महाशिवरात्रि पर्व २०६९
मिति - महाशिवरात्रि पर्व २०६९ फागुन २७ गते आइतबार
क्यामेरा - nikkon D5100 बारू खड्का नेपाली
मिति - महाशिवरात्रि पर्व २०६९ फागुन २७ गते आइतबार
क्यामेरा - nikkon D5100 बारू खड्का नेपाली
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपालभर मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। आज को दिन् पशुपति मा भक्त जनहरुको धरैनै भिड लाग्नेगरेको छ यो वर्ष पनि अरु बर्सको भन्दा धेरै भक्तजनले दर्शन गर्ने अनुमान गरियको छ।
यस पर्वका दिन उपवास बसी रातभर जाग्राम रहे आफुले आटेको काम पुरा हुने विश्वास छ। यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वास रहेको छ। तेसकारण चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ प्रसाद ग्रहण गर्ने गरिन्छ ।आजको दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकुट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज नेपालका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।
पशुपतिनाथ मन्दिरमा लीएको फोटो
पशुपतिनाथ मन्दिरमा लीएको फोटो
पशुपतीनाथको मन्दिरमा म करिबकरिब बिहान को ११ बजे पुगेको थीए भक्तजनहरु चाबिहिल बाट हेडेर जादै थीए म पनि नजिक बाट दर्शन गर्न नसकेपनि चारैतीर बाट घुम्ने र केहि फोटोहरु लेनेबिचार ले पशुपतिनाथ गए। पशुपति मा भक्ताजनहरु धेरै भयपनी प्रहरी तथा स्वयम्सेवकबाट पानी खुवाउने लाइन मिलाउने , बिरामी को लागि उपचारको व्यवस्था मिलाएका थीए। हरेक वर्ष जस्तै वर्ष पनि भक्तजन को लागि बस्न र पानी को पनि ब्योस्था गरेको रहेछ।
बाग्मती को पानी यो वर्ष पनि गन्द आउनि थीयो।भक्तजन हरु बाग्मती को पानी देखेर सारै नै दिक्क भयका थीए।पशुपति क्षेत्रमा हरेक वर्ष महानगरपालिका, प्रहरी तथा स्वयम्सेवकबाट बागमती नदीको सरसफाइ गरिनेगरेको छ। यस पटक पनि रु एक हजारको सशुल्क दर्शन कायमै राखिएको रहेछ । दर्शनार्थीका लागि तीनवटा मार्ग तय गरिएको रहेछ ,जसमा गौशाला हुँदै वनकालीको एक मार्ग, चावहिलबाट मित्रपार्क हुँदै दोस्रो मार्ग र सिफल जयवागेश्वरीको अर्को मार्ग रहेको र जुत्ता तथा चप्पल पनि सोही मार्गमा राख्ने व्यवस्था गरिएको रहेछ ।
पशुपतिनाथ मन्दिरको रात्रिको समय २०६९ फागुन २६ गते शनिबार को फोटो
पशुपतिनाथ मन्दिरको रात्रिको समय २०६९ फागुन २६ गते शनिबार को फोटो
शिवरात्रि पर्व मनाउन मुलुक बाहिरबाट करिब एक हजार ३०० सन्त, महन्त, जोगीको आगमन भइसकेको र त्यसमा करिब १०० को सङ्ख्यामा नागा-नागीबाबासमेत रहेका पशुपति बिकाश कोष ले जानकारी दिएको थीयो । यसपालि पहिलोपटक पशुपतिनाथ परिसरमा नागा-नागीबाहेक अन्य सन्त, महन्त र जोगीलाई राखिने व्यवस्था नगरिएको कोष ले जानकारी दिएको थीयो। पशुपतिमा आउने बाबा हरु गाजा धतुरो खायरमस्त हुने खबर नसुनेको पनि होइन ।बाबा सगै नेपानी युवा केटाकेटी हरु पनि खाएको देख्दा कताकता नरमाइलो लगेको थीयो ,तर हामीले गर्न सक्नेत कीही होइन तर नरमाइलो लागे पानी हामी पनि अरु किही देखिन्छ कि भनेर पशुपतिको अन्य भाग हेर्न भनेर मिग्रथलि को तर्फा लगेका त शिवरात्रिको दिन पहिलोपटक नेपाली सेनाले हेलिकोप्टरबाट पशुपतिनाथ क्षेत्रमा पुष्पवृष्टि गरीरहेको थीयो। बाबाहरु गाजा को ताल मा नेपालरनेपाली को शान्तिको कामनागर्दै पसुपनिनाथ र शिवरात्रि को चर्चा गर्दै थीए ,शान्तिको लागि
अन्तर्मन बाट उत्पनहुने उग्रसोच,उमग ,तरग स्वथलाई नियन्त्रण गरेमा मात्र शान्ति आउने बाबाहरुको भनाइ थीयो।
विगतका वर्षझै यस वर्ष पनि अस्थायी स्वस्थ्य शिविरको व्यवस्था, सञ्चार सहजीकरणका लागि नेपाल दूर सञ्चारले छुट्टै टावरको व्यवस्था गरेको देखीन्छ।
शिवरात्रिको को समयमा अन्य ठाउँ को केहि झलकहरु
शिवरात्रिको को समयमा अन्य ठाउँ को केहि झलकहरु
No comments:
Post a Comment