Tuesday, December 17, 2013

पूर्वसचिवको अनुभवमा यस्तो हुनुपर्छ मन्त्रिमण्डल

  Current Nepali Time

दूतावासमा भिसा माग्नेलाई मन्त्री नबनाऔं : रामेश्वर खनाल

पूर्वसचिवको अनुभवमा यस्तो हुनुपर्छ मन्त्रिमण्डल

भ्रष्ट मन्त्री पहिला राजदूतले थाहा पाउँछन्
नेपालमा भएका विदेशी राजदूतहरुलाई कुन मन्त्री तथा कर्मचारी भ्रष्ट छ भन्नै कुरा थाहा पाउन कुनै गाह्रो छैन । कतिपय राजदूतहरुले त तपाईको फलानो मन्त्रीले यति पैसा खायो भनेर मुखै फोरेर भन्ने समेत गरेका छन् ।
कम्तिमा पनि राष्ट्रको इज्जत राख्न भ्रष्टाचार नगर्नु अत्यन्त राम्रो, केही गरी मन्त्री चुकिहाल्यो भने पनि विदेशीको हकमा नचुकिदिए हुन्थ्यो । राष्ट्र र
जनतालाई बदनाम गर्ने खालका कामहरु मन्त्रीले गर्न भएन । प्रधानमन्त्री माधवकुमार नेपाल भएका बेलामा शिक्षा मन्त्रीले भ्रष्टाचार गर्यो त्यसलाई नहटाए हामीले सहयोग नै रोक्छौं भनेर दातृ निकायले भनेपछि शिक्षामन्त्रीले राजीनामा नै दिनुपर्यो ।
सबैभन्दा बढी ठेक्कापट्टा चिनियाँहरुसँग हुने भएकाले चिनिया राजदूतावास कर्मचारीले कुन मन्त्री वा कर्मचारी भ्रष्ट छ भनेर एकएक भन्न सक्छन् । जनताले नेपाली कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाएका छन् । दुबै पार्टीले जनताबाट प्राप्त गरेको विश्वासको सम्मान गर्न विदेशी कम्पनीसँग कुनै पनि उपहार वा नगद नलिने, राष्ट्रप्रति बफादार भएर काम गर्ने व्यक्तिलाई मन्त्री बनाएर पठाउनुपर्छ ।
थुप्रै आयोजनाहरु सिंचाइका, सडकका, खानेपानीका, विद्यालय निर्माणका, स्वास्थ्यचौकी निर्माणका ठेकदारहरुले समयमा काम भ्याउन विलम्ब गर्छन । किन विलम्ब गर्छन् भन्दा उसले न्यूनतम कवुलमा आयोजना ठेक्कामा लिएको हुन्छ, त्यसमाथि घुस खुवाउन पर्यो भने उसको लागत बढ्न जान्छ । अनि उसले घाटा सहनुभन्दा ढिलो गरेर अन्य किसिमबाट फाइदा लिन खोज्छ ।
मैले अघि नै भनिसकें, सबै मन्त्रालयमा मन्त्रीलाई प्राविधिक ज्ञान हुनु जरुरी छैन । तर, केही मन्त्रालय यस्ता छन्, जहाँ मन्त्रालयको मुल नीति निर्माण गर्ने क्रममा, त्यो मन्त्रालयको वाषिर्क कार्यक्रम बनाउने क्रममा मन्त्रीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने हुन्छ । नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि केही मन्त्रालयको हकमा प्राविधिक ज्ञान जानेको व्यक्ति चाहिन्छ ।
विगतमा केही मन्त्रीहरुले कर्मचारीले काम गर्न नदिएर जनताको म्याण्डेटअनुसार काम गर्न नसकेको भन्दै हास्यास्पद अभिव्यक्ति दिने गरेको पनि सुनियो । आफ्ना कर्मचारीलाई पनि काम लगाउन नसक्ने व्यक्ति किन मन्त्री हुने ? नराम्रो काम गर्ने, नराम्रो सोच भएको, कर्मचारीभन्दा खराव आचरण भएको व्यक्तिलाई मात्र कर्मचारीले टेर्दैनन् । सही नियत भएको व्यक्तिलाई कर्मचारीले नटेर्ने भन्ने नै हँुदैन । कर्मचारीलाई नै तह लगाउन, कँजाउन नसक्ने व्यक्ति मन्त्री हुनुहुँदैन ।
अर्थमन्त्री सल्लाहकार र कर्मचारीतन्त्रमा आश्रति हुनुहुन्न
अर्थमन्त्रालयमा राष्ट्रका मौदि्रक नीतिहरु निर्माण गर्ने, त्यसको अनुगमन गर्ने, राष्ट्र बैंकलाई पनि मार्गदर्शन दिनसक्ने, राष्ट्र बैंकसँग कुन किसिमको सल्लाह कुन बेला लिने भनेर निर्णय गर्न सक्ने, अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक मुद्दाहरुमा बहस गर्न सक्ने, नेपाललाई आवश्यक सहयोग परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायसँग वार्ता गर्न सक्ने, व्यवसायीक वातावरण सहज बनाउन सक्ने, लगानी भित्रिने खालका वित्त नीतिहरु तर्जुमा गर्न सक्ने मन्त्री चाहिन्छ ।
अर्थमन्त्रालयमा भएका कर्मचारीहरुको सीप भन्दा पनि राम्रो सीप र दख्खल भएको, आर्थिक क्षेत्रको पूर्ण जानकारी भएको मान्छे अर्थमन्त्री भएमा बल्ल अर्थमन्त्रालय हाँक्न सक्छ । अर्थमन्त्रीले सल्लाहकार र कर्मचारीतन्त्रमा आश्रीत भएर काम गर्नुपर्यो भने त्यसले असल नेतृत्व दिन सक्दैन । अर्थमन्त्रीले असल नेतृत्व दिन चाहाने हो भने त्यहाँ प्राविधिक ज्ञान आवश्यक पर्छ ।
खासगरी प्राविधिक मन्त्रालयहरुमा भौतिक योजना तथा निर्माण, सिँचाई, उर्जा, शहरी विकास मन्त्रालय पर्छन । यी मन्त्रालयहरुको नेतृत्व लिन प्राविधिक ज्ञान नै त आवश्यक पर्दैन, तर व्यवस्थापकीय ज्ञानचाहीँ आवश्यक पर्छ । अहिले यी मन्त्रालयहरुले नेपालको पुँजी निर्माणको सन्दर्भमा सरकारी स्तरबाट ठूलो भूमिका निर्वाह गरेका हुन्छन् । लगानीकर्ताले लगानी गर्नका लागि सबैभन्दा पहिला हेर्ने पूर्वाधारको अवस्था कस्तो छ भनेर हो । पूर्वाधार विकास भएको छ भने लगानीकर्ता उद्योग व्यवसायमा ठूलो लगानी गर्न इच्छुक हुन्छ । यदी पूर्वाधार विकास नै भएको छैन भने लगानी गर्न इच्छुक हुँदैन ।
मन्त्रालयमा व्यवस्थापकीय क्षमता आवश्यक
पूर्वाधार निर्माण गर्ने मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु सदाचारी, इमान्दारी, भ्रष्टाचार नगर्ने, आफ्नो मान्छेमात्र नपोस्ने हुनुपर्छ । त्यसको अलवा अत्यन्त मजबुद व्यवस्थापकीय क्षमता र निर्णय क्षमता भएको हुनुपर्छ । ठेक्का पट्टालाई चाँडो सक्नका लागि छिटो निर्णय गर्न सक्ने, जोखिम लिन सक्ने नेतृत्व चाहिन्छ । काम गर्न नसक्ने व्यक्तिलाई ठेक्का दिनुभन्दा जोखिम लिएर भएपनि काम छिटो गर्न सक्ने ठेकदारलाई काम दिन सक्नुपर्छ ।
निर्णय क्षमता भएको, नहच्किने, नडराउने, कर्मचारीले निर्णय गर्न सकेन भने कारबाही गर्न सक्ने, निर्णय गर्नका लागि दबाब दिने, निर्णय गर्दा कर्मचारी फस्ने अवस्था आयो भने तपाईको पछाडी म छु तपाई फस्नुहुन्न भनेर काम गराउन सक्ने आँट भएको व्यक्ति माथिका ४ मन्त्रालयमा जान सक्यो भने ती मन्त्रालयको काम तिब्र गतिमा अगाडि बढ्छ ।
यस्ता मन्त्रालयमा काम गर्ने व्यक्तिको सोच पनि दीर्घकालिन हुनुपर्छ । हामी भन्छौं काठमाडौं शहर कुरुप भयो, व्यवस्थीत भएन, गुरुयोजना तयार छ कार्यान्वयन भएन भन्छौं । गुरुयोजना भएको काठमाडौं शहर त अस्तव्यस्त छ भने गुरुयोजना नै नभएका उपत्यका बाहिरका शहरहरु कसरी व्यवस्थित हुन्छन । शहरहरु व्यवस्थीत हुन नसक्नुको कारण दुरदृष्टि र भिजन दिन सक्ने नेतृत्वको अभावले हो ।
प्राविधिज्ञहरुले यस्ता भिजनहरु ल्याउन सक्दैनन् । विदेशमा अकल्पनिय विकास भएको कुरा सुन्छौं । त्यो विकास प्राविधिकले दिएको होइन । भियतनाममा जुन बेलामा ४/५ लेनको हाइवे बन्यो त्यो बेलामा त्यहाँ एक किलोमिटरमा एउटा गाडी पनि भेटिदैनथ्यो । तर, त्यहाँ नेताले के गर्यो भने आजको २० वर्षपछाडि यो सडक आवश्यक हुन्छ भनेर बाटो ठूलो बनायो । प्राविधिज्ञहरुले ठूलो बाटो बनाउन मानेका थिएनन् । उनीहरुले लागत बढ्छ, किन ठूलो बनाउनु पर्यो भनेका थियो रे । इथोपियामा पनि दीर्घकालीन भिजन लिएर त्यस्तै ठूलो सडक निर्माण गरिएको छ ।
शहरमा ठाउँठाउँमा पार्क छैनन, पार्किङ गर्नै ठाउँ छैन, खेल्ने ठाउँ छैन, बँगैचा छैन । यस्ता कुरा बनाउने भिजन नेताहरुले ल्याउनुपर्छ । निर्माणसम्बन्धी मन्त्रालयमा पुग्ने व्यक्ति प्राविधिकजस्तै भिजन नभएको भयो भने सबै अस्तव्यस्त हुन्छ ।
काठमाडौं उपत्यकामा दुर्घटना भएर धेरै मान्छे मरेका छन् । विश्वका राजधानी शहरमा दुर्घटना भएर मान्छे मर्ने शहर धैरै कम छन । विदेशका शहरहरुमा जानुभयो भने राति कुकुर भुकेको सुन्नुहुन्न । यहाँ रातभरि कुकुर भुकेर सुत्न दिँदैनन् । कुकुर भुक्ने राजधानी शहर काठमाडौं मात्र हो । त्यो भिजन प्राविधिकले ल्याउँदैन, सुन्दर नेपालको खाका तयार पार्ने नेताहरुले नै हो ।
सिंचाइ मन्त्रालयमा पनि निर्णय क्षमता भएको मान्छे चाहिन्छ । निर्णय क्षमता, दीर्घकालीन भिजन भएको व्यक्ति मन्त्री भएको हुँदा कतिपय आयोजनाहरु अडि्कएर बसेका छन् । ठेकदारले राम्रोसँग काम गरेको छैन भने कालोसूचीमा पनि राख्नुपर्यो, राम्रोसँग काम गरेको छ भने पुरस्कार पनि दिन सक्नुपर्यो । ठेक्का समयमा पुरा गर्न सक्दैन भने त्योसँग ठेक्का तोडेर अर्को ठेकेदारलाई लगाउन सक्ने हिम्मत भएको मान्छे नेतृत्वमा चाहिन्छ ।
उद्योग र वाणिज्य मन्त्रालय
उद्योग र वाणिज्य मन्त्रालय प्रत्यक्ष रुपमा व्यवसायीहरुसँग सम्बन्ध राख्ने मन्त्रालय हुन । उद्योग र वाणिज्य मन्त्रालयमा एक दशक भित्रको अवधिमा उद्योग व्यवसाय अनुकुल, वैदेशिक लगानी अनुकुल, समग्र रुपमा आर्थिक विकासमा सहयोगी हुने खालको काम गर्ने मन्त्री आउन सकने भनेर व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । जुन सत्य पनि हो ।
उद्योग र वाणिज्य मन्त्रालयमा भएका मन्त्री तथा कर्मचारीहरुले आफ्नो अगाडी फाइल पुग्दा फाइल गह्रौं र हलुका भएको आधारमा काम गर्ने गरेको पनि भेटिएको छ । पैसा खुवाउने फाइल गह्रौं र पैसा खुवाउन नसक्ने फाइललार्य हलुकाको रुपमा परिभाषित गर्ने गरिएको छ ।
नेपाली प्रधानमन्त्रीले विदेशका प्रधानमन्त्रीलाई भेटी नेपालमा लगानी गर, सबै सेवा-सुविधा दिन्छौं भन्ने, ती देशबाट लगानी गर्न आएका लगानीकर्तालाई तिनै आश्वासन दिने प्रधानमन्त्रीका कर्मचारी तथा मन्त्रीहरुले फाइलको तौल हेरेर काम गर्ने गर्दा कसरी लगानी गर्न आएको व्यक्तिले नेपालमा लगानी गर्छ । त्यो परिपाटी तोडेर काम गर्न सक्ने सक्षम व्यक्ति मन्त्री बन्नुपर्ने अहिलेको अवश्यकता छ । अन्यथा नेपालमा कसैले पनि लगानी गर्दैनन ।
उद्योग र वाणिज्य मन्त्रालयले सरकारको भन्दा पनि उद्योगी व्यवसायी तथा लगानीकर्ताहरुको पैरवी गर्नुपर्छ जस्तो लाग्छ । यी मान्त्रालय भनेका उद्योगपती लगानीकर्ताहरुले प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय हुन् । अर्थमन्त्रालयले काम गर्न सकेन, गृहले सुरक्षा दिन सकेन, वन मन्त्रालयल समयमा काम गर्ने स्वीकृति दिएन, परराष्ट्रले कुटनीतिक पहल गरिदिएन भने उद्योग र वाणिज्य मन्त्रालयले व्यवसायी तथा लगानीकर्ताहरुको सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । अहिले त हाम्रा मन्त्रीहरुले तिमीहरुले पैसा कमाएका छौ, तिमीहरुले आफै काम गर भनेर सोझै भन्दिन्छन ।
उद्योगी-व्यवसायी मन्त्री बन्नु हुन्न
उद्योगी व्यवसायीको सहयोगी हुनुपर्छ भन्दा मैले उद्योगी व्यवसायीबाटै मन्त्री हुनुपर्छ भन्न पनि खोजेको होइन । विगतका वर्षमा के पनि देखियो भने उद्योगी व्यवसायीबाटै भएका मन्त्रीहरुले आफ्नो पक्षका व्यवसायीहरुलाई सहयोग गर्ने र विपक्षमा रहेका व्यवसायीहरुलाई पछार्न खोज्ने गरे । व्यवसायीहरुलाई अहिले सोध्ने हो भने हाम्रो वर्गबाट मन्त्री हुनुहुँदैन भन्नुहुन्छ ।
उद्योग मन्त्रीले उद्योग क्षेत्रको गतिशीलता बुझेको होस, उद्योग क्षेत्रको डाइनामिज्म बुझेको होस, उद्योगी व्यवसायीहरुले भन्नु भन्दा पहिला नै उनीहरुको समस्या बुझेर समधान गर्न सक्ने होस । दुर्भाग्य भन्नुपर्छ दुईदशकसम्म उद्योग मन्त्रालयले त्यस्तो मन्त्री पाएजस्तो लाग्दैन । नेपालको उद्योग धरासायी हुनुमा पनि उद्योग मन्त्रालयका मन्त्री अक्षम हुनु नै हो । उद्योगसँग सम्बन्धित कतिपय ऐन नियमहरु अहिले अडि्कएर बसेको अवस्था पनि छ ।
वाणिज्य मन्त्रालय रेगुलेट गर्ने मन्त्रालय हो । कतिपय अवस्थामा नेपालमा आपूर्तिजन्य समस्या छन् । जस्ले गर्दा उपभोक्ता मर्कामा पर्ने गरेका छन । वाणिज्य मन्त्रालयले उपभोक्ता हित संरक्षण सम्बन्धीत यसअघि तर्जुमा भएका नीति तथा ऐन कार्यान्वयन गर्न पनि सकेको छैन ।
वाणिज्य मन्त्रालयबाट वस्तुको मात्र अनुगमन गर्ने काम भएको छ सेवा क्षेत्रको अनुगमन गर्ने काम हुन सकेको छैन । सेवा व्यापारलाई पनि उपभोक्तामैत्र बनाउनुपर्छ ।
उद्योग, क्यासिनो, संस्थानलगायतका क्षेत्रमा भनसुनका आधारमा कर्मचारी नियूक्त गर्ने गरेको पाइन्छ । मन्त्रीको काम आफन्तलाई जागिर खुवाउने होइन, यहाँ त मन्त्री हुनासाथ जागिर खुवाउन थालिन्छ । भनसुन गरेर कर्मचारी नियूक्त गर्दा क्यासिनो व्यवसाय ध्वस्त हुन थालैको छ ।
सबैभन्दा बढी भनसुन गरेर जागिर लगाउने भनेको पर्यटन मन्त्री देखिएको छ । मन्त्रीले भनसुन गरेर गएका कर्मचारीले मेरो पछाडी मन्त्री छ भन्दै काम नगर्ने, युनियनबाजी गर्ने गरेका छन् । यस्तो भयो भने निजी क्षेत्रले व्यवसाय कसरी गर्ने ? राष्ट्रलाई केही गछौर्ं भनेर चुनाव जितेर आएका बामपन्थी मन्त्रीले पनि सबैभन्दा बढी आफ्ना मान्छे होटल र क्यासिनोमा नियुक्त गरे । यस्तो व्यक्ति कसरी पर्यटन व्यवसाय मैत्री हुन्छ ।
अन्याय गर्ने गरी काम गर्ने व्यक्ति मन्त्री हुनुहुँदैन । सबैभन्दा बढी संस्थान हुने उद्योग मन्त्रालय हो । अक्षम मन्त्री हाबी हुँदा उद्योग मन्त्रालयका सबैजसो संस्थान धरासायी भैसकेका छन् । चुरोट बेच्ने संस्थान पनि बन्द हुन पुग्यो । किन बन्द हुन पग्यो भन्दा जो मन्त्री भएर जान्छ त्यसले करार र ज्यालादारीमा कर्मचारी नियूक्त गर्न थाल्यो । कतिपय ठाउँमा त कर्मचारीले काम नगरिकन तलब खाएको पनि सुनियो ।
विज्ञान मन्त्रीमा प्रावधिक ज्ञान चाहिन्छ
विज्ञान तथा प्रविधि मन्त्रालयमा प्राविधिक ज्ञान चाहिन्छ । विज्ञान तथा प्रविधिलाई चीनकौ विकासको आधारशिला मानिन्छ । चिनियाँ राजनीतिज्ञहरु मन्त्री हुने रहर गर्दा विज्ञान तथा प्रविधि मन्त्री हुन पाए हुन्थ्यौ भन्ठान्छन् । नेपालमा त यो मन्त्रालय भाग नपुगेका जाने मन्त्रालय भएको छ । जसको विज्ञानमा कुनै पनि दख्खल छैन त्यो व्यक्ति विज्ञान तथा प्रविधि मन्त्री हुँदै आएको देखेका छौं ।
राजनीति, संस्कृति पढेका मन्त्रीले त वैज्ञानिकहरुको कुनै कुरा बुझ्दैन । विज्ञानमन्त्रीले धेरै अन्तर्राष्ट्रिय सम्मैलनमा भाग लिनुपर्ने हुन्छ । विज्ञानसम्बन्धी ज्ञान नै नभएको मन्त्रीले त्यस्तो सम्मेलनमा भाग लिएर के फाइदा लिन सक्छ । विदेश जान भनेपछि मरिहत्ते गर्ने, काम गर्न नसक्ने मन्त्री भएर राष्ट्रलाई कुनै फाइदा छैन । यदि विज्ञान प्रविधि मन्त्रालय हाँक्ने मान्छे छैनन् भने मनोनित गरेर भए पनि ल्याउनुपर्छ ।
गृह र परराष्ट्रमा राष्ट्रप्रेमी मन्त्री
गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा प्राविधिक ज्ञान आवश्यक नभए पनि राष्ट्र प्रेम भएको व्यक्ति चाहिन्छ । गृह मन्त्रालयमा नागरिकता बिक्री भएको सुनिन्छ । सिडियोले नागरिकता बेच्दैन, त्यसमा गृहमन्त्रीको हात हुन्छ । यदि सिडियोले बिक्री गर्छ भनै उसलाई कारबाही गर्नुपर्यो । नागरिकप्रतिको दायित्व बोध गर्ने व्यक्तिले यी मन्त्रालय सम्हाल्नुपर्छ । सुरक्षा दिनेले सुरक्षाको दुरुपयोग गर्ने व्यक्ति मन्त्री हुनुहुँदैन ।
ठूला देशका सुब्बा खरदार आउँदा आफै भेट्न जाने, उनीहरुले राखेको डिनरमा मर्यादा नाघेर जाने, राजदूतावासमा फोन गरेर मेरो मान्छेलाई भिषा देऊ भन्नेखालका परराष्ट्रमन्त्रीका कारण देशको इज्जत गुमेको छ । कतिपय राजदूतहरुले परराष्ट्रमन्त्रीले फलानो मान्छेलाई भिषा लगाइदेउ भनेर फोन गरेको बताउने गरेका छन् । त्यस्ता मन्त्रीप्रति राजदूतको धारणा एकदमै नकरात्मक रहेको पाएको छु ।
परराष्ट्रमन्त्रीले मेरो फलानो मान्छेलाई स्कलरशीपमा विदेश पठाइदेऊ, फलानो मान्छेलाई तिम्रो देशको भिसा देउ भनेर भन्न हुँदैन । त्यस्तो खालको मान्छे परराष्ट्रमन्त्री भएर आउनुहुन्न । त्यस्ता मन्त्रीका कारण सम्पूर्ण नागरिक लज्जित हुनुपर्ने अवस्था हुन्छ । कतिपय राजदूतले भन्ने पनि गरेका छन्, तिम्रा मन्त्री त हामीसँग झुकेर भिसा माग्ने गर्छन्, तिमीहरुको के हौसियत छ भनेर कर्मचारीलाई ठाडै भन्नै गर्छन् ।
(पूर्वअर्थसचिव खनालसँग अनलाइनखबरले गरेको कुराकानी रामेश्वर खनाल” मा See more at: http://www.onlinekhabar.com

Saturday, December 14, 2013

licence लिदाको अनुभब२०१३ (फोटो फिचर)




Current Nepali Time

जापानमा मेरो driving licence लिदाको अनुभब२०१३
आफु संग भयको नेपालको लाइसेन्स जापान मा परिवँतन गर्न को लागि यदि नेपाल बाट लिएको कागज पत्र ठिक छ भने खासै कागजी प्रकिया धरै छैन रहेछ।  आज मा जापान मा लाइसेन्स लिदा को मेरो अनुभव राखन  गएको छु।  मैले मेरो परीक्षा जापानको योकोहामाको कानागावा केन लैसेन्न्स सेन्टर मा गरेको हो।
प्रकियाको पहिलो चरण
नेपालमा भयको हाम्रो लाइसेन्स को मिती सहि र तेस्को सरकारी पत्र भएमा जापानको JAF japan automobil federation मा गोएर जापानी भाषा मा उल्था गर्न पर्छ। उल्था गर्ने काम हामी हुलाक बाट  पनि गर्न सकिन्छ
 म संग भयको नेपालको लाइसेन्स र नेपाल को पत्र JAF को पत्र ,आफ्नो पासपोर्ट सकली ,जापानको visa भयको कार्ड लिएर कानागावा केन को फुतानातागावा सेन्टर मा बिहान ८ बजे पुगेको थीए। तीहा हरेक बिहान एक शिफ्ट बेलुका १ बजे पछि दोर्सो शिफ्ट हुदोरहेछ। बिहानको शिफ्ट को लागि ८बजे र दिउसो को लागि १२ बजे पुग्न पर्ने छ

बारू सान 
मेरो बिहानको शिफ्ट थियो ।बिहान ८बजे पुगेर कागजी प्रकियाको लागि काम सुरु भयो,सबै कागजी प्रकिया पुरा हुन करिब २ घण्टा लग्यो र बिहान को १०. ३० बजे मेरो लिखीत परीक्षा  सुरु भयो  परीक्षा करिब १० ओटा थीयो समय ३० मिनेट मेरो त १० मिनेट मा सबै सकाए लगभग सबै को १० मिनेट मा सकने रयेछ। परीक्षा सकिएको १० मिनेटमा म पास भयको खबर को साथ मा आफुले चाहेको दिनमा driving परीक्षा देनसकिने जानकारी पाए र परीक्षा  को रुट को कपि पनि पाए परीक्षा को रुट तल दिएको छ रातो मार्क को सबै जानु पर्ने रहेछ। परीक्षा दिनको को लागि एक पल्ट को लागि १५७५  र २२०० जम्मा ३७७५  येन लाग्ने रहेछ। येदि बिदा को दिन driving tril test गर्ने हो भने ५० मिनेटको ७५५० येन पर्छ मैले पनि एक चोटी driving tril test लेएको हो।


फुतामगावा 
आफु ले टेस्ट देनुपर्ने tril को रुट याद छैन भने परीक्षा सुरु हुनु भन्दा पहिला हिडेर आफ्नो रुट यात्र गर्न सकिन्छ। यो अति नै जरुरी छ। परीक्षा को समयमा रुट मिस भयो भने namber cut  त हुदैन तर फेरी फर्केर आफ्नु रुट मा जानु पर्ने हुन्छ फर्कदा चाही trific रुल्स लागु हुन्छ  तपाईं सवारी चलाउँदै हुनुहुन्छ भनेर आफैलाई सम्झाउनुहोस्। यदि तपाईं कुनै गलती दुर्घटना कारण,हुनु पर्ने छ तेस्कारण परीक्षा को समय मा  वास्तविक बाटोमा छौं भनेर कल्पना गर्ने प्रयास गर्नुहोस्। 


तपाईं जताततै हेरिरहनु भएको छ भन्ने  देखाउनुहोस्। तपाईं आफ्नो ऎना मा हेरने  र दायाबाया ध्यान पुरानु भएको छ भन्ने देखाउन अतिवस्यक छ  वरिपरि आफ्नो टाउको घुमाउनुहोस ।
यदि तपाई पनि चाडै नै लाइसेन्स लीने बिचार मा हुनुहुन्छ भने यो लिंक मा गोयर आफुलाई केहि तयार गर्न पनि सक्नु हुन्छ।

यो लिंक बाट सबै लाई  प्रयोग हुने केहि पोइन्ट हरु its just copy from links
1. Learn the detailed rules/tricks to pass the driving test. You can read what I know below, and I think there is enough information here so you can pass.

2. The Kanagawa center offers a one hour practice driving session on Saturdays for 8,000 yen. That's a lot of money, but it may save you from several more wasted days.  During this session you'll become familiar with the course, and the person who drives with you can tell you the secrets of passing the test.  Of course, it will help if you understand Japanese.  The only person who passed in our group on her first try had done a practice session.  If you are very nervous about the driving test or have a hard time learning by reading this page, then maybe you should take a practice session.

3. If possible, walk the course at least once before the test.  You may be able to walk the course on Day 1, and the course should be open for walking during the hour before your testing time.  (Don't walk the course if cars are on it.  Ask if you're not sure.)

4. Remind yourself that you're driving.  Try to imagine that you're on a real road where any mistake may cause an accident, and just be extra aware.  I'm about to give you lots of detailed tips, and you'll need to learn them.  However, if you think about the details too much and forget your driving a car, you may end up driving on the wrong side of the road (like I did), instead of passing the test. 

5. Don't think too much about the person giving the test.  He/she may be cold, rude or friendly.  It doesn't matter.  Don't worry about him/her, but drive the car and do your best to finish the course.

6. Ok, here are some important PRINCIPLES that apply throughout the whole driving test:
  1. Stay to the left.  The left lane is for driving and the right lane is for passing.  If you see a wide lane that could fit two cars, then consider it as 2 lanes whether it's marked or not.  If you drive down the center of a double wide lane you'll fail the test for sure.  Don't drive in the gutter either, but stay within about meter or so of the left gutter.  When you need to get in the right lane (for example to make a right turn), then signal in advance, check your mirrors, glance back over your right shoulder and change lanes.
  2. Show the instructor that you are looking everywhere.  Move your head all around in an exaggerated way to show you are looking in your mirrors and checking over your shoulder.  If turning right or changing lanes to the right, look over your right shoulder.  If turning left, look down the left side of your car (to make sure you aren't going to run over a bicycle or pedestrian).  When passing cross streets or intersecting streets obviously turn your head just to make sure some crazy, imaginary driver isn't going to suddenly emerge.  One person told me his neck was sore from bobbing all around after finally passing his test.
  3. Stop with your bumper behind the line at stop lights and stop signs.  Slow down in advance so you don't jerk to a stop at the line.  Don't stop too soon.  One person in my group failed for stopping too soon at a stop sign.   (Stopping wasn't a problem.  The problem was that he should have stopped again when he reached the sign.  He didn't, so the tester considered that rolling through the stop sign.)
  4. Be cautious and drive slowly.  Unless you take this to extremes, they won't fail you for being to careful or driving too slowly.  There is only one part of the course where they want you to speed up to 40km/hour.  Even there, you don't need to rush into it.  They'll tell you if they think you need to speed up.
  5. Make good, clean turns at all times.  Don't swerve right before turning left, or vice versa.  And be careful not to hit the curb when turning.  If you ever run up on a curb that's an instant fail.
यहाँ जापान को कानागावा केन मा पर्ने फुतामगावा जाच सेन्टर को केहि तस्बिर (फोटो बारू फोटो कलेक्सन बाट )

जाच सेन्टर 
जाच सेन्टर जापान को मैन रोड  जस्तै छ 




बडी ध्यान पुराउन पर्ने ठाउँ १०km/hr 






Saturday, November 30, 2013

मेरो परिचय

Current Nepali Time

मेरो परिचय 
नमस्ते मेरो नाम बाल मुकुन्द खड्का हो। उमेर ३४ वर्षा।  मेरो घर काठमाडौँ नेपाल हो काठमाडौँ कता भन्दा अलि गोप्य राख्दा नै राम्रो होला नि होइन र बाकी त म पनि जिन्दगीको लागि परिबारको लागि भनेर जापान मा पढाई गरेर यतै नै काम गरेर बसेको छु यो मेरो ब्यतिगत ब्लग हो रहर लगेर लेखेकेको हो कति कुरा लेखन नजानेर लेखेको पनि छैन।  कति कुरा कुनै दिन मलाई आवश्यक पर्छ कि भनेर नेपाल को मिडिया साथीहरुको लेख पनि कापी गर्नेगरेको छु तेसैले घमण्ड गर्दीना जता बाट लेयाको छु तेस्को लिंक पनि राखने गरेको छु।  कुनै कुनै लेख धेरै मन परेर र कुनै पछि आफुलाई काम लाग्छ भनेर राखने गरेको छु।  सबै भन्दा धरै कान्तिपुर अनलाईनखबर नगरिक् नेव्स बाट लेनेगरेको छु। मेरो ब्लग मा भयको नेपालको संबिधान सभा २०७० को सबै नै मिडिया बाट लेयाको हो पछि आफुलाई चाहिदा कता लिंक गूगल खोज्दै जाने भनेर हो। म त जापान मा छु नेपालको निर्बाचन त मिडियाको भर नै पर्ने भयो होइन र ?

 मेरो सोख फोटो खीच्ने हो नया ठाउँ नया कुरा को फाटो लिन यक्दमै मन पर्छ। तेसबहेक टिभीमा गेम हर्न ज्यादै नै मन पर्छ  घुम्नु सबैलाई मां पर्ने कुरा हो मलाई पनि मन पर्छ 

खेल मा मनपर्ने फूटबल हो समयमा खेलेको पनि हो तर आज कल हेर्ने मात्र हो राम्रो खेल्ने सबै को मन पर्छ। तेस्बहेक भलिबल र  क्रिकेट पनि खेल्ने गरेको छु। 

किताबमा मन पर्ने मुनामदन हो नेपाल मा हुदा धरै नै किताबहरु पढने गरेको हो आज कल इन्टरनेट नै सबै जस्तॊ लाग्छ पत्रिका सबै नै पढ्छु। 


नेपाल मन पर्ने कलाकार हरिबश र मदन कृष्ण दिपकराज गिरि राजेश हमाल करिस्मा मन पर्छ। 
मनपर्ने ठाउँ कलिन्चोच्क हो नेपाल को दोलखा जिल्लमा मा पर्छ। 
मनपर्ने मन्दिर पशुपति नाथ र मनकामना 
मनपर्ने रङ रातो र हरियो 
मनपर्ने नेता नेपाल मा त छैन मेरो लागि 
मन पर्ने खान नेपाल को सबै ,जापान को सुसी र नाबे 
जापानको मन पर्ने ठाउँ हाकोने 
भाषा जापानी नेपाली हिन्दि एङ्ग्लिश बोल्न लेख्न सक्छु 
खाना नेपाली इन्डियन जापानी थाई  बनाउन जानेको छु सबै मन पनि पर्छ। 
मनपर्ने फुल लालिगुरास र गुलाफ 

मेरो फोटो 


काम 
जापान मा कृतिका कम्पनी मा काम गर्छु।  कम्पनी आफ्नै हो आजकल रेस्टुरेन्ट ब्येओसयी भाको छु। 
पढाइ जापान मा गरेर यतै काम पनि सुरु गरेको ४ वर्षा भयो। 
Mero resturent in Japan 

Inside resturent 






Friday, November 29, 2013

नेपाल को निर्वाचन २०७० केही रोचक तथ्यहरु


Current Nepali Time

काठमाडौ, २०७० - निर्वाचन आयोग, kantipur online, nagarik news र online news हरुबाट



निर्वाचन आयोगले १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेको यकिन गरेको छ । यसमध्ये ६१ लाख ६६ हजार ८ सय २९ महिला, ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र १ सय ५५ तेस्रो लिंगी छन् ।

 सबैभन्दा बढी मतदाता भक्तपुर २ मा ८२ हजार २ सय १८ छन् भने कम मनाङमा ४ हजार ७ सय ९५ छन् । 

आयोगले २ सय ४० निवर्ाचन क्षेत्रका लागि देशका १० हजार १३ स्थानमा मतदानस्थल र १८ हजार ४ सय ५६ मतदान केन्द्र तोकेको छ ।

संविधानसभाको पहिलो निर्वाचनमा तीन मधेश केन्दि्रत दल सहभागी भएकोमा यसपाली २०७० माँ विभाजनका कारण उम्मेदवार दिने मधेसी दलको संख्या  १५ पुगेको छ । 

देशभर गरी करिब साढे दुई लाख कर्मचारी परिचालन हुनेछन्। - 

निर्वाचनका निम्ति ४दिन सार्वजनिक बिदा
कार्तिक २६ - सरकारले निर्वाचनका निम्ति चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ देखि संविधानसभा निर्वाचनको भोलिपल्ट ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय सोमबार मन्त्रिपरिषद् बैठकले गरेको हो 

२०७०//२९ गते पत़ीका



खर्चको स्रोत
काठमाडौं - निर्वाचन आयोगको आचारसंहिताअनुसार एक उम्मेदवारले १० लाख रूपैयाँभन्दा बढी खर्च गर्न पाउँदैन। तर,उम्मेदवारहरू स्वयं 'आयोगले तोकेभन्दा तीन गुना अर्थात् कम्तीमा ३० लाख रुपैयाँसम्म खर्च हुने' बताउँछन्।
दैनिक डेढ–दुई सय कार्यकर्ताको लावा–लस्कर, मोटरसाइकल र्याली। मोटरसाइकलमा फुल–ट्यांकी तेल। दिनभरिको खाजा–खाना। साँझमा विशेष खानपिन। त्यसमाथि प्चिह्नसहितको झन्डा, पर्चा पम्प्लेट लगायत प्रकाशनमा हुने खर्च। 


खर्चको स्रोत
एमाओवादी

– पार्टी सदस्यबाट प्रतिव्यक्ति दुई सय रुपैयाँ
– कार्यकर्ताबाट लेबी उठाउने
– पार्टीमा आबद्ध कर्मचारीबाट एक महिनाको तलबको २५ प्रतिशत
– पार्टीले प्रत्येक क्षेत्रलाई ५ लाख रुपैयाँ दिने
– उद्योगी/व्यापारीसँग चन्दा संकलन

नेपाली कांग्रेस
– केन्द्रले एक उम्मेदवारलाई ५ लाख रुपैयाँ पठाउँछ
– पार्टीमा हुनेखानेले दिने स्वेच्छिक चन्दा
– उद्योगी/व्यापारीसँग चन्दा संकलन

नेकपा एमाले
– प्रतिसंगठित सदस्यबाट सयदेखि हजार रुपैयाँ
– गाउँ कमिटी तथा क्षेत्रीय कमिटी सदस्यबाट ५ सय रुपैयाँ
– जिल्ला कमिटी सदस्य/केन्द्रीय पदाधिकारीबाट एक हजार रुपैयाँ
– आबद्ध व्यावसायीबाट प्रतिव्यक्ति १० हजार रुपैयाँ
– घरदैलो कार्यक्रममा १०/२० रुपैयाँ

सुरक्षाकर्मी चौबिसै घन्टा 'हाई अलर्ट'


संविधानसभा निर्वाचन बहिष्कारका पक्षमा नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाले सोमबार आह्वान गरेको आमहडताल भने पहिलेको भन्दा निकै फरक थियो।
बन्दकर्ता सडकमा कतै देखिएनन्। लुकिछिपी केही सवारीसाधनमाथि आक्रमण, आगजनी एवं तोडफोडबाहेक बन्दको प्रभाव राजधानी उपत्यका र देशभर नै सामान्य रह्यो। नेपाली सेनाको सडक गस्ती, पेट्रोलिङ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा सतर्कताले पैदल यात्रु निर्धक्क मुद्रामा गन्तव्यतिर गइरहेका देखिन्थे। बाक्लो संख्यामा नभए पनि थुप्रै ठाउँमा भाडाका सवारीसाधनसमेत यात्रु ओसारिरहेका भेटिए।
विगतका तुलनामा सोमबारको बन्दमा भित्री र बाहिरी सहरका पसलसमेत बढी नै खुले।
'समग्रमा भन्नुपर्दा उपत्यकाको बन्द निष्प्रभावी नै भयो,' 'सार्वजनिक र निजी यातायात मात्र होइन, सरकारी गाडीहरुसमेत चलेका थिए।' - 

ट्राफिक चुनावमा, सडक अस्तव्यस्त

काठमाडौं - सरकारले संविधानसभा चुनावको सुरक्षाका लागि भन्दै उपत्यकामा रहेका ट्राफिक प्रहरीलाई विभिन्न जिल्लामा खटाएपछि राजधानीसहित उपत्यकाका तीनै जिल्लामा आइतबार दिनभर सवारी जाम भई ट्राफिक अस्तव्यस्त बन्यो। मूल सडक जाम भएपछि भित्री बाटो छिरेका सवारीसाधनहरू त्यहाँ पनि हल न चलको स्थितिमा अड्किएका थिए। लामो समयसम्मको ट्राफिक जामले स्कुल, अस्पताल, कलेज र अफिस पुग्नुपर्ने यात्रुले निकै सास्ती भोग्नुपर्यो। बिरामी बोकेका एम्बुलेन्स बढी समस्यामा परे। साइरन बजाउँदै आएका एम्बुलेन्सका निम्ति पनि जामका कारण बाटो खुलाउन सकिएको थिएन।
सरकारले निर्वाचन सुरक्षाका लागि भन्दै उपत्यकाका तीनवटै जिल्लाबाट ७ सय ५० भन्दा बढी ट्राफिकलाई विभिन्न जिल्लामा खटाएको छ। उपत्यकामा ९ सय ६३ ट्राफिक प्रहरीको दरबन्दी भए पनि अहिले जम्मा सयजना छन्।
'दैनिक हजारजना ट्राफिक साथीले हेरिरहेको उपत्यकाको सवारी व्यवस्थापन एकैचोटि सयजनाले धान्नु परेपछि व्यवस्थापन गर्नै गाह्रो भयो।
उकोटेश्वर, कालिमाटी, नयाँबानेश्वरजस्ता ठाउँमा यसअघि ४५ ट्राफिक रहने गरेकोमा आइतबार जम्मा चार–चार थिए।
उपत्यकामा निजी तथा सार्वजनिक गरी करिब ३ लाख १५ हजार सवारीसाधन गुड्छन्। यसअनुसार आइतबार एक ट्राफिकले तीन हजारभन्दा बढी सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था आएको महाशाखाले जनाएको छ।

 संबिधानसभा निर्वाचनमा मंसिर २ देखि ५ गतेसम्म नेपाल-भारत सीमा बन्द

मंसिर ४ को निर्वाचनमा  नेपाल भारत सीमा समन्वय बैठकले निर्वाचनलाई ध्यानमा राखेर दुबैतर्फबाट सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णय गरेको छ।
नेपालमा हुन गइरहेको निर्वाचनलाई सफल पार्न 'सिमा क्षेत्रमा सुरक्षा, एक अर्काएलाई सूचना आदानप्रदान र साना हतियारको नियन्त्रण' जस्ता बिषयमा बैठकले निर्णय गरेको हो। बैठकले मंसिर २ गते साँझ ७ बजे देखि मंसिर ५ गते बिहान ५ बजेसम्म नेपाल–भारत सीमामा आवत–जावत बन्द गर्ने निर्णय पनि गरेको छ।

काठमाडौं ४ को भूगोल र मतदाता 
काठमाडौं क्षेत्र नं ४ मा कपन, चुनीखेल, महांकाल र चपलीभद्रकाली गाविसका साथै महानगरपालिकाका १, ७, ८ र ३३ नं वडाहरु पर्दछन् । यस क्षेत्रको कूल मतदाता संख्या ५६ हजार ८ सय ७७ रहेको छ । ०६४ को चुनावमा यस क्षेत्रमा ६२ हजार ८ सय २९ मतदाता थिए । दोस्रो संविधानसभामा यस क्षेत्रमा ५ हजार ९ सय ५२ जना मतदाता घटेका छन् । - 

निर्वाचन मतदाता परिचय पत्र 
निर्वाचन आयोगले निर्वाचन मतदाता परिचय पत्र आज २९ कात्तिक देखि वितरण गर्न सुरु गर्दैछ । आयोगले परिचयपत्र सम्पूर्ण गाउँ विकास समिति, नगरपालिका तथा निर्वाचन क्षेत्रका मतदान केन्द्रसम्म पुर्याइसकेको छ । उक्त परिचयपत्र आयोगद्धारा तोकिएका कर्मचारीले कात्तिक २९ गते, तथा मंसिर १ र २ गते वितरण गर्ने छन् ।

संविधानसभा निर्वाचन राष्ट्रिय पर्यवेक्षक
आयोगबाट पर्यवेक्षण अनुमति पाएका विभिन्न ५५ संस्थाका ७४ हजार राष्ट्रिय पर्यवेक्षक वुथ-वुथ पुग्ने तयारीमा रहेका बेला आयोगले उनीहरुलाई आचरणसम्बन्धी व्यवस्था स्मरण गराएको छ ।युरोपेली युनियन, कार्टर सेन्टर र सार्क राष्ट्रका निर्वाचन आयोगका पदाधिकारीसहित करिब एक हजार अन्तर्राष्ट्रिय पर्यवेक्षकसमेत संविधानसभा निर्वाचनलाई नजिकबाट पर्यवेक्षण गर्न बुथसम्मै पुग्ने तयारीमा रहेको नागरिक दैनिकमा खबर छ । 

मतदान केन्द्रको जिम्मेवारी महिलालाई
निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि ८० मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई मात्र दिएको छ । निर्वाचन आयुक्त इला शर्माले शनिबार विशेष पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रत्येक जिल्लामा कम्तीमा एक मतदान केन्द्र सञ्चालनको नेतृत्व महिला अधिकृतले गर्दैछन् । 

२ मंसिर, काठमाडौं । दोस्रो संविधानसभाको मतदानका लागि शनिबार मध्यरातिबाट ‘मौन अवघि’ शुरु हुने भएको छ । निर्वाचन कानून अनुसार अबका ४८ घण्टा कसैले पनि चुनाव-प्रचार गर्न, सीमानामा ओहोर-दोहोर गर्न र मतदान केन्द्र आसपास जाँडरक्सी बिक्री एवं सेवन गर्न पाउँदैनन् । अबको ४८ घण्टा भारत र चीनसँग जोडिएका सीमा नाकाहरुसमेत ‘सील’ गरिनेछन् । 
संविधानसभा सदस्य निर्वाचन निर्देशिका २०७० को बुँदा नं ६६ मा भनिएको छ-’मतदान अधिकृतले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदान केन्द्रको क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गर्नुपर्दछ ।’ त्यसैगरी निर्देशिकाको ६७ नम्बर बुँदामा भनिएको छ-’मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म निर्वाचन क्षेत्रभित्र कसैले कुनै पनि राजनीतिक दल र उम्मेद्वारको पक्षमा वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न वा अन्य कुनै पनि प्रकारले प्रचार-प्रसार गर्न वा गराउन हुँदैन ।
सञ्चारमाध्यमले समेत मौन बस्नुपर्ने
संविधान सभा सदस्य निर्वाचन आचार संहिता २०७० को बुँदा नं ९३ ले ७२ घण्टे आचार संहिताको सो बुँदामा भनिएको छ-’आम सञ्चारले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेद्वारको निर्वाचनको प्रचार प्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रशारण गर्नुहुँदैन ।’

Thursday, November 28, 2013

संविधानसभामा प्रत्यक्ष सिटमा विजयी कांग्रेस




Current Nepali Time

  संविधानसभामा प्रत्यक्ष सिटमा विजयी भएका २ सय ३९ जनामध्ये ४५ वर्षमुनिका युवाको संख्या ४४ जना पुगेको छ । चुनाव जित्नेमा सबभन्दा कान्छा सभासद एमालेका ताराकान्त चौधरी भएका छन् । 
सबभन्दा बढी उमेर पुगेका बृद्ध सभासदमा भने कांग्रेसका सभापति सुशील कोइराला, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे छन् । कोइराला ७४ र विजुक्छे ७३ बर्षका छन । युवा महिला दुइ जनामात्रै छन । अधिकांश ५० देखि ६० उमेरकाका प्रतिनिधित्व रहेको छ । 
संविधानसभा निर्वाचनमा सात जना उम्मेदवार सय मतको अन्तरले चुनाव जित्नेमा कांग्रेस, एमाले र एमाओवादीलगायत उम्मेदवार छन् । मोरङ ४ मा एमाओवादीका शिवकुमार मण्डलले कांग्रेसका गयानन्द मण्डल गन्गाईलाई सबभन्दा कम ८ मत अन्तरले पराजित गरेका छन् । ९ हजार ३ सय ५२ मत ल्याएका कांग्रेसका गयानन्दलाई एमाओवादीका शिवकुमारले ९ हजार ३ सय ६० मत प्राप्त गरी जितेका हुन् ।
मुस्ताङका कांग्रेस उम्मेदवार रोमी गौचन थकालीेले र कांग्रेसकै बागी उम्मेदवार ओमप्रसाद तुलाचनलाई २२ मत अन्तरले पराजित गरे । गौचनले १४ हजार २४ मत ल्याए भने तुलाचनले १४ हजार २ मत प्राप्त गरे । उदयपुर २ की एमाले उम्मेदवार मन्जु चौधरीले कांगे्रसकी प्रमिला राईलाई २३ मतको अन्तरले हराइन् । एमालेकी चौधरीले ७ हजार ५ सय ३४ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी राईले ७ हजार ५ सय ११ मत ।


पर्वत २ मा एमाले उम्मेदवार विकास लम्सालले कांग्रेसका नवराज गुरुङलाई २८ मत अन्तरले पराजित गरे । लम्सालले ११ हजार १ सय ४१ र गुरुङले ११ हजार १ सय १३ मत ल्याए । पाल्पा २ मा एमालेका सोमप्रसाद पाण्डेले कांग्रेसका वीरबहादुर रानालाई ९५ मत अन्तरले पराजित गरे । पाण्डेले १३ हजार १ सय ९३ र रानाले १३ हजार ९८ मत प्राप्त गरे ।
सिन्धुपाल्चोक १ मा कांग्रेसका मोहन बस्नेतले ३२ को मत अन्तरले एमालेका अरुण नेपाललाई पराजित गरे। बस्नेतले १५ हजार २१ मत ल्याई १४ हजार ४ सय ८९ भोट पाएका नेपाललाई जितेका हुन् ।
रूपन्देही ३ मा कांग्रेस नेता बालकृष्ण खाँडले एमाले नेता घनश्याम भुसाललाई ८६ मत अन्तरले पराजित गरे । खाँडले १८ हजार ४ सय ८१ मत पाए भने भुसालले १८ हजार ३ सय ९५ मत ल्याए । 
कांग्रेस-एमालेबीच
 संविधानसभामा पहिलो शक्तिका लागि प्रतिस्पर्धा गरेका कांग्रेस-एमालेबीच प्रत्यक्षतर्फको सीटमा जस्तै समानुपातिक तर्फको मतमा पनि तिब्र प्रतिस्पर्धा देखिएको छ ।
देशभर सुरु भएको समानुपातिकतर्फको प्रारम्भिक नतिजामा एमालेले कांग्रेसलाई उछिनेको छ । एमाओवादीले प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि तेस्रो स्थान सुरक्षित गरेको छ । प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको राप्रपा नेपालले उल्लेख्य मत सहित चौथो स्थान प्राप्त गर्ने देखिएको छ । उसले काठमाडौंसहित सहरी क्षेत्रमा धेरै मत प्राप्त गरेको छ ।from kantipur/np  मंसिर १० 2070- See more at: http://www.ekantipur.com/np
कांग्रेसका  विजयी हुने उम्मेदवार कुन् पक्षका हुन् सूची हेर्नुस्ः
c-1c-2
c-3
- See more at: http://www.onlinekhabar.com/2013/11/139523/#sthash.TRhs1SiM.dpuf

चुनावअघिका चर्चित ‘बागी’को बेहाल

एमाले र एमाओवादीका बागीले कांग्रेसलाई फाइदा

संविधानसभा निर्वाचनको परिणाम आउनुअघिसम्म नेपाली कांग्रेसका तीन वागी उम्मेदवार विकास कोइराला, सुप्रभा घिमिरे र पूर्णबहादुर गुरुङ निकै चर्चामा थिए । चर्चामा नआएका कपिलवस्तु २ का  कांग्रेसका बागी उम्मेदवार अतहर कमाल र महोत्तरी ४ का अर्का स्वतन्त्र उम्मेदवार चन्द्रदेव झा विजयी भए । तर, यतिबेला विकास, सुप्रभा र पूर्णबहादुर गुमनाम छन् । टिकट नदिएको भन्दै कांग्रेसकी नेतृ सुप्रभाले काठमाडौंमा ४ मा युवा नेता गगन थापाविरुद्ध उम्मेदवारी दिनु भएको थियो । एमालेका निर्मल कुइँकेल र एमाओवादीका पासाङसँग कडा प्रतिस्पर्धा गर्नु पर्ने बेला सुप्रभाको उम्मेदवारले गगनलाई अफ्ठ्यारोमा पार्ने धेरैको अनुमान थियो । तर, परिणाम सार्वजनिक हुँदा गगन २२ हजार २ सय २६ मतले विजयी हुनु भयो । निर्वाचन आयोगका अनुसार सुप्रभाको मत भने जम्मा ९२ छ ।  चितवन ४ मा कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी दिएपछि पूर्व जिल्ला सभापति विकास चर्चामा तर, सुशील २० हजार ७ सय ६० मतसहित विजयी हुँदा विकास भने १ हजार ८३ मतमा सिमित हुनुपर्यो । कांग्रेसका अर्का बागी पूर्णबहादुर गुरुङले उपसभापति रामचन्द्र पौडेललाई ओंठमुख सुक्ने अबस्थामा पुर्याउनुभयो । तर, परिणाम आउँदा पौडेल १८ हजार १ सय ४९ मतसहित विजयी हुनुभयो भने गुरुङले २ हजार ७ सय २७ मतमात्र पाउनुभयो । - See more at: http://www.onlinekhabar.com


दोस्रो संविधानसभा निर्वाचन




Current Nepali Time
this all my personal record but copy from nagarik news and kantiour, onlinekhaber thank u for all

समानुपातिकमा एमाले, काँग्रेस, एमाओवादी र राप्रपा नेपाल अग्रस्थानमा

समानुपातिकतर्फको मतगणना देशव्यापीरुपमा भइरहेको छ। ३ सय ३५ सिट
का लागि भइरहेको मत गणनाअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ। दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा एनेकपा माओवादी र चौथोमा राप्रपा नेपालले मत पाएका छन्।

संविधानसभा निर्वाचनमा यहाँ ठूला ३ दलका केन्द्रीय अध्यक्ष नै पराजित बन्न पुगेका छन् । एमाले अध्यक्ष झलनाथ खनाल, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पराजित भएका हुन् । मधेसवादी दल र प्रमुख दलकै अध्यक्षको पराजय अपे


समानुपातिकमा सदर मत संख्या ९३ लाख ७७ हजार ५ सय १९ रहेको निर्वाचन आयोगले जनाएको छ। -

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले प्रत्यक्षको तुलनामा समानुपातिकमा २-२ लाख कम मत पाएका छन्। प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको कमल थापा नेतृत्त्वको राप्रपा नेपालले समानुपातिकतर्फ चौथो स्थान हासिल गरेको छ।

नेपाली काँग्रेसले प्रत्यक्षतर्फ कूल २६ लाख ९४ हजार ७ सय ९७ मत हासिल गरेको थियो। उसले समानुपातिकमा ‍‍‍‍२४ लाख १२ हजार ८ सय ८७ मत ल्यायो। रो स्थानमा रहेको नेकपा एमालेले प्रत्यक्षमा २४ लाख ९२ हजार ८३ मत ल्याएकोमा समानुपातिकमा २२ लाख ३० हजार ४ सय ६ मत ल्यायो। तेस्रो स्थानमा रहेको एनेकपा माओवादीले प्रत्यक्षमा १६ लाख ८ हजार ६ सय ९० मत ल्याएकोमा समानुपातिकमा १४ लाख २७ हजार ६ सय ४६ मत ल्यायो। राप्रपाले प्रत्यक्षमा २ लाख ३८ हजार २ सय ५७ मत मात्र जोडे पनि समानुपातिकमा उसले ६ लख १६ हजार ५ सय ६४ मत ल्यायो। समानुपातिककै कारण यो दल चौथो ठूलो शक्तिकारुपमा संविधान सभामा उदाएको छ। मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले प्रत्यक्षमा २ लाख ८३ हजार ४ सय ५६ मत ल्याएकोमा समानुपातिकमा २ लाख ६४ हजार ५ सय १६ मत ल्याएको छ। -


समानुपातिक मत गणना सकियो, कांग्रेस-एमालेको मत संख्या घट्यो - See more at: http://www.nagariknews.com/breaking-news/story/10303#sthash.7VSCHHMG.dpuf

पार्टी प्रतक्ष्य जितसमानुपातिक मत
नेपाली कांग्रेस1052412887
एमाले 912230406
एनेकपा माओवादी261427646
फोरम लोकतान्त्रिक4263704
फोरम नेपाल2205233
तमलोपा4152333
संघीय समाजवादी0115612
फोरम गणतान्त्रिक027659
राप्रपा नेपाल0616564
राप्रपा3256077
राष्ट्रिय जनमोर्चा087538
सद्‍भावना पार्टी1111152
नेमकिपा164699
राष्ट्रिय मधेस समाजवादी039750
संघीय सद्भावना पार्टी 018155
थरुहट तराई पार्टी नेपाल 061811
स्वतन्त्र2
अखण्ड सुदूरपश्चिम पार्टी 06173
तमसपा18548
चुरेभावर राष्ट्रिय पार्टी01797

काठमाडौं क्षेत्र नं. 1 कुल मतदाता - 39164

प्रकाशमान सिंह 15138
रेणु दाहाल 4064
भरत जंगम 3732

काठमाडौं क्षेत्र नं. 2 कुल मतदाता - 63873

माधवकुमार नेपाल 21748
प्रतिमा गाैतम 12475
लिलामणि पोखरेल 7154

काठमाडौं क्षेत्र नं. 3 कुल मतदाता - 45905

रामेश्‍वर फुयाल 13104
चक्रबहादुर ठकुरी 12246
गणेशप्रसाद रेग्मी 4838

काठमाडौं क्षेत्र नं. 4 कुल मतदाता - 56887

गगनकुमार थापा 22336
निर्मल कुइकेल 9035
नन्दबहादुर पुन 6462

काठमाडौं क्षेत्र नं. 5 कुल मतदाता - 55377

नरहरि आचार्य 15364
ईश्‍वर पोखरेल 14723
रामराजा श्रेष्ठ 3759

काठमाडौं क्षेत्र नं. 6 कुल मतदाता - 50854

भिमसेनदास प्रधान 14151
योगेश भट्टराई 12874
हिमाल शर्मा 5964

काठमाडौं क्षेत्र नं. 7 कुल मतदाता - 53090

रामवीर मानन्धर 13289
प्रमिलादेवी डंगोल 10486
हिसिला यमी 7015

काठमाडौं क्षेत्र नं. 8 कुल मतदाता - 46430

नविन्द्र राज जोशी 13774
जीवनराम श्रेष्ठ 6367
प्रकाश रिमाल 4938

काठमाडौं क्षेत्र नं. 9 कुल मतदाता - 57957

ध्यानगोबिन्द रञ्जीत 14483
कृष्णगोपाल श्रेष्ठ 13100
देवेन्द्र पौडेल 6669

काठमाडौं क्षेत्र नं. 10 कुल मतदाता - 62573

राजेन्द्रकुमार के.सी 20392
सुरेन्द्र मानन्धर 13619
पुष्पकमल दाहाल 12851
अन्तिम नतिजा यस्तो (सिट संख्यासहित)