काठमाडौ, २०७० - निर्वाचन आयोग, kantipur online, nagarik news र online news हरुबाट
निर्वाचन आयोगले १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेको यकिन गरेको छ । यसमध्ये ६१ लाख ६६ हजार ८ सय २९ महिला, ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र १ सय ५५ तेस्रो लिंगी छन् ।
सबैभन्दा बढी मतदाता भक्तपुर २ मा ८२ हजार २ सय १८ छन् भने कम मनाङमा ४ हजार ७ सय ९५ छन् ।
आयोगले २ सय ४० निवर्ाचन क्षेत्रका लागि देशका १० हजार १३ स्थानमा मतदानस्थल र १८ हजार ४ सय ५६ मतदान केन्द्र तोकेको छ ।
संविधानसभाको पहिलो निर्वाचनमा तीन मधेश केन्दि्रत दल सहभागी भएकोमा यसपाली २०७० माँ विभाजनका कारण उम्मेदवार दिने मधेसी दलको संख्या १५ पुगेको छ ।
देशभर गरी करिब साढे दुई लाख कर्मचारी परिचालन हुनेछन्। -
निर्वाचनका निम्ति ४दिन सार्वजनिक बिदा
कार्तिक २६ - सरकारले निर्वाचनका निम्ति चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ देखि संविधानसभा निर्वाचनको भोलिपल्ट ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय सोमबार मन्त्रिपरिषद् बैठकले गरेको हो
२०७०//२९ गते पत़ीका
खर्चको स्रोत
काठमाडौं - निर्वाचन आयोगको आचारसंहिताअनुसार एक उम्मेदवारले १० लाख रूपैयाँभन्दा बढी खर्च गर्न पाउँदैन। तर,उम्मेदवारहरू स्वयं 'आयोगले तोकेभन्दा तीन गुना अर्थात् कम्तीमा ३० लाख रुपैयाँसम्म खर्च हुने' बताउँछन्।
दैनिक डेढ–दुई सय कार्यकर्ताको लावा–लस्कर, मोटरसाइकल र्याली। मोटरसाइकलमा फुल–ट्यांकी तेल। दिनभरिको खाजा–खाना। साँझमा विशेष खानपिन। त्यसमाथि प्चिह्नसहितको झन्डा, पर्चा पम्प्लेट लगायत प्रकाशनमा हुने खर्च।
खर्चको स्रोत
एमाओवादी
– पार्टी सदस्यबाट प्रतिव्यक्ति दुई सय रुपैयाँ
– कार्यकर्ताबाट लेबी उठाउने
– पार्टीमा आबद्ध कर्मचारीबाट एक महिनाको तलबको २५ प्रतिशत
– पार्टीले प्रत्येक क्षेत्रलाई ५ लाख रुपैयाँ दिने
– उद्योगी/व्यापारीसँग चन्दा संकलन
नेपाली कांग्रेस
– केन्द्रले एक उम्मेदवारलाई ५ लाख रुपैयाँ पठाउँछ
– पार्टीमा हुनेखानेले दिने स्वेच्छिक चन्दा
– उद्योगी/व्यापारीसँग चन्दा संकलन
नेकपा एमाले
– प्रतिसंगठित सदस्यबाट सयदेखि हजार रुपैयाँ
– गाउँ कमिटी तथा क्षेत्रीय कमिटी सदस्यबाट ५ सय रुपैयाँ
– जिल्ला कमिटी सदस्य/केन्द्रीय पदाधिकारीबाट एक हजार रुपैयाँ
– आबद्ध व्यावसायीबाट प्रतिव्यक्ति १० हजार रुपैयाँ
– घरदैलो कार्यक्रममा १०/२० रुपैयाँ
सुरक्षाकर्मी चौबिसै घन्टा 'हाई अलर्ट'
संविधानसभा निर्वाचन बहिष्कारका पक्षमा नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाले सोमबार आह्वान गरेको आमहडताल भने पहिलेको भन्दा निकै फरक थियो।
बन्दकर्ता सडकमा कतै देखिएनन्। लुकिछिपी केही सवारीसाधनमाथि आक्रमण, आगजनी एवं तोडफोडबाहेक बन्दको प्रभाव राजधानी उपत्यका र देशभर नै सामान्य रह्यो। नेपाली सेनाको सडक गस्ती, पेट्रोलिङ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा सतर्कताले पैदल यात्रु निर्धक्क मुद्रामा गन्तव्यतिर गइरहेका देखिन्थे। बाक्लो संख्यामा नभए पनि थुप्रै ठाउँमा भाडाका सवारीसाधनसमेत यात्रु ओसारिरहेका भेटिए।
विगतका तुलनामा सोमबारको बन्दमा भित्री र बाहिरी सहरका पसलसमेत बढी नै खुले।
'समग्रमा भन्नुपर्दा उपत्यकाको बन्द निष्प्रभावी नै भयो,' 'सार्वजनिक र निजी यातायात मात्र होइन, सरकारी गाडीहरुसमेत चलेका थिए।' -
ट्राफिक चुनावमा, सडक अस्तव्यस्त
काठमाडौं - सरकारले संविधानसभा चुनावको सुरक्षाका लागि भन्दै उपत्यकामा रहेका ट्राफिक प्रहरीलाई विभिन्न जिल्लामा खटाएपछि राजधानीसहित उपत्यकाका तीनै जिल्लामा आइतबार दिनभर सवारी जाम भई ट्राफिक अस्तव्यस्त बन्यो। मूल सडक जाम भएपछि भित्री बाटो छिरेका सवारीसाधनहरू त्यहाँ पनि हल न चलको स्थितिमा अड्किएका थिए। लामो समयसम्मको ट्राफिक जामले स्कुल, अस्पताल, कलेज र अफिस पुग्नुपर्ने यात्रुले निकै सास्ती भोग्नुपर्यो। बिरामी बोकेका एम्बुलेन्स बढी समस्यामा परे। साइरन बजाउँदै आएका एम्बुलेन्सका निम्ति पनि जामका कारण बाटो खुलाउन सकिएको थिएन।
सरकारले निर्वाचन सुरक्षाका लागि भन्दै उपत्यकाका तीनवटै जिल्लाबाट ७ सय ५० भन्दा बढी ट्राफिकलाई विभिन्न जिल्लामा खटाएको छ। उपत्यकामा ९ सय ६३ ट्राफिक प्रहरीको दरबन्दी भए पनि अहिले जम्मा सयजना छन्।
'दैनिक हजारजना ट्राफिक साथीले हेरिरहेको उपत्यकाको सवारी व्यवस्थापन एकैचोटि सयजनाले धान्नु परेपछि व्यवस्थापन गर्नै गाह्रो भयो।
उकोटेश्वर, कालिमाटी, नयाँबानेश्वरजस्ता ठाउँमा यसअघि ४५ ट्राफिक रहने गरेकोमा आइतबार जम्मा चार–चार थिए।
उपत्यकामा निजी तथा सार्वजनिक गरी करिब ३ लाख १५ हजार सवारीसाधन गुड्छन्। यसअनुसार आइतबार एक ट्राफिकले तीन हजारभन्दा बढी सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था आएको महाशाखाले जनाएको छ।
संबिधानसभा निर्वाचनमा मंसिर २ देखि ५ गतेसम्म नेपाल-भारत सीमा बन्द
मंसिर ४ को निर्वाचनमा नेपाल भारत सीमा समन्वय बैठकले निर्वाचनलाई ध्यानमा राखेर दुबैतर्फबाट सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णय गरेको छ।
नेपालमा हुन गइरहेको निर्वाचनलाई सफल पार्न 'सिमा क्षेत्रमा सुरक्षा, एक अर्काएलाई सूचना आदानप्रदान र साना हतियारको नियन्त्रण' जस्ता बिषयमा बैठकले निर्णय गरेको हो। बैठकले मंसिर २ गते साँझ ७ बजे देखि मंसिर ५ गते बिहान ५ बजेसम्म नेपाल–भारत सीमामा आवत–जावत बन्द गर्ने निर्णय पनि गरेको छ।
काठमाडौं ४ को भूगोल र मतदाता
काठमाडौं क्षेत्र नं ४ मा कपन, चुनीखेल, महांकाल र चपलीभद्रकाली गाविसका साथै महानगरपालिकाका १, ७, ८ र ३३ नं वडाहरु पर्दछन् । यस क्षेत्रको कूल मतदाता संख्या ५६ हजार ८ सय ७७ रहेको छ । ०६४ को चुनावमा यस क्षेत्रमा ६२ हजार ८ सय २९ मतदाता थिए । दोस्रो संविधानसभामा यस क्षेत्रमा ५ हजार ९ सय ५२ जना मतदाता घटेका छन् । -
निर्वाचन मतदाता परिचय पत्र
निर्वाचन आयोगले निर्वाचन मतदाता परिचय पत्र आज २९ कात्तिक देखि वितरण गर्न सुरु गर्दैछ । आयोगले परिचयपत्र सम्पूर्ण गाउँ विकास समिति, नगरपालिका तथा निर्वाचन क्षेत्रका मतदान केन्द्रसम्म पुर्याइसकेको छ । उक्त परिचयपत्र आयोगद्धारा तोकिएका कर्मचारीले कात्तिक २९ गते, तथा मंसिर १ र २ गते वितरण गर्ने छन् ।
संविधानसभा निर्वाचन राष्ट्रिय पर्यवेक्षक
आयोगबाट पर्यवेक्षण अनुमति पाएका विभिन्न ५५ संस्थाका ७४ हजार राष्ट्रिय पर्यवेक्षक वुथ-वुथ पुग्ने तयारीमा रहेका बेला आयोगले उनीहरुलाई आचरणसम्बन्धी व्यवस्था स्मरण गराएको छ ।युरोपेली युनियन, कार्टर सेन्टर र सार्क राष्ट्रका निर्वाचन आयोगका पदाधिकारीसहित करिब एक हजार अन्तर्राष्ट्रिय पर्यवेक्षकसमेत संविधानसभा निर्वाचनलाई नजिकबाट पर्यवेक्षण गर्न बुथसम्मै पुग्ने तयारीमा रहेको नागरिक दैनिकमा खबर छ ।
मतदान केन्द्रको जिम्मेवारी महिलालाई -
निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि ८० मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई मात्र दिएको छ । निर्वाचन आयुक्त इला शर्माले शनिबार विशेष पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रत्येक जिल्लामा कम्तीमा एक मतदान केन्द्र सञ्चालनको नेतृत्व महिला अधिकृतले गर्दैछन् ।
२ मंसिर, काठमाडौं । दोस्रो संविधानसभाको मतदानका लागि शनिबार मध्यरातिबाट ‘मौन अवघि’ शुरु हुने भएको छ । निर्वाचन कानून अनुसार अबका ४८ घण्टा कसैले पनि चुनाव-प्रचार गर्न, सीमानामा ओहोर-दोहोर गर्न र मतदान केन्द्र आसपास जाँडरक्सी बिक्री एवं सेवन गर्न पाउँदैनन् । अबको ४८ घण्टा भारत र चीनसँग जोडिएका सीमा नाकाहरुसमेत ‘सील’ गरिनेछन् ।
संविधानसभा सदस्य निर्वाचन निर्देशिका २०७० को बुँदा नं ६६ मा भनिएको छ-’मतदान अधिकृतले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदान केन्द्रको क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गर्नुपर्दछ ।’ त्यसैगरी निर्देशिकाको ६७ नम्बर बुँदामा भनिएको छ-’मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म निर्वाचन क्षेत्रभित्र कसैले कुनै पनि राजनीतिक दल र उम्मेद्वारको पक्षमा वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न वा अन्य कुनै पनि प्रकारले प्रचार-प्रसार गर्न वा गराउन हुँदैन ।
सञ्चारमाध्यमले समेत मौन बस्नुपर्ने
संविधान सभा सदस्य निर्वाचन आचार संहिता २०७० को बुँदा नं ९३ ले ७२ घण्टे आचार संहिताको सो बुँदामा भनिएको छ-’आम सञ्चारले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेद्वारको निर्वाचनको प्रचार प्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रशारण गर्नुहुँदैन ।’