Showing posts with label Nepal sandesh. Show all posts
Showing posts with label Nepal sandesh. Show all posts

Tuesday, July 22, 2014

जापानको नागारा नदीमा रात्री जीवन (फोटोफिचर)

जापानमा मैले खेचेको फोटोहरु जापानको सबै भन्दा पपुलर अनलाइन पत्रिकामा 

जापानको नागारा नदीमा रात्री जीवन (फोटोफिचर)

July 19 2014

बालमुकुन्द खडका (बारु), टोकियो । जापानको गिफु प्रान्त मात्र त्यस्तो प्रान्त हो जसलाई समुद्रले छोएको छैन । गिफु प्रान्तको ऐतिहासिक महलको नजिक रहेको गिफुको सान नागरा नदीको रात्रीजीवन निकै रमाइलो हुने गर्छ । त्यहाँ मानिसहरु बेलुका भएपछि नदीको किनारमा जम्मा हुने गर्छन ।
अझ त्यो ठाउँको सबैभन्दा नयाँ र हेर्नलायक विषय भनेको उकाई हो । उकाई पन्छीको प्रयोगले माछा मार्ने तरिका हो । नदीमा बेलुका मानिसहरुको चहलपहल निकै बढ्नुको कारण भनेको उकाई र डुंगा चड्दै रातिको खान खानु र आतिसबाजी हेर्नु हो ।

ukai japan (176)

ukai japan (101)

ukai japan (94)

ukai japan (56)
ukai gardai

gifu mahal in night
boat
Here nagara river,in top Gifu castal  



नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु 

AND LAST  EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................



My lovely photography











Saturday, June 21, 2014

गिफु सहरको लोकप्रिय प्रतीक गिफु क्यास्टल



ShareThis Copy and Paste
- See more at: http://www.nepalsandesh.com/2014/06/20/93535#sthash.aDqZ8PQ8.dpuf


गिफु सहरको लोकप्रिय प्रतीक गिफु क्यास्टल

June 20, 2014
 
बालमुकुन्द खड्का (बारु)
bal-mukundaआठ सय वर्षभन्दा पुरानो इतिहास बोकेको जापानको गिफु क्यास्टल अर्थात् गिफु महल माउन्ट किन्का माथि रहेको छ । सबै भन्दा पहिला १२०१ मा माउन्ट किन्कालाई गिफुको एक किल्लाको रुपमा बनाएको थियो ।
१५६७ मा ओडीए नाबुनागाले त्यो किल्ला कब्जा गरेपछि ठाउँको नाम बदल गिफु महल राखेका हुन् । ओडीएले गिफु क्षेत्रको विकास र  विस्तारको नयाँ राजनीतिका साथ एकीकृत रुपमा चहलपहल को स्थान बनाएका थिए ।
ओडीए परिवार हिदेनोबुको पछि नोगुनागाको नाति जापानको ईदो शोगुनेट शासनको दुई सय ५० साल भन्दा पछि सन् १६०० मा सेकिहाराको निर्णायक लडाईंमा हारेको हुनाले यो महल पनि छोड्न बाध्य भएका थिए ।
हाल यो महल चार तल्लाको रहेको छ । महलको चौथो ताला १९५६ मा बनाएको हो र त्यसपछि यो महल गिफु सहरको एक लोकप्रिय प्रतीक बन्दे आएको छ ।
गिफु महल जाँदा देखिने दृश्यहरु
gifu-castle
गिफु महल संग्रहालय
गिफु महल पनि संग्रहालयको रुपमा रुपमा परिवर्तन भएको छ । यसभित्र ओडीए नाबुनागाको परिवारको फोटो र उनीहरुको इतिहास देख्न सकिन्छ । साथै उनीहरुको परिवारले प्रयोग गर्ने हतियार सैनिक पोशाक र अन्य कुराको जानकारी पनि सजिलै लिन सकिन्छ ।

gifu-castle-japan-1
रमणीयस्थल
गिफु महल गिफुपार्कबाट एक हजार ८० यन शुल्क तिरेर रोपवेमार्फत तीन मिनेटमा पुग्न सकिन्छ । तल गिफुपर्कबाट माथि गिफु महलसम्म को हरियाली अति नै लोभ लाग्दो छ । माथि गिफु महल वरिपरी पनि रमणीय हरियाली वातावरण देख्न पाइन्छ । गिफु महलको चौथो तल्लाबाट गिफु सहरको चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । जहाँ नागारा गावा (खोला) सहरको बीचबाट बगेको र महलको आसपासका जंगल हेर्न लायक छ ।
पोनोरोमा रात्रि दृश्य
गिफु महलको अर्को आकर्षण भनेको पोनोरोमा दृश्य हो । रतिको समयको यो दृश्य हेर्न लायकको हुन्छ तर यो हेर्नका लागि समयतालिका मिलाउनु पर्ने हुन्छ ।

gifu-castle-on-the-way
गिफु पार्क
गिफु महल जाँदा सबैभन्दा पहिला तलको गिफु पार्कमा घुमघाम आनन्ददायक हुनसक्छ । कलकल पानीको झरना, रमाइलो वातावरण सुन्दर दृश्य, ढकमक्क फूलहरुको बँगैचा मनमोहक छ ।
gifu-castle-garden
हईकीन्न
गिफु महल जानका लागि गिफु पार्कबाट माउन्ट किन्का रोपवेबाट तीन मिनेटमा पुगिन्छ । तर पार्कबाट जंगलको बाटो भएर पनि यात्रा गर्न सकिन्छ । यसरि यात्रा गर्दाको रोमाञ्चकताका लागि मानिसहरु उद्धेलित हुने गरेका छन् । यो रुटमा करिब एक घण्टा ३० मिनेटको समयमा रोपवेको माथिल्लो स्टेश्नसम्म पसग्न सकिन्छ ।
gifu-castle.collection
Views : 69

प्रतिकृया दिनुहोस

- See more at: http://www.nepalsandesh.com/2014/06/20/93535#sthash.WxHLf6Lv.dpuf