Friday, May 16, 2014

संसदीय सुनुवाइ विशेष समितिलाई खुल्लापत्र




संसदीय सुनुवाइ विशेष समितिलाई खुल्लापत्र

सभापति सहित माननीय हरु नमस्कर

संसदीय सुनुवाइ विशेष समितिमा मा बस्नु हुने भेडा भाख्राको जस्तो हुल तर हुत्ति र तागत केहि पनि नभय को मननीयहरु को हाल त न घर को न घाट को पो जस्तो रहेछ लाग्न थाल्यो यो  संसदीय सुनुवाइ विशेष समित हात्ती आयो हात्ती आयो फुस्सा जस्तो रहेछ जति नै भस्टचार गरेपनि न्यायाधीश  हुन कसैले पनि रोक्न नसक्ने पो रहेछ अनि न्यायाधीश बन्न को लागि करोड त कै पनि होइन रहेछ न्यायपरिषद

लाई जति पैसा घुस दीदा पनि हुन्छ नी  होइन र न्यायाधीश भएपनि कमाउने खेल त हामी सबै ले देखेको नै छौ

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको हकमा संसदीय समितिले केही कुरा जान्न चाह्यो भने उपस्थित हुँदैनौं भन्नु कत्तिको उचित हुन्छ ? - उपिस्थत हुन मिल्दैन भन्ने हो भने संसदीय सुनुवाइ नै खारेज गरे भो नि - किन काम नै गर्ननसक्ने समिति बनायर भत्तामात्रखाने ......

संसदीय समितिमा पनि पार्टी को प्रतिनिधिहरुको आफ्नो आफ्नो तर्क हरु रहेको पाइन्छ काग्रेसका नेता हरुको त कुरानै गर्न मन लागेन किनकी पैसा मा बीकेको र कारबाही गर्न सिफारिस गरेको न्यायाधीश

हरुको अगुवा बनेको छ एमाले त बाख्राहरुको हुलमा भएको बोका हो जता राम्री उतै पल्कने बामदेब ले त खुल्ला  आफ्नो सदस्यहरुलाई कडा चेतावनी दीयको छ अब बाकी सदस्य हरुको त केहि जोड चलन्ने वाला छैन अब हामी नेपाली त जसरि पनि मर्का नै हो जे गरे र हुन्छ पैसा कमाउ ……………न्यायकिन्नु छ भने पैसा मा बीकेको र किनेको न्यायाधीशहरु बाट न्याय त पाउने कुरानै भएन न्याय पाउनु छ भने पैसा बोकेर सर्वोच्चअदालतमा जानुहोला

Tuesday, May 13, 2014

हामी नेपाली मेहनती त पटकै होइनौ


हामी नेपाली मेहनती त पटकै होइनौ
 
Photo
मलाई थाहा छैन हाम्रो पुर्खा किन संसारमा नाम कमाए ,सुनेको थीए धरै बहादुर भएर रे लडाईमा मात्रहो। देश विकासको काममा त कतै पनि मेहनत गरेको देखेको छैन। 

देश विकास मा मेहनत  गर्ने भएको भए सबै ठेक्का काम हरु समएमा नै सकिन्त्यो होला होइन र तर आज आर्थिक वर्षा सकिदा  पनि सडक ढल  निर्माणको काम जस्ताको जस्तै छ बर्षाको हिलोमा कसरि हामी नेपाली ले द;ख पाएइरहेको छौ।
Photoयो बर्षा को दिन मा बासबारी देखि बुढानिलकण्ठ सम्म को यात्रा सारै नै कस्टकर छ बर्षामा सडक खनेर ढल हाल्ने काम  भएको छ बिहान लगाएर गोएको  पैन्ट जुत्ता बेलुका आउदा हिलो हुनेगरेको छ बईक गाडी धुन पानीको ठुलो समस्या छ। 
PhotoPhoto
बाटो ठुलो हुदै छ ढल को सुबिधा  हुदै छ गाडी को चाप सगै बाटो पनि ठुलो हुनु राम्रो कुरो हो हामी खुशी नै हुनु पर्छ र छौ पनि तर के सदै को हिलो र धुलो ले हाम्रो हेअल्थ खराब भैराको छ ठेकेदार कम्पनि काम त गरेरको नै छ भन्छ। सरकार भन्छ अनुगमन त गरेरको नै छु, तर काम किन पुरा हुदै न त् कारण सरकारी कर्मचारी अनुगम भैराको छ भन्छ खाली मिडिया मार्फत झुट को खेति गरेराको छन् तर कहीले सम्म ????
Photoसमय सिमा सम्म सकाउने दाइत्यो ठेकेदारको हो , अनुगमन गर्नु,काम भाको छ छैन हेर्ने,समयमा काम नभए कारबाई गर्ने  काम सरकार को हो जनता पनि चनाखो हुनु पर्ने हो तर जनता पनि आजित नै छन् किनकि कुनै पनि माग पुरा गर्न हाम्रो देशमा बन्द नै गर्न पर्छ अब बाटो/सडक चाडो बनौ  भनेर बन्द  गर्न त मिलेन नि होइन र ???
आज हाम्रो निक्कमा सरकार जिम्मेवारी भएको भए सायद हामी नेपाली ले यति दुख पाउनु पर्ने थीयेन। आज को दिन जता भने पनि  हुनेवाला कैहें छैन अब भन्नुहोस हामी नेपाली बहादुर त कहलिएका छौ तर मेहनती पटक्कै होइनौ कहिले छैनौ।


 
आज करिब ६ महिना पछि यो ब्लग फेरी लेख्दै छु मलाई थाहा छ यो बाटो यो ६ महिना मा फेरियाको छ बाटो ठुलो पनि भयको छ  सडक पेटिको काम पुरा नभय पनि काम अजै जारी छ 
 फेरी पनि बर्षको समय सुरुहुन लागेको छ गत वर्षा जस्तै यो वर्षा पनि कुनै अर्को ठाउँ मा सडक को यो गति हुनेहोला। ………। तेही चिन्ता ले आज मा यो ब्लग लेख्दै छु यो वर्षा को बर्सात कता तिर बिजोग बनउने होला 
 
update आज को कान्तिपुर दैनिक मा यो सडक को बारेमा पढेर खुशी लागेको छ द ढीला भएपनि आज बाटो को रुप फेरीको छ यस्तो छ कान्तिपुर को समाचार 
काठमाडौ, जेष्ठ १७ - बूढानीलकण्ठका सुदर्शन पौडेललाई वर्षअघिसम्म लैनचौर-बूढानीलकण्ठ बसपार्कसम्मको नौ किलोमिटर यात्रा गर्न डेढ घन्टासम्म लाग्थ्यो । तर, अब आधा घन्टामा आउजाउ गर्छन् । 'अझ आफ्नै साधन भएकाले १५ मिनेटमै बूढानीलकण्ठबाट लैनचौर पुग्छु,' उनले भने । उनी हिंड्ने सडक विगत र अहिले उही हो । तर, १२ मिटरबाट १८ मिटर फराकिलो भएपछि सडकको रूप फेरिएको छ । दायाँ-बायाँ २/२ मिटरको फुटपाथ पनि बनेको छ । विगतमा जस्तो जामको सामना गर्नु नपर्ने भएको छ । 'त्यो सडकमा अहिले जाम शून्य छ,' महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सीताराम हाछेथुले भने । 'बाटो फराकिलो भएपछि सहरको मुहार नै परिवर्तन भएको छ,' चपली-९ गणेश चोकका विश्व खड्काले भने, 'घरमा स्टार्ट गरेको गाडी निश्चित गन्तव्यमा पुगेपछि बन्द गरे हुन्छ ।' ७० करोडको लागतमा निर्मित यो सडकमा विस्तारितमध्येकै सबैभन्दा लामो र बढी खर्च भएको छ । नारायणगोपाल चोकदेखि गंगालाल अस्पतालसम्म बाहेक अन्यत्र पिच भइसकेको छ । उपत्यकामा विस्तारपछि नमुना बनेको लैनचौर-बूढानीलकण्ठ सडक एउटा नमुनामात्रै हो । सधंैजसो जाम हुने साँघुरो सडक विस्तारपछि फराकिलो भइसकेको यस्ता ७० भन्दा बढी छन् । - See more at: http://ekantipur.com/np/2071/2/17/full-story/390082.html#sthash.5Fq0dmeb.dpuf


 

Saturday, April 12, 2014

नेपालीका नयाँ वर्ष

Current Nepali Time





नया बर्ष २०१७१


 नया बर्ष (विक्रम संवत्)२०७१  सालको शुभकामना नयाँ वर्षले मेरो साथी ,मेरो परिवार सम्पूर्ण नेपालीमा सुखशान्ति प्राप्त होस -हामी सबै चाहना गरेको नया संविधान पनि यो बर्ष २०७१ मा जारी होस् . नया बर्षमा मेरो साथी परिवार को अझ प्रगति  होस् भन्ने श्री पशुपति नाथ संग प्राथना गरदछु
नया बर्ष को शुरु सगै हामी हरु नया नया किसिमको योजना बनाउने गर्छौ। नया बर्ष मा नया काम गर्ने यो गर्छु यो गर् दिन  भनेर योजना बनउने गरछौ  यो राम्रो पनि हो।  तर आफुले गर्छु र गर दिन भनेको बचन चाही १०दिन मै बचन पुरा नगर्ने बानि चाही राम्रो पक्कै होइन


क्या मज्जाको नेपालीका नयाँ वर्ष! Saturday, 13 April 2013 नागरिक news बाट लियको नेपाली को नया बर्षहरु  को जानकारी

तीन सय ६५ दिनमा नेपालमा दर्जनौँ नयाँ वर्ष आउँछन्। मनाङे, थकाली, कुमाल आदि जातले पनि आ-आफ्नै नयाँ वर्ष मनाउँछन्। जातीय मुद्दा, पहिचान, हक र अधिकारको आवाज उठिरहेको अहिलेको परिस्थितिमा नेपालका सबै आदिवासी-जनजाति र धार्मिक सम्प्रदायले आ-आफ्ना नयाँ वर्षको दिन सार्वजनिक छुट्टीको माग राखे भने नेपालको हालत के होला? नेपालीले वर्षैभरि नयाँ वर्ष मनाउनुपर्ला!









नया बर्ष को शुरु सगै हामी हरु नया नया किसिमको योजना बनाउने गर्छौ। नया बर्ष मा नया काम गर्ने यो गर्छु यो गर्देन भनेर योजना बनउने गरछौ  यो राम्रो पनि हो।  नया बर्ष मनाउने अफ्न्नो अफ्न्नो तरिका हुन्छ होइन र


विक्रम संवत् (वैशाख १ गते)
विक्रम संवत् सरकारी प्रचलनमा छ। भारतका राजा विक्रमादित्यको नामबाट यो संवत् प्रचलनमा ल्याइएको हो। नेपालमा चाहिँ प्रथम मल्ल राजा अरी मल्लले यसको सुरुवात गरेका थिए। भारत र नेपालमा विक्रम संवतको प्रयोग गरिन्छ।

इस्वी संवत् (जनुवरी १ तारिख)
अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा बढी प्रयोग गरिने संवत् हो, इस्वी संवत्। यो सूर्य पञ्चांगमा आधारित छ। ग्रेगोरियन पात्रोलाई युनिभर्सल पात्रो मानिन्छ। तसर्थ, इस्वी संवत्को नयाँ वर्षलाई संसारभरिका मानिसले मनाउने गरेका छन्।

मञ्जुश्री संवत्
हिमाली भेगमा मनाइने ल्होछार/लोसार पर्वलाई मन्जुश्री संवत् भनिन्छ। यो चिनिया"हरूले मनाउने नयाँ वर्ष पनि हो। अहिले मन्जुश्री संवत् २८४९ चलिरहेको छ। नेपालमा तीन प्रकारका मञ्जुश्री संवत् मनाइन्छन्:

१) सोनाम ल्होछार
तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा सोनाम ल्होछार मनाउँछन्। यस परम्परामा विभिन्न जीवजन्तुका नाममा १२ वटा वर्ग हुने र प्रत्येक वर्ष वर्ग फेरिने विश्वास गरिन्छ। यसअनुसार अहिले २८४९ वर्ष चलिरहेको छ।

२) ग्याल्बो ल्होसार
हिमाली भेगमा बसोबास गर्ने शेर्पालगायत जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि नयाँ वर्षका रूपमा ग्याल्बो ल्होसार मनाउँछन्। यसअनुसार अहिले २१४० औँ वर्ष हो।

३) तमू/तोला ल्होसार
गुरुङ जातिले पुस १५ वा १६ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन्। त्यसलाई तमू वा तोला ल्होसार भनिन्छ। यस दिन तमू समुदायका मानिस आफ्नो सांस्कृतिक पोशाक लगाउने, विभिन्नि परिकार पकाउने र भगवान् बुद्धको स्तुति गाउने गर्छन्।

नेपाल संवत्
हरेक कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नया" वर्È हो, नेपाल संवत्। यो चन्द्रमास पद्धतिअनुसार गणना हुन्छ। अहिले नेपाल संवत् ११३२ हो। ने.सं. ११२० मा सरकारले नेपाल संवत्का प्रवर्तक समाजसेवी शंखधर साख्वालाई राष्ट्रिय विभूति घोÈणा गरेको थियो। यो उत्सवमा म्हपूजा पनि गरिन्छ।

हिजरी संवत्
मुस्लिम समुदायले हिजरी सवंत्को पहिलो दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन्। यसलाई इस्लामिक संवत् पनि भनिन्छ।

बुद्ध संवत्
शान्तिका दूत भवगान् बुद्धको जन्मसँगै बुद्ध संवत्को गणना भएको मानिन्छ। गौतम बुद्धको जन्मजयन्तीको दिनदेखि नै बुद्ध संवत्को नयाँ वर्ष सुरु हुन्छ। अहिले बुद्ध संवत् २५५६ हो।

किरात येले संवत्
येले संवत् किरात समुदायमा प्रचलित छ। पहिलो किराती राजा यलम्बरको नामसँग जोडिएको छ यो संवत्। अहिले किरात येले संवत् ३७९३ हो। यो माघे संक्रान्तिका दिन पर्छ। किरातीहरू वनतरुलको टीको लगाएर नयाँ वर्ष मनाउने गर्छन्।

थारु संवत् माघ १ गते थारु समुदायले 'माघी' पर्वका रूपमा थारु संवत्को नयाँ वर्ष मनाउँछन्। यो थारु समुदायको आर्थिक वर्ष पनि हो। उनीहरू पुस मसान्तमै हिसाबकिताब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ खाता सुरु गर्ने गर्छन्। अहिले थारु संवत् २६३७ चलिरहेको छ।

  Saturday, 13 April 2013 1नागरिक बाट लिएको
 

Thursday, April 10, 2014

जापानको अन्लाईन पेपर मा लेख र फोटो


Current Nepali Time

 मैले खीचेको  फोटो र  लेख जापानबाट प्रकाशन हुने अनलाईन पत्रीकामा  प्रकाशीत भएको छ ।



मैले मेरो प्रकाशित लेख र फोटो ब्लगमा जस्ताको तेस्तेइ राखेको छु । 
मेरो साकुराको  फोटो यात्रा अनलाईन पेपरमा 
प्रकाशित मिती April 3 2014         साकुरामय जापान (फोटो फिचर)
तस्विर/ शब्द्व – मुकुन्द खड्का 
टोकियो l साकुरा जापानको राष्ट्रिय फुल हो l यहाँ अप्रिलको महिना साकुरामय हुन्छ l हरेक पार्क, खोलाको किनार, सडकको छेउछाउ र रमणीय स्थानमा साकुरा फुलिरहेको छ l साकुरा फुलेको ठाउ वरपर साकुरा हेर्न जानेलाई हानामी भनिन्छ l
unnamed (3)
हानामीमा विभिन्न देशका नागरिक र जापानीहरु रमाइरहेको हुन्छन् l जापानको उएनो पार्कमा साकुरा महोत्सवको निकैनै चहलपल बढेको छ l
unnamed (4)
संसार भर साकुराको ६०० भन्दा बढी प्रजाति भेटिएका छन् l साकुरा फुलको आकार र फुलको रङ फुल्ने समयमा भर पर्छ l
unnamed (5)
जापानमा मात्र होइन, साकुराको हानामी संयुक्त राज्य अमेरिकामा पनि धेरै लोकप्रिय छ l
unnamed (6)
जापानले सन् १९१२ मा मित्रता स्वरूप ३००० दिएको साकुराको बोट अमेरिकामा बढ्दै गएकोले आजसम्म पनि अमेरिकामा राष्ट्रिय साकुरा महोत्सवको आयोजना हुने गरेको छ l
unnamed (7)
unnamed (8)
unnamed (9)
unnamed (10)
unnamed (11)
unnamed

- See more at: http://www.nepalsandesh.com/2014/04/03/79942#sthash.QYILqG9P.dpuf

साकुरा फुलको बारेमा मेरो video  पनि हेर्नुहोला

Sunday, January 26, 2014

ग्रामीण पर्यटनको मज्जा, पुनहिल-घान्द्रुकको यात्रा (फोटो फिचर)

 

ग्रामीण पर्यटनको मज्जा, पुनहिल-घान्द्रुकको यात्रा (फोटो फिचर)

Copy from onlinekhabar.com मलाइपनी एकचोटी जान मन परेको ठाउँ

 

२०७० माघ १० गते २१:४ मा प्रकाशित


machhapuchhre
नेपाली ग्रामीण पर्यटनको कोटीमा छुट्याउन नहुने नाम हो पुनहिल—घान्द्रुक । पोखरा भएर पुगिने यी गाउँको यात्रा गर्न वर्षेनि हजारौं विदेशी पर्यटक आउँछन् । स्वदेशीको चाप पनि कम्ता हुँदैन ।
पुनहिल—घान्द्रुक पदमार्ग विश्वकै ख्यातीप्राप्त पदमार्गमा पर्दछ । मनोरम हिमाली दृष्य, गुरुङ संस्कृति, विभिन्न चराचुरुङ्गी, जीवजन्तुलगायत पर्वतारोहणको मज्जा लिन पाइने भएकोले यसको ख्याती चुलिएको हो ।
पाठकवृन्द, सायद तपाईंलाई पनि यी गाउँ घुम्ने चाहना होला तर कसरी जाने ? कहाँ जाने ? कति दिन लाग्छ ? लगायत यात्रा योजना तथा व्यवस्थापनको समस्या हुनसक्छ । तर पीर नमान्नुस्, लामो समयदेखि यस पदमार्गमा सक्रिय ट्याग नेपाल टे«किङ एण्ड एक्सपेडिसन प्रालि पर्यटकको सहजीकरणमा सहयोगी हुनसक्छ । यसले बनाएको भ्रमण व्यवस्थापनका योजना निम्न छः
दिन १: काठमाण्डौदेखि पोखरा
दिन २: पोखरादेखि डेढ घन्टाको सवारी यात्रापछि चार घन्टा उक्लेरीको यात्रा
दिन ३: उक्लेरीदेखि घोडेपानी (पुग्दा साँझ पर्छ)
machhapuchhre 10
दिन ४: सूर्योदयसँगै चुलेको यात्रा
दिन ५: चुलेदेखि छोमराङ
दिन ६: दोमरोङपछि हिमालयन होटल
दिन ७: हिमालयन होटलपछि माछापुच्छ्रे आधार शिविर
दिन ८: दोभान पुगेर अन्नपूर्ण आधार शिविर पुनः फिर्ती
दिन ९: दिभानदेखि छोम्रोङ
दिन १०: छोम्रोङदेखि घान्द्रुक
दिन ११: घान्द्रुकदेखि लान्दुक हुँदै टोम्का
दिन १२: टोम्कादेखि अष्ट्रेलियन क्याम्प
दिन १३: अष्ट्रेलियन क्याम्पदेखि पोखरा फिर्ती
machhapuchhre 13
यात्रा योजना त थाहा पाइहाल्नु भयो । अब यात्रा कसरी गर्ने ? त्यो पनि थाहा पाउनुहोस् । तपाईंले यहाँको यात्रामा पोखरा पुग्न प्लेन, कार, बस आदि माध्यम प्रयोग गर्न सक्नुहुनेछ । पर्यटक बसमै चढेर जान चाहनुहुन्छ भने काठमाण्डौदेखि पोखराको रुटमा स्तरीय पर्यटक बस दैनिक सञ्चालन भइरहेको छ । नौलो यात्रा, स्थानीयताको जानकारी पनि आवश्यक पर्न सक्छ । यसको लागि ट्याग नेपालले पथ प्रदर्शकको पनि व्यवस्थापन गरिदिन्छ ।
अब खर्चको कुरा । तपाईंको खानपिन र बसाइ र फूटकर खर्च कति हुन्छ, त्यसले यात्राको खर्च निर्धारण गर्दछ । तथापि, सरदर एकजनाको लागि दिनको ३ हजार रुपैंयाँले खाना, बस्न र फूटकर खर्च गर्न पर्याप्त हुन्छ ।
machhapuchhre 8
ग्रामीण वस्ती, प्राकृतिक छटाले भरिएको हुँदा यहाँको यात्राले मन प्रफूल्ल गराउँछ । मौलिक गुरुङ पहिचान, संस्कृति र पहाडी भूमिको अनुभव लिँदा मन रमाउँछ नै । तर उच्च पहाडी यात्राको कारण शारीरिक समस्या आउन सक्छ । कतिपयलाई लेक लाग्न सक्छ, त्यसैले यात्रामा जानुअघि न्यानो कपडा, पिउने पानी, जुत्तालगायतको बन्दोबस्ती आफैंले गर्नुपर्दछ ।
machhapuchhre 1 machhapuchhre 2 machhapuchhre 4 machhapuchhre 5 machhapuchhre 14 machhapuchhre 16
- See more at: http://www.onlinekhabar.com/2014/01/159447/#sthash.8IM02ExC.dpuf

Wednesday, January 1, 2014

घुमघाम नया वर्षा २०१४ (फोटो फिचर )

 
घुमघाम नया वर्षा २०१४ (फोटो फिचर )

आज सन् २०१४ जनावरी १ तारिक अर्थात् अग्रेजी क्यालेन्डरको नो नया वर्षा आज मैले खासै  केही काम त गरिन तर जापान को मा बसेको  नजिकै मा भयको जिन्जा जापानी नि मन्दिर मा केहि फोटो हरु लीएको  छु। आज म यो ब्लग मा केहि जापानी नागरिक हरु को नया वर्षा को दिनमा के गरिरहेका छन् फोटो राख्न गोएको छु।

जापान को नया वर्षा


 
प्रथाना गर्दै जापानी 
 
 

नया वर्षा को लागि तयारी गर्दै
बिहान जाडो त धेरै छ तर मुड़ा पनि बल्दै छ न्यानो भाको होला 


प्राथना मा जानु अगाडी हात धुदै 

प्राथना गर्ने जापानी जिन्जा मन्दिर



 जापानी सस्कार किमोनो लगाको केटीहरु

किमोनो मा सजिएको केटी 
 
जाडो भएकोले आगो



केही 
The kadomatsu is a traditional decoration for the new year holiday


Happy New Year
Thank you 
Photo all Nikon d5100
2014-1-1 ,10:30 am 
カダカバル
 
Nepal ko panche baaja  baru vedio
 

Tuesday, December 17, 2013

पूर्वसचिवको अनुभवमा यस्तो हुनुपर्छ मन्त्रिमण्डल

  Current Nepali Time

दूतावासमा भिसा माग्नेलाई मन्त्री नबनाऔं : रामेश्वर खनाल

पूर्वसचिवको अनुभवमा यस्तो हुनुपर्छ मन्त्रिमण्डल

भ्रष्ट मन्त्री पहिला राजदूतले थाहा पाउँछन्
नेपालमा भएका विदेशी राजदूतहरुलाई कुन मन्त्री तथा कर्मचारी भ्रष्ट छ भन्नै कुरा थाहा पाउन कुनै गाह्रो छैन । कतिपय राजदूतहरुले त तपाईको फलानो मन्त्रीले यति पैसा खायो भनेर मुखै फोरेर भन्ने समेत गरेका छन् ।
कम्तिमा पनि राष्ट्रको इज्जत राख्न भ्रष्टाचार नगर्नु अत्यन्त राम्रो, केही गरी मन्त्री चुकिहाल्यो भने पनि विदेशीको हकमा नचुकिदिए हुन्थ्यो । राष्ट्र र
जनतालाई बदनाम गर्ने खालका कामहरु मन्त्रीले गर्न भएन । प्रधानमन्त्री माधवकुमार नेपाल भएका बेलामा शिक्षा मन्त्रीले भ्रष्टाचार गर्यो त्यसलाई नहटाए हामीले सहयोग नै रोक्छौं भनेर दातृ निकायले भनेपछि शिक्षामन्त्रीले राजीनामा नै दिनुपर्यो ।
सबैभन्दा बढी ठेक्कापट्टा चिनियाँहरुसँग हुने भएकाले चिनिया राजदूतावास कर्मचारीले कुन मन्त्री वा कर्मचारी भ्रष्ट छ भनेर एकएक भन्न सक्छन् । जनताले नेपाली कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाएका छन् । दुबै पार्टीले जनताबाट प्राप्त गरेको विश्वासको सम्मान गर्न विदेशी कम्पनीसँग कुनै पनि उपहार वा नगद नलिने, राष्ट्रप्रति बफादार भएर काम गर्ने व्यक्तिलाई मन्त्री बनाएर पठाउनुपर्छ ।
थुप्रै आयोजनाहरु सिंचाइका, सडकका, खानेपानीका, विद्यालय निर्माणका, स्वास्थ्यचौकी निर्माणका ठेकदारहरुले समयमा काम भ्याउन विलम्ब गर्छन । किन विलम्ब गर्छन् भन्दा उसले न्यूनतम कवुलमा आयोजना ठेक्कामा लिएको हुन्छ, त्यसमाथि घुस खुवाउन पर्यो भने उसको लागत बढ्न जान्छ । अनि उसले घाटा सहनुभन्दा ढिलो गरेर अन्य किसिमबाट फाइदा लिन खोज्छ ।
मैले अघि नै भनिसकें, सबै मन्त्रालयमा मन्त्रीलाई प्राविधिक ज्ञान हुनु जरुरी छैन । तर, केही मन्त्रालय यस्ता छन्, जहाँ मन्त्रालयको मुल नीति निर्माण गर्ने क्रममा, त्यो मन्त्रालयको वाषिर्क कार्यक्रम बनाउने क्रममा मन्त्रीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने हुन्छ । नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि केही मन्त्रालयको हकमा प्राविधिक ज्ञान जानेको व्यक्ति चाहिन्छ ।
विगतमा केही मन्त्रीहरुले कर्मचारीले काम गर्न नदिएर जनताको म्याण्डेटअनुसार काम गर्न नसकेको भन्दै हास्यास्पद अभिव्यक्ति दिने गरेको पनि सुनियो । आफ्ना कर्मचारीलाई पनि काम लगाउन नसक्ने व्यक्ति किन मन्त्री हुने ? नराम्रो काम गर्ने, नराम्रो सोच भएको, कर्मचारीभन्दा खराव आचरण भएको व्यक्तिलाई मात्र कर्मचारीले टेर्दैनन् । सही नियत भएको व्यक्तिलाई कर्मचारीले नटेर्ने भन्ने नै हँुदैन । कर्मचारीलाई नै तह लगाउन, कँजाउन नसक्ने व्यक्ति मन्त्री हुनुहुँदैन ।
अर्थमन्त्री सल्लाहकार र कर्मचारीतन्त्रमा आश्रति हुनुहुन्न
अर्थमन्त्रालयमा राष्ट्रका मौदि्रक नीतिहरु निर्माण गर्ने, त्यसको अनुगमन गर्ने, राष्ट्र बैंकलाई पनि मार्गदर्शन दिनसक्ने, राष्ट्र बैंकसँग कुन किसिमको सल्लाह कुन बेला लिने भनेर निर्णय गर्न सक्ने, अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक मुद्दाहरुमा बहस गर्न सक्ने, नेपाललाई आवश्यक सहयोग परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायसँग वार्ता गर्न सक्ने, व्यवसायीक वातावरण सहज बनाउन सक्ने, लगानी भित्रिने खालका वित्त नीतिहरु तर्जुमा गर्न सक्ने मन्त्री चाहिन्छ ।
अर्थमन्त्रालयमा भएका कर्मचारीहरुको सीप भन्दा पनि राम्रो सीप र दख्खल भएको, आर्थिक क्षेत्रको पूर्ण जानकारी भएको मान्छे अर्थमन्त्री भएमा बल्ल अर्थमन्त्रालय हाँक्न सक्छ । अर्थमन्त्रीले सल्लाहकार र कर्मचारीतन्त्रमा आश्रीत भएर काम गर्नुपर्यो भने त्यसले असल नेतृत्व दिन सक्दैन । अर्थमन्त्रीले असल नेतृत्व दिन चाहाने हो भने त्यहाँ प्राविधिक ज्ञान आवश्यक पर्छ ।
खासगरी प्राविधिक मन्त्रालयहरुमा भौतिक योजना तथा निर्माण, सिँचाई, उर्जा, शहरी विकास मन्त्रालय पर्छन । यी मन्त्रालयहरुको नेतृत्व लिन प्राविधिक ज्ञान नै त आवश्यक पर्दैन, तर व्यवस्थापकीय ज्ञानचाहीँ आवश्यक पर्छ । अहिले यी मन्त्रालयहरुले नेपालको पुँजी निर्माणको सन्दर्भमा सरकारी स्तरबाट ठूलो भूमिका निर्वाह गरेका हुन्छन् । लगानीकर्ताले लगानी गर्नका लागि सबैभन्दा पहिला हेर्ने पूर्वाधारको अवस्था कस्तो छ भनेर हो । पूर्वाधार विकास भएको छ भने लगानीकर्ता उद्योग व्यवसायमा ठूलो लगानी गर्न इच्छुक हुन्छ । यदी पूर्वाधार विकास नै भएको छैन भने लगानी गर्न इच्छुक हुँदैन ।
मन्त्रालयमा व्यवस्थापकीय क्षमता आवश्यक
पूर्वाधार निर्माण गर्ने मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु सदाचारी, इमान्दारी, भ्रष्टाचार नगर्ने, आफ्नो मान्छेमात्र नपोस्ने हुनुपर्छ । त्यसको अलवा अत्यन्त मजबुद व्यवस्थापकीय क्षमता र निर्णय क्षमता भएको हुनुपर्छ । ठेक्का पट्टालाई चाँडो सक्नका लागि छिटो निर्णय गर्न सक्ने, जोखिम लिन सक्ने नेतृत्व चाहिन्छ । काम गर्न नसक्ने व्यक्तिलाई ठेक्का दिनुभन्दा जोखिम लिएर भएपनि काम छिटो गर्न सक्ने ठेकदारलाई काम दिन सक्नुपर्छ ।
निर्णय क्षमता भएको, नहच्किने, नडराउने, कर्मचारीले निर्णय गर्न सकेन भने कारबाही गर्न सक्ने, निर्णय गर्नका लागि दबाब दिने, निर्णय गर्दा कर्मचारी फस्ने अवस्था आयो भने तपाईको पछाडी म छु तपाई फस्नुहुन्न भनेर काम गराउन सक्ने आँट भएको व्यक्ति माथिका ४ मन्त्रालयमा जान सक्यो भने ती मन्त्रालयको काम तिब्र गतिमा अगाडि बढ्छ ।
यस्ता मन्त्रालयमा काम गर्ने व्यक्तिको सोच पनि दीर्घकालिन हुनुपर्छ । हामी भन्छौं काठमाडौं शहर कुरुप भयो, व्यवस्थीत भएन, गुरुयोजना तयार छ कार्यान्वयन भएन भन्छौं । गुरुयोजना भएको काठमाडौं शहर त अस्तव्यस्त छ भने गुरुयोजना नै नभएका उपत्यका बाहिरका शहरहरु कसरी व्यवस्थित हुन्छन । शहरहरु व्यवस्थीत हुन नसक्नुको कारण दुरदृष्टि र भिजन दिन सक्ने नेतृत्वको अभावले हो ।
प्राविधिज्ञहरुले यस्ता भिजनहरु ल्याउन सक्दैनन् । विदेशमा अकल्पनिय विकास भएको कुरा सुन्छौं । त्यो विकास प्राविधिकले दिएको होइन । भियतनाममा जुन बेलामा ४/५ लेनको हाइवे बन्यो त्यो बेलामा त्यहाँ एक किलोमिटरमा एउटा गाडी पनि भेटिदैनथ्यो । तर, त्यहाँ नेताले के गर्यो भने आजको २० वर्षपछाडि यो सडक आवश्यक हुन्छ भनेर बाटो ठूलो बनायो । प्राविधिज्ञहरुले ठूलो बाटो बनाउन मानेका थिएनन् । उनीहरुले लागत बढ्छ, किन ठूलो बनाउनु पर्यो भनेका थियो रे । इथोपियामा पनि दीर्घकालीन भिजन लिएर त्यस्तै ठूलो सडक निर्माण गरिएको छ ।
शहरमा ठाउँठाउँमा पार्क छैनन, पार्किङ गर्नै ठाउँ छैन, खेल्ने ठाउँ छैन, बँगैचा छैन । यस्ता कुरा बनाउने भिजन नेताहरुले ल्याउनुपर्छ । निर्माणसम्बन्धी मन्त्रालयमा पुग्ने व्यक्ति प्राविधिकजस्तै भिजन नभएको भयो भने सबै अस्तव्यस्त हुन्छ ।
काठमाडौं उपत्यकामा दुर्घटना भएर धेरै मान्छे मरेका छन् । विश्वका राजधानी शहरमा दुर्घटना भएर मान्छे मर्ने शहर धैरै कम छन । विदेशका शहरहरुमा जानुभयो भने राति कुकुर भुकेको सुन्नुहुन्न । यहाँ रातभरि कुकुर भुकेर सुत्न दिँदैनन् । कुकुर भुक्ने राजधानी शहर काठमाडौं मात्र हो । त्यो भिजन प्राविधिकले ल्याउँदैन, सुन्दर नेपालको खाका तयार पार्ने नेताहरुले नै हो ।
सिंचाइ मन्त्रालयमा पनि निर्णय क्षमता भएको मान्छे चाहिन्छ । निर्णय क्षमता, दीर्घकालीन भिजन भएको व्यक्ति मन्त्री भएको हुँदा कतिपय आयोजनाहरु अडि्कएर बसेका छन् । ठेकदारले राम्रोसँग काम गरेको छैन भने कालोसूचीमा पनि राख्नुपर्यो, राम्रोसँग काम गरेको छ भने पुरस्कार पनि दिन सक्नुपर्यो । ठेक्का समयमा पुरा गर्न सक्दैन भने त्योसँग ठेक्का तोडेर अर्को ठेकेदारलाई लगाउन सक्ने हिम्मत भएको मान्छे नेतृत्वमा चाहिन्छ ।
उद्योग र वाणिज्य मन्त्रालय
उद्योग र वाणिज्य मन्त्रालय प्रत्यक्ष रुपमा व्यवसायीहरुसँग सम्बन्ध राख्ने मन्त्रालय हुन । उद्योग र वाणिज्य मन्त्रालयमा एक दशक भित्रको अवधिमा उद्योग व्यवसाय अनुकुल, वैदेशिक लगानी अनुकुल, समग्र रुपमा आर्थिक विकासमा सहयोगी हुने खालको काम गर्ने मन्त्री आउन सकने भनेर व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । जुन सत्य पनि हो ।
उद्योग र वाणिज्य मन्त्रालयमा भएका मन्त्री तथा कर्मचारीहरुले आफ्नो अगाडी फाइल पुग्दा फाइल गह्रौं र हलुका भएको आधारमा काम गर्ने गरेको पनि भेटिएको छ । पैसा खुवाउने फाइल गह्रौं र पैसा खुवाउन नसक्ने फाइललार्य हलुकाको रुपमा परिभाषित गर्ने गरिएको छ ।
नेपाली प्रधानमन्त्रीले विदेशका प्रधानमन्त्रीलाई भेटी नेपालमा लगानी गर, सबै सेवा-सुविधा दिन्छौं भन्ने, ती देशबाट लगानी गर्न आएका लगानीकर्तालाई तिनै आश्वासन दिने प्रधानमन्त्रीका कर्मचारी तथा मन्त्रीहरुले फाइलको तौल हेरेर काम गर्ने गर्दा कसरी लगानी गर्न आएको व्यक्तिले नेपालमा लगानी गर्छ । त्यो परिपाटी तोडेर काम गर्न सक्ने सक्षम व्यक्ति मन्त्री बन्नुपर्ने अहिलेको अवश्यकता छ । अन्यथा नेपालमा कसैले पनि लगानी गर्दैनन ।
उद्योग र वाणिज्य मन्त्रालयले सरकारको भन्दा पनि उद्योगी व्यवसायी तथा लगानीकर्ताहरुको पैरवी गर्नुपर्छ जस्तो लाग्छ । यी मान्त्रालय भनेका उद्योगपती लगानीकर्ताहरुले प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय हुन् । अर्थमन्त्रालयले काम गर्न सकेन, गृहले सुरक्षा दिन सकेन, वन मन्त्रालयल समयमा काम गर्ने स्वीकृति दिएन, परराष्ट्रले कुटनीतिक पहल गरिदिएन भने उद्योग र वाणिज्य मन्त्रालयले व्यवसायी तथा लगानीकर्ताहरुको सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । अहिले त हाम्रा मन्त्रीहरुले तिमीहरुले पैसा कमाएका छौ, तिमीहरुले आफै काम गर भनेर सोझै भन्दिन्छन ।
उद्योगी-व्यवसायी मन्त्री बन्नु हुन्न
उद्योगी व्यवसायीको सहयोगी हुनुपर्छ भन्दा मैले उद्योगी व्यवसायीबाटै मन्त्री हुनुपर्छ भन्न पनि खोजेको होइन । विगतका वर्षमा के पनि देखियो भने उद्योगी व्यवसायीबाटै भएका मन्त्रीहरुले आफ्नो पक्षका व्यवसायीहरुलाई सहयोग गर्ने र विपक्षमा रहेका व्यवसायीहरुलाई पछार्न खोज्ने गरे । व्यवसायीहरुलाई अहिले सोध्ने हो भने हाम्रो वर्गबाट मन्त्री हुनुहुँदैन भन्नुहुन्छ ।
उद्योग मन्त्रीले उद्योग क्षेत्रको गतिशीलता बुझेको होस, उद्योग क्षेत्रको डाइनामिज्म बुझेको होस, उद्योगी व्यवसायीहरुले भन्नु भन्दा पहिला नै उनीहरुको समस्या बुझेर समधान गर्न सक्ने होस । दुर्भाग्य भन्नुपर्छ दुईदशकसम्म उद्योग मन्त्रालयले त्यस्तो मन्त्री पाएजस्तो लाग्दैन । नेपालको उद्योग धरासायी हुनुमा पनि उद्योग मन्त्रालयका मन्त्री अक्षम हुनु नै हो । उद्योगसँग सम्बन्धित कतिपय ऐन नियमहरु अहिले अडि्कएर बसेको अवस्था पनि छ ।
वाणिज्य मन्त्रालय रेगुलेट गर्ने मन्त्रालय हो । कतिपय अवस्थामा नेपालमा आपूर्तिजन्य समस्या छन् । जस्ले गर्दा उपभोक्ता मर्कामा पर्ने गरेका छन । वाणिज्य मन्त्रालयले उपभोक्ता हित संरक्षण सम्बन्धीत यसअघि तर्जुमा भएका नीति तथा ऐन कार्यान्वयन गर्न पनि सकेको छैन ।
वाणिज्य मन्त्रालयबाट वस्तुको मात्र अनुगमन गर्ने काम भएको छ सेवा क्षेत्रको अनुगमन गर्ने काम हुन सकेको छैन । सेवा व्यापारलाई पनि उपभोक्तामैत्र बनाउनुपर्छ ।
उद्योग, क्यासिनो, संस्थानलगायतका क्षेत्रमा भनसुनका आधारमा कर्मचारी नियूक्त गर्ने गरेको पाइन्छ । मन्त्रीको काम आफन्तलाई जागिर खुवाउने होइन, यहाँ त मन्त्री हुनासाथ जागिर खुवाउन थालिन्छ । भनसुन गरेर कर्मचारी नियूक्त गर्दा क्यासिनो व्यवसाय ध्वस्त हुन थालैको छ ।
सबैभन्दा बढी भनसुन गरेर जागिर लगाउने भनेको पर्यटन मन्त्री देखिएको छ । मन्त्रीले भनसुन गरेर गएका कर्मचारीले मेरो पछाडी मन्त्री छ भन्दै काम नगर्ने, युनियनबाजी गर्ने गरेका छन् । यस्तो भयो भने निजी क्षेत्रले व्यवसाय कसरी गर्ने ? राष्ट्रलाई केही गछौर्ं भनेर चुनाव जितेर आएका बामपन्थी मन्त्रीले पनि सबैभन्दा बढी आफ्ना मान्छे होटल र क्यासिनोमा नियुक्त गरे । यस्तो व्यक्ति कसरी पर्यटन व्यवसाय मैत्री हुन्छ ।
अन्याय गर्ने गरी काम गर्ने व्यक्ति मन्त्री हुनुहुँदैन । सबैभन्दा बढी संस्थान हुने उद्योग मन्त्रालय हो । अक्षम मन्त्री हाबी हुँदा उद्योग मन्त्रालयका सबैजसो संस्थान धरासायी भैसकेका छन् । चुरोट बेच्ने संस्थान पनि बन्द हुन पुग्यो । किन बन्द हुन पग्यो भन्दा जो मन्त्री भएर जान्छ त्यसले करार र ज्यालादारीमा कर्मचारी नियूक्त गर्न थाल्यो । कतिपय ठाउँमा त कर्मचारीले काम नगरिकन तलब खाएको पनि सुनियो ।
विज्ञान मन्त्रीमा प्रावधिक ज्ञान चाहिन्छ
विज्ञान तथा प्रविधि मन्त्रालयमा प्राविधिक ज्ञान चाहिन्छ । विज्ञान तथा प्रविधिलाई चीनकौ विकासको आधारशिला मानिन्छ । चिनियाँ राजनीतिज्ञहरु मन्त्री हुने रहर गर्दा विज्ञान तथा प्रविधि मन्त्री हुन पाए हुन्थ्यौ भन्ठान्छन् । नेपालमा त यो मन्त्रालय भाग नपुगेका जाने मन्त्रालय भएको छ । जसको विज्ञानमा कुनै पनि दख्खल छैन त्यो व्यक्ति विज्ञान तथा प्रविधि मन्त्री हुँदै आएको देखेका छौं ।
राजनीति, संस्कृति पढेका मन्त्रीले त वैज्ञानिकहरुको कुनै कुरा बुझ्दैन । विज्ञानमन्त्रीले धेरै अन्तर्राष्ट्रिय सम्मैलनमा भाग लिनुपर्ने हुन्छ । विज्ञानसम्बन्धी ज्ञान नै नभएको मन्त्रीले त्यस्तो सम्मेलनमा भाग लिएर के फाइदा लिन सक्छ । विदेश जान भनेपछि मरिहत्ते गर्ने, काम गर्न नसक्ने मन्त्री भएर राष्ट्रलाई कुनै फाइदा छैन । यदि विज्ञान प्रविधि मन्त्रालय हाँक्ने मान्छे छैनन् भने मनोनित गरेर भए पनि ल्याउनुपर्छ ।
गृह र परराष्ट्रमा राष्ट्रप्रेमी मन्त्री
गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा प्राविधिक ज्ञान आवश्यक नभए पनि राष्ट्र प्रेम भएको व्यक्ति चाहिन्छ । गृह मन्त्रालयमा नागरिकता बिक्री भएको सुनिन्छ । सिडियोले नागरिकता बेच्दैन, त्यसमा गृहमन्त्रीको हात हुन्छ । यदि सिडियोले बिक्री गर्छ भनै उसलाई कारबाही गर्नुपर्यो । नागरिकप्रतिको दायित्व बोध गर्ने व्यक्तिले यी मन्त्रालय सम्हाल्नुपर्छ । सुरक्षा दिनेले सुरक्षाको दुरुपयोग गर्ने व्यक्ति मन्त्री हुनुहुँदैन ।
ठूला देशका सुब्बा खरदार आउँदा आफै भेट्न जाने, उनीहरुले राखेको डिनरमा मर्यादा नाघेर जाने, राजदूतावासमा फोन गरेर मेरो मान्छेलाई भिषा देऊ भन्नेखालका परराष्ट्रमन्त्रीका कारण देशको इज्जत गुमेको छ । कतिपय राजदूतहरुले परराष्ट्रमन्त्रीले फलानो मान्छेलाई भिषा लगाइदेउ भनेर फोन गरेको बताउने गरेका छन् । त्यस्ता मन्त्रीप्रति राजदूतको धारणा एकदमै नकरात्मक रहेको पाएको छु ।
परराष्ट्रमन्त्रीले मेरो फलानो मान्छेलाई स्कलरशीपमा विदेश पठाइदेऊ, फलानो मान्छेलाई तिम्रो देशको भिसा देउ भनेर भन्न हुँदैन । त्यस्तो खालको मान्छे परराष्ट्रमन्त्री भएर आउनुहुन्न । त्यस्ता मन्त्रीका कारण सम्पूर्ण नागरिक लज्जित हुनुपर्ने अवस्था हुन्छ । कतिपय राजदूतले भन्ने पनि गरेका छन्, तिम्रा मन्त्री त हामीसँग झुकेर भिसा माग्ने गर्छन्, तिमीहरुको के हौसियत छ भनेर कर्मचारीलाई ठाडै भन्नै गर्छन् ।
(पूर्वअर्थसचिव खनालसँग अनलाइनखबरले गरेको कुराकानी रामेश्वर खनाल” मा See more at: http://www.onlinekhabar.com