Tuesday, December 23, 2014

जापानको क्योटो सहरको केहि फोटो हरु


जापानको क्योटो सहरको केहि फोटो हरु 
बाल मुकुन्द खड्का (जापान )२०१४. 12. २३

सदै जस्तो आज पनि मा तपाइँहरु लै जापानको क्योटो शहर को सुन्दर फोटोहरु राख्न गोएको छु। क्योटो शहर जापानको इतिहासिक शहर हो। जापान आउने धेरै प्रयेटक हरु यो शहर घुम्न आउने गर्छन। आजको यो फोटो फिचर मा क्योतोको Kinkakuji (金 閣 寺, स्वर्ण मंडप) र  क्योमिजु देरा  को फोटो राख्न गोऐको छु

Kinkakuji (金 閣 寺, स्वर्ण मंडप)

 Kinkakuji को माथिको  दुई तल्ला पूरै सुन पाता  समेटिएका बनेको छन् जापानको उत्तर तर्फ क्योटो मा रहेकोयो  एक जेन मन्दिर हो । Kinkakuji एक ठूलो पोखरीमा छेउमा  निर्माण गरियको  एक प्रभावशाली संरचना , यो स्वर्ण मंडप को आफ्नो इतिहास रहेको छ धेरै  चोटी युद्धले गर्दा यो  क्योटो  सुन्दर संरचना धेरै नष्ट  भएको थीयो  धेरै पल्ट ताला  जलाइएको हो   वर्तमान संरचना सन् 1955 मा पुनर्निर्माण गरिए को हो in 1994 rokuon Ji tample was registered as a world cultural heritage side 


Kinkakuji (金 閣 寺, स्वर्ण मंडप)

क्योटो  सुन्दर फोटोहरु
















MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................
 
 
 MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com
 
 

Saturday, December 20, 2014

जापानी नयाँ वर्ष सजावट (new year 2015 spical) (photo blog)


जापानी नयाँ वर्ष सजावट (बाल मुकुन्द खडका , जापान २०१४ december )
Japanese New Year Decorations (new year 2015 spical)

हामीलाई थाहा नै छ अब को केहि दीन मा इ.स २०१५ को आगमन हुदै छ। म जापानमा नया वर्षा २०१५ को स्योगतम को तयारीमा छु हामी हरु सबै जना आ-आफ्नो ठाउँ मा नया वर्षा को बिदा कसरि मनाउने भनेर तयारी गर्दै हुन्छौ। आजमा मेरो यो ब्लग जापानमा कसरि नया वर्षाको तयारी गर्दै छन् भन्ने जानकारी राख्न गएको छु। जापान मा २०१४ को नया वर्षा को फोटो हरु को ब्लग पनि मैले पहिला पनि राखेको थीए  तपाईहरुले नहेर्नु भाको भए  यो लिंक मा जानु होला 
 
जापानमा  नया वर्षाको तयारी सुरु भएको छ। नया वर्षाको लागि भनेर जापानमा बिशेष किसिमको सजावट प्रोयोग गर्ने गरिन्छ। december को सुरु बात नै ति सजावट को सामग्री बजार मा उपलब्द हुन थालेको छ। 


The KADOMATSU is a traditional decoration for the new year holiday.नयाँ वर्ष को परम्परागत जापानी सजावट घर अगाडी राखने गरिन्छ पैतृक आत्माहरू  स्वागत गर्न को लागि ,

Kadomatsu लागि डिजाइन क्षेत्र को आधार मा भिन्न भिन्न रहेको हुन्छ तेस्मा बास लगायत को प्रयोग गरिन्छ 

यसरि बनको सजावट को सामग्री बजार मा सुपथ मुल्य मा किन्न पाइने गरेको छ 
 बजार मा देखीने फोटो तल राखेको छु 




Kagami mocha  rice cakes
चामलको  केक,एक जापानी नयाँ वर्ष सजावट ,यो सामान्यतया दुई गोलो गोलो चामल को केक जस्तो बनाया को हुन्छ 

यसरि बनायको केक लै राम्रो संग सजायर घर घर मा राख्ने गरिन्छ। यस्तो केक हरु बजार मा जता जतै किन्न  पाइन्छ 

बजार मा देखीने फोटो तल राखेको छु 


 फोटो web हरु बाट



OTASHIDAMA
नयाँ वर्षको दिनमा, जापानीजहरु केटाकेटी ,  छोराछोरीलाई पैसा दिने चलन छयो otoshidama भनिन्छयो Shūgi-bukuro वा चिनियाँ रातो कागजी खामलाइ  'pochibukuro,' भनिन्छ साना सजायको  खाममा पैसा हालेर दीने गरिन्छ।

फोटो Wikipedia

बजार मा देखीने फोटो तल राखेको छु 





POST CARD 年 賀 状
डिसेम्बर को अन्त जनवरी को शुरुवात जापानी डाक लागि व्यस्त समयमा होजापानीआफ्नो साथी र नातेदारहरूलाई नयाँ वर्षको दिन पोस्टकार्ड पठाउने गर्छन त्यो पोस्ट कार्ड हुलाक ले १ तारिक को दीन मै पुर्याउने गर्छ। साथी र नातेदार मात्र होइन अफिस हरु पनि आफ्नो ग्राहक लै कार्ड पठाउने गर्छन। 
 फोटो web हरु बाट


 नया वर्षा २०१५ मा जापान को बजारहरु मा देखीने केहि चहलपहल को  फोटो तल राखेको छु यो फोटो हरु सबै iphone बाट लियको हो 


बजार मा बेच्न राखेको Kagami mocha  rice cakes




Japanese New Year Decorations



MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................


MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com
 
 

Friday, November 28, 2014

यस्तो छ गढीमार्इ मेला (बारा), मंसिर ११



बली पूजाका लागि विश्वमै प्रशिद्धी कमाएको माता गढीमार्इको मेला बाराको बरियारपुरमा मंसिर १ गतेबाट औपचारिकरुपमा शुरु भइसकेको छ -प्रत्येक पाँच वर्षमा एकचोटि लाग्ने गढीमाई मेलामा देश विदेशबाट भक्तजन तथा दर्शनार्थीहरु आउन सुरु गरिसकेका छन् । गढीमाई मेलालाई विश्वमा नै सबैभन्दा बढी बलिदिने मेलाको रुपमा समेत चिनिने गरिन्छ । - यदि कसैले स्वच्छ र पवित्र मनले गढीमाईको दर्शन गरे, उनको सबै मनोकामना पूरा हुने जनअस्था र विश्वास भएकाले गढीमाई मेलामा लाखौं भक्तजन तथा दर्शनार्थीहरुको भिड लाग्ने गर्छ । गढीमाई मन्दिरमा पुगी भाकल गरेमा आफ्ना सबै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ । गढीमाई मेलासँग जोडिएका अनेकौं धार्मिक तथा सांस्कृतिक किवदन्ती रहेका छन् ।
 
यस्तो छ प्रचलन
 मेला लाग्ने वर्षको असार महिनामा मन्दिरका झाँक्रीले धार्मिक विधिअनुसार औपचारिक पूजाआजा गरी मेलाको क्षेत्र निर्धारण गर्छन् । मङ्सीरको शुक्ल पूर्णिमाको षष्ठीदेखि नवमीसम्म मेलाको विशेष पूजा गरिन्छसो अवसरमा पञ्चमीको दिन खप्पर पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन गढीमाई क्षेत्रभित्र रहेका ब्रम्हस्थानमा झाँक्रीले नरवलिका रुपमा आफ्नो शरीरका विभिन्न भागबाट पाँच थोपा रगत चढाएपछि त्यहाँ स्वतः एक विशेष दीप प्रज्ज्वलित हुने गर्दछ । दीप प्रज्वलित भएलगतै गढीमाता बरियारपुरमा प्रवेश गरेको धार्मिक मान्यतासँगै मेलाको औपचारिकता शुरु हुन्छ । त्यस लगत्तै झाँक्रीले पञ्च बली दिने गर्छन् । झाँक्रीले पञ्चबलीका रुपमा जङ्गली सेतो मुसा, भाले कुखुरा, बोका, सुंगुर र राँगाको बली दिने गर्छन् । धार्मिक विधि अनुसार पञ्चबली दिइसकेपछि मात्रै सर्वसाधारणले वली दिन शुरु गर्छन् ।

ब्रम्हस्थानमा झाँक्रीले नरवलिका रुपमा आफ्नो शरीरका विभिन्न भागबाट निकालेको पाँच थोपा रगत चढाएपछि त्यहाँ स्वतः एक विशेष दीप प्रज्ज्वलित हुने र मेला औपचारिकरूपमा शुरु हुने परम्परा छ ।

GADHIMAI-TEMPLE-AT-BARA-NEP
प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर भित्र रहेको देवीको मूर्ति करिब १५० वर्ष पहिले उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ । -
मेला अवधिभरमा नेपाल र भारतबाट गरी लाखौं भक्तजन तथा दर्शनार्थी सहभागी हुनु र पूजाअन्तरगत ब्रहृमदेव मन्दिरमा दीप आफै प्रज्जवलित हुनु अनि हजारौंको संख्यामा बलि दिइएका पशपंक्षीको रगतमा झिंगा नलाग्नु गढीमाई मेलाको खास विशेषता रहेको दाबी गरिँदै आएको छ । गढीमाई मेला व्यवस्थापन समितिका अनुसार ०६५ सालको मेलामा देश र विदेशबाट गरी करिव ७० लाखभन्दा बढी भक्तजनहरुले गढीमाइको दर्शन गरेका थिए । मेलाका क्रममा भक्तजनहरुले करिव २५ हजार रांगा र २० हजारभन्दा बढी बोकाको बली दिएको गढीमाई मेला व्यवस्थापन समितिको अनुमान छ ।

buffalos-for-Gadhimai-TEMPL

अनलाइनखबर बाट लीएको
- See more at: http://www.onlinekhabar.com/2014/11/211545/#sthash.AbsZCgrZ.dpuf

यसरी हुँदै गढीमाईमा बलिको तयारी       गढीमाई (बारा), मंसिर ११ - 

 गढीमाई मन्दिरदेखि पाँच सय मिटर पुर्वमा साढे दुई विघाको १० फिट अग्लो पक्की पर्खालसहितको बधशालामा झन्डै पाँच हजार दुधे राँगा छन् । र त्यसलाई मार हान्न मेला समितिबाट स्वीकृति पाएका चार सय तरबारधारीको उपस्थिति पनि त्यत्तिकै छ । शुक्रवार दिइने बलिका लागि श्रद्धालुहरुले भाकल गरी ल्याएका राँगा मेला समितिले व्यवस्थापन गरेको हो ।सदियौंदेखिको धार्मिक परम्परा अनुसार यहाँ शुक्रवार हजारौं राँगालाई बलि दिइदैछ । गढीमाईका मुल पुजारी मंगल चौधरीको घरमा तान्त्रिक र वैदिक विधिद्वारा गढीमाईको पूजा भई गढीमाई छेउमा रहेको ब्रम्हस्थानमा एकाएक बत्ती बलेपछि नरबलि दिने परम्पराअनुसार गढीमाईका धामी दुखा कछडियाले आफ्नो शरीरको कान, औंलासहित पाँच ठाउँको पाँचै थोपा रगत गढीमाईको नाममा चढाएपछि पञ्च बलि दिने चलन छ । चलनअनुसार गढीमाईलाई सुरुमा सेतो जंगली मुसा, परेवा, कुखुरा, हाँस, सँुगुरको पञ्च बलि दिएर झक्तजनले बलिका लागि लिएर आएका पशु बलि आरम्भ हुने परम्परा छ । 'पुजा र बलिको सबै तयारी पुरा भएको छ,' पुजापछि बलि सुरु हुन्छ,' मुल पुजारी मंगल चौधरीले भने ।


बलिका लागि भारत र नेपालका हजारौं श्रद्धालुहरुद्वारा गढीमाईको भाकलको राँगा मेला स्थल आइपुगेको छ । बलिपछि राँगाको टाउको गाड्न बधशालाको दक्षिणपट्टी ब्रम्हस्थान छेउमा पहिले झैं करिब १० फिट गहिरो र एक सय फिट लामो खाल्डो खनिएको छ । गढीमाईको दर्शनसहित बलि दिएपछि आफुले चिताएको मनोकांक्षा पुरा हुने विश्वास छ । नेपाललगायत भारतको कोलकत्ता, विहार, उत्तर र मध्य प्रदेश, युपी, बंगाल, पञ्जाब, हरियाणा राज्यबाट आएका भक्तजनहरु राँगा, बोका, हाँस, कुखुरा र परेवा जस्ता पशुपंक्षीको बलि दिन आउने गरेका छन् ।
विगतमा अव्यवस्थित रुपमा मेलामा दिईदै आएको पशुबलिले निस्किने फोहरमैला र सिनोका कारण दर्शनार्थी र स्थानीय बासिन्दाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेपछि मेला समितिले यसबर्ष १ करोड ६० लाखमा ठेक्का बन्दोबस्त गरिसकेको छ । बलि दिएका राँगा लैजान ठेकेदारले बधशाला स्थलमा ट्रक तयारीमा राखेका छन् । आन्द्रा भुँडी गाड्न बधशालाको उत्तरपट्टी खाडल खनिएको छ । आन्द्रा भुडि गाड्न एक ट्रक नुन बधशालामा राखिएको छ ।


यसैबीच केही पशुअधिकारकर्मीहरुले पशुबलिको विरोधका कार्यक्रम राखेका छन् । पशु अधिकारकर्मी प्रमदा शाहले हिजो गढीमाईमा पशुहरुको बाँच्न पाउने अधिकार रक्षा गर्न माग गर्दै लाखबत्ती बालेकी छन् । 'हामी अहिले थोरै संख्यामा छौं, तरहाम्रो मुद्दा कमजोर हुँदैन,' उनले भनिन्, 'आफ्नो भाकल वा कुनै पनि इच्छाका लागि अरु जनावरको बलि दिने संस्कार हिन्दु धर्मभित्र पर्दैन । गढीमाईका नाममा जे भइरहेको छ, उचित होइन ।'

कान्तिपुर बाट लीएको    बसन्त बस्नेत र लक्ष्मी साह
http://www.ekantipur.com/np/2071/8/11/full-story/399338.html




MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................







MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com

Thursday, November 6, 2014

Tour : ENA VALLEY (JAPAN, GIFU PREFECTURE)




Tour : ENA VALLEY (JAPAN, GIFU)

 Ena Gorge Tour (Japan)

Bal Mukunda Khadka and  indra purja pun    2014/11/05
Photo Nikon D5100 bal mukunda khadka
 

 

The uniquely shaped rocks create a stunning sight, especially when taking in the sights from a boat while brilliant maple leaves light up the entire valley!

Ena Valley is a beautiful scenic area whose man-made lake was originally formed because of the construction of a dam downriver. It is a river valley where, in the spring, cherry blossoms bloom in full force and, in the fall, the cliffs blaze red and yellow with autumn leaves. Enjoying this scenery with the added feature of strangely shaped rocks dotting the area is particularly fulfilling from a cruise boat, which takes you around the lake for 30 minutes of incredible sightseeing.


High speed jetboats taken passenger from the confluence of the kiso and tsukechi rivers to the no-ji rock. Along the way passengers are treated to breathtaking views of oddly-shaped stons, rocks, and rock formations rising from both shores including Gunkan Rock, Shishi Rock, Byobu Rock, and Shina-no-ji Rock



One of the best places around Ena Valley is the hot spring bath from where you can enjoy a fabulous view of the valley. Soaking in the bath in the early evening is highly recommended, as one can watch the setting sun in all of its glory. The Ena area is also famous for chestnuts and, therefore, for the Japanese sweet called kurikinton, a delicacy made from chestnuts that you simply must try! (copyed from http://travel.kankou-gifu.jp/en/see-and-do/12/ )





Ena Gorge named by famed geographer shigetake shiga, Ena gorge, a product of the artifical lake created by dam on the kiso river, is a gorgeous canyon that blends the grandeur of nature with the unique beauty of man made creation.


 
 

 
The area bursts with seasonal delights-cherry blossoms in the spring verdant green in the early summer, the changing colors of the fall, and migratory birds and snowy landscapes in the winter. Take a cruise to explore all that Ena Gorge has special.

 

Special Natural Monument

Blue water white ripples, and green walls of rock these are the sights you,ve been looking for….


 

One round trip 20km, the total cruise time is 30 min price 1280 yen






ENA VALLEY MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................





MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com

 

Thursday, October 23, 2014

दिदीबहिनीलाई तिहारमा ........तिहारको रमझममा के गर्ने, के नगर्ने ?


कृष्णहरि बास्कोटा, पूर्वसचिव
दिदीबहिनीलाई तिहारमा पैसा नदिऔं, दाजुभाइलाई धराने बँदेल खुवाऔं
तिहारको रमझममा के गर्ने, के नगर्ने ? - copyed from onlinekhaber २०७१ कार्तिक ६ गते १०:०० मा प्रकाशिSee more at: http://www.onlinekhabar.com/2014/10/199433/#sthash.QzK8Iekd.dpuf


दिदीबहिनी कहाँ जाऔं
तिहारको मूल मर्म विवाह गरेर अरुको घरमा गएका चेलीको स्थिति बुझ्न, उनीहरुको परिवारसँगको सम्बन्धलाई प्रगाढ तुल्याउन र आफ्नै दिदीबहिनीको हातले तयार गरेको मीठो खाना खान उनीहरुको घर जानुपर्छ ।
तिहारको विदाभरि दिदीबहिनीसँग समय बिताउने दाजुभाइ उत्कृष्ट हुन् । उनलाई लक्ष्मीपूजा गर्न, सेलरोटी पकाउन र काग तथा कुकुरलाई पूजा गर्न सघाउँदाको मज्जा नै बेग्लै हुन्छ ।
यसपटक तिहारमा तीन दिन बिदा परेको छ । आफ्ना दिदीबहिनीलाई फरक-फरक तीन ठाउँमा घुमाउन लैजान सकिन्छ । आफ्नो गच्छेअनुसार तीन दिन फरक-फरक खाना खुवाउने र खाने कार्यक्रमको बनाउन सकिन्छ । कम्तिमा यी तीन दिन दिदीबहिनीको ओठमा हर क्षण मधुर मुस्कान ल्याउने कोशिस गरौं । उनी फुरुक्क होउन् । आफ्ना दाइभाइ र माइतीप्रति गर्व गरुन् । अरुलाई ईष्या लागोस्, कस्तो दिदीबहिनी दाजुभाइ मिलेका भनेर ।
 
Krishnahari Baskotaदिदीबहिनीलाई दिने उपहारः
यसपटकको तिहारमा दुईवटा उपहारमा रोक लगाउने प्रस्ताव गर्दैछु । नगद नै दक्षिणा दिने गर्नुभएको छ भने यसपटक नोट नदिनुस् । सो खर्च भएर गैहाल्छ । कुनै वस्तु उपहारमा दिएमा सम्झना रही रहन्छ । दोस्रो कुरा सारी, कुर्तासलवार वा अन्य कपडा उपहार दिने गर्नु भएको छ भने यसपटक सो उपहार पनि नदिनोस् । रंग र डिजाइन मन पर्छ कि पर्दैन ? कपडाको आवश्यक्ता छ कि छैन ? केही नबुझी वर्षेनी कपडा उपहार दिनु ठीक छैन ।
नयाँ कुरा सोचेर उपहार दिनुस् । यस स्थितिमा तपाईलाई निर्णय गर्न कठिन हुन सक्छ । आफ्नो खल्ती हेरेर निम्न उपहार दिन सल्लाह दिन्छुः
१. बजारमा राम्रा किताब उपलब्ध छन्, किताब उपहार दिनुस् ।
२. जाडो महिनाका लागि थर्मस, हट ब्याग, पानी उमाल्ने इलेक्ट्रिक किट्ली, टोष्टर मेसिन उपहार दिन सकिन्छ ।
३. हाल सबैजना तौल घटाउन लागि परेको जमानामा तौलने मेसिन उपहार दिन सकिन्छ ।
४. घर सजाउने कार्पेट, तन्ना, तकिया, घाम ताप्न बस्ने मुडा, बैठकमा राख्ने सजावटका सामाग्री उपहारमा दिन सकिन्छ ।
५.  सगरमाथा, लुम्विनी, अन्य हिमाल, मन्दिर, प्राकृतिक मनोरम दृष्यका फोटो, पेन्टिङ्ग वा पोष्टरलाई माउण्ट गरेर उपहार दिन सकिन्छ ।
६.  जाडोमा ताप्न ग्यासबाट चल्ने हिटर उपहार दिन सकिन्छ ।
७. आफ्ना दिदीबहिनीले किन्ने धोको राखेका ब्राण्डको मोवाइल सेट उपहारमा दिन सकिन्छ ।
८.  पावरवाला चस्मा लगाउने दिदीबहिनी भए नयाँ फ्रेममा चस्मा बनाइदिन सकिन्छ ।
९. पाथिभरा, हलेसी, दोलखा भीमसेन, छिन्नमस्ता, गढीमाई, स्वर्गद्वारी वा खप्तड घुम्न जाने इच्छा भए यसपटकको तिहारको दक्षिणास्वरुप ती ठाउँमा अनुकूल समयमा घुमाइदिए हुन्छ ।
१०. आफ्ना दिदीबहिनीलाई सोधेर आफ्नो बजेटको सीमा बताएर मिलिजुली बजारमा गएर पनि उपहार किन्न सकिन्छ ।
दसैंमा टीका लगाएर पाँच दस रुपैयाँ दिए हुन्छ, आर्शिवाद लिने दिने कुरा ठूलो हो भन्ने मेरो मान्यताका हकमा तिहारमा भने फरक मत छ । वर्षमा तीन सय पैसठ्ठी दिन हुन्छ । यसर्थ १०० दिन बराबरलाई एक दिन सम्झेर तीन वा चार दिन बराबरको आफ्नो आम्दानीअनुसार दिदीबहिनीलाई उपहार दिनु ठीक हुन्छ । यस हिसावले महिनामा १० हजारसम्मको आम्दानी गर्नेले एक हजारसम्मको उपहार दिनु पर्छ । यसै अनुसार आफ्नो हैसियत हेरेर उपहार दिने हो ।

दाइभाइलाई के  दिने ?आम दिदीबहिनीलाई मेरो सल्लाह छ, यसपटकको तिहारमा निम्न ३ वटा कुरा नदिनुस् । पहिलो कुरा, टोकरीमा थिचिँदै मिचिँदै बेचिने फलफूल नदिनोस् । केरालाई पाउडर हालेर पकाइएको हुन्छ । स्याउ कोल्ड स्टोरबाट झिकेर बिक्री गरिन्छ । अनार महंगो हुन्छ, किन्नै सकिन्न । भोगटे, निबुवा, हलुवावेद जस्ता फलफूल किन्यो, कसैले खाँदैन, त्यसै खेह्र जान्छ । नेपाली धेरै फलफूल सेवन गर्न अभ्यस्त पनि छैनन् । यसर्थ वर्षभरि खासै फलफूल नखाने दाइभाइले तिहारमा दिदीबहिनीले ल्याएको डंगुर फलफूल खान नसकेर फाल्छन् भन्ने बुझ्न ढीला गर्नु हुँदैन ।
दोस्रो कुरा, एक महिना अगाडि तयार गरेको मिठाइ, बासी तेलमा बनेका अनेकौं परिकार, दात भाँच्चिने साह्रो सेलरोटी, अखाद्य रंग मिलाएर बिक्री भैरहेका परिकार, मोटर गुडी रहेको बाटो छेउमा धुलोसहित बिक्री भैरहेका मिठाइ किनेर दाइ भाइलाई कृपया नखुवाउनुस् । कति पवित्र मनले आफ्ना दाइ भाइको चिरजीवी, सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरी टीका लगाएर उपहारमा दिने मिठाई भने खाँदा नखाँदै बिरामी हुने गरी दाइभाइलाई गलत उपहार नदिऊँ ।
तेस्रो कुरा, सबै आयात भएका मसलाका पोकाहरु कति महंगा ? काजु, किसमिस, नानाभाँतीका वस्तु किनेर दाइभाइलाई उपहार दिन्छौं । ती सबै वस्तु आफ्ना दाइभाइले वर्षभरि खाएका हुँदैनन् । यसर्थ छिटै खान पनि सक्तैनन् । नखाँदा नखाँदै किरा परेर फाल्नुपर्ने हुन्छ । तिहारमा दुईचार दिन कोट र पाइण्टका खल्तीबाट यस्ता वस्तु झिकेर साथीहरुलाई विवरण गरिएको पनि देखिन्छ । यस्ता उपहारले न छाक टर्छ, नत निकै धेरै तागत नै आउँछ । नत दिदीबहिनीले एक पाउ काजु खुवाएर दाइभाइमा काजु खाने बानी नै पर्छ ।
पूजाविधिका लागि नभई नहुने केही मिठाइ, फलफूल र मसला जुटाउनु ठिकै हो । बस् यी वस्तु उपहारमा नदिने भएपछि आफ्ना दाइभाइको सम्झनाका लागि दिदीबहिनीले पनि केही न केही नयाँ वस्तु एकमुष्ठ उपहार नै दिनु ठीक हुन्छ ।

 १. पहिलो कुरा त आफ्ना दाइभाइलाई मनपर्ने काउलीको तरकारी वा धरानको कालो बँदेलको मासु वा सुख्खा रोटी तरकारी आफ्नै हातले पकाएर प्रेमपूर्वक खुवाउनु पर्छ । योजस्तो ठूलो उपहार केही हुँदैन ।
२. साह्रै मन मान्दैन भने दाइभाइलाई तिहारको आशिर्वादसहितको कार्ड दिन सकिन्छ ।
३.  ढाकाको टोपी वा भादगाउँले टोपी दाइभाइको शीरमा ढल्काउने हो कि ? सोचौं ।
४. नेपालको राष्ट्रिय झण्डाको ‘पीन’कोटमा वा सर्टमा राखेर हिँड्न मिल्ने उपहार दिउँ ।
५.  यतिले पनि चित्त नबुझे, ‘आइ लभ नेपाल’ लेखेको टिसर्ट उपहार दिनुस् न त ।
६. मेरो छनौटमा जानु हुन्छ भने त बजार गर्माएको, तपाईका दाइ र भाइले नपढेको नयाँ पुस्तक किनेर उपहार दिनुस् न, म खुसी हुन्थें ।
७. बिहानै पत्रिका पढ्न खोज्ने दाइभाइ छन् भने कुनै एउटा पत्रिकाको वाषिर्क वा अर्धवाषिर्क सदस्य बनेर रसिद उपहारमा दिनुहोस् वा एउटा सानो रेडियो उपहार दिनुहोस् ।
८. दाइभाइले सधैं खुम्चिएको पाइण्ट सर्ट लगाएर हिँडेको महसुस गर्नु भएको छ भने ‘आइरन’ गिफ्टमा दिन सकिन्छ ।
९. शहरबाट आफ्नो दाइभाइ टीका लगाउन गाउँकी दिदीबहिनीको घरमा आएका छन् भने एकमाना शुद्ध ध्यू वा गुन्द्रुक, मस्यौरा वा स्थानीय उत्पादनका वस्तु आफ्ना दाइभाइलाई उपहार दिई पठाउन सकिन्छ ।
१०. कुनै दिदीबहिनीले आफ्नौ पौरखी हातबाट स्वावलम्वनको काम गर्नु भएको छ भने आफूले बनाएको मैनवत्ती वा आफूले पोको पारेको धुप अर्थात आफूले जे पेशा गरिन्छ, सोही वस्तु उपहारमा दिँदा दिदी बहिनीसँगको दाइभाइको आत्मीयता उजागर हुने मौका पाउँछ ।

तिहारमा गर्न नहुने कुराः
१.  कुनै पनि हालतमा जुवा, तास नखेल्नोस् । लंगुर-बुर्जातिर अनुहार नै नफर्काउनोस् । यो हाम्रो तिहारको शत्रु हो । यसको पूर्णतः वहिष्कार गर्नुस् ।
२. बिर्सिएर पनि तिहारमा मापसे नगर्नुस् । धुम्रपानको लत लागेको छ भने पनि यमपञ्चकका पाँच दिन यस्ता वस्तुको कुलतबाट बाहिर निस्किनुस् । पाँच दिनसम्म आफ्ना दाइ र भाइलाई केही नहोस् भनेर दिदीबहिनीले पुकार गर्ने दाइभाइ भने क्यान्सरको मुखमा पुग्ने गरी चुरोट पिउने र खैनी लगायत सेवन गर्ने ? कत्रो विडम्वना, कहिल्यै यसरी सोच्नु भएको छ ?
३. ‘चिन्नु न जान्नु घचेडी माग्नु’ भन्ने नेपाली उखानबमोजिम जो पायो उसकहाँ देउसी-भैली खेल्न जानु हुँदैन । तोकिएको समयभित्रै पूर्व सूचना गरेर आफू आफूवीच मात्रै देउसी-भैली खेल्नुपर्छ । कसैलाई पनि दबाव दिएर रकम लिनु हुँदैन । अर्काको चित्त दुखाएर आफू पर्वमा खुसी हुन सकिँदैन ।
४.  तिहारमा पट्का पडकाउने, आतिसवाजी गर्ने काम प्रचालित कानुन अनुसार गर्न पाइँदैन । यसले दुर्घटना पनि निम्त्याएको छ । यसर्थ आफ्ना केटाकेटीलाई नियन्त्रणमा राख्नुपर्छ ।
५. सबै कुरा ठीक्क गर्नु वेस हुन्छ । चिनी पनि बढी खाए तीतो हुन्छ भन्ने नेपाली उखानबमोजिम नेपाल विद्युत प्राधिकरण समेतको अनुरोधलाई मानी ठीक्क वत्ती बाल्नुपर्छ, अत्यधीक झिलिमिली पार्नु हुँदैन ।

तिहारमा के के गर्ने ?
१.  पहिलो कुरा, काग तिहार, कुकुर तिहारलगायतका सबै पाँचै दिनको पर्व परिवार जमघट भएर हर्सोल्लासका साथ मनाउनुपर्छ ।
२. तिहारमा लक्ष्मीलाई भित्र्याउन घर, आँगन, घर अगाडिको सडक र आफ्नो टोल नै सफा गर्नुपर्छ । यसर्थ घरभित्र र टोलको सफाइका लागि अभियानको नेतृत्व गर्नु पर्छ ।
३.  तिहारमा बढीभन्दा बढी समय परिवारलाई दिनुपर्छ । विशेष गरी पुरुषहरु तास खेल्न जाने, कौडा हान्न जाने, बाहिर एक्लै टहलिन जाँदा घरमा बसेका महिला, केटाकेटी र बुढाबुढीलाई चाडपर्व नरमाइलो महसुस हुन्छ भन्ने हेक्का राख्नुपर्छ ।
४. तिहारमा शहर, बजार, घर अनेकौं किसिमले सजाइएको हुन्छ, यसर्थ पूरै परिवार लिएर साँझपख शहरको परिक्रमामा निस्कनुपर्छ । यसले साँच्चै तिहारको रौनकसँग लोभिइन्छ ।
५. घर-परिवार, दिदीबहिनी, दाइभाइ जे गर्दा खुसी हुन्छन्, त्यसै गर्नुपर्छ । मुलुकको सेवामा खटिएका व्यक्तिले राष्ट्रप्रतिको कर्तव्य निरन्तर निर्वाह गर्नुपर्छ । उद्योगी व्यापारीले आˆनो सामाजिक दायित्व पूरा गर्नुपर्छ । यस्तै सत् कार्यबाट ०७१ को तिहार जीवनभर स्मरणीय रहनेछ ।
 
- See more at: http://www.onlinekhabar.com/2014/10/199433/#sthash.QzK8Iekd.dpuf

MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................


MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com

 

Friday, October 10, 2014

 कुन रोगका बिरामीले के खाने के नखाने .....


कुन रोगका बिरामीले के खाने के नखाने .....
मासुले स्वास्थ्यलाई फाइदा पुर्‍याउछ । तर, मासु खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउन सक्दछ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरीक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । दसैंको समयमा कुन रोगका बिरामीले के खाने के नखाने भन्ने विषयमा हामीले विभिन्न चिकित्सकहरुसँगको कुराकानीका आधारमा केही सुझाब यहाँ प्रस्तुत गरेका छौँ:

मुटुरोगी

चिकित्सकहरुका अनुसार नेपालीको भान्छामा पाक्ने खाने कुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन । अझ दसैंको समयमा मुटुरोगी तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुन्छन् । त्यो पनि अत्याधिक मात्रामा चिल्लो हालिएका । रातो मासु र चिल्लो दुवै मुटुका बिरामीलाई हानिकार खानेकुरा हुन् ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु अर्थात खसी र राँगाको मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछा मासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन । मुटुका बिरामीहरुले एक दुई टुक्रा सेतो मासु र प्रसस्त मात्रामा हरियो सागसब्जि तथा फलफुल खानु नै सबैभन्दा उत्तम हुने डा. रेग्मीको भनाई छ ।

मिर्गौला रोगी

दशैंको सयममा नेपालीहरुले हरेक पटकको खानेकुरा तथा खाजाको समयमा मासुलाई छुटाउँदैनन् । दसैंमा मासुभात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसलेदार र अधिक चिल्लोपना भएका  खानेकुरा बढि खाइन्छ ।

यसका साथै मदिरा पनि अत्याधिक मात्रामा पिउने गरिन्छ । मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतका अनुसार बढी चिल्लो र मदिराका कारण मिर्गौला असन्तुलन हुन गई मिर्गौला फेल समेत हुन सक्छ । त्यसकारण मिर्गौला रोग लागिसकेकाले चाडबाडका नाममा मासु र अत्याधिक चिल्लो छुनु नै हुँदैन । यसका साथै सामान्य समस्या देखिएकाले पनि चाडवाडको समयमा मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाले गर्ने नियमित क्रियाकलापमा सन्तुलन गर्ने प्रक्रियामा असर गर्न सक्छ ।

डा. बस्नेतका अनुसार मिर्गौला धेरै रक्सीका कारण असन्तुलित हुन पुग्छ । वियरले हाम्रो शरीरको मेटाबोलिजममा असर गर्छ । वियर खाँदा शरीरमा पानीको मात्रा बढ्न जान्छ । त्यति नै मात्रामा शरीरमा बाहिर गएन भने शरीरमा पानीको मात्रा बढ्न गई मिर्गौलालाई असर गर्छ । मदिराजन्य पदार्थमध्ये बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्राण्डी, हृविस्की आदिमा अल्कोहलको मात्रा बढी हुन्छ । रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना हुने उनको भनाई छ ।

मधुमेहका बिरामी

बरिष्ठ मधुमेहरोग विशेषज्ञ डा. ज्योती भट्टराईका अनुसार चाडबाडको समयमा मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्तै यस्ता बिरामीले प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड छुनै हुँदैन । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर, तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हँुदैन । धूमपान र मद्यपान त पटक्कै गर्नु हुँदैन ।

मधुमेहीलाई थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा (मुरै), कर्नफ्लेक्स, चाउमिन, गेडागुडी -दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि) खान हुन्छ । यस्तै माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खान मिल्छ तर स्वास्थ्यको ख्याल गरी निकै थोरै परणाममा मात्र यस्ता खाने कुरा खान डा. भट्टराई बिरामीलाई आग्रह गर्छिन ।

उनका अनुसार मधुमेहका रोगीले स्वास्थ मानिस सरह हरिया सागसब्जी, करेला, काउली, गोलभेँडा, स्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गाँजर, कागती आदि खान मिल्छ । मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन । यस्तै पेय पदार्थमा चिनी तथा घ्यू नभएका चिया, कफी, सुप खान सकिन्छ ।

युरिक एसिडका बिरामी

वीर अस्पतालका बरिष्ठ चिकित्सक डा. भुपेन्द्र बस्नेतका अनुसार युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ ।

यदी यस्ता समस्या भएका मानिसले यस्तो खाना बढी मात्रामा खाएमा हड्डी कँुज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ ।

कलेजोका बिरामी

कलेजोरोग विशेषज्ञ डा. दिलिप शर्माका अनुसार दसैंको समयमा खानामा ध्यान नदिँदा कलेजो विग्रन सक्छ । विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले विग्रन सम्भावना हुन्छ ।

उनका अनुसार मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ ।

रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ । त्यसकारण दसैंको समयमा मदिरा र मासु खाँदा विशेष ध्यान दिन डा. शर्माको सुझाउँछन् ।

बाथका बिरामी
वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरूण गुप्ताका अनुसार युरिक एसिड बढेर नै बाथरोग लाग्ने सम्भावना अत्याधि हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

वाथ रोग भएकालहरुले दसैंको समयमा खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पनि पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ । खाने परेमा पनि निकै थोरै खाने र बिहान शारीरिक अभ्यास गर्नु पर्ने हुन्छ । बाथ खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना, मदिरा र धुम्रपान नगर्दा नै राम्रो हुन्छ

Thank u this artical copyed from onlinekhabar.com because I like it and my be u like
Edited here see more
http://www.onlinekhabar.com/2014/10/194012/


MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................



MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com

Sunday, September 28, 2014

जापानको सेकी शहर ,जापानी चक्कु र समुराइ तरबारको राजधानी (फोटो फिचर )

फोटो फिचर

刃物祭りスペシャル10月 11日,12日
Cutlery Festival Special October 11, the 12th, 2014
 बाल मुकुन्द खड्का

सेकी शहर जापानको एक सानो शहर हो। यो शहर जापानको मध्ये  भाग मा रहेको गिफु प्रान्त मा पर्दछ।
तपाइहरुलाइ थाहा नहुन सक्छ ,जापानको सेकी शहर असली चक्कु र समुराइ तरबारको उत्पादनमा  ७०० वर्षको परमपरा र इतिहास रहेको पाइछ।



 
 सेकी शहरलाइ  जापानी चक्कुको राजधानी भनिन्छ। जापान मा cutllery उत्पादनहरु मध्हे  मा 60% Seki शहरमा रहेको छ ।१३औ सताब्दी तिर बाट सेकी शहर ब्लेड उतपादन मा प्रख्यात हुन थाल्यो। पहिला पहिला समुराइ तरबार वाट सुरुभएको उतपादन समय र आधुनिकता संगै उत्पादन पनि आधुनिक हुदै भान्छा घर र रेस्टुरेन मा प्रयोग हुने चक्कु र घर मा प्रयोग हुने नैनी सम्म उत्पादन हुन् थाल्यो।





हरेक वर्षा October  मा हामानो मचुरी “HAMONO-MATSURI” हुने गरेको छ। यो मातुरी २०१४ सालको oct ११ र १२ गते हुने भएको छ यो जानकार हरुको भनाइ अनुसार यस पटक को मचुरी ४७ ओं मचुरी हो।यो “HAMONO-MATSURI” १९६० देखी हरेक वर्षा गरिदै आएको छ। यो  वर्ष करिब 25 हजार  मानिसहरू आए दुई दिनमा Seki शहर को हामानॊ मचुरिको आनन्द उठाए

गएको   बर्ष २-१३ मा मैले पनि “HAMONO-MATSURI”हेर्ने र फोटो खीच्ने अवसर पाएको थ्यी यो बर्ष २०१४ मा पनि मचुरी हेर्ने र नया नया तरिकाको चक्कु को फोटो हरु लीने विचार गरे







Seki शहर मा करिब 50 कटलरी कम्पनीहरु  सन्सार भरका  60 कस्टम निर्माताहरु
भाग लिनेछअनि कटलरी बारेमा धेरै आकर्षण महासोभ   आयोजित गरिनेछमानिसहरू विशेष मूल्यहरु मा cutleries किन्न   आनन्द उठाउन सक्छन् !! उत्पादन गर्न सामान हरुमा  knives, hunting knives, barber’s scissors and razors, nail clippers and scissors, can openers, corkscrew, table knife, forks, spoon, Japanese sword Katana and so on.


यो  बर्ष मैले पनि “HAMONO-MATSURI”हेर्ने र फोटो खीच्ने अवसर पाएको थ्यी यो बर्ष पनि मचुरी हेर्ने र नया नया तरिकाको चक्कु को फोटो हरु लीने विचार गरेको छु यो बर्ष को फोटो


MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................


MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com