Current Nepali Time
रुद्राक्ष के हो ?
रुद्राक्ष इलाओकार्पस जातिमा पर्ने वृक्ष हो। यसको फललाई हिन्दुहरू भगवान् शिवको स्वरूप मान्छन्। शिव महापुराणको विद्येश्वर समितिको प्रथम अध्यायमा उल्लेख भए अनुसार त्रिपुरासुर दैत्यसँगको युद्ध जित्दा शिवको आँखाबाट हर्षको आँशु झरेको थियो। त्यही आँशु झरेको जमिनबाट वृक्ष उमि्रएको र त्यसको फल मानव जातिको हितका लागि हुने भनेर शिवले भनेपछि यसलाई मानिसले शिवको स्वरूपमा ग्रहण गरेको मानिन्छ। धर्म, ध्यान, साधना, तन्त्रमा यसको प्रयोग गरन्िछ।
रुद्राक्षको दानामा चुम्बकीय र विद्युतीय प्रभाव हुने हुने रुद्राक्षवल्र्डडटकममा उल्लेख छ। यसले रक्तसञ्चारलाई सन्तुलित बनाएर तनाव घटाउने र व्यक्तिलाई तीक्ष्ण क्षमताको बनाउने विश्वास छ।
भ्रम र यथार्थ
एकमुखे: पुराणमा वर्णन गरिए अनुसार यो रुद्राक्ष गोलो हुँदैन, अर्धचन्द्राकार हुन्छ। त्यसैले एकमुखे रुद्राक्ष भ्रम मात्रै हो। रुद्राक्षलाई काट्दा जति मुखे रुद्राक्ष हो, त्यति ओटा बियाँ हुन्छ। एकमुखे भनिएका रुद्राक्षमा पनि दुईवटा बियाँ पाइन्छ। त्यसैले एक सग्लो रुद्राक्ष हुँदैन। बाहिरबाट एकमुखे देखिए पनि भित्र त्यस्तो हुँदैन।
दुईमुखे: यसलाई अर्धनारेश्वरको प्रतीक मानिन्छ। यसले चन्द्रमाको नराम्रो असर कम गर्ने विश्वास गरिन्छ। साथै, दुई व्यक्तिबीच सुमधुर सम्बन्ध स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास छ।
तीनमुखे: यसलाई अग्निको स्वरूपका रूपमा लिइन्छ। यसले शीतलता प्रदान गर्ने विश्वास छ। यसले ध्यान एकाग्र बनाउने हुँदा खास गरी विद्यार्थीले धारण गर्दा राम्रो हुने मानिन्छ।
चारमुखे: यो रुद्राक्षलाई ब्रह्माको प्रतीक मानिन्छ। सिर्जनात्मक क्षमता बढाउन यसको उपयोग गरिन्छ।
पाँचमुखे: यसलाई पञ्चमुखी महादेवको रूपमा लिइन्छ। १ सय ८ दाना भएको पाँचमुखे रुद्राक्षको मालाको जप गरेर देवी खुसी पार्न सकिने विश्वास छ। यसले वृहस्पति ग्रहलाई बलियो बनाउँछ।
६ मुखे: यो कुमारको स्वरूप हो। यो लगाउँदा इच्छाएको कुरा पूरा हुने विश्वास छ।
सातमुखे: सप्तऋषिको स्वरूपको रूपमा यसलाई लिइन्छ। यसले शनि ग्रहको नकारात्मक असर कम गर्ने र व्यापार फलदायी बनाउने विश्वास छ।
आठमुखे: नेपालमा भैरव र भारतमा अष्टविनायकको प्रतीकका रूपमा लिइन्छ यसलाई। यसले सम्भावित दुर्घटना टार्ने र राहुको नकारात्मक असर घटाउने मानिन्छ।
नौमुखे: यो नवदुर्गाको प्रतीक हो। केतुको नराम्रो पक्षलाई घटाउने गर्छ भनिन्छ।
१० मुखे: यसलाई विष्णुको रूप मानिन्छ। भक्तिभाव देखाउन मात्रै यसको धारण गरिन्छ।
११ मुखे: यसलाई एकादस महारुद्रको स्वरूप मानिन्छ। छालाका रोग तथा मुटुसम्बन्धी समस्या भएकालाई यो राम्रो हुने विश्वास छ।
१२ मुखे: यसलाई सूर्यको स्वरूप मानिन्छ। जागिर र करिअरमा सफलताका लागि यो रुद्राक्ष धारण गर्ने चलन छ।
१३ मुखे: यसलाई कामदेवको स्वरूप मानिन्छ। अरूको मनको भाव बुझ्न सघाउने हुँदा यसले भौतिक लाभसमेत गर्ने विश्वास गरिन्छ। वशीकरण साधना गर्नेहरूले यसको प्रयोग बढी गर्छन्।
१४ मुखे: यसलाई हनुमानको प्रतीक मानिन्छ। साधना गर्नेहरूले अडनचक्र खोल्नका लागि यसको धारण गर्छन्। यो रुद्राक्ष लगाउँदा शिव र शक्ति दुवैको अनुभूति पाइने र व्यापारसमेत सप्रने विश्वास छ।
२१ मुखे: कुवेरको स्वरूप मानिने यो रुद्राक्ष लगाएपछि प्रशस्त धन कमाउन सकिने विश्वास छ।
गौरीशंकर: बराबरी आकारका दुईवटा दाना जोडिएको रुद्राक्ष हो यो। यसलाई शिव-पार्वतीको स्वरूप मानिन्छ। यसले दम्पतीबीच सुमधुर सम्बन्ध कायम गर्ने विश्वास गरिन्छ। यो रुद्राक्ष विभिन्न मुखे हुन्छन्।
सवार: गौरीशंकरजस्तै जोडिएको तर एकमुखे मात्रैलाई सवार रुद्राक्ष भनिन्छ। अर्धचन्द्र एकमुखीभन्दा राम्रो मानिन्छ।
गर्भ गौरीशंकर: दुईवटा जोडिएको तर आकार सानो-ठूलो भएको दाना हो यो। गर्भावस्था भएका बेला महिलाले लगाउँदा बच्चा राम्रोसँग जन्मिने विश्वास छ।
गणेश रुद्राक्ष: हात्तीको जस्तै सुँड हुन्छ यसको। गणेशको स्वरूप मानेर यसलाई पूजा गरिन्छ।
गौरी पाठ: त्रिजुटसमेत भनिने यसमा प्राकृतिक रूपमा तीनवटा दाना जोडिएको हुन्छ। यसलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक मानिन्छ। यसले अकाल मृत्यु रोक्ने विश्वास छ। मुख अनुसार यसको प्रभावसमेत फरकफरक हुन्छ ।
रुद्राक्षको विश्वबजार
विश्वका ३६ राष्ट्रमा उत्पादन हुने भए पनि नेपालको रुद्राक्ष गुणस्तरीय मानिन्छ। संसारमा सबैभन्दा बढी रुद्राक्ष उत्पादन गर्ने राष्ट्र इन्डोनेसिया हो। विश्वबजारको ८० प्रतिशत रुद्राक्ष इन्डोनेसियाले नै ओगटेको छ। नेपाली रुद्राक्षले भने झन्डै १८ प्रतिशत बजार ओगटेको नेपाली व्यवसायीहरूको अनुमान छ। तर, इन्डोनेसियाको रुद्राक्ष नेपालको भन्दा सानो आकारको हुन्छ।
गुणस्तरमा अब्बल भएकै कारण नेपाली रुद्राक्ष महँगोमा बिक्री हुन्छ। नेपालभित्रैको पनि दिङ्ला क्षेत्रमा फलेका रुद्राक्षलाई बढी मूल्य तिर्ने गरएिको व्यापारी नगेश बस्नेतको भनाइ छ। यो क्षेत्रमा फलेको रुद्राक्ष ठूलो र डिजाइन मिलेको हुने हुँदा आकर्षक मानिन्छ। आकार, मोडल, मुखले रुद्राक्षको मूल्य निर्धारण गर्छ।
Copy from kantipur Nepal More u can read
http://www.ekantipur.com/nepal/article/?id=6140
Thank u
No comments:
Post a Comment