Current Nepali Time
काठमाडौ, मंसिर ४ -
मतदान २०७० मंसिर ४ गते मंगलबार समय बिहान ७ देखि साँझ ५ सम्म
हामी प्रायशः राजनीतिक दुर्गतिको समग्र दोष नेताहरूलाई दिने गर्छौं, दलहरूले राम्रो काम गरेनन् भनेर गाली गर्छौं । बेला यही हो आम नागरिकले सही निर्णय लिने । सही नेतृत्वलाई सत्ता र संविधानसभामा पठाउने । गलत र अक्षमहरूलाई पाखा लगाउने । यस अर्थमा जनता नै सार्वभौम र अन्तिम निर्णयकर्ता रहेको प्रमाणित हुने/गर्ने दिन पनि आजै हो । यो शक्ति निर्वाचनमार्फत ठीकसँग अभिव्यक्त हुनुपर्छ ।
आफूलाई प्राप्त मतअधिकारको राम्रोसँग सदुपयोग गरौं- संविधानसभालाई सफल पार्ने पहिलो र सबभन्दा अहम् भूमिका तपाईंले नै खेल्न सक्नु हुनेछ
त्यसैले गर्दा आज हरेक मतदाताले आफूलाई प्राप्त अधिकारको उपयोग गर्नैपर्छ । एक जुगको यो 'दोस्रो दिन' अर्थात् दोस्रो संविधानसभा निर्वाचनलाई सफल बनाउनैपर्छ ।
आयोगले बृहत् अनुगमनका लागि २ सय ४० वटै निर्वाचन क्षेत्रमा बृहत् र सूक्ष्म अनुगमन टोली खटाएको छ । अन्तर्राष्ट्रिय संस्था र व्यक्तिहरूबाट निर्वाचन अवलोकन र पर्यवेक्षण पनि हुँदैछ । अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक र अमेरिका, युरोपिन युनियन, चीन, जापान सहितका राजदूतहरूले मतदानको अवलोकन गर्नेछन् ।
निर्वाचन आयोगको नियमित कार्यकालिका अनुसार बिहान ७ बजे मतदान सुरु भएको छ ।
चुनावको केही झलकः
कुल मतदाता- १ करोड २१ लाख ४७ हजार ८ सय ६५ । महिला- ६१ लाख ६६ हजार ८ सय २९ (५०.७६ प्रतिशत) । पुरुष- ५९ लाख ८० हजार ८ सय ८१ (४९.३३ प्रतिशत) । तेस्रो लिंगी- १ सय ५५ ।
कुल मतदाता- १ करोड २१ लाख ४७ हजार ८ सय ६५ । महिला- ६१ लाख ६६ हजार ८ सय २९ (५०.७६ प्रतिशत) । पुरुष- ५९ लाख ८० हजार ८ सय ८१ (४९.३३ प्रतिशत) । तेस्रो लिंगी- १ सय ५५ ।
कास्की क्षेत्र नं. १ सुन्दरीडाँडा मतदान केन्द्रमा १ सय १० वर्षीया धनकुमारी गुरुङ मतदान गरेकी छन् ।
मुलुकभर बिहान सात बजेदेखि सुरु भएको संविधानसभाको दोस्रो निर्वाचन जारी छ । मतदान शान्तिपूर्ण रहेको मुलुकभरबाट समाचारहरु आइरहका छन् । मतदान केन्द्रहरुमा सुरुदेखि नै देखिएको भीडले नेपाली जनता चुनावमा भाग लिन कति बेग्र छन् भन्ने कुराको प्रमाण मिलेको छ । सोमबार राती माओवादीले गरेको बम विष्फोट धम्की र बहिस्कार सफल बनाउन कातिक २५ गतेदेखि गरेको यातायात बन्दले पनि नेपाली जनताको मतदानको आकांक्ष रोक्न सकेको देखिएको छैन ।(from kantipur news)
अहिले बेलुकाको ५ बजेको छ संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ
काठमाडौ, मंसिर ४ - आज भएको संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ । २४०
निर्वाचन क्षेत्रमा बिहान ७ बजे सुरु भएको निर्वाचन ५ बजे सकिएको हो । १८ हजार
चारसय ३८ मतदान केन्द्रबाट ५ सिलबन्दी गरी सम्बन्धित जिल्लाको सदरमुकाम ल्याउने
तयारी भइरहेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मुलुक भरमा ७० प्रतिशत भन्दा धेरै मत खसेको जानकारी गराएका छन् । आयोगमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । (from kantipur news)
७7 प्रतिशत मत खस्यो, कुन जिल्लामा कति ? (अपडेट)
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको गृह जिल्ला दाङमा ७५ प्रतिशत मत खस्यो ।
सुनसरीमा ७६ प्रतिशत ,सर्लाहीमा ७० प्रतिशत , सुनसरीमा ७६ प्रतिशत मतदान
भक्तपुरमा ८२ प्रतिशत , कैलालीमा ६० प्रतिशत , रसुवामा ७० प्रतिशत मत खस्यो
भक्तपुरमा ८२ प्रतिशत , पाँचथरमा ७० प्रतिशत
रौतहटमा ७५ प्रतिशत , ताप्लेजुङमा ७० प्रतिशत मत खस्यो
मकवानपुर जिल्लामा ७५ प्रतिशत मत खसेको
एमाओवादी अध्यक्ष प्रचण्डको चुनाव क्षेत्र काठमाडौं १० का करिव ८० प्रतिशत मत खसेको छ । -
मध्यपश्चिममा डोल्पामा ८५ प्रतिशत, कालिकोटमा ७०, रुकुममा ६५, जाजरकोटमा ६५, वाँकेमा ७५, बर्दियामा ८०, सुर्खेतमा ७५, दैलेखमा ७५, दाडमा ७०, प्यूठानमा ७०, सल्यानमा ७५, रुकुमा ६५, जुम्लामा ६५, मुगुमा ६५ रोल्पामा रोल्पमा ५५ प्रतिशत मतदान भयो । -
(from onlinekhaber)
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको गृह जिल्ला दाङमा ७५ प्रतिशत मत खस्यो ।
सुनसरीमा ७६ प्रतिशत ,सर्लाहीमा ७० प्रतिशत , सुनसरीमा ७६ प्रतिशत मतदान
भक्तपुरमा ८२ प्रतिशत , कैलालीमा ६० प्रतिशत , रसुवामा ७० प्रतिशत मत खस्यो
भक्तपुरमा ८२ प्रतिशत , पाँचथरमा ७० प्रतिशत
रौतहटमा ७५ प्रतिशत , ताप्लेजुङमा ७० प्रतिशत मत खस्यो
मकवानपुर जिल्लामा ७५ प्रतिशत मत खसेको
एमाओवादी अध्यक्ष प्रचण्डको चुनाव क्षेत्र काठमाडौं १० का करिव ८० प्रतिशत मत खसेको छ । -
मध्यपश्चिममा डोल्पामा ८५ प्रतिशत, कालिकोटमा ७०, रुकुममा ६५, जाजरकोटमा ६५, वाँकेमा ७५, बर्दियामा ८०, सुर्खेतमा ७५, दैलेखमा ७५, दाडमा ७०, प्यूठानमा ७०, सल्यानमा ७५, रुकुमा ६५, जुम्लामा ६५, मुगुमा ६५ रोल्पामा रोल्पमा ५५ प्रतिशत मतदान भयो । -
(from onlinekhaber)
संविधासनभा निर्वाचन २०७० एक झलक
मतदान २०७० मंसिर ४ गते मंगलबार समय बिहान ७ देखि साँझ ५ सम्म
कुल मतदाता- १ करोड २१ लाख ४७ हजार ८ सय ६५
महिला- ६१ लाख ६६ हजार ८ सय २९ -५०.७६ प्रतिशत)
पुरुष- ५९ लाख ८० हजार ८ सय ८१ -४९.३३ प्रतिशत)
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ- ६ हजार १ सय २७ /सिट संख्या- २४०
महिला उम्मेदवार- ६ सय ६७ -१०.८९ प्रतिशत)
समानुपातिक निर्वाचन प्रणालीतर्फ- १० हजार ७ सय ९ /सिट संख्या- ३३५
महिला उम्मेदवार- ५ हजार २ सय ९१ -४९.४१ प्रतिशत)
मतदान स्थल- १० हजार १३
मतदान केन्द्र- १८ हजार ४ सय ५६
अस्थायी मतदान केन्द्र- ३३६
परिचालन हुने कर्मचारी- करिब १ लाख २५ हजार ८ सय ५८
स्वयंसेवक- ८८ हजार ९ सय ४४
परिचालन हुने सुरक्षाकर्मी- करिब २ लाख १० हजार -म्यादी प्रहरीसमेत)
राष्ट्रिय पर्यवेक्षक- २२ हजार ५ सय २४ -जिल्लाबाट परिचयपत्र लिएकाबाहेक)
अन्तर्राष्ट्रिय पर्यवेक्षक- २३५
निर्वाचन खर्च ७ अर्ब ७५ करोड
- See more www.ekantipur.com
यस्तो छ सुरक्षा व्यवस्था
सरकारले मतदान स्थल, केन्द्र र भौगोलिक अवस्था हेरी सुरक्षा व्यवस्था मिलाएको छ । मतदाता सुरक्षाका लागि बाहिरी घेरामा सेना बस्नेछ । मतदान केन्द्र जाने बाटोको सुरक्षा सशस्त्र प्रहरीले गर्ने छ ।मतदान केन्द्रको भित्री भागको सुरक्षामा नेपाल प्रहरी खटिने छ । मतदाता, दुर्गम क्षेत्र, विरोधी समूहको सक्रियताको आधारमा सरकारले सवेदनशील र अति संवेदनशील मतदान केन्द्र विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको छ ।
चुनावमा ६१ हजार ९ सय ९५ सेना
नेपाल प्रहरी ४८ हजार ७ सय ८९
म्यादी प्रहरी ४४ हजार ७ सय २४
सशस्त्र प्रहरीबाट २९ हजार २९ जना
।राष्ट्रिय अनुसन्धानबाट प्रत्येक जिल्लामा गरी ४ सय ८०
७ सय ट्राफिक पनि निर्वाचन सुरक्षामा भिडेका छन् ।
केन्द्रदेखि जिल्ला तहसम्म सेनाको रिजर्भ फोर्स २१ हजार २५ खटिएका छन् ।
बम डिस्पोजलका लागि ९ सय ६० जना
हवाई गस्ती तथा स्ट्राइकिङ फौजका लागि ५ एयर बेस स्थापना तथा परिचालनका लागि ३ सय ५० जना खटिएका छन् ।
निर्वाचन सेल तथा कमान्डमा १ हजार २ सय ७० जना परिचालन गरिएको छ ।
नेपाल प्रहरीले सुरक्षा प्रदान गर्दै आएको विमानस्थललगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा सेनाले लिएको छ । त्यसमा ६ हजार सैनिक खटिएका छन् ।
दुई सय ४० निर्वाचन क्षेत्रका २ सय ८० भन्दा बढी स्थानमा सेनाको युनिट रहेको सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले जनाए । प्रत्येक क्षेत्रमा कम्तीमा एक प्लाटुन (करिब ४० जनशक्ति) परिचालन गरिएको छ । 'सुरक्षा संवेदनशीलता हेरी आवश्यकताअनुसार कुनै क्षेत्रमा त्यसभन्दा बढी पनि परिचालन गरिएको छ,' उनले भने ।
चुनावका बेला आपतकालीन समयमा गरिनुपर्ने उद्धारमा जनशक्ति, उद्धार सामग्री तथा हेलिकप्टरको व्यवस्थापन पनि सेनाले नै गर्नेछ । पाँचै विकास क्षेत्रमा हेलिकप्टरबाट सुरक्षा गस्ती पनि सेनाले गर्ने उनले बताए । निर्वाचन विरोधी समूहले त्रास फैलाउन राखेको विस्फोटक पदार्थलाई निस्तेज पार्न प्रत्येक निर्वाचन क्षेत्रमा बम डिस्पोजल टोली परिचालन गरिएको पोखरेलले बताए ।
मतदान गर्ने स्थलमा क्यामेरा, मोबाइल लैजान नपाउने : निर्वाचन आयोगले निर्वाचनको समयमा मतदाताहरूको मतदानको गोपनियता र सुरक्षाको प्रयोजनको लागि कसैले पनि मतदान गर्ने स्थलमा क्यामेरा, मोबाइललगायतका कुनै पनि विद्युतीय उपकरणहरू साथमा लैजान नपाउने गरी आदेश जारी गरेको छ।
यसैगरी आयोगले मतदानको दिन बिहान ५ बजेदेखि राति १२ बजेसम्म नेपालभर हवाई सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य कुनै पनि किसिमका सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ । रासस
यसैगरी आयोगले मतदानको दिन बिहान ५ बजेदेखि राति १२ बजेसम्म नेपालभर हवाई सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य कुनै पनि किसिमका सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ । रासस
ALL NEWS AND DATA ARE COPY FROM NEPAL NEWS SIDE NAGARIKNEWS,ONLINEKHABER,KANTIPUR AND OTHER THIS ALL R FOR MY PRIVET RECORD SO I WANT THANK TO ALL MEDIE FOR ALL THIS
THANK U BARU KHADKA
EMAIL -barujisan@gmail.com
अन्तिम नतिजा यस्तो सिट संख्यासहित काठमाडौं, मंसिर १४
No comments:
Post a Comment