patan, Nepal, 31 March 2011. St. Xavier School provides a full scholarship to educate the Living goddess Kumari sending a teacher to their home
  • कुमारी भएपछि समिता बज्राचार्य स्कुल जान पाइनन् । उनलाई अध्ययनका लागि छुट्टै व्यवस्था गरिएको थियो । उनलाई पढाउन सेन्ट भेभियरबाट एक शिक्षकलाई घरमै बोलाइएको थियो ।
Purna Shova Bajracharya (R), mother of Kumari Samita Bajracharya (C), putting on makeup on her daughter's face for a festival procession at Kumari Ghar in Patan, Nepal
  • चाडपर्वमा जिवित कुमारीका रुपमा उपस्थित हुने बेला समितालार्इ परम्परागत श्रृगार लगाइदिँदै ।
Kumari Samita Bajracharya (R) sharing a light moment with her mother Purna Shova Bajracharya

Purna Shova Bajracharya (2-L), mother of Kumari Samita Bajracharya (2-R), as she carries her daughter to a festival procession in Patan, Nepal
  • जीवित कुमारीको रुपमा मन्दिरमा बोकेर लैजाँदै परिवारका सदस्य । कुमारी भएको अवधीमा उनीहरुले भुइँमा टेकको हुँदैन । रथमा यात्रापछि यसरी नै बोकेर लैजाने प्रचलन छ । 
Kumari Samita Bajracharya (C) plays with her friends at Kumari Ghar in Patan City, Nepa
  • कुमारी जीवन अन्त्य भएपछि स्कुलका साथीहरुसँग खेल्दै समिता ।
Mother Purna Shova Bajracharya (R) and nephew sister of Samita Bajracharya (C) hold her as she is brought outside with her face covered with a cloth and wearing a traditional wedding dress to worship the Sun during a 'Gufa' ceremony at Ratnakar Mahavihar in Patan, Nepal
  •  गुफा राखेको समयमा समितालाई समारोहमा ल्याउँदै उनकी आमा पूर्णासोभा । गुफा बसेको समयमा उनीहरुले घाम देख्नु हुँदैन भन्ने मान्यता रहकाले अनुहार छोपिएको छ ।
Kumari Samita Bajracharya (2-L) sits with his father Kul Ratna Bajracharya (L), Mother Purna Shova (R) and elder brother Sabin at Kumari Ghar in Ratnakar Mahavihar in Patan, Nepal
  •  गुफापछि बाबु कुलरत्न, आमा पूर्णासोभा र भाई सविनको साथमा समिता । अब उनकाे जीवन अन्य किशोरीहरू जस्तै सुरू हुन्छ ।
Kumari Samita Bajracharya washes her third eye at Bagmati river in Patan, Nepal, 07 March 2014. After completing 12 days of 'Gufa' ritual, the following day Kumari goes to the nearby river and unties her hair and washes the painted third eye made on her forehead. This ritual represents the end of Samita as a Kumari
  • १२ दिन गुफा बसेका समिता नजिकैको नदीमा आफ्नो निधारमा तेस्रो आँखाका रुपमा बनाइएको आकृति पखाल्दै । जुन परम्परागत रंगले बनाइएको हुन्छ ।
Kumari Samita Bajracharya visits the white monastry with her family in Kahmandu, Nepal, 29 March 2014. Samita could not walk properly after she retired as Kumari because she had been carried all the time as the Kumari's feet can never touch the ground. It took almost one month transition to gain confidence interacting with people and to get used to a normal daily life
  • सामान्य जीवन सुरू गर्दै । १२ दिनको गुफापछि उनले नयाँ जीवन सुरू गरिन् र अन्य मानिसहरू जस्तै समाजमा हरेक काममा संलग्न हुन सकिन् ।
Samita Bajracharya plays an Indian classic music instrument called Sarod in her room in Patan, Nepal, 24 April 2014, after she retired from post of Living goddess

Samita Bajracharya (C) attends a class at Xavier school in Patan, Nepal, 24 April 2014. Samita used to be the Kumari or 'Living Goddess'
  • पूर्व कुमारी समिता बज्राचार्य अन्य साथीहरुसँग प्रवेशिका परीक्षामा सहभागी हुँदै ।
डेलिमेलको सहयोगमा 


कुमारी को कथा अहिले को कुमारी मनीता कान्तिपुर भाद्र 2014
हेमेश रत्न बज्राचार्य

http://www.ekantipur.com/np/2071/5/14/full-news/394934.html

यो जनश्रुति हो । अथवा भनौं, जनविश्वास । कुमारीको दैत्यसँग माया बसेको हुन्छ । पछि यस्तो स्थिति आउँछ, कुमारीले आफ्नो दैत्य प्रेमी वा देशमध्ये एउटा रोज्नुपर्ने हुन्छ । कुमारीले देश रोज्छिन् । दैत्यको हत्या गर्छिन् । आफ्नो प्रेमीलाई रोजेको भए, देश रहने थिएन । यो उनको मायाको हत्या थियो । त्यसैले उनले घोषणा गर्छिन्, 'म अब विवाह गर्दिनँ, कुमारी नै रहन्छु ।' उनले देश पनि बचाउँछिन्, आफ्नो प्रेम पनि अमर राख्छिन् ।




यसै कथालाई समेटेर अहिलेसम्म पनि 'प्याखँ' प्रदर्शन हुँदै आएको छ । वियोगान्त छ, यो कथा । ०६५ को दसैंताका काठमाडौं इतुंबहालको प्रतापमान शाक्यको घरमा पनि ठूलै छलफल चलेको थियो, उनकी कान्छी छोरीलाई कुमारी बनाउने विषयमा लिएर । कुमारी यही बेला फेरिन्छ । आखिरमा उनीहरू सबैले त्यो वियोगान्त कथा त सुनेकै थिए । कान्छी छोरीको नाम राखेका थिए, मतिना । नेपाल भाषामा मतिनाको अर्थ हुने गर्छ, प्रेम, माया, प्रीति, प्यार ।

त्यतिबेला मतिना तीन वर्षभन्दा केही बढीकी मात्र थिइन् । नर्सरीमा भर्ना मात्र भएकी । शाक्य परिवारले निर्णय गर्‍यो- आफ्नो संस्कृतिको धरोहर कायम राख्न मतिनालाई कुमारी बनाउने । 'त्यो वियोगान्त कथा खालि एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको कथा न हो,' शाक्य परिवारको निचोड थियो । त्यसो त, कुमारीका पनि दर्जनभन्दा बढी प्रथा छन् । त्यसमध्ये केही लोप भइसके । जति छन्, त्यसमध्ये पनि वसन्तपुरकी कुमारी मुख्य मानिन्छ । यसकै बढी महत्त्व छ ।

राजकीय कुमारी भएर पनि यस्तो भएको हुन सक्छ । कोही यसलाई महालक्ष्मी त कोही वज्रदेवीको प्रतीक मान्छन् । यस्तै केही तलेजु भवानीको प्रतीक । जयप्रकाश मल्लले कुमारी प्रथाको स्थापना गरेको मानिन्छ । अहिले वसन्तपुरमा रहेको कुमारी घर नेपाल संवत् ८७७ तिर बनेको मानिन्छ । त्यसअगाडि सायद हनुमानढोकामै कुमारीलाई बस्नका लागि व्यवस्था थियो । जयप्रकाश मल्लदेखि अहिलेसम्म लगातार एकपछि अर्को कुमारी बन्दै आएका छन् ।

एकखाले अनुमान छ, अहिलेकी मतिना सम्भवतः ४४ औं राजकीय कुमारी हुन सक्छिन् । यिनै मतिनालाई पनि त्यति बेला सोधिएको थियो, 'कुमारी हुन्छौ त ?' सानैदेखि केही फरक र विशेष देखिएकी मतिनाले आत्मविश्वासले भनेकी थिइन्, 'हुन्छु ।' जो कोहीले कुमारी कहाँ हुन पाउँछन् र ? शाक्य कुलकी हुनुपर्‍यो । आमा र बुबा दुवैमा तीन पुस्तासम्म हेरिन्छ, कुल ठीक छ कि छैन भनेर । फेरि चिना पनि मिल्नुपर्‍यो । पहिले पहिले कुमारी हुनेको चिना राजाको चिनासँग मिल्नुपथ्र्यो ।

अहिले त राजै रहेनन्, त्यसैले मतिनाको चिना देशको ग्रहदशासँग मिलाइएको थियो । सबै मिलेपछि अन्ततः मतिना बनिन्, गणतन्त्र नेपालको पहिलो कुमारी । दसैंको मुखैमा परिवारको सबैभन्दा प्यारी कान्छी छोरीले घर छाड्नुपरेको थियो । त्यो दसैं कुनै पनि अर्थमा दसैं रहेन । बज्यै बालदेवी र आमा सुनिता शाक्यको मन कम्ती रोएको थिएन, त्यस बेला । न त बुबाको मन ठीक ठाउँमा थियो । हिजै जस्तो लाग्छ, यी सबै घटना, अहिले छ वर्ष भइसकेको छ । मतिना पनि नौ वर्षकी भइसकिन् ।
कुमारी हुँदासम्म उनले आफ्नो घर र्फकनु हुन्न । वसन्तपुरको कुमारी घरमै रहनुपर्छ । उनको हेरविचार गर्न चिताइदारहरू हुन्छन् । केही साताअगाडि मात्र इतुंबहालमा देवताहरू प्रदर्शन चल्दा उनी त्यहाँ आएकी थिइन् । र्फकंदा परबाट आफ्नो घर हेरिन् । खासै प्रतिक्रिया दिइनन् । उनका आफ्नै उमेरका दिदीबहिनीले घरबाट हात हल्लाएर बाईबाई गरे । कुमारीले आफ्नो गहना र वस्त्र धारणा गरिसकेपछि उनी केही फरक देखिन्छन् । बाल चञ्चलता हराउने गर्छ । अरू बेला भने साधारणजस्तै हुन्छ ।

अचेल कम्प्युटरको जमाना छ, त्यससँग पनि मतिना अभ्यस्त भइसकेकी छन् । ल्यापटप र मोबाइल पनि उनका लागि नौला रहेनन् । अहिले उनी चार कक्षामा पढ्ने भइसकेकी छन् । स्कुल जान्नन्, स्कुल नै उनीसम्म आउने गर्छ । उनको स्कुल हो, गणबहालको गि्रनपिस को-एड । दुईजना शिक्षक दिउँसो पालोपालो कुमारी घर पुग्छन्, पढाउन । मतिनाले पढ्ने मात्र कुमारी घरमा हो, उनको पढाइको ढाँचादेखि लिएर अरू सबै स्कुलले तोकेजस्तै हुन्छ । जाँच पनि दिनुपर्छ, पास पनि हुनुपर्छ । शाक्य परिवारबाट पनि बरोबर कुमारी घर पुग्छन् ।

आफ्ना दिदीबहिनी आउँदा कुमारी खुबै खुसी हुन्छिन् र साधारण केटाकेटीजस्तै खेल्छिन् । बज्यै र आमालाई भने कुमारी घर छाड्दा अझै गाह्रो हुने गर्छ, उनको मायाले । बुबा प्रतापमान बरोबर कुमारी घर गइरहन्छन् । छोरी भेट्न उनलाई कुनै रोकतोक छैन । मनले भनेपछि पुगिहाल्छन्, कुमारी घर । उनले पनि अनुभव गरेका छन्, आफ्नी छोरी अरू बेला साधारण हुन्छिन् । जति बेला कुमारीको गहना र वस्त्रमा सज्जिन्छन्, विशेष हुन्छिन् ।अब एकाध दिनमै इन्द्रजात्रा सुरु हुँदै छ । काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक चाड हो, यो । यसलाई येँया पुन्हि भनिन्छ । तीनपटक कुमारीको रथले भित्री काठमाडौं घुम्ने गर्छ । बुबा प्रतापमान पनि रथसँगै घुम्छन् । त्यसैलै इन्द्रजात्राको बेला उनी खुबै व्यस्त हुन्छन् । आखिरमा उनी कुमारीका बुबा हुन्, अझ भनौं देवताका बुबा । यत्तिकै भन्दा पनि उनको मन खुसीले झुम्ने गर्छ । मान्छे भएर देवताको आमा बुबा, बाजे बज्यै, दिदीबहिनी, दाइभाइ हुने अवसर ।

प्रतापमान आफै प्राज्ञिक व्यक्ति हुन्, भाषा संस्कृतिप्रति अनुराग राख्ने । खासमा उनी लिपि विशेषज्ञ हुन् । नेपालमा चलनचल्तीमा रहेका कम्तीमा १२ लिपिका ज्ञाता हुन् । त्यसमा नेपालको गौरव रञ्जना लिपि पनि पर्छ । लामो समय नेपाल लिपि गुथिको नेतृत्व सम्हाले, अहिले त्यही गुथिको प्राज्ञिक परिषद्को सदस्य छन् । अहिले उनी कुमारी अधिकारकर्मीजस्तै भएका छन् । र, कुमारीबारे विशेषज्ञ पनि । कुमारीलाई लिएर निस्केका समाचारका कटिङ राख्छन्, कुमारीलाई लिएर लेखिएका थेसिस पनि जम्मा गरिरहेका छन् ।
उनकै भाषामा मतिना कुमारी हुनुअगाडिसम्म यो प्रथा संकटमा थियो । डर थियो, कतै त्यो लोप हुने त होइन । आफ्नो छोरी कुमारी भएपछि प्रण गरे, यो प्रथालाई कायम राख्न केही दिगो काम गर्नुपर्छ । यसका लागि उनले पछिल्लो छ वर्ष लगातार काम गरेका छन् । धेरैलाई भेटेका छन् । धेरैले उनलाई सहयोग पनि गरेका छन् । समस्या अझै धेरै छन् । यसबीच पनि अहिले केही सन्तोष मान्ने स्थिति बनेको छ ।
जस्तो काठमाडौं महानगरपालिकाले हालै मात्र कुमारीमा कायम रहेकालाई प्रतिमहिना ४० हजार रूपैयाँ दिने निर्णय गरेको छ । नेपाल सरकारका तर्फबाट सात हजार पाँच सय रुपैयाँ अलग्गै आउँछ । अवकास प्राप्त कुमारीले पनि अहिले नगरपालिकाबाट प्रतिमहिना १० हजार रुपैयाँ पाउँछन् भने सरकारका तर्फबाट तीन हजार सात सय ५० रुपैयाँ । प्रतापमान मान्छन्, कायम कुमारी मात्र होइन, अवकाश प्राप्त कुमारीको स्वास्थ्य र शिक्षाको जिम्मा पनि सरकारले लिनुपर्छ ।

यसपछाडि प्रतापमानसँग पर्याप्त तर्क पनि छन् । पहिलो, नेपाली पयर्टनमा कुमारीको जबरदस्त आकर्षण छ । यो सबैलाई थाहा छ । धेरैलाई थाहा नभएको के हुन सक्छ भने कुमारीको नाममा पहिले १ सय ८० रोपनी जग्गा थियो, पछि त्यो सरकारले लियो । राजा महेन्द्रको पालामा । टुँडिखेल अगाडि नेपाल वायु सेवा निगम (एनएसी) को भवन रहेको जग्गा यसैमा पर्न सक्छ । अझै पनि घोडेजात्राका बेला त्यही एनएसीको भवनको एउटा कोठामा बसेर कुमारीले जात्रा मनाउने परम्परा छ ।यस्तै पुतलीसडकस्थित क्यापिटल मार्केट रहेको भवनको जग्गा पनि कुमारीकै थियो, बूढापाका यस्तै भन्छन् । 'कुमारीको नाममा धेरैले लाखौं करोडौं कमाइरहेका छन्, आखिरमा त्यही कुमारीलाई राम्रो होस् भनेर त्यसको केही अंश खर्च गर्न किन कन्ज्युस्याइँ ?' प्रतापमानको प्रश्न छ । उनी अवकाश प्राप्त सबै कुमारीहरूले सहज र सामान्य जीवन बिताइरहेको तथ्य पनि सबैलाई बुझाउन चाहन्छन् । उनी प्रायः रश्मिला शाक्यको उदाहरण प्रस्तुत गर्न चाहन्छन् । यी पूर्वकुमारी अहिले कम्प्युटर इन्जिनियर भएकी छन् ।

सायद दुई वर्षपछि मतिनाले पनि अवकाश पाउनेछिन् । यही दुई वर्षभित्र प्रतापमानलाई अझ धेरै काम गर्नु छ । पछि मतिनाले के बन्न चाहने हो, त्यो उनमै छाड्न चाहन्छन् । खालि चाहन्छन्, मतिना देशको सफल र सभ्य नागरिक बनुन् । प्रतापमानलाई दुई वर्षपछि मतिना घर र्फकंदा उनलाई नयाँ वातावरणसँग अभ्यस्त गराउने चुनौती पनि छ । उनी अहिलेदेखि नै त्यसको तयारीमा छन् । र, उनी त्यो दसैंको पर्खाइमा पनि छन्, जुन बेला घरमा कान्छी छोरी हुनेछिन् ।


मेरो youtube video तपाइको लागि जापानी डान्स 




मेरो मन परेको मेरो आफ्नै photography 



धन्यवाद तपाइको सल्लाह र सुझाबको लागि barujisan@gmail.com


No comments:

Post a Comment