Wednesday, March 27, 2013

Tokyo short visit 2012-6-26~6-29

June 26 night I am going to Tokyo for short visit .i am going after long time to there .


Any way this is not any matter Let,see what happen in next time
Now I am in turumi鶴見駅 watting for friends to help some thing to visit with me .lunch in turumi indian resturent スパイシーナマステ

マトンカレーとナンの辛口24-6-27wed

At night 日本料理二の酉のお店一人でまぐろ,ねぎま焼,なすのつけもの。


鶏つくね

In this visit I am buying a new camera nikkon D5100 it's really very usefull for me

Saturday, March 23, 2013

जापानमा रेष्टुरेन्ट कसरी सफल पार्ने



हरि सिम्खडा |
लेखक शप शारामा आवद्ध हुनुहुन्छ
Copy from samundra pari . Com

जापान जस्तो विकसित राष्ट्रमा यति धेरै संख्यामा हामी नेपालीहरुका रेष्टुरेन्टहरु छन् । हामी नेपालीहरुका लागि यो साँच्चै गर्वको विषय हो । तर संख्या बढेकै भरमा सन्तुष्ट हुन सकिने अवस्था भने पक्कै छैन । किनकी प्रायजसो यी धेरै व्यवसायहरु घाटामा छन् । यी अधिकांश रेष्टुरेन्टहरु नेपालबाट मानिस ल्याएकै भरमा टिकीरहेका छन् । त्यसो त उदेश्य नै कि भिषा बचाउने कि नेपालबाट मानिस ल्याउने भए पछि कसरी नाफा हुन्छ त ? जे होस् हामी एक नेपालीको कारण मन दुख्ने नै भयो । अब अलिकति माथि उठेर अझ प्रष्ट भन्नुपर्दा मान्छे बेचेर भन्दा पनि खाना बेचेर पो कमाउने हो कि ? सायद खाना बेचेर कमाएको अलि दीगो अनि अलि मीठो हुन्छ होला । त्यसो त, गर्ने इच्छा हुँदाहुदै पनि कमजोरी भएको हुन सक्छ, उचित ज्ञान नभएर पनि हुन सक्छ, अनि अलिकति लापरवाहीले गर्दा पनि हुन सक्छ । हाम्रा दाजुभाईहरुका लगानी जोखिममा परिरहेको । जे होस् एक नेपालीको नाताले अलिकति भएपनि योगदान हुन्छ कि भनेर जापान आएदेखि नै ज्ञान र अनुभवका आधारमा थोरै विचार बाँडदैछु। तपाईं पनि यस पेशामा जाँदै हुनुहुन्छ अथवा पहिल्यैदेखि नै यस पेशामा हुनुहुन्छ भने एक पटक विचार गर्न अनुरोध गर्दछु ।
सर्वप्रथम त रेष्टुरेन्ट खोल्नको लागि नै सावधानी अपनाउनु जरुरी छ । तपाईंले रेष्टुरेन्ट खोल्नु अगाडि ध्यान दिनुपर्ने महत्वर्पूण कुरा मध्ये एक हो लगानी । यदि तपाईंले यो सोच्नुभएको छ कि अहिलेको लागि मसँग भएको यो सीमित वजेटले जसोतसो रेष्टुरेन्ट खोल्छु अनि शुरू भै सकेपिछ त व्यापारको पैसा चलाउला नि । अहँ यो तपाईंको अत्यन्त गलत सोचाई हो किनकि व्यवसायमा छिट्टै सफलता अनि नाफा नहुन पनि सक्छ यो कुरा सँधै ध्यान राख्नुहोस् ।तपाईंले कम्तीमा पनि एक वर्षको लागि पुग्ने खर्चको जोहो गर्नुपर्छ नत्र तपाई सक्षम हुँदाहुँदै अनि सम्भावना हुँदाहुँदै पनि तपाईंले यो पेशावाट हात धुनुपर्ने स्थिति नआउला भन्न सकिन्न । जस्तो कि पानी विजुलीको विल तिर्नु पर्यो । ग्याँसको विल तिर्नु पर्यो। पसलको भाडा तिर्नुपर्यो। त्यसपछि विभिन्न खाद्यान्नको विल, विभिन्न प्रकारका ट्याक्सका कुरा आउँछन । तपाईंको कुक लगायतलाई तलब नै दिनुनै पर्ला, विभिन्न भौतिक वस्तुहरु विग्रिराखेका हुन्छन् त्यसलाई मर्मत पनि गर्नै पर्ने हुन्छ । र अन्य विभिन्न भैपरी आउने खर्चहरु पनि हुन्छन् ।
यसरी तपाईंले नसोचेका खर्चहरुले तपाईंलाई विषेश गरेर शुरूवातको समयमा बढी पिरोल्छ र तपाई आफ्नो व्यवसाय स्थापनाको लागि खर्चिनु पर्ने समयभरी टेन्सनका साथ पैसा जम्मा गर्ने उपायहरुमा खर्चिनु पर्ने हुन्छ जसले गर्दा राम्रो हुन सक्ने तपाईको व्यवसाय असफल हुन जान्छ ।
अर्को कुरा रेष्टुरेन्ट खोल्नु आगाडि ध्यान दिनुपर्ने महत्वर्पूण विषय हो स्थान । तपाईंले पसल कस्तो ठाउँमा खोल्दै हुनुहुन्छ ? जापानको सन्दर्भमा भन्नु पर्दा सामान्यतया ट्रेन स्टेशन नजिकको ठाउँलाई राम्रो ठाउँ भन्ने गरिन्छ । यो केहि हदसम्म सही पनि हो तर सबै स्टेशन नजिकका ठाउँहरुमा व्यवसाय चल्छ नै भन्ने पनि हुँदैन । जस्तो कि १. अत्याधिक ट्रेनको आवाज आइरहने ठाउँ, २. कुनै पनि ठूला-ठूला कम्पनीहरु वा तिनका कार्यालयहरु नभएका स्टेशन, ३. सामान्य किनमेल र दैनिक जीवन यापनको लागि पर्याप्त बजारहरु नभएको स्टेशन जस्तै सुपरमार्केट भएको स्टेशन, अन्य रेष्टुरेन्टहरुको माहौल नभएको स्टेशन, विभिन्न गेम सेन्टरहरु नभएको स्टेशन, ४. पारवहन र ट्रान्जिट नभएका स्टेशन अर्थात त्यो स्टेशनबाट कुनै पनि अर्को गन्तव्य नभएको स्टेशन, ५. वाक्लो मानवीय वस्ती पनि नभएको स्टेशन यस्ता स्टेशनहरुमा तपाईंको पसल नचल्न सक्छ. यसको मतलब हो ठीक यसको विपरित ठाउँहरु पसल खोल्नको लागि उपयुक्त हुन्छ ।
यस्तैगरी स्थानको कुरा गर्नु पर्दा यी माथि भनिएको जस्तो हाम्रो पसल अनिवार्य ट्रेन स्टेशन नजिक नै हुनुपर्ने भने होइन । त्यसो भए अन्य कस्तो ठाउँ हाम्रा रेष्टुरेन्टहरुका लागि उपयुक्त हुन्छन त ?
१. क्रयशक्ति बढी भएका मानिसहरुको विचमाः
यहाँ जापानमा जसको स्थायी काम र रोजगारीको स्थायीत्व छ तिनीहरुको क्रयशफ् बढी हुन्छ अर्थात राम्रा र स्थापित कम्पनीहरुमा काम गर्नेर् कमचारीहरु जसको आम्दानी बढी र लगातार अनि भविष्यको लागि कुनै चिन्ता हुँदैन् तिनीहरुलाई एक दिनमा दुइ पटक आफ्नो घरभन्दा बाहिर खानु पर्ने पनि हुन्छ । तिनीहरुलाई लक्षित गरी कम्पनीहरु भित्र जापानिमा खाइस्या भनिन्छ त्यस्ता ठाउँहरुमा खोलिएका रेस्टुरेन्टहरु बढी राम्रो हुन सक्छ ।
२. क्रयशक्ति बढी हुने स्थानमाः
सामान्यतया जब मानिसहरु किनमेलको लागि निस्कन्छन् उनिहरुसँग सुपरमार्केट, डिपार्टमेन्टल स्टोरहरुमा जान्छन र तिनै स्थानहरु रेष्टुरेन्टको लागि उपयुक्त हुन्छन् ।
यस्तै कुनै पनि एक स्थानका बासिन्दा अर्को स्थानका बासिन्दा भन्दा आम्दानी र क्रय शक्तिको हिसावले तल वा माथि हुन्छन् यहाँ जापानमा पनि यो छुट्टएिको हुन्छ । आम्दानी र क्रयशक्ति बढी भएको स्थानमा रेस्टुरेन्ट बढी राम्रो हुन्छ ।
३. ठूला सरकारी कार्यालय, स्कुल, कलेज, सेमिनार-सेन्टर आदी ठाउँहरुको वरिपरीः
यी ठाउँहरूमा पनि रेष्टुरेन्ट राम्रो हुन सक्दछ । तर, यी ठाउँहरु लगायत कम्पनीहरु भित्र खोलिएका रेष्टुरेन्ट प्राय ३ सय ६५ दिनमा १ सय ८२ दिन अधिक ग्राहक आउने र १ सय ८२ दिन ग्रहकको मुख देख्नसम्म मुस्किल पर्ने हुँदा यस्ता ठाउँहरुमा संचालनको हिसाबले सामन्जस्यता नभई गाह्रो हुन्छ । त्यसैले यस्ता ठाउँहरुको मात्रै भर नपर्दा राम्रो हुन्छ ।
यी माथिका कुराहरू वाहेक अर्को विषय हो तपाईंको खानाको गुणस्तर र मूल्य । तपाईंको रेष्टुरेन्टमा एक पटक आएको ग्राहकलाई खाना मीठो लागेन भने पछि तपाईंले जति नै मिठो खाना वनाए पनि उ आउँदैन । उसको कन्सेप्टमा सँधै तपाईंको रेष्टुरेन्टमा खाना नराम्रो नै हुन्छ भन्ने सोच्दछ । अझ उसले यो कुरा उसको केही साथीहरुलाई पनि वताउन सक्छ । यस्तै उसलाई पहिलो पटक आउँदा खाना मीठो लाग्यो तर अर्को पटक आउँदा उसले पहिलेको स्वाद पाएन भने पनि उ पछि नआउन सक्छ । त्यसैले तपाईंको कुकले खाना स्वादिलो र सँधै उही स्वादको बनाउनु जरुरी हुन्छ । स्मरणरहोस् स्वाद खाली करीमा मात्र नभई नान र रोटिमा पनि सधै एकैनासको राख्न तपाईंले आफ्नो कुकलाई सम्पूर्ण खानाहरुको स्ट्यान्ड वाईदेखि रेडी टु इटसम्मको तालीका बनाउन लगाउनुहोस अन्यथा उसको १ दिनको छुट्टीमा पनि तपाईको रेष्टुरेन्टको इमेज विग्रन सक्छ । तपार्इं थोरै पैसा बचाउनको लागि कहिल्यै कमजोर र अनुभव नभएको कुक नराख्नु होला ।
अब तपाईंको पसल खोलिसकेपछि अपनाउनुपर्ने सावधानी बारे चर्चा गरौं ।
१. सफा र स्वस्थ्य वातावरणः कुनै ग्रहक पसलभित्र पस्नासाथ उसलाई यस्तो अनुभव होस् कि – म अत्यन्त सफा खाना पाक्ने ठाउँमा आएको छु । त्यहाँ कहींकतै धुलो या फोहोरका कणहरु पनि नदेखियोस्, भित्तामा कुनै दागहरु नहोस्, मौसम अनुसार सुहाउँदो अनुकुल वातावरण होस् । सकिन्छ भने कुनै मन्द (केवल हो कि भनेर अनुमान मात्र गर्न सक्ने) खानाको बासाना दिने धुप अथवा अन्य केहि प्रयोग हुँदा राम्रो हुन्छ । संगीतको मन्द र गुलन्द आवाज ग्राहकहरुलाई आनन्द लाग्न सक्छ । नेपाली र हिन्दी गीतहरु बजाई राख्नु भन्दा पनि मीठो धुन (सुर-सुधाको भए राम्रो) बजाउँदा राम्रो होला । हाम्रा नेपाली पसलहरुमा ध्वनी प्रदुषण बढी नै हुने गर्दछ ।
२. अत्यन्त मीठो शैलीमा मुस्कुराउनुहोस् जसले गर्दा ग्रहकहरुलाई सजिलो हुनेछ । तर वनावटी नदेखियोस् र मौसम अनुसार सुहाउँदो टावल र पेय पदार्थ लियर जानुहोस् ग्राहकहरु प्राय यो काम हलमा काम गर्ने यौवन लेडीहरुबाट अपेक्षा गर्दछन् । त्यो ठाउँ सुरक्षित भएको पनि महशुस गर्दछन् । त्यसैले हलमा काम गर्ने एक जना वेटर लेडी भएमा राम्रो हुन्छ । तपाईं वरिपरी हिंड्दा ग्रहकसँग आँखा जुध्यो भने मुस्कुराउन नर्बिसनुहोस् । तपाईं हल्का शीर निहुराएर पनि ग्रहकलाई सहजता प्रस्तुत गर्न सक्नुहुन्छ ।
३. अर्डर लिंदा कत्ति हतार नर्गनुहोस् जसले गर्दा ग्राहक अल्मलिन सक्छ र थोरै मात्रा अर्डर गर्न सक्छन् । यदि डिनरको समय हो भने पहिले ड्रिङ्क र ओतोशि (जापानिमा) दिनुहोस् र विस्तारै एक-एक गरेर अरु खानाहरु दिनुहोस् । उसको चाहना तपाईंसँग कुरा गर्ने छ भने तपाईं कुरा गर्न सक्नुहुन्छ तर उ किताब पढ्दैछ, मोबाइलमा व्यस्त छ अर्थात उसको साथीसँग कुरा गर्नमा व्यस्त छ भने तपाई डिर्सर्टब नर्गनुहोस् ।
४. तपाईंको सर्भिस् जति सक्दो नम्र र नरम हुनुपर्दछ लन्चमा नसके पनि डिनरमा वसेर अर्डर लिनुहोस् । तपाईं वरपर हिंडदा सभ्य हुनु, बोल्दा आवाज सानो स्वारमा बोल्नु र टाढाबाट पनि ख्याल गर्नुहोला कि उसलाई के चाहिएको छ जस्तै पानी, हात पुछ्ने रुमाल, अनि उसको टेवलमा खाली भएका भाडाहरु, विभिन्न कुराहरु, यस्ता कुराहरु ग्राहकले भन्नुभन्दा पहिले नै आफैले गर्दा राम्रो हुन्छ तर ग्राहकहरुलाई जति सक्यो त्यति नै लामो समय राख्नु होला किनकी जापानिजहरु आफुलाई भन्दा अरुलाई विश्वास गर्दछन् । अन्य ग्राहकहरुलाई देख्दा उनीहरुमा तपाईंको पसल प्रति विश्वास वढ्दछ ।
५. सँधै अनुशासित हुनुहोस् । ग्राहकहरु भएको समय तपाईं एक आपसमा खासखुस नगर्नुहोस् । आवश्यक कुरा भएमा जापानिजमा गर्नुहोस् । यदि सक्नुहुन्न भने जापानीजमा सुमिमासेन मात्र भनेर आवश्यक कुरा प्रष्ट सोध्नुहोस्, तपाईं मालिक हुनुहुन्छ भने सकेसम्म ग्राहकहरुलाई यो कुरा नभन्नुहोस् । काम गर्ने सबै स्टाफहरुलाई समान व्यवहार गर्नुहोस् । काममा आफु पनि संवेदनशील हुनुहोस् र समस्या पर्दा नडराउनुहोस् । झुटो नवोल्नुहोस्, सँधै माफी माग्नुहोस्, खासगरी ग्राहकसँग, यदि पसलमा मालिक छैन भने प्रायः पसलमा लापरवाही शुरु भैहाल्छ यसले हानी तपाईंलाई नै गर्दछ । किनकी तपाईंलाई तपाईंको तलव तपाईंको मालिकले नै दिने होइन कि ग्राहकले दिने हो । त्यसैगरी जति धेरै राम्रो ब्यपार भयो त्यति नै तपाईंको तलव वृद्धि हुनेछ । मेहनेतका साथ काम गर्नु तपाईंको दायित्व हो । मालिकले याद राख्नु पर्ने एउटा कुरा सन्तुष्ट कामदारले मात्र राम्रो काम गर्न सक्छन् । जब तपाईंले उचित अनि ठीक समयमा पारिश्रमिक दिनुहुन्छ तब कामदारले तपाईंले भनेको मान्दछन्, ग्राहकलाई छलेर चुरोट खाने, खैनी मोल्ने, फोनमा कुरा गर्ने, नाक कोट्याउने, नङ काट्ने जस्ता कुराहरु नर्गनुहोला । आवश्यक पर्दा प्राइभेट रुममा गएर गर्नुहोला ।
६. सकेसम्म तपाई मौसम या आफ्नो प्राइभेट कामको कारणले कहिल्यै पसल बन्द नगर्नुहोस् । किनकी तपाईंको पसलमा नै भनेर टाढावाट ग्राहक आएका हुन सक्छन् । एक पटक फर्किएका ग्राहक फेरि कहिल्यै नआउन सक्छन् । त्यस्तै पसल खुल्ने र वन्द हुने समय सकेसम्म परिवर्तन नगर्नुहोला ।
खासगरी यी माथिका कुराहरु ध्यानमा राखेर रेष्टुरेन्ट खोलियो भने राम्रो गर्न सकिन्छ । हुनत लामो समयसम्म रेष्टुरेन्ट व्यवसाय राम्रो गरिराख्ने मुख्य आधार खाना नै हो । त्यसैले हामीले खानालाई कसरी स्वादिलो र स्वास्थ्य वनाउने भन्ने बारेमा अध्यायन गरिरहनु पर्दछ । आज खाना खाएर गएको ग्राहकलाई यदि सामान्य पनि खानाको कारण स्वास्थ्यमा खरावी भयो भने उ त्यहाँ जिन्दगीभर आउँदैन । त्यति मात्र होइन प्रथम पटक हाम्रो खाना खाएको छ भने अन्य नेपाली पसलहरुमा पनि उ नजान सक्छ । कुनै जापानिज सँधैभरी एकै नासको खाना खाईरहन चहँदैन त्यसैले तपाईको कुकलाई केही जापानिज खानाको साथसाथै अन्य विभिन्न खानाहरुको पनि ज्ञान भयो भने ग्राहकलाई वाँधेर राख्न सजिलो हुन्छ । त्यसो त तपाईंलाई आफ्नो कामप्रति लगाव भयो भने यो खासै गाह्रो छैन तपाईंले इन्टरनेटको मद्दतवाट संसारको जुनसुकै खाना पनि बनाउन सक्नुहुन्छ । कहिलेकाहीं उचित र आरामदायी सिट नहुँदा, राम्रो पार्किङ्ग नहुँदा, अनि सजिलो र सफा शौचालयको व्यवस्था नहुँदा पनि ग्राहकहरु नआईदिन सक्छन् । तपाईंले तुरुन्त आफ्नो कमजोरी पत्ता लगाई सुधार गर्नु पर्दछ । कतिपयले सोचिरहेको हुनुहुन्छ कि यतिका चिराशी वाँडियो तर पनि ग्राहक आउँदैनन् । चिराशी जसले पनि बाँड्छ, तपाईं केही नौलो कुरा गर्नुस् । यो तपाईंको गलत सोचाई हो कि चिराशी बाँडदैमा ग्राहक आउँछन भन्ने । ग्राहक आउनको लागि खाना, वातावरण र सेवा यी तीन चिज राम्रो चाहिन्छ र तपाईंले वेच्ने भनेको पनि यी तीन वटै चिजको प्याकेज हो न कि खाना मात्रै । यो पंक्तिकारलाई लाग्दछ कि यी सबै कुराहरुमा ध्यान दिईयो भने जापानमा मात्र नभई जहाँ पनि रेष्टुरेन्ट व्यवसाय राम्रो हुन सक्दछ ।
(लेखक शप शारामा आवद्ध हुनुहुन्छ)




Sunday, March 10, 2013

महाशिवरात्रि पर्व २०६९

महाशिवरात्रि पर्व २०६९
मिति - महाशिवरात्रि पर्व २०६९ फागुन २७ गते आइतबार 
क्यामेरा - nikkon D5100 बारू खड्का नेपाली 
 
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपालभर मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। आज को दिन् पशुपति मा भक्त जनहरुको धरैनै भिड लाग्नेगरेको छ यो वर्ष पनि अरु बर्सको भन्दा धेरै भक्तजनले दर्शन गर्ने अनुमान गरियको छ।
यस पर्वका दिन उपवास बसी रातभर जाग्राम रहे आफुले आटेको काम पुरा हुने विश्वास छ। यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वास रहेको छ। तेसकारण चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ प्रसाद ग्रहण गर्ने गरिन्छ ।आजको दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकुट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज नेपालका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।
पशुपतिनाथ मन्दिरमा  लीएको फोटो 
पशुपतीनाथको मन्दिरमा म  करिबकरिब बिहान को ११ बजे पुगेको थीए भक्तजनहरु चाबिहिल बाट हेडेर जादै थीए म पनि नजिक बाट दर्शन गर्न नसकेपनि चारैतीर बाट घुम्ने र केहि फोटोहरु लेनेबिचार ले पशुपतिनाथ गए। पशुपति मा भक्ताजनहरु धेरै भयपनी प्रहरी तथा स्वयम्सेवकबाट पानी  खुवाउने लाइन मिलाउने , बिरामी को लागि उपचारको व्यवस्था मिलाएका थीए। हरेक वर्ष जस्तै  वर्ष पनि भक्तजन को लागि   बस्न र पानी  को पनि ब्योस्था गरेको रहेछ।
बाग्मती को पानी  यो वर्ष पनि  गन्द आउनि थीयो।भक्तजन हरु बाग्मती को पानी देखेर  सारै नै दिक्क भयका थीए।पशुपति क्षेत्रमा हरेक वर्ष महानगरपालिका, प्रहरी तथा स्वयम्सेवकबाट बागमती नदीको सरसफाइ गरिनेगरेको छ। यस पटक पनि रु एक हजारको सशुल्क दर्शन कायमै राखिएको रहेछ । दर्शनार्थीका लागि तीनवटा मार्ग तय गरिएको रहेछ ,जसमा गौशाला हुँदै वनकालीको एक मार्ग, चावहिलबाट मित्रपार्क हुँदै दोस्रो मार्ग र सिफल जयवागेश्वरीको अर्को मार्ग रहेको र जुत्ता तथा चप्पल पनि सोही मार्गमा राख्ने व्यवस्था गरिएको रहेछ ।
पशुपतिनाथ मन्दिरको रात्रिको समय २०६९ फागुन २६ गते शनिबार  को फोटो 
 शिवरात्रि पर्व मनाउन मुलुक बाहिरबाट करिब एक हजार ३०० सन्त, महन्त, जोगीको आगमन भइसकेको र त्यसमा करिब १०० को सङ्ख्यामा नागा-नागीबाबासमेत रहेका पशुपति बिकाश कोष ले जानकारी दिएको थीयो । यसपालि पहिलोपटक पशुपतिनाथ परिसरमा नागा-नागीबाहेक अन्य सन्त, महन्त र जोगीलाई राखिने व्यवस्था नगरिएको कोष ले जानकारी दिएको थीयो। पशुपतिमा आउने बाबा हरु गाजा धतुरो खायरमस्त  हुने खबर नसुनेको पनि होइन ।बाबा सगै नेपानी युवा केटाकेटी हरु पनि खाएको देख्दा  कताकता नरमाइलो लगेको थीयो ,तर हामीले गर्न सक्नेत कीही होइन  तर नरमाइलो लागे पानी हामी पनि अरु किही देखिन्छ कि भनेर पशुपतिको अन्य भाग हेर्न भनेर मिग्रथलि को तर्फा लगेका त शिवरात्रिको दिन पहिलोपटक नेपाली सेनाले हेलिकोप्टरबाट पशुपतिनाथ क्षेत्रमा पुष्पवृष्टि गरीरहेको थीयो। बाबाहरु गाजा को ताल मा नेपालरनेपाली को शान्तिको कामनागर्दै पसुपनिनाथ र शिवरात्रि को चर्चा गर्दै थीए ,शान्तिको लागि 
अन्तर्मन बाट उत्पनहुने उग्रसोच,उमग ,तरग स्वथलाई नियन्त्रण गरेमा मात्र शान्ति आउने बाबाहरुको भनाइ थीयो।
विगतका वर्षझै यस वर्ष पनि अस्थायी स्वस्थ्य शिविरको व्यवस्था, सञ्चार सहजीकरणका लागि नेपाल दूर सञ्चारले छुट्टै टावरको व्यवस्था गरेको देखीन्छ।

शिवरात्रिको को समयमा अन्य ठाउँ को केहि झलकहरु
 
 

Sunday, March 3, 2013

यात्रा --- पलान्चोक भगबती दर्शन, कालिञ्चोक दर्शन, दोलखा भीमसेन दर्शन


कालिन्चोक यात्रा
मिति - २०६९-फगुन् १८गते शुक्रबार -१९ गते शनीबार
यात्रा स्थान - पलान्चोक भगबती  दर्शन, कालिञ्चोक  दर्शन, दोलखा भीमसेन  दर्शन
लाग्ने समय - २ दिन आफ्नो गाडीमा काठमांडू बाट
उचाई ३७८० मिटर कालिञ्चोक
उचाई १९८० मिटर चरिकोट
जाने व्यक्ति - बारू खडका , धुर्ब खड्का , राजु खड्का , सुदर्शन खड्का
क्यामेरा nikkon d5100 (बारू खड्का )




१८ गते हामि ४ जना धुर्बको गाडीमा हाम्रो यात्रा सुरु भयो यात्रामा पहिला पलान्चोक भगबतीको दर्शन  थीयो  करिबकरिब १० बजे हामीहरु पलान्चोच्क को मन्दिर मा पुगेर फुल बती को साथ  हामीले दर्शन  गरेम शुक्रबार भएर होला मन्दिर मा धरै भिड िथएन हामीले सजिलै सगँ दर्शन गरेका थीएम  मन्दिर धरै नै राम्रो सफा थीयो ।  पहिला को भन्दा धरै नै परिवतन भयको रएछ। हाम्रा यात्रा त कालिन्चोक सम्मको भयको ले पलान्चोक मा चिया नास्ता मात्र गरेर हामी मुडेमा खाना खाने विचार गरेर हाम्रा यात्रा अगाडी सुरु भयो निकै रमाइलो  यात्रा सितल हावाको महसुस गर्दै ,दाजुभाई गफ्गर्दै २ बजे मुडेमा खान खायम भोक मिठो कि भोजन महाराज भन्दा भोकनै मिठो जस्तो हामीलाई पनि लागेको थीयो पलान्चोक को मन्दिर मा खानाको नास्ताले गर्दा होला भोक पनि लागेको थीयन खान पनि तेती मिठो लागेन अबको हाम्रो यात्रा चरिकोट सम्मको थीयो चरोकोटमा हाम्रो गाडी राखेर कलिन्चोकको लागि अको गाडीको भाडामा लिन पर्ने भयो चरिकोट कारोब १९८० मिटर को उचाइमा भयकोले कालिन्चोक ३७८० मिटरमा छ अब हाम्रा यात्रा कालिन्चोक सम्मको लागि करिब १८८० मिटर यात्रा भाडाको जीपमा तय भयको छ कलिन्चोच्क सम्म को यात्रा जिप मा निकै रमाइलो भयो बाटोमा लालिगुरस्को फुल फुलेको हरियो रुख निकैनै आनन्द मन भयो मैले धरै पछी लालिगुरश आखा अगाडी देखेको मन निकैनै रमाइराखेको छ कारीब १ घण्टा आधा को जिप को यात्रा पछी हामी कुरी भाने ठाउँमा  गयर त्यो रात बास बस्ने योजयो थीयो हामी कारीब ७ बजे कुरिमा पुगेर होट्ल मा बस्ने ठाउँ पक्का भयो कुरी बेसी जस्तो १५-२० घर जती छ सबै घर काठको घर होट्ल जस्तो लाग्यो हामीलाई बस्न लाई कुनै समस्याभयन खाना पनि राम्रो थीयो चिसो भयर होला खान निकै मिठो लाग्यो खान पछी जाडोले गर्दआगो बालेर बस्न अरकै किसिम को अनन्द आयको थीयो पानी जमेर हिउ हुनेरयछ १५ दिन पहिलाहिउ परेको रे तर हिउ अझ बाकी देखीयो जाडो निकै थीयो । माथि  मन्दिर बाट हेर्दा अन्नपूर्ण, लम्जुङ्, मनस्लु, गणेशहिमाल्, षिश पङ, लाङ्ट़ाङ्, डोर्जी लक्पा, जुगल हिमाल्, आमाबामोरि, गौरी श़कंर्, र नम्बुरीहिमाल देखिदो राएछ ।
१९ गते बिहान हामी ७ बजेतिर कुरिबाट कालीन्चोक को दर्शन गर्न को लागी उकालो हिड्नसुरु भयो धरै जना जाने थीए ।बाटो पहराको जस्तो तर राम्रो िथयो ठाडो उकालो ले गर्दा कैहीसमय लाग्दो रायछ हामीलाई कारीब १ घण्टा लाग्यो । माथि गोएर हेर्द ओरिपरी हिमाल को द्र्स्यनिकै मनमोह्क थीयो ,जता हेरेपनी हिमाल मन्दिर त पहाड को थोम्को मा रायछ

कालीन्चोक्मा हामीले सुन्धारा र ता नामको २ प्रकितिक पानीको सोत हरु पनि छ ।तेहीप्रकितिक सोत्बाट निक्लेको पानी नै सुनकोसी खोला र तामाकोसी खोला हुन । कालीन्चोक बाट रातिको समयमा धेरै टाढाँको बत्तीको द्र्श्य पनि देखन सकिन्छ ।नेपाल को रास्टिय फुल लालिगुराश र चरा डाफे हामीहरु जताजतै देखन सक्छौ । हाम्रो यात्रा कालीन्चोकसम्म को मात्र होइन कालीन्चोक बाट तल अायपछी चिया नस्ता खाएर हामीहरु जिपमा चरिकोटफर्कियम चरिकोटमा आयपछी जिप लाई छौडेर हामीहरु हाम्रो आफ्नो गाडिमा दोलखा भिमसेनको दर्शनगर्नको लागि हीडेम कारीब ३ कि मि को यात्रा बाट हामी भिमसेनको दर्शन गरेर चरिकोट फर्केम। चरिकोटमा आएर खाना खाने योजना थीयो,योजना अनुसार खाना खाएर हामीहरुको यात्रा को अन्तीम बिन्दु हाम्रो घर काठमाडौं को लागि सुरु भयो ।कारीब ५ घण्टा कोदुरी पुरा गरेर हामीहुरु घर सम्म आइपुगेको हो ।हाम्रो यात्रा जम्मा जम्मी ३६ घण्टाको भयो ।
 

Saturday, September 15, 2012

sajha sawal japan part

राजधानीको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन १५ सयको हाराहारीम युवाहरु कामका लागि विदेश उड्छन । कामका लागि विदेश जाने नेपालीहरुका लागि आकर्षक गन्तव्य मध्ये कोरिया र जापान पनि हुन् । कोरियामा सरकारी तवरबाटै ईपिएस प्रणाली अन्तर्गत वर्षेनी हजारौं नेपाली तन्नेरीहरु कोरिया पुग्छन भने विसौं हजार नेपाली जापान पुगेर रोजगार र व्यवसायमा संलग्न छन । कस्तो छ त यी दुई आकर्षक गन्तव्य भनिएका जापान र कोरियामा रहेका नेपालीहरुको स्थिति?
 
 
 
part 1
 
 
part 2
 
 
part 3

Friday, September 14, 2012

जापानी भाषा प्रशिक्षण इन्स्टिच्युटहरू



जापानी भाषा प्रशिक्षण इन्स्टिच्युटहरू
अध्ययनका लागि जापान जाने विद्यार्थीलाई लक्षित गरेर एक दशक अघिदेखि नै राजधानीमा एजुकेसन कन्सल्टेन्सीहरू खुलेका थिए। त्यसयता यो संख्यामा गुणात्मक वृद्धि भयो। अहिले दर्जनौं कन्सल्टेन्सीले जापान जाने विद्यार्थीलाई आवश्यक सहयोग एवं भाषा प्रशिक्षण गराउँदै आएका छन्।
सन् २००१ देखि जापानी ल्याङ्वेज एजुकेसनले यस्तो सेवा सुरु गरेको प्रबन्ध निर्देशक अरुणा शाक्यको दाबी छ। सबैभन्दा पुरानो यो कन्सल्टे न्सीले भरपर्दो सेवा उपलब्ध गराउँदै आएको शाक्यले बताइन्। नयाँ बानेश्वरको जापानी ल्याङ्वेज स्कुलले २००५ मा सेवा प्रारम्भ गरेको थियो। यो स्कुलले सुलभ शुल्कमा जापानी भाषा सिकाउँदै आएको छ। यसैगरी जापान जान चाहने विद्यार्थीका लागि परामर्श दिने र प्रक्रियाका लागि सहयोग गर्ने काम समेत गर्दै आएको पि्रन्सिपल टंक साउद बताउँछन्। जापानी ल्याङ्वेज स्कुलले जापानी भाषाका लागि मासिक ७ सय शुल्क लिने गरेको छ। आधारभूत तहको भाषा प्रशिक्षण पाँच महिनामा पूरा हुन्छ। साउद भन्छन्- 'बेसिक लेभलको प्रशिक्षणबाट एन फाइभ उत्तीर्ण गर्न सकिन्छ।'
कमलादीस्थित प्लेसमेन्ट इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसले युएसए, क्यानडा, अस्ट्रेलिया, युकेलगायत जापान अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीलाई आवश्यक परामर्श दिँदै आएको छ। सात वर्षअघि स्थापित प्लेसमेन्टले जापानी भाषासम्बन्धी प्रशिक्षण पनि दिँदै आएको छ। 'जापानमा अध्ययन गर्न जानुअघि भाषा सिक्नैपर्छ,' जनरल डाइरेक्टर सविना प्रधान भन्छिन्-

'त्यसैले हामीले भाषा प्रशिक्षणमा जोड दिएका छौं।' जापानमा अध्ययन तथा बसोबासका लागि भाषा अनिवार्य सिक्नुपर्ने उनको जोड थियो। प्रधान भन्छिन्- 'फरदर स्टडी र त्यहाँ आफूलाई सर्भाइभ गर्न भाषामा राम्रो दखल हुनुपर्छ।'

२०६३ सालदेखि फास्ट ट्र्याक एजुकेसन कन्सल्टेन्सीले जापानी तथा ग्रीक भाषासहित आइएलटिएसको प्रशिक्षण गराउँदै आएको छ। बागबजारस्थित यो कन्सल्टेन्सीले जापान जान चाहने विद्यार्थीलाई परामर्श पनि दिँदै आएको प्रबन्ध निर्देशक खड्ग चाम्लिङ बताउँछन्। अस्ट्रे लिया, अमेरिका, बेलायतजस्ता मुलुकको भन्दा भिसा प्रक्रिया सहज हुने भएकाले विद्यार्थीहरू जापानप्रति लालयित भएको उनले बताए।

' पढाइमा मध्यम स्तरका विद्यार्थीहरू जापान जान्छन्,' चाम्लिङ भन्छन्-

'उनीहरूलाई त्यहाँ पढाइका साथै कमाउने अवसर पनि छ।'

जापानी भाषामा पोख्त नभई अरू प्रक्रिया अघि नबढाउन उनको सुझाव छ। 'नेपालमा राम्रोसँग ६ महिनाभन्दा बढी भाषा सिक्नुपर्छ, त्यसपछि जापानी संस्कृति तथा रहनसहनका बारेमा विस्तृत जानकारी लिनु राम्रो हुन्छ।'

विद्यार्थीहरू गलत परामर्शको सिकार बन्न सक्नेप्रति सचेत गराउँदै मानावु जापानी ल्याङवेज इन्स्टिच्युटका अध्यक्ष विशाल श्रेष्ठले 'राम्रोसँग बुझेर' मात्र जापान जानुपर्ने बताए। श्रेष्ठका अनुसार 'जेन्युयन परामर्शदाताको मात्र सहयोग लिनुपर्छ।' पाँच वर्षअघि सञ्चालनमा ल्याइएको मानावु आफ्नो फाइदाभन्दा विद्यार्थीको भविष्यप्रति बढी सतर्क हुने उनको दाबी थियो। नमस्ते एजुकेसन इन्स्टिच्युटले काठमाडौंको पुतलीसडकवाट जापान जान चाहने विद्यार्थीलाई भरपर्दो परामर्श दिँदै आएको छ। सन् २००६ सालमा खुलेको यो इन्स्टिच्युटले जापानी भाषा प्रशिक्षणदेखि लिएर अन्य आवश्यक प्रक्रियामा सघाउ पुर्याउँदै आएको छ। यसले पोखरामा पनि शाखा विस्तार गरेको छ। नेपाली विद्यार्थीहरू पढाइका साथै कमाइ गर्ने मनस्थिति बनाउने भएकाले जापान जानुअघि भाषामा पोख्त हुनुपर्नेमा इन्स्टिच्युटका प्रवन्ध निर्देशक कर्ण गुरुङले जोड दिए। नागपोखरीस्थित नेपाल जापान सेवा सेन्टरले सन् २००४ देखि जापानी भाषाको प्रशिक्षण दिँदै आएको छ। 'अन्य मुलुकमा जस्तो धेरै उतारचढाव नआउने भएकाले यो मुलक विद्यार्थीको रोजाइमा परेको छ' सेन्टरकी प्रबन्ध निर्देशक रमा कँडेलले भनिन्- 'ह्वात्तै विद्यार्थी जाने र विचल्ली पर्ने जोखिम छैन त्यहाँ।' यसैगरी पार्ट टाइम रोजगारीको अवसर प्राप्त हुने भएकाले पनि नेपाली विद्यार्थीहरू त्यसतर्फ आकषिर्त भएको उनले बताइन्। यद्यपि जापान जानुअघि भाषा प्रशिक्षण भने लिनुपर्नेमा उनको जोड छ। 'नेपाली विद्यार्थीहरूले आक्रामक हुने, आन्दोलन गर्नेजस्ता बानीचाहिँ यही छाडेर जानुपर्छ,' उनले थपिन्- 'त्यहाँ एकदमै अनुशासित भएर मात्र टिक्न सम्भव छ।' जापानमा परिश्रमी, मेहनती, अनुशासित र समयसीमामा बाँधिन सक्ने व्यक्तिले मात्र प्रगति गर्न सक्ने कँडेलको भनाइ थियो। जापानको नियमअनुसार नेपाली विद्यार्थीलाई भरपर्दो रूपमा सेवा दिन यसै वर्षदेखि सेवा प्रारम्भ गरेको छ- स्ट्यारवे माइग्रेसन-इमिग्रसन काउन्सिलिङले। मध्यबानेश्वरमा खुलेको यो संस्थाले जापानी भाषा प्रशिक्षण दिनुका साथै भरपर्दो परामर्श दिने प्रबन्ध निर्देशक रामजी थापाले वताए। पुतलीसडकस्थित नेपारु इन्स्टिच्युटले पनि दुई वर्ष यता जापान जाने विद्यार्थीलाई लक्षित गरेर भाषा प्रशिक्षण सञ्चालन गरिरहेको छ।

'जापानमा अन्य भाषा चल्दैन,' नेपारुका प्रबन्ध निर्देशक दीपेन्द्र घिमिरेले भने-

'त्यसैले सबैभन्दा पहिले भाषामा दक्षता हासिल गर्नुपर्छ।' त्यहाँ बस्न तथा पढ्न भाषा ज्ञान अनिवार्य भएको उनले बताए।
Copy from kantipur saptahik 2012-9-14
http://www.ekantipur.com/saptahik/article/?id=8378

Tuesday, May 22, 2012

Tokyo Skytree open may 22 2012 today




Tokyo:
Tokyo Skytree, the world's tallest television and radio broadcast tower, will be opened for public access Tuesday.

The construction of the structure, which has a height of 2,080 feet, was completed in February 2012. It incorporates broadcasting facilities, restaurants, observation platforms and entertainment outlets.
About 400 employees have been training for two months to ensure a "warm and proper" reception of the visitors. Until July, the tickets for the tower tour could be booked only online.

The construction of the Tokyo Skytree started in 2008 to replace Tokyo's current facility, Tokyo Tower with a height of 1,093 feet, which no longer gives complete digital TV and FM-radio broadcasting coverage because it is surrounded by many high-rise buildings.

Tokyo Skytree project cost over USD 800 million and involved 580,000 workers.

The tower features seismic proofing, including a central shaft made of reinforced concrete.

For more information plz visit
http://www.tokyo-skytree.jp/english/



"TOKYO SKYTREE Web tickets" may be purchased in advance online. Please be reminded that only credit cards issued in Japan are accepted for online reservations.

2.Tickets from May 22 to July 10 are by Advance Reservation Only. No day tickets will be sold during this period. Day tickets will go on sale from July 11.
3."TOKYO SKYTREE Group Reservation Center" accepts reservations for groups of 25 or more.

4.Use the travel plans of various travel agencies or the accomodation plans offered by TOKYO SKYTREE Official hotels/TOKYO SKYTREE Friendship Hotels.

Tuesday, May 22, 2012