Current Nepali Time
मैले खीचेको फोटो र लेख जापानबाट प्रकाशन हुने अनलाईन पत्रीकामा प्रकाशीत भएको छ ।
मैले मेरो प्रकाशित लेख र फोटो ब्लगमा जस्ताको तेस्तेइ राखेको छु ।
मैले मेरो प्रकाशित लेख र फोटो ब्लगमा जस्ताको तेस्तेइ राखेको छु ।
मेरो साकुराको फोटो यात्रा अनलाईन पेपरमा
प्रकाशित मिती April 3 2014 साकुरामय जापान (फोटो फिचर)
तस्विर/ शब्द्व – मुकुन्द खड्का
टोकियो l साकुरा जापानको राष्ट्रिय फुल हो l यहाँ अप्रिलको महिना साकुरामय हुन्छ l हरेक पार्क, खोलाको किनार, सडकको छेउछाउ र रमणीय स्थानमा साकुरा फुलिरहेको छ l साकुरा फुलेको ठाउ वरपर साकुरा हेर्न जानेलाई हानामी भनिन्छ l
हानामीमा विभिन्न देशका नागरिक र जापानीहरु रमाइरहेको हुन्छन् l जापानको उएनो पार्कमा साकुरा महोत्सवको निकैनै चहलपल बढेको छ l
संसार भर साकुराको ६०० भन्दा बढी प्रजाति भेटिएका छन् l साकुरा फुलको आकार र फुलको रङ फुल्ने समयमा भर पर्छ l
जापानमा मात्र होइन, साकुराको हानामी संयुक्त राज्य अमेरिकामा पनि धेरै लोकप्रिय छ l
जापानले सन् १९१२ मा मित्रता स्वरूप ३००० दिएको साकुराको बोट अमेरिकामा बढ्दै गएकोले आजसम्म पनि अमेरिकामा राष्ट्रिय साकुरा महोत्सवको आयोजना हुने गरेको छ l
- See more at: http://www.nepalsandesh.com/2014/04/03/79942#sthash.QYILqG9P.dpuf
साकुरा फुलको बारेमा मेरो video पनि हेर्नुहोला
मैले मेरो प्रकाशित लेख र फोटो ब्लगमा जस्ताको तेस्तेइ राखेको छु । june 20 2014साकुरा फुलको बारेमा मेरो video पनि हेर्नुहोला
मैले मेरो प्रकाशित लेख र फोटो ब्लगमा जस्ताको तेस्तेइ राखेको छु may 9 2014
http://www.nepalsandesh.com/2014/05/09/86074#sthash.pO3I436D.dpufजापानमा ड्राइभिङ लाइसेन्स लिँदाको अनुभव
सवारी साधन हाँक्नेहरुको लागि विश्वको जुनसुकै कुनामा पनि सवारी चालक अनुमतिपत्र अनिवार्य हुन्छ । सबै देशका सवारी चालक अनुमतिपत्र सबै देशमा स्विकार्य हुँदैन । जापानमा पनि सवारी चलाउनलाई जापानकै सवारी चालक अनुमतिपत्र अनिवार्य गरिएको छ ।
अन्यत्र मुलुकबाट सम्बन्धित मुलुकमा जाँदा आफ्नो मुलुकको सवारी चालक अनुमतिपत्रको आधारमा त्यस देशको सवारी चालक अनुमतिपत्र बनाउन सहज हुन्छ नै तर, प्रायः देशहरुमा ट्रायल अनिवार्य गरिएको छ ।
त्यस्तै अन्य मुलुकबाट जापान आउनेहरुलाई आफूसँग भएको सावारी चालक अनुमतिपत्रको आधारमा जापानमा सवारी चालक अनुमतिपत्र परिवर्तन गर्न पाइन्छ । तर, त्यसको लागि सम्बन्धित मुलुकबाट लिएको कागजपत्र ठिक छ भने खासै कागजी प्रक्रिया धेरै झन्झटिलो हुँदैन । अन्यथा धेरै झन्झटहरुको सामना गर्नुपर्ने हुन्छ ।
मैले जापानको योकोहामाको कानागावा केन लाइसेन्स सेन्टरबाट सवारीचालक अनुमतिपत्र लिएको हुँ । जापानमा सवारीचालक अनुमतिपत्र लिँदाको मेरो अनुभव यस्तो छ ।
प्रकियाको पहिलो चरण
नेपालमा भएको हाम्र्रो लाइसेन्सको मिति सहि र त्यसको सरकारीपत्र भएमा जापान अटोमोबाइल फेडेरेसन (जेएफ) मा गएर जापानी भाषामा उल्था गर्नुपर्ने रहेछ । उल्था गर्ने काम हुलाकबाट पनि गर्न सकिन्छ ।
मसंग भएको नेपालको लाइसेन्स र सरकारीपत्र, जेएफको पत्र, आफ्नो सक्कल पासपोर्ट, जापानको भिसाको कार्ड लिएर कानागावा केनको फुतानातागावा सेन्टरमा बिहान ८ बजे पुगेको थिएँ । त्यहाँ हरेक बिहान एक सिफ्ट बेलुका १ बजेपछि दोस्रो सिफ्ट हुँदोरहेछ । बिहानको सिफ्टको लागि ८ बजे र दिउँसोको लागि १२ बजे पुग्नुपर्ने नियम रहेछ ।
बिहानको सिफ्टमा ८ बजे पुगेर कागजी प्रकियाको सुरु गरें । करिब दुई घण्टापछि कागजी प्रक्रिया पूरा भएपछि साढे १० बजे लिखित परीक्षा सुरु भयो । करिब १० प्रश्नको लागि ३० मिनेट दिइएपनि १० मिनेटमै सक्याएँ ।
परीक्षा सकिएको १० मिनेटमा पास भएको खबरका साथ आफूले चाहेको दिनमा ड्राइभिङ परीक्षा दिन सकिने जानकारी पाएँ । रातो मार्कमा सबैमा जानुपर्ने गरी चिह्न लगाएको परीक्षाको रुट पनि पाएँ ।
परीक्षा दिन एकपटकमा १५७५ र २२०० जम्मा ३७७५ येन लाग्ने रहेछ । यदि बिदाको दिन ‘ड्राइभिङ ट्रायल टेस्ट’ गर्ने हो भने ५० मिनेटको ७५५० येन पर्छ । मैले पनि एक चोटी ड्राइभिङ ट्रायल टेस्ट’ लिएँ ।
आफूले टेस्ट देनुपर्ने ट्रायलको रुट याद छैन भने परीक्षा सुरु हुनुअघि हिँडेर आफ्नो रुट यात्रा गर्न सकिने व्यवस्था रहेछ र यो जरुरी पनि छ । परीक्षाको समयमा रुट मिस भयो भने नम्बर त काटिदैन तर, फेरि फर्केर आफ्नो रुटमा जानुपर्दा चाहीँ ट्राफिक नियम लागू हुन्छ ।
तपाईं सवारी चलाउँदै हुनुहुन्छ भनेर आफैलाई सम्झाउनुहोस् । चनाखोपूर्वक तपाईं सबैतिर हेरिरहनु भएको छ भन्ने देखाउनुहोस् ।
तपाईं सवारी चलाउँदै हुनुहुन्छ भनेर आफैलाई सम्झाउनुहोस् । चनाखोपूर्वक तपाईं सबैतिर हेरिरहनु भएको छ भन्ने देखाउनुहोस् ।
तपाईंले आफ्नो ऐनामा हेर्ने र दायाँबायाँ ध्यान पुर्याउनु भएको छ भन्ने देखाउन अतिवश्यक छ । वरिपरि आफ्नो टाउको घुमाउनुहोस् ।
ShareThis Copy and Paste
- See more at: http://www.nepalsandesh.com/2014/06/20/93535#sthash.l6ey7RXr.dpuf
गिफु सहरको लोकप्रिय प्रतीक गिफु क्यास्टल
बालमुकुन्द खड्का (बारु)
आठ सय वर्षभन्दा पुरानो इतिहास बोकेको जापानको गिफु क्यास्टल अर्थात् गिफु महल माउन्ट किन्का माथि रहेको छ । सबै भन्दा पहिला १२०१ मा माउन्ट किन्कालाई गिफुको एक किल्लाको रुपमा बनाएको थियो ।
१५६७ मा ओडीए नाबुनागाले त्यो किल्ला कब्जा गरेपछि ठाउँको नाम बदल गिफु महल राखेका हुन् । ओडीएले गिफु क्षेत्रको विकास र विस्तारको नयाँ राजनीतिका साथ एकीकृत रुपमा चहलपहल को स्थान बनाएका थिए ।
ओडीए परिवार हिदेनोबुको पछि नोगुनागाको नाति जापानको ईदो शोगुनेट शासनको दुई सय ५० साल भन्दा पछि सन् १६०० मा सेकिहाराको निर्णायक लडाईंमा हारेको हुनाले यो महल पनि छोड्न बाध्य भएका थिए ।
हाल यो महल चार तल्लाको रहेको छ । महलको चौथो ताला १९५६ मा बनाएको हो र त्यसपछि यो महल गिफु सहरको एक लोकप्रिय प्रतीक बन्दे आएको छ ।
गिफु महल जाँदा देखिने दृश्यहरु
गिफु महल संग्रहालय
गिफु महल पनि संग्रहालयको रुपमा रुपमा परिवर्तन भएको छ । यसभित्र ओडीए नाबुनागाको परिवारको फोटो र उनीहरुको इतिहास देख्न सकिन्छ । साथै उनीहरुको परिवारले प्रयोग गर्ने हतियार सैनिक पोशाक र अन्य कुराको जानकारी पनि सजिलै लिन सकिन्छ ।
रमणीयस्थल
गिफु महल गिफुपार्कबाट एक हजार ८० यन शुल्क तिरेर रोपवेमार्फत तीन मिनेटमा पुग्न सकिन्छ । तल गिफुपर्कबाट माथि गिफु महलसम्म को हरियाली अति नै लोभ लाग्दो छ । माथि गिफु महल वरिपरी पनि रमणीय हरियाली वातावरण देख्न पाइन्छ । गिफु महलको चौथो तल्लाबाट गिफु सहरको चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । जहाँ नागारा गावा (खोला) सहरको बीचबाट बगेको र महलको आसपासका जंगल हेर्न लायक छ ।
पोनोरोमा रात्रि दृश्य
गिफु महलको अर्को आकर्षण भनेको पोनोरोमा दृश्य हो । रतिको समयको यो दृश्य हेर्न लायकको हुन्छ तर यो हेर्नका लागि समयतालिका मिलाउनु पर्ने हुन्छ ।
गिफु पार्क
गिफु महल जाँदा सबैभन्दा पहिला तलको गिफु पार्कमा घुमघाम आनन्ददायक हुनसक्छ । कलकल पानीको झरना, रमाइलो वातावरण सुन्दर दृश्य, ढकमक्क फूलहरुको बँगैचा मनमोहक छ ।
हईकीन्न
गिफु महल जानका लागि गिफु पार्कबाट माउन्ट किन्का रोपवेबाट तीन मिनेटमा पुगिन्छ । तर पार्कबाट जंगलको बाटो भएर पनि यात्रा गर्न सकिन्छ । यसरि यात्रा गर्दाको रोमाञ्चकताका लागि मानिसहरु उद्धेलित हुने गरेका छन् । यो रुटमा करिब एक घण्टा ३० मिनेटको समयमा रोपवेको माथिल्लो स्टेश्नसम्म पसग्न सकिन्छ ।
Views : 68 - See more at: http://www.nepalsandesh.com/2014/06/20/93535#sthash.l6ey7RXr.dpufआठ सय वर्षभन्दा पुरानो इतिहास बोकेको जापानको गिफु क्यास्टल अर्थात् गिफु महल माउन्ट किन्का माथि रहेको छ । सबै भन्दा पहिला १२०१ मा माउन्ट किन्कालाई गिफुको एक किल्लाको रुपमा बनाएको थियो ।
१५६७ मा ओडीए नाबुनागाले त्यो किल्ला कब्जा गरेपछि ठाउँको नाम बदल गिफु महल राखेका हुन् । ओडीएले गिफु क्षेत्रको विकास र विस्तारको नयाँ राजनीतिका साथ एकीकृत रुपमा चहलपहल को स्थान बनाएका थिए ।
ओडीए परिवार हिदेनोबुको पछि नोगुनागाको नाति जापानको ईदो शोगुनेट शासनको दुई सय ५० साल भन्दा पछि सन् १६०० मा सेकिहाराको निर्णायक लडाईंमा हारेको हुनाले यो महल पनि छोड्न बाध्य भएका थिए ।
हाल यो महल चार तल्लाको रहेको छ । महलको चौथो ताला १९५६ मा बनाएको हो र त्यसपछि यो महल गिफु सहरको एक लोकप्रिय प्रतीक बन्दे आएको छ ।
गिफु महल जाँदा देखिने दृश्यहरु
गिफु महल संग्रहालय
गिफु महल पनि संग्रहालयको रुपमा रुपमा परिवर्तन भएको छ । यसभित्र ओडीए नाबुनागाको परिवारको फोटो र उनीहरुको इतिहास देख्न सकिन्छ । साथै उनीहरुको परिवारले प्रयोग गर्ने हतियार सैनिक पोशाक र अन्य कुराको जानकारी पनि सजिलै लिन सकिन्छ ।
रमणीयस्थल
गिफु महल गिफुपार्कबाट एक हजार ८० यन शुल्क तिरेर रोपवेमार्फत तीन मिनेटमा पुग्न सकिन्छ । तल गिफुपर्कबाट माथि गिफु महलसम्म को हरियाली अति नै लोभ लाग्दो छ । माथि गिफु महल वरिपरी पनि रमणीय हरियाली वातावरण देख्न पाइन्छ । गिफु महलको चौथो तल्लाबाट गिफु सहरको चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । जहाँ नागारा गावा (खोला) सहरको बीचबाट बगेको र महलको आसपासका जंगल हेर्न लायक छ ।
पोनोरोमा रात्रि दृश्य
गिफु महलको अर्को आकर्षण भनेको पोनोरोमा दृश्य हो । रतिको समयको यो दृश्य हेर्न लायकको हुन्छ तर यो हेर्नका लागि समयतालिका मिलाउनु पर्ने हुन्छ ।
गिफु पार्क
गिफु महल जाँदा सबैभन्दा पहिला तलको गिफु पार्कमा घुमघाम आनन्ददायक हुनसक्छ । कलकल पानीको झरना, रमाइलो वातावरण सुन्दर दृश्य, ढकमक्क फूलहरुको बँगैचा मनमोहक छ ।
हईकीन्न
गिफु महल जानका लागि गिफु पार्कबाट माउन्ट किन्का रोपवेबाट तीन मिनेटमा पुगिन्छ । तर पार्कबाट जंगलको बाटो भएर पनि यात्रा गर्न सकिन्छ । यसरि यात्रा गर्दाको रोमाञ्चकताका लागि मानिसहरु उद्धेलित हुने गरेका छन् । यो रुटमा करिब एक घण्टा ३० मिनेटको समयमा रोपवेको माथिल्लो स्टेश्नसम्म पसग्न सकिन्छ ।
मैले मेरो प्रकाशित लेख र फोटो ब्लगमा जस्ताको तेस्तेइ राखेको छु
http://www.nepalsandesh.com/2014/04/23/83315#sthash.qCQPJSPk.dpuf
शब्द/तस्वीरः मुकुन्द खड्का जापान ।
हरेक वर्ष अप्रिलको मध्य समयमा हुने सेकी माचुरी (पर्व) जापानको गिफु केनस्थित सेकी सहरमा दुई दिनसम्म चल्ने गर्छ । दुवै दिन सहरबासी बिहानदेखि नै आ–आफ्ना सँस्कृतिक भेषभुषामा सजिएर सेकी माचुरीमा उपस्थित हुने गर्छन् । सेकी माचुरीको रोचक कुरा भनेको ३ वर्षको बच्चादेखि ७५ वर्षका वृद्धवृद्धा पनि परेडमा सहभागी भएका हुन्छन् । परेडमा बच्चा र पाकाको सहभागिताले मानिसको चाहनालाई उमेरले फरक पार्दैन भन्ने सजिलै बुझ्न सकिन्छ । परेडमा सेकी सहरको नाम चलेको विद्यालय, संघसंस्थाहरुको पनि सहभागिता रहेको थियो । दिनको समयको परेडको रौनकता र रातको समयको परेडको रौनकता बेग्लाबेग्लै देखिन्थ्यो । Views : 549 प्रतिकृया दिनुहोस -
See more at: http://www.nepalsandesh.com/2014/04/23/83315#sthash.qCQPJSPk.dpuf
No comments:
Post a Comment