प्रकाशित मिति: २०७० वैशाख ४,कान्तिपुर ,लेखक मकर श्रेष्ठ
सवारी चालक अनुमतिपत्र ( लाइसेन्स) लिने तयारीमा हुनुहुन्छ ?
पुरानो शैलीको दुई पांग्रेले डन्डी छलाउने र चार पांग्रेले 'टी सेप' कटाउने विधि बदलिएको हो । ५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएको छ।
५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अब अंग्रेजी अंक 'आठ' आकारमा घुमाउनु पर्नेछ । त्यसपछि ठाउ ठाउमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ । चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ । 'यू' टर्नमा साइट लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ । पाँच मिनेट तोकिएको 'आठ' आकारको दूरी पूरा गर्नुपर्नेछ ।
चार पाङग्रेमा सिट बेल्ट, ऐना, संकेत, स्टार्ट, एक्सिलेटर, ब्रेक, क्लज र ब्याक गियरको प्रयोग तथा मोडने तरिकाको परीक्षण गरिन्छ । दुई पाङग्रेको नया बानेश्वर स्थित ट्रलीबस कार्यालय पछाडि र चार पाङग्रेको साल्ट ट्रेडिङ अगाडि प्रयोगात्मक परीक्षा हुनेछ । ट्राफिक लाइटमा समेत सवारी चलाएर नियम उल्लंघन गर्न थालेपछि प्रयोगात्मक परीक्षास्थलमा लाइटको व्यवस्था गरिएको छ ।
के भए फेल ?
दुई पाङग्रे मोटरसाइकल
-हेलमेट नलगाइ, ऐना नमिलाई र साइट लाइटको प्रयोग नगरी स्टार्ट गरे-आठ आकारको लाइन भन्दा बाहिर सवारी लगे--यू टर्नमा साइट लाइट प्रयोग नगरे--ट्राफिक संकेत पालना नगरे--दुई वा बढी पल्ट स्टार्ट बन्द भए
चार पाङगे
-सिट बेल्ट नबाँधे, पछाडि दायाबाया हेर्न सिसाको परीक्षण नगरे, साइटलाइट नबाली स्टार्ट गरे---आठ आकारको लाइन भन्दा बाहिर गए -स्पिड ब्रेकरमा रोकिए वा स्टार्ट बन्द भए--यू टर्नमा साइट लाइटको प्रयोग नगरे -ट्राफिक संकेत पालना नगरे-ग्यारेज पार्किङ गर्दा लाइन भन्दा बाहिर परे
-दुई वा बढी पल्ट स्टार्ट बन्द भए