Wednesday, September 10, 2014

जापानमा ८० वर्ष को उमेर को कृषक र फोटो








जापानमा ८० वर्ष को उमेर को कृषक र फोटो फिचर
बाल मुकुन्द खड्का (बारू) जापान

जापान कृषिमा निकै धनि देश हो। जापानको धेरै ठाउमा आधुनिक कृषि खेतीपाती हुनेगरेको छ। कृषिमा युवाको भन्दा पनि ५० बर्ष नागेको मानिस बडी लागेको पाइछ। आजको मेरो फोटो फिचरमा जापानको एक शहरमा भेट भएको ८० वर्ष को उमेर को कृषक को बारेमा केहि जानकारी र फोटो राख्दै  छु



हाम्रो भेट मेरो फोटो वाल्क मा भएको हो। उमेर ले निकै भएको महिला काममा बेस्त देखेर कुरा गर्न मन लग्यो र नजिक गोएर  ओकासान कोनिचिवा (आमा नमस्ते ) बाट मैले  बोलाउन सुरु गरे मैले ओरिपरि धानहरू झुलेको फोटो खीचेको  देखेर होला बडो उस्सुक ले कोनिचिवा भन्दै हाम्रो सम्बाद सुरु भयो

ओकासान - दोकोकारा किमसिता का ? (कहाँ बाट आएको हो )
म - नेपारु  खारा (नेपाल बाट )
यसरि सुरु भएको सम्बद मा मैले आमा को उमेर कति भयो भन्दा ८० वर्षा को जबाफ पाय र दङ्ग परे बाफरे ८० बर्ष मा पनि। ........................................... खेतीको काम मा बेस्त



दीन भर सबै खुर्सानी ,भेण्टा र पेप्सिकन टिप्ने र साझ सबै परिवार जम्मा भयर पकिंग गर्न भोलि बिहान ८.. ३० सम्म बजार छोड्ने रहेछ। दीन भर घरमा बसेर के गर्नु यसो काम गर्यो भने जिउ पनि राम्रो हुने हावा पनि राम्रो पाइन्छ अलि धेरै गर्मीमा काम गर्न सक्दिन आज सीताल छ राम्रो

मलाई ओकासान र फलेको बोटको फोटो लिन मन लग्यो र मैले अनुमतिको लागि सोधे ओकासान स्यसिन तोत्ते मो ई देस का ? (के मा फोटो लिन सक्छु )

हाइ ईइ यो (हुन्छ) भनेर अनुमति पाए। ………। फोटो खीचे ८-१० वटा




ओकासान ले मलाई पनि नेपाल मा को को छन् र यहाँ जापान मा के काम गर्ने गरेको छ सबै सोधीन मैले पनि सबै  भन्दै गोए। नेपालमा बुबा हरु ले कृषि गर्ने गरेको छ कि छैन भनेर भन्दा मैले गर्ने गरेको तर जापानको जति आधुनिक हुन सकेको छैन भनेर भने  करिब हाम्रो सम्बद २० मिनेटको भयो।

यतिकै मा मेरो काममा जाने बेला भएको ले मैले बिदा मागे……. ओकासान क्योउ आरिगातो गोजामास सायोनारा (आजको लागि धयाबाद बाई बाइ )




नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछुhttp://www.nepalsandesh.com/?attac hment_id=89209 


No comments:

Post a Comment