बली पूजाका लागि विश्वमै प्रशिद्धी कमाएको माता गढीमार्इको मेला बाराको बरियारपुरमा मंसिर १ गतेबाट औपचारिकरुपमा शुरु भइसकेको छ -प्रत्येक पाँच वर्षमा एकचोटि लाग्ने गढीमाई मेलामा देश विदेशबाट भक्तजन तथा दर्शनार्थीहरु आउन सुरु गरिसकेका छन् । गढीमाई मेलालाई विश्वमा नै सबैभन्दा बढी बलिदिने मेलाको रुपमा समेत चिनिने गरिन्छ । - यदि कसैले स्वच्छ र पवित्र मनले गढीमाईको दर्शन गरे, उनको सबै मनोकामना पूरा हुने जनअस्था र विश्वास भएकाले गढीमाई मेलामा लाखौं भक्तजन तथा दर्शनार्थीहरुको भिड लाग्ने गर्छ । गढीमाई मन्दिरमा पुगी भाकल गरेमा आफ्ना सबै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ । गढीमाई मेलासँग जोडिएका अनेकौं धार्मिक तथा सांस्कृतिक किवदन्ती रहेका छन् ।
यस्तो छ प्रचलन
मेला लाग्ने वर्षको असार महिनामा मन्दिरका झाँक्रीले धार्मिक विधिअनुसार औपचारिक पूजाआजा गरी मेलाको क्षेत्र निर्धारण गर्छन् । मङ्सीरको शुक्ल पूर्णिमाको षष्ठीदेखि नवमीसम्म मेलाको विशेष पूजा गरिन्छ । सो अवसरमा पञ्चमीको दिन खप्पर पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन गढीमाई क्षेत्रभित्र रहेका ब्रम्हस्थानमा झाँक्रीले नरवलिका रुपमा आफ्नो शरीरका विभिन्न भागबाट पाँच थोपा रगत चढाएपछि त्यहाँ स्वतः एक विशेष दीप प्रज्ज्वलित हुने गर्दछ । दीप प्रज्वलित भएलगतै गढीमाता बरियारपुरमा प्रवेश गरेको धार्मिक मान्यतासँगै मेलाको औपचारिकता शुरु हुन्छ । त्यस लगत्तै झाँक्रीले पञ्च बली दिने गर्छन् । झाँक्रीले पञ्चबलीका रुपमा जङ्गली सेतो मुसा, भाले कुखुरा, बोका, सुंगुर र राँगाको बली दिने गर्छन् । धार्मिक विधि अनुसार पञ्चबली दिइसकेपछि मात्रै सर्वसाधारणले वली दिन शुरु गर्छन् ।
ब्रम्हस्थानमा झाँक्रीले नरवलिका रुपमा आफ्नो शरीरका विभिन्न भागबाट निकालेको पाँच थोपा रगत चढाएपछि त्यहाँ स्वतः एक विशेष दीप प्रज्ज्वलित हुने र मेला औपचारिकरूपमा शुरु हुने परम्परा छ ।
प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर भित्र रहेको देवीको मूर्ति करिब १५० वर्ष पहिले उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ । - |
अनलाइनखबर बाट लीएको
- See more at: http://www.onlinekhabar.com/2014/11/211545/#sthash.AbsZCgrZ.dpuf
यसरी हुँदै गढीमाईमा बलिको तयारी गढीमाई (बारा), मंसिर ११ -
गढीमाई मन्दिरदेखि पाँच सय मिटर पुर्वमा साढे दुई विघाको १० फिट अग्लो पक्की पर्खालसहितको बधशालामा झन्डै पाँच हजार दुधे राँगा छन् । र त्यसलाई मार हान्न मेला समितिबाट स्वीकृति पाएका चार सय तरबारधारीको उपस्थिति पनि त्यत्तिकै छ । शुक्रवार दिइने बलिका लागि श्रद्धालुहरुले भाकल गरी ल्याएका राँगा मेला समितिले व्यवस्थापन गरेको हो ।सदियौंदेखिको धार्मिक परम्परा अनुसार यहाँ शुक्रवार हजारौं राँगालाई बलि दिइदैछ । गढीमाईका मुल पुजारी मंगल चौधरीको घरमा तान्त्रिक र वैदिक विधिद्वारा गढीमाईको पूजा भई गढीमाई छेउमा रहेको ब्रम्हस्थानमा एकाएक बत्ती बलेपछि नरबलि दिने परम्पराअनुसार गढीमाईका धामी दुखा कछडियाले आफ्नो शरीरको कान, औंलासहित पाँच ठाउँको पाँचै थोपा रगत गढीमाईको नाममा चढाएपछि पञ्च बलि दिने चलन छ । चलनअनुसार गढीमाईलाई सुरुमा सेतो जंगली मुसा, परेवा, कुखुरा, हाँस, सँुगुरको पञ्च बलि दिएर झक्तजनले बलिका लागि लिएर आएका पशु बलि आरम्भ हुने परम्परा छ । 'पुजा र बलिको सबै तयारी पुरा भएको छ,' पुजापछि बलि सुरु हुन्छ,' मुल पुजारी मंगल चौधरीले भने ।बलिका लागि भारत र नेपालका हजारौं श्रद्धालुहरुद्वारा गढीमाईको भाकलको राँगा मेला स्थल आइपुगेको छ । बलिपछि राँगाको टाउको गाड्न बधशालाको दक्षिणपट्टी ब्रम्हस्थान छेउमा पहिले झैं करिब १० फिट गहिरो र एक सय फिट लामो खाल्डो खनिएको छ । गढीमाईको दर्शनसहित बलि दिएपछि आफुले चिताएको मनोकांक्षा पुरा हुने विश्वास छ । नेपाललगायत भारतको कोलकत्ता, विहार, उत्तर र मध्य प्रदेश, युपी, बंगाल, पञ्जाब, हरियाणा राज्यबाट आएका भक्तजनहरु राँगा, बोका, हाँस, कुखुरा र परेवा जस्ता पशुपंक्षीको बलि दिन आउने गरेका छन् ।
विगतमा अव्यवस्थित रुपमा मेलामा दिईदै आएको पशुबलिले निस्किने फोहरमैला र सिनोका कारण दर्शनार्थी र स्थानीय बासिन्दाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेपछि मेला समितिले यसबर्ष १ करोड ६० लाखमा ठेक्का बन्दोबस्त गरिसकेको छ । बलि दिएका राँगा लैजान ठेकेदारले बधशाला स्थलमा ट्रक तयारीमा राखेका छन् । आन्द्रा भुँडी गाड्न बधशालाको उत्तरपट्टी खाडल खनिएको छ । आन्द्रा भुडि गाड्न एक ट्रक नुन बधशालामा राखिएको छ ।
यसैबीच केही पशुअधिकारकर्मीहरुले पशुबलिको विरोधका कार्यक्रम राखेका छन् । पशु अधिकारकर्मी प्रमदा शाहले हिजो गढीमाईमा पशुहरुको बाँच्न पाउने अधिकार रक्षा गर्न माग गर्दै लाखबत्ती बालेकी छन् । 'हामी अहिले थोरै संख्यामा छौं, तरहाम्रो मुद्दा कमजोर हुँदैन,' उनले भनिन्, 'आफ्नो भाकल वा कुनै पनि इच्छाका लागि अरु जनावरको बलि दिने संस्कार हिन्दु धर्मभित्र पर्दैन । गढीमाईका नाममा जे भइरहेको छ, उचित होइन ।'
कान्तिपुर बाट लीएको बसन्त बस्नेत र लक्ष्मी साह
http://www.ekantipur.com/np/2071/8/11/full-story/399338.html
MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................
MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com
No comments:
Post a Comment