Wednesday, June 11, 2014

यात्रा गिफु महलको Gifu Castle


 
यात्रा गिफु महलको 
 

नयाँ नयाँ ठाउको यात्रा गर्ने रहर हरेक मानिसमा  हुन्छ।  मा पनि नया ठाउँ घुम्न मन पराउछु  र तेस ठाउको जानकारी  राख्न पनि कोशिश गरेको छु।  मेरो यात्रा २०१४ जुन महिनाको १० तारिकमा मेरो साथी इन्द्र कुमार पुर्जा ,सुनिता पुर्जा को साथ मा थीयो। बिहान करिब ८ बजे हामी ३ जना कार मा गिफु महल को यात्रा को लागि तयार भएर 
गयौ।  करिब १५ किमि को यात्रा पुरा गरेर हामीहरु अब को बाकी ४ किमि चाही हीड़ेर जानको लागि बाटो खोज्न सुरु भयो तर जापानको को प्रख्यात ठाउँ भयकोले हरेक किमिमको जानकारी हामीले सजिलै पायौ।Gifu Castle( गिफु महल) जानको लागि गिफु पार्क बाट माउंट kinka रोपवे बाट ३ मीनेटमा पुगीन्छ तर पार्कबाट जगलको बाटो बाट हीडेर यात्रा गर्न सकिन्छ यसरि यात्रा गर्नेको सख्या पनि धरै नै हुन्छ हीडेर जान  सकिने यो रुटमा करिब १ घण्टा ३० मिनेट लाक्छ यात्राको बाटो सजिलो र रमाइलो छ बाटोमा माथि बाट फर्केर आउने हरुलाई कोनिचिवा , ओहायो गोजाईमास भदै हामीहरु को उकालो बाटो शुरु भयो। सुनिता भाउजुको जुत्ता अलिकति समस्या पर्लाकी जस्तो बाहेक अरु समस्या केहि भएन म काठमाडौँ को भएपनि कहीलेकाही शिवपुरी चडेको मान्छे ९० मिनेटको हीड़ाई मेरो लागि खासै कठीन पनि त होइन। बाकी हाम्रो २ जना साथीहरु त झन् ३ दिनको यात्रा गरेर मेला भर्न अन्नपुर्ण नजिक जाने गरेको थाहा पाए पछि म चुप भए यो यात्रा हाम्रो रहरको यात्रा हो  कति काम मात्र आज कतै  हिडेर  जाने ठाउको खोजी गर्दा गिफु महलको यात्रा सुरु भाको हो. रमाइलो हुदा हुदै हामी माथि महल मा पुग्यौ ओरिपरि हरियो रुख,बिस्राम गर्ने पानि खाने सुबिधा को बीच मा भब्य ८०० वर्षा पुरानो महल निकै लोभ लाग्दो थीयो मानिस हरु आफ्नो यात्रा पुरा गरेर आराम गरीरहेका थीय. हामी हरु पनि केहि  समय आराम गरेर महलको भित्रको संग्रालय को पुरानो फोटो, राजा महाराजको सामान लडाई मा प्रयोग भयको बस्तु हरुको अव्लोकन गर्न थाल्यौ।  सबै भन्दा रमाइलो त महल को चौथो तला बाट दीखीने गिफु केन को देर्श्य सारै राम्रो छ गिफुको सान नागारा गावा र ओरिपरि जगल र बिच मा सहर सारै रहर लाग्दो  देखीन्छ। 

गिफु शहरको एक लोकप्रीय प्रतिक Gifu Castle( गिफु महल)
बाल मुकुन्द खड्का (बारू)

८०० वर्षा भन्दा पुरानो इतिहास बोकेको Gifu Castle ( गिफु महल) Mt.KINKA माथि रहेको छ सबै भन्दा पहिला १२०१ मा Mt.KINKA लाई गिफुको क किल्ला को रुपमा बनायको थीयो १५६७ मा ODA ओडीए नाबुनागा ले त्यो किल्ला कब्जागरेर तेस ठाउको नाम बदलेर  Gifu Castle( गिफु महल) को नामले परिचित हुन् पुग्यो Gifu Castle ODA ओडीए ले गिफु क्षेत्रकोबिकाश र  बिस्तारको नया राजनीति को साथ एकिकृत रुपमा चहलपहल को स्थान बनायको थीयो 


ODA ओडीए परिवार Hidenobu को पछि  नोगुनागा को नाती  जापानको ईदो शोगुनेट शासन को 250 साल भन्दा बढी समयभएपछि 1600 मा सेकिहारा (Sekigahara) को निर्णायकलड़ाई मा हारेको हुनाले यो महल पनि छोड्न परेको थीयो वर्तमानमायो महल चार तला रहेको छ  Castle को चौथो ताला १९५६ मा बनायको हो र तेस पछि यो महल गिफु शहरको एक लोकप्रीय प्रतिक रहेको छ

 
Gifu Castle( महल) जादा  देख्न सकिने कुराहरु

१. गिफु महल सग्रहालय

हरेक राजा महाराजा हरुको अत्यभएपछि तेसमहल दरबारको महत्वअझ बढ्दै जान्छ
गिफु महल पनि सग्रहाको रुपमा परिवर्तन भएको छ तेस सग्रहामा हामीहरु ओडीए नाबुनागा को परिबारको फोटो र उनीहरुको इतिहास हेर्ने सक्छौ तेती मात्र होइन उनीहरु को परिबारले प्रोयोग गर्ने हतियार सैनीक पोशाक र अन्य कुराको जानकारी पनि सजिलै लिन सकिन्छ



२. रमणीयस्थल

गिफु महल गिफुपार्क बाट रोपवे बाट ३ मीनेटमा पुग्न सकिन्छ रोपव सुल्क १०८० यन लाक्छ

तल गिफुपर्क बाट माथि गिफु महल सम्म को हरियाली अतिनै लोभ लाग्दो छ माथि गिफु महल ओरिपरी पनि निकै नै रमाइलो हरियाली बातावरण छ गिफु महलको चौथो तला बाट गिफु सहर को चारै तिरको द्र्स्यलोकनगर्नसकिन्छनागारा  गावा (खोला ) शहरको बीचबाट हिडेको महलको ओरिपरी जगल हेर्न लायक को छ ,

३. पोनोरोमा ponoroma दीश्य राति
 गिफु महल को अर्को आकर्षण भनेको पोनोरोमा दीर्श्यहो रति को समयको यो देर्श्यहेर्नलायकको हुन्छ तर यो हर्न लागि समय तालिका अनुसार हुदो रहेछ
 
४. गिफु पार्क
गिफु महल जादा सबै भन्दा पहिला तलको गुफुपार्क पनि निकै रमाइलो  छ कलकल पानि को झरना रमाइलो बातावरण सुन्दर दीस्य फूलहरुको बगैचा निकै राम्रो छ

 
              ५. हईकीन्न hikking
Gifu Castle( गिफु महल) जानको लागि गिफु पार्क बाट माउंट kinka रोपवे बाट ३ मीनेटमा पुगीन्छ


तर पार्कबाट जगलको बाटो बाट प्नि यात्रा गर्न सकिन्छ यसरि यात्रा गर्नेको सख्या पनि धरै नै हुन्छ हेड़ेर जना सकिने यो रुटमा करिब १ घण्टा ३० मिनेट लाक्छ यात्राको बाटो सजिलो र रमाइलो छ

 




MY VIDEO BLOG FROM YOUTUBE         sakura japan

 

No comments:

Post a Comment