Wednesday, November 27, 2013

रुद्राक्ष के हो

Current Nepali Time

रुद्राक्ष के हो ?

रुद्राक्ष इलाओकार्पस जातिमा पर्ने वृक्ष हो। यसको फललाई हिन्दुहरू भगवान् शिवको स्वरूप मान्छन्। शिव महापुराणको विद्येश्वर समितिको प्रथम अध्यायमा उल्लेख भए अनुसार त्रिपुरासुर दैत्यसँगको युद्ध जित्दा शिवको आँखाबाट हर्षको आँशु झरेको थियो। त्यही आँशु झरेको जमिनबाट वृक्ष उमि्रएको र त्यसको फल मानव जातिको हितका लागि हुने भनेर शिवले भनेपछि यसलाई मानिसले शिवको स्वरूपमा ग्रहण गरेको मानिन्छ। धर्म, ध्यान, साधना, तन्त्रमा यसको प्रयोग गरन्िछ।

रुद्राक्षको दानामा चुम्बकीय र विद्युतीय प्रभाव हुने हुने रुद्राक्षवल्र्डडटकममा उल्लेख छ। यसले रक्तसञ्चारलाई सन्तुलित बनाएर तनाव घटाउने र व्यक्तिलाई तीक्ष्ण क्षमताको बनाउने विश्वास छ।


धर्म ग्रन्थहरूमा रुद्राक्षको महत्त्व
भ्रम र यथार्थ
एकमुखे: पुराणमा वर्णन गरिए अनुसार यो रुद्राक्ष गोलो हुँदैन, अर्धचन्द्राकार हुन्छ। त्यसैले एकमुखे रुद्राक्ष भ्रम मात्रै हो। रुद्राक्षलाई काट्दा जति मुखे रुद्राक्ष हो, त्यति ओटा बियाँ हुन्छ। एकमुखे भनिएका रुद्राक्षमा पनि दुईवटा बियाँ पाइन्छ। त्यसैले एक सग्लो रुद्राक्ष हुँदैन। बाहिरबाट एकमुखे देखिए पनि भित्र त्यस्तो हुँदैन।

दुईमुखे: यसलाई अर्धनारेश्वरको प्रतीक मानिन्छ। यसले चन्द्रमाको नराम्रो असर कम गर्ने विश्वास गरिन्छ। साथै, दुई व्यक्तिबीच सुमधुर सम्बन्ध स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास छ।

तीनमुखे: यसलाई अग्निको स्वरूपका रूपमा लिइन्छ। यसले शीतलता प्रदान गर्ने विश्वास छ। यसले ध्यान एकाग्र बनाउने हुँदा खास गरी विद्यार्थीले धारण गर्दा राम्रो हुने मानिन्छ।

चारमुखे: यो रुद्राक्षलाई ब्रह्माको प्रतीक मानिन्छ। सिर्जनात्मक क्षमता बढाउन यसको उपयोग  गरिन्छ।

पाँचमुखे: यसलाई पञ्चमुखी महादेवको रूपमा लिइन्छ। १ सय ८ दाना भएको पाँचमुखे रुद्राक्षको मालाको जप गरेर देवी खुसी पार्न सकिने विश्वास छ। यसले वृहस्पति ग्रहलाई बलियो बनाउँछ।

६ मुखे: यो कुमारको स्वरूप हो। यो लगाउँदा इच्छाएको कुरा पूरा हुने विश्वास छ।

सातमुखे: सप्तऋषिको स्वरूपको रूपमा यसलाई लिइन्छ। यसले शनि ग्रहको नकारात्मक असर कम गर्ने र व्यापार फलदायी बनाउने विश्वास छ।



आठमुखे: नेपालमा भैरव र भारतमा अष्टविनायकको प्रतीकका रूपमा लिइन्छ यसलाई। यसले सम्भावित दुर्घटना टार्ने र राहुको नकारात्मक असर घटाउने मानिन्छ।
नौमुखे: यो नवदुर्गाको प्रतीक हो। केतुको नराम्रो पक्षलाई घटाउने गर्छ भनिन्छ।

१० मुखे: यसलाई विष्णुको रूप मानिन्छ। भक्तिभाव देखाउन मात्रै यसको धारण गरिन्छ।

११ मुखे: यसलाई एकादस महारुद्रको स्वरूप मानिन्छ। छालाका रोग तथा मुटुसम्बन्धी समस्या भएकालाई यो राम्रो हुने विश्वास छ।

१२ मुखे: यसलाई सूर्यको स्वरूप मानिन्छ। जागिर र करिअरमा सफलताका लागि यो रुद्राक्ष धारण गर्ने चलन छ।

१३ मुखे: यसलाई कामदेवको स्वरूप मानिन्छ। अरूको मनको भाव बुझ्न सघाउने हुँदा यसले भौतिक लाभसमेत गर्ने विश्वास गरिन्छ। वशीकरण साधना गर्नेहरूले यसको प्रयोग बढी गर्छन्।

१४ मुखे: यसलाई हनुमानको प्रतीक मानिन्छ। साधना गर्नेहरूले अडनचक्र खोल्नका लागि यसको धारण गर्छन्। यो रुद्राक्ष लगाउँदा शिव र शक्ति दुवैको अनुभूति पाइने र व्यापारसमेत सप्रने विश्वास छ।

२१ मुखे: कुवेरको स्वरूप मानिने यो रुद्राक्ष लगाएपछि प्रशस्त धन कमाउन सकिने विश्वास छ।

गौरीशंकर: बराबरी आकारका दुईवटा दाना जोडिएको रुद्राक्ष हो यो। यसलाई शिव-पार्वतीको स्वरूप मानिन्छ। यसले दम्पतीबीच सुमधुर सम्बन्ध कायम गर्ने विश्वास गरिन्छ। यो रुद्राक्ष विभिन्न मुखे हुन्छन्।

सवार: गौरीशंकरजस्तै जोडिएको तर एकमुखे मात्रैलाई सवार रुद्राक्ष भनिन्छ। अर्धचन्द्र एकमुखीभन्दा राम्रो मानिन्छ।

गर्भ गौरीशंकर: दुईवटा जोडिएको तर आकार सानो-ठूलो भएको दाना हो यो। गर्भावस्था भएका बेला महिलाले लगाउँदा बच्चा राम्रोसँग जन्मिने विश्वास छ।

गणेश रुद्राक्ष: हात्तीको जस्तै सुँड हुन्छ यसको। गणेशको स्वरूप मानेर यसलाई पूजा गरिन्छ।

गौरी पाठ: त्रिजुटसमेत भनिने यसमा प्राकृतिक रूपमा तीनवटा दाना जोडिएको हुन्छ। यसलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक मानिन्छ। यसले अकाल मृत्यु रोक्ने विश्वास छ। मुख अनुसार यसको प्रभावसमेत फरकफरक हुन्छ ।

रुद्राक्षको विश्वबजार

विश्वका ३६ राष्ट्रमा उत्पादन हुने भए पनि नेपालको रुद्राक्ष गुणस्तरीय मानिन्छ। संसारमा सबैभन्दा बढी रुद्राक्ष उत्पादन गर्ने राष्ट्र इन्डोनेसिया हो। विश्वबजारको ८० प्रतिशत रुद्राक्ष इन्डोनेसियाले नै ओगटेको छ। नेपाली रुद्राक्षले भने झन्डै १८ प्रतिशत बजार ओगटेको नेपाली व्यवसायीहरूको अनुमान छ। तर, इन्डोनेसियाको रुद्राक्ष नेपालको भन्दा सानो 
आकारको हुन्छ। 

गुणस्तरमा अब्बल भएकै कारण नेपाली रुद्राक्ष महँगोमा बिक्री हुन्छ। नेपालभित्रैको पनि दिङ्ला क्षेत्रमा फलेका रुद्राक्षलाई बढी मूल्य तिर्ने गरएिको व्यापारी नगेश बस्नेतको भनाइ छ। यो क्षेत्रमा फलेको रुद्राक्ष ठूलो र डिजाइन मिलेको हुने हुँदा आकर्षक मानिन्छ। आकार, मोडल, मुखले रुद्राक्षको मूल्य निर्धारण गर्छ।


Copy from kantipur Nepal More u can read 
http://www.ekantipur.com/nepal/article/?id=6140

Thank u 

Wednesday, November 20, 2013

दोस्रो संविधानसभा निर्वाचन २०७० एक झलक


Current Nepali Time

काठमाडौ, मंसिर ४ -
मतदान २०७० मंसिर ४ गते मंगलबार समय बिहान ७ देखि साँझ ५ सम्म

हामी प्रायशः राजनीतिक दुर्गतिको समग्र दोष नेताहरूलाई दिने गर्छौं, दलहरूले राम्रो काम गरेनन् भनेर गाली गर्छौं । बेला यही हो आम नागरिकले सही निर्णय लिने । सही नेतृत्वलाई सत्ता र संविधानसभामा पठाउने । गलत र अक्षमहरूलाई पाखा लगाउने । यस अर्थमा जनता नै सार्वभौम र अन्तिम निर्णयकर्ता रहेको प्रमाणित हुने/गर्ने दिन पनि आजै हो । यो शक्ति निर्वाचनमार्फत ठीकसँग अभिव्यक्त हुनुपर्छ । 
आफूलाई प्राप्त मतअधिकारको राम्रोसँग सदुपयोग गरौं- संविधानसभालाई सफल पार्ने पहिलो र सबभन्दा अहम् भूमिका तपाईंले नै खेल्न सक्नु हुनेछ 
त्यसैले गर्दा आज हरेक मतदाताले आफूलाई प्राप्त अधिकारको उपयोग गर्नैपर्छ । एक जुगको यो 'दोस्रो दिन' अर्थात् दोस्रो संविधानसभा निर्वाचनलाई सफल बनाउनैपर्छ । 
आयोगले बृहत् अनुगमनका लागि २ सय ४० वटै निर्वाचन क्षेत्रमा बृहत् र सूक्ष्म अनुगमन टोली खटाएको छ । अन्तर्राष्ट्रिय संस्था र व्यक्तिहरूबाट निर्वाचन अवलोकन र पर्यवेक्षण पनि हुँदैछ । अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक र अमेरिका, युरोपिन युनियन, चीन, जापान सहितका राजदूतहरूले मतदानको अवलोकन गर्नेछन् ।
 निर्वाचन आयोगको नियमित कार्यकालिका अनुसार बिहान ७ बजे मतदान सुरु भएको छ ।
चुनावको केही झलकः
कुल मतदाता- १ करोड २१ लाख ४७ हजार ८ सय ६५ । महिला- ६१ लाख ६६ हजार ८ सय २९ (५०.७६ प्रतिशत) । पुरुष- ५९ लाख ८० हजार ८ सय ८१ (४९.३३ प्रतिशत) । तेस्रो लिंगी- १ सय ५५ ।
 कास्की क्षेत्र नं. १ सुन्दरीडाँडा मतदान केन्द्रमा १ सय १० वर्षीया धनकुमारी गुरुङ मतदान गरेकी छन् । 
मुलुकभर बिहान सात बजेदेखि सुरु भएको संविधानसभाको दोस्रो निर्वाचन जारी छ । मतदान शान्तिपूर्ण रहेको मुलुकभरबाट समाचारहरु आइरहका छन् ।  मतदान केन्द्रहरुमा सुरुदेखि नै देखिएको भीडले नेपाली जनता चुनावमा भाग लिन कति बेग्र छन् भन्ने कुराको प्रमाण मिलेको छ । सोमबार राती माओवादीले गरेको बम विष्फोट धम्की र बहिस्कार सफल बनाउन कातिक २५ गतेदेखि गरेको यातायात बन्दले पनि नेपाली जनताको मतदानको आकांक्ष रोक्न सकेको देखिएको छैन ।(from kantipur news)
अहिले बेलुकाको ५ बजेको छ संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ
काठमाडौ, मंसिर ४ - आज भएको संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ । २४० निर्वाचन क्षेत्रमा बिहान ७ बजे सुरु भएको निर्वाचन ५ बजे सकिएको हो । १८ हजार चारसय ३८ मतदान केन्द्रबाट ५ सिलबन्दी गरी सम्बन्धित जिल्लाको सदरमुकाम ल्याउने तयारी भइरहेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मुलुक भरमा ७० प्रतिशत भन्दा धेरै मत खसेको जानकारी गराएका छन् । आयोगमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । (from kantipur news)
७7 प्रतिशत मत खस्यो, कुन जिल्लामा कति ? (अपडेट)

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको गृह जिल्ला दाङमा ७५ प्रतिशत मत खस्यो ।
सुनसरीमा ७६ प्रतिशत    ,सर्लाहीमा ७० प्रतिशत   , सुनसरीमा ७६ प्रतिशत मतदान
भक्तपुरमा ८२ प्रतिशत  , कैलालीमा ६० प्रतिशत    , रसुवामा ७० प्रतिशत मत खस्यो
भक्तपुरमा ८२ प्रतिशत  , पाँचथरमा ७० प्रतिशत
रौतहटमा ७५ प्रतिशत   , ताप्लेजुङमा ७० प्रतिशत मत खस्यो
मकवानपुर जिल्लामा ७५ प्रतिशत मत खसेको
एमाओवादी अध्यक्ष प्रचण्डको चुनाव क्षेत्र काठमाडौं १० का करिव ८० प्रतिशत मत खसेको छ । -
मध्यपश्चिममा डोल्पामा ८५ प्रतिशत, कालिकोटमा ७०, रुकुममा ६५, जाजरकोटमा ६५, वाँकेमा ७५, बर्दियामा ८०, सुर्खेतमा ७५, दैलेखमा ७५, दाडमा ७०, प्यूठानमा ७०, सल्यानमा ७५, रुकुमा ६५, जुम्लामा ६५, मुगुमा ६५ रोल्पामा रोल्पमा ५५ प्रतिशत मतदान भयो । -
 (from onlinekhaber)

karter
संविधासनभा निर्वाचन २०७० एक झलक
मतदान २०७० मंसिर ४ गते मंगलबार समय बिहान ७ देखि साँझ ५ सम्म
कुल मतदाता- १ करोड २१ लाख ४७ हजार ८ सय ६५
महिला- ६१ लाख ६६ हजार ८ सय २९ -५०.७६ प्रतिशत)
पुरुष- ५९ लाख ८० हजार ८ सय ८१ -४९.३३ प्रतिशत)
तेस्रो लिंगी- १ सय ५५

(photo onlinekhaber bata)
susil-vote
कुल उम्मेदवार संख्या- १६ हजार ८ सय ३६
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ- ६ हजार १ सय २७ /सिट संख्या- २४०
महिला उम्मेदवार- ६ सय ६७ -१०.८९ प्रतिशत)
समानुपातिक निर्वाचन प्रणालीतर्फ- १० हजार ७ सय ९ /सिट संख्या- ३३५
महिला उम्मेदवार- ५ हजार २ सय ९१ -४९.४१ प्रतिशत)
मतदान स्थल- १० हजार १३
मतदान केन्द्र- १८ हजार ४ सय ५६
अस्थायी मतदान केन्द्र- ३३६
परिचालन हुने कर्मचारी- करिब १ लाख २५ हजार ८ सय ५८
स्वयंसेवक- ८८ हजार ९ सय ४४
परिचालन हुने सुरक्षाकर्मी- करिब २ लाख १० हजार -म्यादी प्रहरीसमेत)
राष्ट्रिय पर्यवेक्षक- २२ हजार ५ सय २४ -जिल्लाबाट परिचयपत्र लिएकाबाहेक)
अन्तर्राष्ट्रिय पर्यवेक्षक-  २३५
निर्वाचन खर्च ७ अर्ब ७५ करोड
- See more www.ekantipur.com

यस्तो छ सुरक्षा व्यवस्था

सरकारले मतदान स्थल, केन्द्र र भौगोलिक अवस्था हेरी सुरक्षा व्यवस्था मिलाएको छ । मतदाता सुरक्षाका लागि बाहिरी घेरामा सेना बस्नेछ । मतदान केन्द्र जाने बाटोको सुरक्षा सशस्त्र प्रहरीले गर्ने छ ।मतदान केन्द्रको भित्री भागको सुरक्षामा नेपाल प्रहरी खटिने छ । मतदाता, दुर्गम क्षेत्र, विरोधी समूहको सक्रियताको आधारमा सरकारले सवेदनशील र अति संवेदनशील मतदान केन्द्र विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको छ ।

चुनावमा ६१ हजार ९ सय ९५ सेना
नेपाल प्रहरी ४८ हजार ७ सय ८९ 
म्यादी प्रहरी ४४ हजार ७ सय २४
सशस्त्र प्रहरीबाट २९ हजार २९ जना 
।राष्ट्रिय अनुसन्धानबाट प्रत्येक जिल्लामा गरी ४ सय ८० 
७ सय ट्राफिक पनि निर्वाचन सुरक्षामा भिडेका छन् । 
केन्द्रदेखि जिल्ला तहसम्म सेनाको रिजर्भ फोर्स २१ हजार २५ खटिएका छन् । 
बम डिस्पोजलका लागि ९ सय ६० जना 
हवाई गस्ती तथा स्ट्राइकिङ फौजका लागि ५ एयर बेस स्थापना तथा परिचालनका लागि ३ सय ५० जना खटिएका छन् ।
निर्वाचन सेल तथा कमान्डमा १ हजार २ सय ७० जना परिचालन गरिएको छ । 
नेपाल प्रहरीले सुरक्षा प्रदान गर्दै आएको विमानस्थललगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा सेनाले लिएको छ । त्यसमा ६ हजार सैनिक खटिएका छन् ।

 दुई सय ४० निर्वाचन क्षेत्रका २ सय ८० भन्दा बढी स्थानमा सेनाको युनिट रहेको सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले जनाए । प्रत्येक क्षेत्रमा कम्तीमा एक प्लाटुन (करिब ४० जनशक्ति) परिचालन गरिएको छ । 'सुरक्षा संवेदनशीलता हेरी आवश्यकताअनुसार कुनै क्षेत्रमा त्यसभन्दा बढी पनि परिचालन गरिएको छ,' उनले भने ।

चुनावका बेला आपतकालीन समयमा गरिनुपर्ने उद्धारमा जनशक्ति, उद्धार सामग्री तथा हेलिकप्टरको व्यवस्थापन पनि सेनाले नै गर्नेछ । पाँचै विकास क्षेत्रमा हेलिकप्टरबाट सुरक्षा गस्ती पनि सेनाले गर्ने उनले बताए । निर्वाचन विरोधी समूहले त्रास फैलाउन राखेको विस्फोटक पदार्थलाई निस्तेज पार्न प्रत्येक निर्वाचन क्षेत्रमा बम डिस्पोजल टोली परिचालन गरिएको पोखरेलले बताए ।

मतदान गर्ने स्थलमा क्यामेरा, मोबाइल लैजान नपाउने : निर्वाचन आयोगले निर्वाचनको समयमा मतदाताहरूको मतदानको गोपनियता र सुरक्षाको प्रयोजनको लागि कसैले पनि मतदान गर्ने स्थलमा क्यामेरा, मोबाइललगायतका कुनै पनि विद्युतीय उपकरणहरू साथमा लैजान नपाउने गरी आदेश जारी गरेको छ।
यसैगरी आयोगले मतदानको दिन बिहान ५ बजेदेखि राति १२ बजेसम्म नेपालभर हवाई सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य कुनै पनि किसिमका सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ । रासस

ALL NEWS AND DATA ARE COPY FROM NEPAL NEWS SIDE NAGARIKNEWS,ONLINEKHABER,KANTIPUR AND OTHER THIS ALL R FOR MY PRIVET RECORD SO I WANT THANK TO ALL MEDIE FOR ALL THIS
THANK U BARU KHADKA
EMAIL -barujisan@gmail.com

अन्तिम नतिजा यस्तो सिट संख्यासहित काठमाडौं, मंसिर १४


Tuesday, October 15, 2013

आज बिजया दशमी २०७०साल् असोज २८गते





आज बिजया दशमी  २०७०साल् असोज २८गते

धेरै भयो ब्लग पनि लेखेको छैन आज बिजया दशमीको  दिन घरको धरै नै याद आउछ  । नेपाल मा भाको भए बिहान नुहाएर मन्दिर जाने ,टिकाको साइतमा हजुरबुबाको काका हरु मान्यजनकोमा हातबाट टिका जमरा र आर्शिबाद लिने थाप्न जाने तयारी गरीन्त्यो । कति रमाइलो तयारीहोला नेपालमा आफुलाई हत्तार हुनेहरु  निधारमा टिका  कान मा जमरा  लगाएर आफ्नो काम मा गोइसके होलान आज दिनभर  मान्यजनकोमा जाने आउने को भिड पनि सुरु भयो होला बसमा नालाबाला बच्चा लियर जानेको ताती पनि अब बीस्तारै सुरु हुन्छ
टीका  पुग्न नभ्याएका आफन्त कहाँ टीका लगाउन जाने र लगाएर फर्कनेहरु भएकोले निधारमा टीका र शिरमा जमरा लगाएर हिड्नेहरुको पनि सडकमा चहलपहल देखीन्त्यो ।  आआफ्नो घरका मान्यजनबाट टीका थापेकाहरु  आफन्तहरुसंग आर्शिबाद लिन जाने परम्परा छ । नेपाल मा मात्र होइन देश बेदेश मा रहेकोहरु पनि बिदा को बन्दोबस्त गरेर रमाइलो गर्ने खाना खाने नाच गान गर्ने तयारीमा लागेका छन् , 

यो जापान आको ८ वर्षमा मा दशैँको बेलामा १ चोटी मात्र नेपाल गको छु बाकी समय त जापान मा साथी भाइ हरु संज्ञा मेरो रेस्टुरेन्ट को स्टाफ हरुसंग नै दशैँ तिहारको खाना खाने रामोइलो गर्दै नै बेतेको छ ।
जापान मा जतिनै ब्यस्त भएपनि दशैँ  तिहार मा बिदा मिलाउने चै गरीन्छ साथी भाइ जम्मा हुने तास खेल्ने पनि गरीन्छ तर तास नखेलेको धरै भयो यो वर्षा पनि तास खल्ने कुनै योजना भयान क्या बोर......................

नेपालमा हुदा म दशैमा घरमा निकै नै बेस्थ हुन्त्यो बाबा ले छोडेपछिपछि घरको  खसी किन्ने र बनाउने  काम सधै भाइ राजु मा मिलेर गर्ने गर्थेम्म साथ मा मा धुर्ब लाईपनि धेरै सम्झनछु ।  हामी सधै खसी बनाउने गर्थेम
धेरै वर्ष भएको थीयो धुर्ब र म स-सगै खसी लेराउने र गर्ने गरेको ,अझ पहिला पहिला घरमा बलि देनुपने थीयो अस्टमिको  दीनमा मात्र बलि को पुजा हुन्थ्यूओ तर आजकल बलिको काम giraula  र नरिवल पुजा गरेर फूलपातीको दिनमा खसी बनाउने गरीन्छ  अस्टमिको दिन् द्दुर्गा भवानीको पुजा मा भ्याईनाभायैभन्दा फूलपाती बाट नै खसी बनाउने कुरा मलाई पनि मन पर्न थाल्यो ।

घरमा त सबै काम गरिकन मा टोल मा पनि रमाइलो गर्न पर्छ भनेर पिगा हाल्ने काम मा पनि सदै सहयोग गर्ने गर्थे .तास खेल्ने रामोइलो गर्ने सबै कुरा मा अगाडी हुन्त्यी तास पनि मा जति खेलेपनि जित त कमै नै हुन्त्यो तर पनि बाबा काका भाईदाजुहरु संज्ञा खेल्न सारै नै रमाइलो हुन्त्यो  ।

यसपाली को २०७०सालको दशैँ रमाइलो  भयो म र मेरो साथी को परिवार बिहान टिका लगाएपछि गाडीमा गिफु घुम्नको लागि गोयम गिफु घुमेपछि यक जना साथीले बेलुका ६बजे ब्रियानी खाने भनेर निम्ता गरेको थीयो । हामी सबै जना सथिकोमा खान खाएर करिब करिब रातको ९.३० बजे हाम्रो रेस्टुरेन्ट को नजिकको अर्को नेपाली रेस्टुरेन्ट  मा गोयर चीया िपयौ ,नेपालीको रेस्टुरेन्ट दशैको दिन सुभकामना पनि भयो भनेर गोएको चीयाको पैसा लिन मानेन् ,दशैको दिन् नेपाली नेपाली भेट हुदा रामाइलो भयो  ।

मेरो घर परिवार नेपाल को दसैं एक झलक 



Dashi visit in gifu park 



दशैमा मेरो अगाडी घटेको एक कुरो
मेरो सोच गलत रहेछ ्श्रीमती आफ्नो श्रीमान रक्सी नपिहोस् भन्ने सोच होल भनेको त रक्सी पिउन नस्क्ने हुतिहाराको सं्गया दियको सुने 
तेसो हो भने रक्सी खानेले जम्घ्ट र पार्टी मा मात्र होइन बिबिम्बन बाहाना माँ रक्सी खाएर घर  आउँदा श्रीमतीले स्वागत गर्ने गर्छन् कि झगडा !!!!!
एउटा नेपाली  फिल्म्स मा रक्सी खाने भन्दा डिडो खाने नै जाती भनेको सुनेको थीए तपाईंको के छ बिचार  छ रक्सी खाने जाती कि िढडो ????? 

Updated 2013-11-5 bhaitika 
विदेशिएको पहिलो तिहार – मुटु फुट्ला झैँ भक्कानिदै दिदि बैनीको हात को टिका सम्झिदै गयो !!
दोस्रो तिहार – घर साथि भाई, भैलो, दिदि बैनी को हात को टिका सम्झदै मन अमिलो पार्दै गयो
तेस्रो तिहार : अब अर्को वर्ष तिहार मा जानु पर्ला भन्दै योजना बनाउदै गयो !
…………………………………………………………………………………..
दिन बित्दै गएछन –
अहिले आठोउ वर्ष को तिहार : बिहान उठी मेट्रो समात्नै हतार भरे फर्किदा घर पुग्नै हतार कहिले आयो गहिले गयो – यस वर्ष को तिहार !!!

Nepal ma baki dajubhai ko tihar kehi photo






Tuesday, July 16, 2013

यी हुन् विश्वका सबैभन्दा कुरुप प्राणी (फोटोफिचर सहित)


यी हुन् विश्वका सबैभन्दा कुरुप प्राणी (फोटोफिचर सहित)

२०७० भदौ २७ गते १८:३६ 

विश्वकुरुप देखिने प्राणीहरुको संरक्षणका लागि गठित अन्तराष्ट्रिय संस्था कुरुप जनावर संरक्षण समाजले विश्वको सबैभन्दा कुरुप प्राणी छनोट गरेको छ ।

विश्वमा झ्वाट्ट देख्दा सुन्दर लाग्ने वन्यजन्तु तथा जनावरहरुको संरक्षणमा मात्र चासो गएको र कुरुप जनावरहरु सबैको हेलाको पात्र बनेकाले यी लोप हुने खतरामा पर्दै गएको भन्दै समाजले कुरुप देखिने प्राणीको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यसैक्रममा समाजले यो पटक बेलायतको न्युक्यासलमा भएको बि्रटिस साइन्स फेस्टिभलमा जेनाटिनस ब्लब फिस नामक माछालाई पृथ्वीको सबैभन्दा कुरुप प्राणीको उपाधि प्रदान गरेको छ ।

blob

धर्तीका कुरुप प्राणीको दोश्रो नम्बरमा प्रोबोसिस बाँदर पर्यो । तेश्रो नम्बरमा सुँगुर नाके कछुवा, चौथो नम्बरमा अण्डकोषे भ्यागुतो तथा पाँचौ नम्बरमा गुप्तांग क्षेत्रमा बस्ने जुम्रा परेको छ ।

Old-Tongue-Nose-

pig nosed

frog

pubic

- See more at: http://www.onlinekhabar.com/2013/09/114820/#sthash.ajjcNu4L.dpuf

बर्ड फ्लु काठमाडौँमा ‘कुखुरे आतंक’ ! बच्न के गर्ने ?

काठमाडौँमा ‘कुखुरे आतंक’ ! बच्न के गर्ने ?

बर्ड फ्लु?
बिगत केही हप्तादेखि नेपालका विभिन्न जिल्लाहरुमा बर्ड फ्लु रोग महामारीकै रूपमा फैलिन थालेपछि यो रोग अहिले चर्चाको शिखरमा छ। यस संगसंगै सर्बसाधारण मानिसहरुमा कतै यो रोग मानिसमै पो आइहाल्ने हो कि, कतै आफैलाई पो सरिहाल्ने हो कि भन्ने डर र चिन्ता उत्पन्न भएको हुनसक्छ। काठमाडौँ उपत्यकामा मात्रै २ सातामा २१ ठाउँमा यो रोग प्रमाणित भएपछि यस्तो चिन्ता लाग्नु अस्वाभाविक पनि होइन। यसैलाई ध्यानमा राख्दै सरकारले १ साताको लागि (Aug1st 2013 बाट 7th aug ) सम्म काठमाडौँ उपत्यकाभित्र पन्छी ओसारपसार र बिक्रिवितरणमा रोक लगाएको भनेर समाचार आएको छ। यसो गर्दा तत्कालको लागि पन्छी व्यवसायमा ठुलो आर्थिक नोक्सानी पुग्छ। तर रोग अझै फैलिन नदिनको लागि यो निकै नै महत्वपुर्ण कदम हो। रोग फैलिने मुख्य कारण नै पन्छीको ओसारपसारबाट हो। त्यसकारण जनस्वास्थ्यको नजरबाट त यो कदम सकारात्मक हो नै, दीर्घकालीन हिसाबबाट सोच्ने हो भने पन्छी ब्यबसायको लागि पनि यसले फाइदा नै पुर्याउछ । अबको महत्वपुर्ण प्रश्न भनेको सरकारले यो घोषणालाई कति कार्यान्वयन गर्न सक्छ र अनुगमन कति राम्रोसंग गर्छ भन्ने नै हो । प्रहरी र स्थानीय प्रसासनले गम्भीर रूपमा लिएन भने पशु सेवा कार्यालयहरुले मात्र चाहेर पनि यसलाई कार्यान्वयन गर्न सक्दैनन् । यसमा हामी उपभोक्ताहरु समेत चनाखो रहनुपर्दछ । हल्लाहरुको पछि लाग्नु अगाडि बर्ड फ्लुको बारेमा जानकार रहेर ढुक्क हुनु राम्रो हुन्छ ।

आखिर के हो त बर्ड फ्लु?

मुख्यगरी चराचुरुन्गीहरुमा देखिने रुघाखोकी जस्तै यौटा रोग हो । यो रोग इन्फ्लुएन्जा जातिको भाइरसको कारण लाग्दछ । यो रोग कम संक्रामक र उच्च संक्रामक गरि दुई प्रकारको हुन्छ । प्राय हामीले सुन्ने र चर्चा गर्ने (र अहिले काठमाडौँमा देखिएको) बर्ड फ्लु उच्च संक्रामक खालको हो ।

पन्छीमा मुख्य लक्षणहरू के देखिन्छन ?

 एकैपटक ठुलो संख्यामा पन्छीहरू मर्ने
 टाउको सुन्निने, सीऊर र लोती सुन्निने र निलो कालो (cyanotic) हुने

तर रानीखेत जस्ता रोगमा समेत यस्तै लक्षण देखिने हुदा बर्ड फ्लु यकिन भने प्रयोगशालामा मात्रै गरिन्छ ।
अझ थाहा पाउनुपर्ने कुरा के छ भने धेरैजसो अवस्थामा हाँसहरुमा भित्र रोग लागेको छ भने पनि लक्षण देखाऊदैन र स्वस्थ नै देखिन्छ । तर दिसामा भाइरस फालीरहन्छ । जसले गर्दा यदि कुखुरा त्यो दिसाको सम्पर्कमा आयो भने कुखुरालाई सर्छ र लक्षण देखिन्छ ।

मानिसमा यो रोग कसरी सर्छ ?

मानिसमा मुख्यगरी यो रोग संक्रमित जीउदॊ पन्छी, सुली संगको लसपसबाट सर्छ । मासु खाएर यो रोग सर्ने सम्भावना अत्यन्तै कम हुन्छ । खासमा यो रोग मान्छेमा सजिलै सर्दैन ।


त्यसो हो भने किन डराउने त ?

अहिले सम्म संसारभरी प्रमाणित रूपमा यो रोगको कारण जम्मा ३७७ जनाको मात्रै मृत्यु भएको छ । यति थोरै मानिस मरेको रोगले यति धेरै प्राथमिकता किन पायो होला भन्ने लाग्न सक्छ । यो रोगको महत्पूर्ण पक्ष भनेको रोग लागेको मध्ये उच्च मृत्युदर (करिब ६० प्रतिशत) हो । अनि अर्को कुरा मानिसमा लाग्ने रुघाखोकीको भाइरस र पन्छीको रुघाखोकीको भाइरस मिसिएर नया भाइरस बन्छ सक्छ र यस्तो भाइरस मानिस बाट मानिस सर्ने खालको बन्यो भने महामारीको रुप लिएर लाखौ मानिस मर्न सक्छ भन्ने बैज्ञानिकहरुको अनुमानको कारण बर्ड फ्लु यति चर्चित भएको हो । अझ बंगुरको रुघाखोकीको भाइरस समेत मिसियो भने त खतरनाक नया भाइरस बन्ने सम्भावना लाई नकार्न सकिदैन । यदि साच्चिकै त्यो स्थिति आयो भने नियन्त्रण गर्न निकै गारो हुने हुदा पन्छी कै लेवेलमा रोग नियन्त्रण गर्नुपर्छ भन्ने बिश्वब्यापी मान्यता छ । त्यहीकारणले रोग देखिएको क्षेत्रमा पन्छी स्वस्थ नै छ भने पनि मार्ने गरिएको हो ।

सबैभन्दा जोखिममा को हुन्छ त ?

 कुखुरा खोरमा काम गर्ने किसान र श्रमिक
 जिउदो पन्छी बजार (live bird market) मा पन्छी बेच्ने ब्यबसायीहरु
 कुखुराको काटमार र बिक्रिबितरनमा संलग्न मानिसहरु
 र अन्त्यमा सर्बसाधारण उपभोक्ताहरु (एकदमै न्यून सम्भावना)

यसबाट बच्न के गर्ने ?

 नगरी नहुने मानिसले बाहेक अन्य मानिसले पन्छीहरु नचलाउने
 बच्चाहरुलाई जिउदो पन्छीहरुसंग खेल्न नदिने
 किसानहरुले पन्छीको खोरभित्र काम गरेर आएपछि व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्तै साबुन पानी, खरानी पानीले हात खुट्टा धुने
 पन्छीको खोरभित्र नसुत्ने र खोरभित्र काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
 जिउदो पन्छी बेचबिखन गर्दा र मासु काट्ने मानिसले काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
 कुखुरा काटे पछि उत्पन्न हुने भुत्लाहरुको ब्यबस्थापन राम्रोसंग गर्ने जस्तै जलाउने, खाडलमा गाड्ने
 मरेका कुखुराहरु जथाभावी नफाल्ने
 हांश, कुखुरा र बंगुर एकै ठाउमा नपाल्ने र सकभर सम्पर्क हुन नदिने
 उपभोक्ताले बिस्वाशिलो र सफा मासु पसलबाट मात्र मासु किन्ने
 उपभोक्ताले जिउदो कुखुराहरु घरमा लगेर काट्ने बानी हटाउने
 धेरै संख्यामा पन्छीहरु मरेको देखेमा वा थाहा पाएमा तुरुन्तै नजिकको भेटनरीमा खबर गर्दिने

सरकारले चाही के गर्ने ?

सरकारको दुइवटा दायित्व छ । एक जनस्वास्थको सुरक्षा गर्ने र अर्को पन्छी ब्यबसयालाई बचाउने । पहिलो नम्बरमा पक्कै पनि जनस्वास्थको सुरक्षा हुनुपर्दछ । अहिले १ साताको लागि काठमाडौँ उपत्यकामा पन्छी ब्यबसायमा रोक लगाएको सन्दर्भमा अल्पकालीन र दीर्घकालीन दुवै हिसाबबाट सोच्नु महत्वपुर्ण हुन्छ ।

अहिले तत्काल के गर्ने ?

 आफुले घोसणा गरेअनुसार १ साता पन्छी आवतजावत र बिक्रीवितरणमा लगाएको रोक कडाईका साथ पालना गराउने । उलंघन गरेको पाएमा साना ब्यबसायी मात्रै होइन ठुलै भए पनि कारबाही गर्ने आँट देखाउने
 यस संगसंगै ३ वटै जिल्लामा व्यापक रूपमा रोग खोज्ने टोली (surveillance team) खटाएर ब्यबसायिक र ग्रामिण पन्छीहरुको नमुना संकलन गर्ने र तत्कालै जांच गर्ने र नतिजा समेत सार्बजनिक गर्ने । Positive फर्महरूलाई तत्काल नस्ट गर्ने
 ब्यबसायिक फर्महरूले जैविक सुरक्षाको स्तर बडाउने
 बिगतको अनुभव हेर्ने हो भने काठमाडौँका ठुला कोल्ड स्टोरेजहरुले यस्तो बेलामा अत्यन्तै सस्तो मुल्यमा साना किसानहरुबाट कुखुरा उठाई पछि अवस्था अलिक सामान्य भएपछि महंगोमा बिक्रि गर्छन् । मासु निरीक्षकको व्यवस्था नभएको हाम्रो देशमा यसो गर्दा रोग लागेका कुखुरा समेत त्यसमा नपर्ला भन्न सकिन्न । त्यसतर्फ पनि चनाखो रहनु पर्छ सरकार र त्यहाबाट पनि नमुनाहरु लगेर जाच्नुपर्छ ।
 जनचेतनाको लागि सुचनाहरु प्रसारण गर्ने । यसो गर्दा अनावस्यक त्रास उत्पन्न नहुने किसिमले सुचनाहरु बनाउनुपर्छ ।
 सरकारले चालेका नियन्त्रणका कदमहरुबारे जनतालाई सहि सूचनाहरु दिई आस्वस्त तुल्याउने ।

दीर्घकालीन रूपमा के गर्ने ?

 ब्यबसायिक पन्छी पालनमा बिमाको व्यवस्था तत्काल गर्ने र कार्यन्वयन समेत गराउने
 रोग नियन्त्रणमा लिने क्रममा मारिने पन्छीको क्षतिपुर्ती बजार मूल्य वरिपरि दिने जसले गर्दा किसानहरुलाई रोगको छिटो सूचना दिन प्रोत्साहन हुन्छ ( साना र ग्रामीण पन्छीमा यस्तो गर्ने, ठुला फर्ममा चाही बिमाले बेहोर्ने)
 घना बस्ति वरिपरि ब्यबसायिक पन्छी फर्म खोल्न नदिने
 सहर भित्र जताजतै जिउदो कुखुरा काट्ने अहिलेको परिपाटीमा सुधार गर्न जरुरी छ । निश्चित क्षेत्रमा मात्रै पन्छी मार्ने र तयारी कुखुरा मात्रै सफा तरिकाले चिसोमा राखेर बेच्ने व्यवस्था मिलाउनु पर्छ । यसो गर्दा साना butcher हरुको रोजीरोटीमा असर पर्नसक्छ । त्यसलाई सम्बोधन कसरि गर्ने भनेर योजना बनाउने ।
 भेटनरीको सरकारी संरचनालाई अझ बलियो पार्ने र फिल्ड स्तरमा विस्तार गर्ने
 पन्छी फर्महरुमा पालना गर्नुपर्ने जैविक सुरक्षा सम्बंदी नीति बनाउने र कार्यन्वयन गराउने
 बर्ड फ्लु खोप (Vaccine) सम्बंदी नीतिको लागि technical level मा व्यापक छलफल गर्ने । अहिले सम्म १५ वटा देशले विभिन्न थरिका खोपको प्रयोग गरेका छन् तर कुनै कुनै देशमा त खोपकै कारण झन् धेरै रोग फैलिएको उदाहरण पनि छन् । नेपाल जस्तो technical capability मा अत्यन्तै कम्जोर मुलुकमा खोप घातक पनि साबित हुन सक्छ । तेही भएर निकै विचार पुर्याउनु पर्छ ।

(पशु चिकित्सकसमेत रहेका सुरेन्द्र कार्की हाल Texas A&M University, Texas, USA मा अध्ययनरत छन्)

Friday, July 12, 2013

निर्वाचन आयोगले नयाँ आचारसंहिता 2070

निर्वाचन आयोगले नयाँ आचारसंहिता


२७ असार, काठमाडौं । अब हुने संविधानसभा चुनावमा अनर्गल भाषणबाजी र आपसी अविश्वास बढ्न नदिन निर्वाचन आयोगले नयाँ आचारसंहिता ल्याएको छ । आयोगले साउनको पहिलो हप्तादेखि लागू गर्ने आचारसंहितामा भाषण, वक्तव्य र अन्य यस्तै कुरामा शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ । चुनावी प्रचारमा ख्याल गर्नुपर्ने विषयहरु यस्ता छन् :

· नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनतामा निहित राजकीय सत्ता प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारणा प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउनु हुदैन ।

· कुनै धर्म, सम्प्रदाय, जात जाति, लिङ्ग, भाषा, समुदाय वा प्रादेशिकताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउन हुँदैन ।

· कुनै राजनीतिक दल वा उम्मेदवारको आलोचना गर्दा त्यस्तो दल वा उम्मेदवारको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको काममा मात्र सीमित रही गर्नु पर्नेछ । उम्मेदवार, राजनीतिक दलको नेता वा कार्यकर्ताको सार्वजनिक कामसँग सम्वन्धित नभएको निजी जीवनको कुनैपनि कुराको आलोचना गर्नु हुँदैन ।

· लैङ्गकि हिंसा लगायत अन्य हिंसाजन्य कार्य गर्न र त्यस्तो कार्य गर्न कसैलाई उक्साउनु हुँदैन ।

· प्रचलित कानूनबमोजिम निर्वाचनसम्वन्धी कसूर मानिनेे कार्य गर्न वा गराउन र त्यस्तो कसुर गर्न कसैलाई उक्साउनु हुँदैन ।

जथाभावी भित्तेलेख गर्न नपाईने

निर्वाचनको बेला हुने जथाभावी भित्तेलेखन र तुल ब्यानरको प्रयोग रोक्न पनि आयोगले आचारसंहिता तोकेको छ । भित्तेलेखन र तुल ब्यानर सम्बन्धी नियम यस्तो छ :

· धार्मिक, पुरातात्विक वा ऐतिहासिक भवन, स्मारकस्थल वा सरकारी वा सार्वजनिक भवन र शैक्षिक संस्थाको भित्ता वा पर्खालमा कुनै पनि किसिमको पर्चा टाँस्न हुँदैन ।

· कसैको निजी घर कम्पाउण्ड, पसल, पर्खाल वा यस्तै अन्य स्थानहरुमा घरधनीको स्वीकृति नलिई कुनै पनि किसिमको पर्चा टाँस्न हुँदैन ।

· भित्ते लेखन गर्न, तुल, व्यानर प्रयोग गर्न वा गराउन हुँदैन ।

· शान्तिपूर्ण र बाधा अबरोधरहित मानवीय जीवन जीउन पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सम्मान गर्नु पर्नेछÙ कुनै व्यक्तिको विचारको विरोध गर्दा निजको घर अगाडि विरोध गर्न र प्रदर्शन गर्न हुँदैन ।

· निर्वाचन प्रचार-प्रसारको प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा कूल क्षेत्रफल तीन सय बर्ग इञ्चसम्मको आकारको पर्चा मात्र प्रयोग गर्नु पर्नेछ । त्यस्तो पर्चा छपाउँदा एक रङमा मात्र छपाउनु पर्नेछ र प्रत्येक पर्चामा पर्चा मुद्रक र पर्चा छपाउने राजनीतिक दल वा उम्मेदवार समेतको नाम र ठेगाना उल्लेख गर्नु पर्नेछ ।

· कुनै राजनीतिक दल वा उम्मेदवारले टाँस गरेको वा त्यस्तो दल वा उम्मेदवारको तर्फबाट टाँस भएको पर्चा वा निर्वाचन चिन्हलाई केरमेट गर्न, उप्काउन, च्यात्न वा त्यसमाथि आफ्नो पर्चा टाँस्न वा टाँस्न लगाउन हुँदैन ।

· आफूले टाँसेको पर्चा सम्वन्धित निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको साठी दिनभित्र उप्काई वा हटाई पर्चा टाँसेको स्थान सफा गर्नु पर्नेछ ।

जुलुस तथा आमसभा सम्वन्धी आचरण :

· जुलुस, र्याली, आमसभा, वैठक वा भेला गर्दा वा गराउँदा स्थानीय प्रशासन र प्रहरीलाई सुरक्षा प्रबन्ध गर्न सोको समय, मिति, मार्ग, रुट र स्थानका बारेमा स्थानीय प्रशासन र प्रहरीलाई कम्तीमा चौबीस घण्टा अगावै जानकारी गराएर मात्र गर्नु पर्नेछ । त्यसरी तय भई सकेको मार्ग स्थानीय प्रशासन र प्रहरीको अनुमतिबिना फेरबदल गर्न सकिने छैन ।

· दुई वा दुईभन्दा बढी राजनीतिक दल वा उम्मेदवारहरुले एउटै समय, स्थान र मार्गमा जुलुस, र्याली, आमसभा, वैठक वा भेला गर्दा स्थानीय प्रशासनले दिएको अनुमति अनुसार मात्र आयोजना गर्नु पर्नेछ ।

· नेपाल सरकार वा स्थानीय प्रशासनले सार्वजनिक सुरक्षा र हितका लागि प्रचलित कानूनबमोजिम निषेध गरेको समय र स्थानमा कुनैपनि जुलुस, र्याली, आमसभा, वैठक, भेला वा प्रचार-प्रसारको कार्यक्रमको आयोजना गर्नु वा गराउनु हुँदैन ।

· सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा गर्नु वा गराउनु हुँदैन ।

· मसाल जुलुस र हातहतियारसहितको जुलुस निकाल्नु हुँदैन ।

· जुलुस, र्याली, वा आमसभामा भाग लिने व्यक्तिहरुले आफनो हातमा १०”×१८” को आकारसम्मको झण्डा लिन सक्नेछन् । तर निर्वाचन प्रचार-प्रसारको लागि प्रयोग गरिने सवारी साधनमा वा आमसभास्थलमा सोभन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न बाधा पुगेको मानिने छैन ।

· हात हतियार वा विष्फोटक पदार्थ लिएर हिंड्न वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी जस्ता धारिलो तथा जोखिमी प्रकृतिका हातहतियारको प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन हुँदैन ।

· अरु राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, र्याली, आमसभा, वैठक वा भेला विथोल्न वा त्यस्तो जुलुस, र्याली, आमसभा, वैठक वा भेलालाई कुनै प्रकारको बाधा अवरोध पुर्याउनु हुँदैन ।

· जुलस, र्याली, आमसभा वा भेला जस्ता प्रचार-प्रसारका कार्यक्रम बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्नु पर्नेछ ।

· बालवालिकालाई जुलुस, र्याली, आमसभा, वैठक वा भेलामा सहभागी गराउन तथा निर्वाचन प्रचार-प्रसार र निर्वाचनसँग सम्वन्धित अन्य कुनैपनि काम वा गतिविधिमा प्रयोग गर्न र गराउन हुँदैन ।

· विद्यालय र विद्यालय हाताभित्र आमसभा, माइकिङ्ग लगायत निर्वाचन प्रचारका काम गर्नु हुँदैन ।

विकट जिल्लामा जहाज र हेलिकप्टर चार्टर गर्न पाइने

आयोगले शुरुमा कुनै पनि ठाउँमा चुनाव प्रचार गर्दा जहाल र हेलिकप्टर चार्टर गर्न नपाइने आचार संहिता बनाउन खोजेपनि माओवादी असन्तुष्ट भएपनि यसलाई केही खुकुलो बनाइएको छ । जुन व्वयस्था यस्तो छ :

· हवाईजहाज तथा हेलिकप्टर जस्ता सवारी साधन चार्टर गरी निर्वाचन प्रचार-प्रसार गर्नु वा गराउनु हुँदैन । तर सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट जिल्लाको हकमा यो दफा लागू हुनेछैन ।

· नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, स्थानीय निकाय र परियोजनाका सवारी साधन प्रयोग गर्नु वा गराउनु हुँदैन ।

· उम्मेदवारले निर्वाचन प्रचार-प्रसारका लागि एक निर्वाचन क्षेत्रमा वढीमा दुईवटा हलुका सवारी साधन प्रयोग गर्न सक्नेछ । त्यस्ता सवारी साधन नचल्ने निर्वाचन क्षेत्रमा वढीमा चार वटा घोडा प्रयोग गर्न सक्नेछ । तर एउटा उम्मेदवारले प्रयोग गरेको सवारी साधन अर्को कुनै पनि उम्मेदवार वा राजनीतिक दलले कुनै पनि प्रकारले प्रयोग गर्न हुदैन ।

· राजनीतिक दलले निर्वाचन प्रचारका लागि एउटा जिल्लामा वढीमा दुई वटा हलुका सवारी साधन प्रयोग गर्न सक्नेछ । तर एउटा राजनीतिक दलले प्रयोग गरेको सवारी साधन अर्को कुनै पनि राजनीतिक दल वा उम्मेदवारले कुनै पनि प्रकारले प्रयोग गर्न हुदैन ।

· मतदानको दिन मतदातालाईर्र् हवाईजहाज, हेलिकप्टर, बस, ट्रक, जीप, मोटरसाईकल र अन्य कुनै पनि सवारी साधनबाट ओसार-पसार गर्नु र गराउनु हुँदैन । तर हिंडडुल गर्न नसक्ने अशक्त मतदाताले आयोग वा सम्वन्धित निर्वाचन अधिकृत वा मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सक्नेछ ।


Tuesday, July 2, 2013

किन होला हाम्रो देश को नेता ,सरकार बेकम्मा के नेपाललाई सति ले सरापेको हो त !!!!!!!



किन होला हाम्रो देश को नेता ,सरकार बेकम्मा, !!!!!
के नेपाललाई सति ले सरापेको हो त !!!!!!!

सुन व्यवसायी- सुनमा मिसावट गरे पनि सरकारले कारबाही गर्न नहुने
ट्याक्सी व्यवसायी- आफूखुसी भाडा लिएर सर्वसाधारण ठग्न पाउनुपर्ने
दूध व्यवसायी- दूषित पदार्थ मिसिएको दूध बिक्री गर्न पाउनुपर्ने
यातायात मजदुर- नियम मिच्दा ट्राफिकले लिने जरिवाना कम गर्नुपर्ने
ग्यास व्यवसायी- कमिसन र सञ्चालन खर्च बढाउनुपर्ने
 
सर्वसाधारण ठगिने गरी व्यवसायीले ल्याउने नाजायज माग पूरा गर्ने प्रतिबद्धता राज्यले जनाउनु हुन्छ कि हुन्न ? । दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा गैरकानुनी बन्देज लगाउने र ठग्न पाउनुपर्ने मागप्रति सकारात्मक सहमति जनाउँदै सरकार व्यवसायीका नाममा उपस्थित बिचौलीयाहरूसित झुक्दै आएको छ ।
 
कुरा त्यो मात्र होइन म आज एक जना बिरामी भेट्न कान्ति बाल अस्पताल गोएको थीए । यो अस्पताल बिदेशी  को सहयोग मा.बनेको हो. नेपाली बालबालिका हरु को उपचारना गर्न र  अकालमा मर्न नापर्रोस भने र बिदेशी सहयोग बनेको यो अस्पताल को हालत आज ज्यादै नै खराब भयको छ, के हामी नेपाली हरु दानमा
पाएको समान पनि राम्रो सग  चलाउन सक्दैनौ  त हामी र हाम्रो सरकार तेती को निकम्मा छ त ?
 
आज मा धरै कुरा उठाउन गोएको  छैन किनकी मैले कान्ति बाल अस्पतालको कैहि  पनि देखेको छैन, ओपेडी र अन्य  सेवाको बारेमा मलाइ  त खासै थाहा छैन  किन कि म कान्ति नागोएको  ७-८ वर्षा  भयछ ।
 
आज मलाई लेख्न  मन लागेको बिषय सरसफाई को हो, कान्ति  बाल अस्पतालको सौचालय ज्यादैनै  फोहोर थीयो यो कति सम्म भने कुरुवा ,बिरामी पनि नाक थुनेर हिड्नु पर्ने  थीयो । के नेपालको अस्पताल को सफाई कर्मचारी खाली तलब नपुगेर हडताल  गर्ने ,काम नगरी गफ गर्दै बस्ने मात्र हो कि के  हो आफ्नो काम कसले सिकाउने र कसले लगाउने हो . इमान्दारीका साथ काम त कता हो कता जता हेरेपनि फोहोर पानी बगेको पान थुकेको ,राम्रो सफाई छैन बत्ती को राम्रो प्राबध छैन । भएको सौचालय जस्ताको पाता ठोकेको  छ ,जस्ताको पाता ठोक्न किन बनाएको हो किन ?
 
हाम्रो नेपाल को कान्ति बाल अस्पतालमा ..........................
 
खानेपानी को पनि राम्रो ब्यवस्ता पनि छैन 
कुरुवा बस्ने ठाउँ राम्रो छैन ।
राती बस्ने लाई सुबिधा त  कता हो कता बत्ती को पनि राम्रो ब्यवस्ता छैन चोर को संभावना धरै नै छ 
 
बिरामी र कुरुवा ले पनि सफाईमा खासै धयान देएका छैनन् । जथाभाबी पान  खाएर थुक्ने , पानीको बोतल जथाभाबी राख्ने ,बिरामी को बेड मा बसेर खान खाने ,गफ गर्ने सफाइमा  पटक्कै ध्यन नदिने  बडी  देखीन्छन ।