हरि सिम्खडा |
लेखक शप शारामा आवद्ध हुनुहुन्छ
Copy from samundra pari . Com
जापान जस्तो विकसित राष्ट्रमा यति धेरै संख्यामा हामी नेपालीहरुका रेष्टुरेन्टहरु छन् । हामी नेपालीहरुका लागि यो साँच्चै गर्वको विषय हो । तर संख्या बढेकै भरमा सन्तुष्ट हुन सकिने अवस्था भने पक्कै छैन । किनकी प्रायजसो यी धेरै व्यवसायहरु घाटामा छन् । यी अधिकांश रेष्टुरेन्टहरु नेपालबाट मानिस ल्याएकै भरमा टिकीरहेका छन् । त्यसो त उदेश्य नै कि भिषा बचाउने कि नेपालबाट मानिस ल्याउने भए पछि कसरी नाफा हुन्छ त ? जे होस् हामी एक नेपालीको कारण मन दुख्ने नै भयो । अब अलिकति माथि उठेर अझ प्रष्ट भन्नुपर्दा मान्छे बेचेर भन्दा पनि खाना बेचेर पो कमाउने हो कि ? सायद खाना बेचेर कमाएको अलि दीगो अनि अलि मीठो हुन्छ होला । त्यसो त, गर्ने इच्छा हुँदाहुदै पनि कमजोरी भएको हुन सक्छ, उचित ज्ञान नभएर पनि हुन सक्छ, अनि अलिकति लापरवाहीले गर्दा पनि हुन सक्छ । हाम्रा दाजुभाईहरुका लगानी जोखिममा परिरहेको । जे होस् एक नेपालीको नाताले अलिकति भएपनि योगदान हुन्छ कि भनेर जापान आएदेखि नै ज्ञान र अनुभवका आधारमा थोरै विचार बाँडदैछु। तपाईं पनि यस पेशामा जाँदै हुनुहुन्छ अथवा पहिल्यैदेखि नै यस पेशामा हुनुहुन्छ भने एक पटक विचार गर्न अनुरोध गर्दछु ।
सर्वप्रथम त रेष्टुरेन्ट खोल्नको लागि नै सावधानी अपनाउनु जरुरी छ । तपाईंले रेष्टुरेन्ट खोल्नु अगाडि ध्यान दिनुपर्ने महत्वर्पूण कुरा मध्ये एक हो लगानी । यदि तपाईंले यो सोच्नुभएको छ कि अहिलेको लागि मसँग भएको यो सीमित वजेटले जसोतसो रेष्टुरेन्ट खोल्छु अनि शुरू भै सकेपिछ त व्यापारको पैसा चलाउला नि । अहँ यो तपाईंको अत्यन्त गलत सोचाई हो किनकि व्यवसायमा छिट्टै सफलता अनि नाफा नहुन पनि सक्छ यो कुरा सँधै ध्यान राख्नुहोस् ।तपाईंले कम्तीमा पनि एक वर्षको लागि पुग्ने खर्चको जोहो गर्नुपर्छ नत्र तपाई सक्षम हुँदाहुँदै अनि सम्भावना हुँदाहुँदै पनि तपाईंले यो पेशावाट हात धुनुपर्ने स्थिति नआउला भन्न सकिन्न । जस्तो कि पानी विजुलीको विल तिर्नु पर्यो । ग्याँसको विल तिर्नु पर्यो। पसलको भाडा तिर्नुपर्यो। त्यसपछि विभिन्न खाद्यान्नको विल, विभिन्न प्रकारका ट्याक्सका कुरा आउँछन । तपाईंको कुक लगायतलाई तलब नै दिनुनै पर्ला, विभिन्न भौतिक वस्तुहरु विग्रिराखेका हुन्छन् त्यसलाई मर्मत पनि गर्नै पर्ने हुन्छ । र अन्य विभिन्न भैपरी आउने खर्चहरु पनि हुन्छन् ।
यसरी तपाईंले नसोचेका खर्चहरुले तपाईंलाई विषेश गरेर शुरूवातको समयमा बढी पिरोल्छ र तपाई आफ्नो व्यवसाय स्थापनाको लागि खर्चिनु पर्ने समयभरी टेन्सनका साथ पैसा जम्मा गर्ने उपायहरुमा खर्चिनु पर्ने हुन्छ जसले गर्दा राम्रो हुन सक्ने तपाईको व्यवसाय असफल हुन जान्छ ।
अर्को कुरा रेष्टुरेन्ट खोल्नु आगाडि ध्यान दिनुपर्ने महत्वर्पूण विषय हो स्थान । तपाईंले पसल कस्तो ठाउँमा खोल्दै हुनुहुन्छ ? जापानको सन्दर्भमा भन्नु पर्दा सामान्यतया ट्रेन स्टेशन नजिकको ठाउँलाई राम्रो ठाउँ भन्ने गरिन्छ । यो केहि हदसम्म सही पनि हो तर सबै स्टेशन नजिकका ठाउँहरुमा व्यवसाय चल्छ नै भन्ने पनि हुँदैन । जस्तो कि १. अत्याधिक ट्रेनको आवाज आइरहने ठाउँ, २. कुनै पनि ठूला-ठूला कम्पनीहरु वा तिनका कार्यालयहरु नभएका स्टेशन, ३. सामान्य किनमेल र दैनिक जीवन यापनको लागि पर्याप्त बजारहरु नभएको स्टेशन जस्तै सुपरमार्केट भएको स्टेशन, अन्य रेष्टुरेन्टहरुको माहौल नभएको स्टेशन, विभिन्न गेम सेन्टरहरु नभएको स्टेशन, ४. पारवहन र ट्रान्जिट नभएका स्टेशन अर्थात त्यो स्टेशनबाट कुनै पनि अर्को गन्तव्य नभएको स्टेशन, ५. वाक्लो मानवीय वस्ती पनि नभएको स्टेशन यस्ता स्टेशनहरुमा तपाईंको पसल नचल्न सक्छ. यसको मतलब हो ठीक यसको विपरित ठाउँहरु पसल खोल्नको लागि उपयुक्त हुन्छ ।
यस्तैगरी स्थानको कुरा गर्नु पर्दा यी माथि भनिएको जस्तो हाम्रो पसल अनिवार्य ट्रेन स्टेशन नजिक नै हुनुपर्ने भने होइन । त्यसो भए अन्य कस्तो ठाउँ हाम्रा रेष्टुरेन्टहरुका लागि उपयुक्त हुन्छन त ?
१. क्रयशक्ति बढी भएका मानिसहरुको विचमाः
यहाँ जापानमा जसको स्थायी काम र रोजगारीको स्थायीत्व छ तिनीहरुको क्रयशफ् बढी हुन्छ अर्थात राम्रा र स्थापित कम्पनीहरुमा काम गर्नेर् कमचारीहरु जसको आम्दानी बढी र लगातार अनि भविष्यको लागि कुनै चिन्ता हुँदैन् तिनीहरुलाई एक दिनमा दुइ पटक आफ्नो घरभन्दा बाहिर खानु पर्ने पनि हुन्छ । तिनीहरुलाई लक्षित गरी कम्पनीहरु भित्र जापानिमा खाइस्या भनिन्छ त्यस्ता ठाउँहरुमा खोलिएका रेस्टुरेन्टहरु बढी राम्रो हुन सक्छ ।
२. क्रयशक्ति बढी हुने स्थानमाः
सामान्यतया जब मानिसहरु किनमेलको लागि निस्कन्छन् उनिहरुसँग सुपरमार्केट, डिपार्टमेन्टल स्टोरहरुमा जान्छन र तिनै स्थानहरु रेष्टुरेन्टको लागि उपयुक्त हुन्छन् ।
यस्तै कुनै पनि एक स्थानका बासिन्दा अर्को स्थानका बासिन्दा भन्दा आम्दानी र क्रय शक्तिको हिसावले तल वा माथि हुन्छन् यहाँ जापानमा पनि यो छुट्टएिको हुन्छ । आम्दानी र क्रयशक्ति बढी भएको स्थानमा रेस्टुरेन्ट बढी राम्रो हुन्छ ।
३. ठूला सरकारी कार्यालय, स्कुल, कलेज, सेमिनार-सेन्टर आदी ठाउँहरुको वरिपरीः
यी ठाउँहरूमा पनि रेष्टुरेन्ट राम्रो हुन सक्दछ । तर, यी ठाउँहरु लगायत कम्पनीहरु भित्र खोलिएका रेष्टुरेन्ट प्राय ३ सय ६५ दिनमा १ सय ८२ दिन अधिक ग्राहक आउने र १ सय ८२ दिन ग्रहकको मुख देख्नसम्म मुस्किल पर्ने हुँदा यस्ता ठाउँहरुमा संचालनको हिसाबले सामन्जस्यता नभई गाह्रो हुन्छ । त्यसैले यस्ता ठाउँहरुको मात्रै भर नपर्दा राम्रो हुन्छ ।
यी माथिका कुराहरू वाहेक अर्को विषय हो तपाईंको खानाको गुणस्तर र मूल्य । तपाईंको रेष्टुरेन्टमा एक पटक आएको ग्राहकलाई खाना मीठो लागेन भने पछि तपाईंले जति नै मिठो खाना वनाए पनि उ आउँदैन । उसको कन्सेप्टमा सँधै तपाईंको रेष्टुरेन्टमा खाना नराम्रो नै हुन्छ भन्ने सोच्दछ । अझ उसले यो कुरा उसको केही साथीहरुलाई पनि वताउन सक्छ । यस्तै उसलाई पहिलो पटक आउँदा खाना मीठो लाग्यो तर अर्को पटक आउँदा उसले पहिलेको स्वाद पाएन भने पनि उ पछि नआउन सक्छ । त्यसैले तपाईंको कुकले खाना स्वादिलो र सँधै उही स्वादको बनाउनु जरुरी हुन्छ । स्मरणरहोस् स्वाद खाली करीमा मात्र नभई नान र रोटिमा पनि सधै एकैनासको राख्न तपाईंले आफ्नो कुकलाई सम्पूर्ण खानाहरुको स्ट्यान्ड वाईदेखि रेडी टु इटसम्मको तालीका बनाउन लगाउनुहोस अन्यथा उसको १ दिनको छुट्टीमा पनि तपाईको रेष्टुरेन्टको इमेज विग्रन सक्छ । तपार्इं थोरै पैसा बचाउनको लागि कहिल्यै कमजोर र अनुभव नभएको कुक नराख्नु होला ।
अब तपाईंको पसल खोलिसकेपछि अपनाउनुपर्ने सावधानी बारे चर्चा गरौं ।
१. सफा र स्वस्थ्य वातावरणः कुनै ग्रहक पसलभित्र पस्नासाथ उसलाई यस्तो अनुभव होस् कि – म अत्यन्त सफा खाना पाक्ने ठाउँमा आएको छु । त्यहाँ कहींकतै धुलो या फोहोरका कणहरु पनि नदेखियोस्, भित्तामा कुनै दागहरु नहोस्, मौसम अनुसार सुहाउँदो अनुकुल वातावरण होस् । सकिन्छ भने कुनै मन्द (केवल हो कि भनेर अनुमान मात्र गर्न सक्ने) खानाको बासाना दिने धुप अथवा अन्य केहि प्रयोग हुँदा राम्रो हुन्छ । संगीतको मन्द र गुलन्द आवाज ग्राहकहरुलाई आनन्द लाग्न सक्छ । नेपाली र हिन्दी गीतहरु बजाई राख्नु भन्दा पनि मीठो धुन (सुर-सुधाको भए राम्रो) बजाउँदा राम्रो होला । हाम्रा नेपाली पसलहरुमा ध्वनी प्रदुषण बढी नै हुने गर्दछ ।
२. अत्यन्त मीठो शैलीमा मुस्कुराउनुहोस् जसले गर्दा ग्रहकहरुलाई सजिलो हुनेछ । तर वनावटी नदेखियोस् र मौसम अनुसार सुहाउँदो टावल र पेय पदार्थ लियर जानुहोस् ग्राहकहरु प्राय यो काम हलमा काम गर्ने यौवन लेडीहरुबाट अपेक्षा गर्दछन् । त्यो ठाउँ सुरक्षित भएको पनि महशुस गर्दछन् । त्यसैले हलमा काम गर्ने एक जना वेटर लेडी भएमा राम्रो हुन्छ । तपाईं वरिपरी हिंड्दा ग्रहकसँग आँखा जुध्यो भने मुस्कुराउन नर्बिसनुहोस् । तपाईं हल्का शीर निहुराएर पनि ग्रहकलाई सहजता प्रस्तुत गर्न सक्नुहुन्छ ।
३. अर्डर लिंदा कत्ति हतार नर्गनुहोस् जसले गर्दा ग्राहक अल्मलिन सक्छ र थोरै मात्रा अर्डर गर्न सक्छन् । यदि डिनरको समय हो भने पहिले ड्रिङ्क र ओतोशि (जापानिमा) दिनुहोस् र विस्तारै एक-एक गरेर अरु खानाहरु दिनुहोस् । उसको चाहना तपाईंसँग कुरा गर्ने छ भने तपाईं कुरा गर्न सक्नुहुन्छ तर उ किताब पढ्दैछ, मोबाइलमा व्यस्त छ अर्थात उसको साथीसँग कुरा गर्नमा व्यस्त छ भने तपाई डिर्सर्टब नर्गनुहोस् ।
४. तपाईंको सर्भिस् जति सक्दो नम्र र नरम हुनुपर्दछ लन्चमा नसके पनि डिनरमा वसेर अर्डर लिनुहोस् । तपाईं वरपर हिंडदा सभ्य हुनु, बोल्दा आवाज सानो स्वारमा बोल्नु र टाढाबाट पनि ख्याल गर्नुहोला कि उसलाई के चाहिएको छ जस्तै पानी, हात पुछ्ने रुमाल, अनि उसको टेवलमा खाली भएका भाडाहरु, विभिन्न कुराहरु, यस्ता कुराहरु ग्राहकले भन्नुभन्दा पहिले नै आफैले गर्दा राम्रो हुन्छ तर ग्राहकहरुलाई जति सक्यो त्यति नै लामो समय राख्नु होला किनकी जापानिजहरु आफुलाई भन्दा अरुलाई विश्वास गर्दछन् । अन्य ग्राहकहरुलाई देख्दा उनीहरुमा तपाईंको पसल प्रति विश्वास वढ्दछ ।
५. सँधै अनुशासित हुनुहोस् । ग्राहकहरु भएको समय तपाईं एक आपसमा खासखुस नगर्नुहोस् । आवश्यक कुरा भएमा जापानिजमा गर्नुहोस् । यदि सक्नुहुन्न भने जापानीजमा सुमिमासेन मात्र भनेर आवश्यक कुरा प्रष्ट सोध्नुहोस्, तपाईं मालिक हुनुहुन्छ भने सकेसम्म ग्राहकहरुलाई यो कुरा नभन्नुहोस् । काम गर्ने सबै स्टाफहरुलाई समान व्यवहार गर्नुहोस् । काममा आफु पनि संवेदनशील हुनुहोस् र समस्या पर्दा नडराउनुहोस् । झुटो नवोल्नुहोस्, सँधै माफी माग्नुहोस्, खासगरी ग्राहकसँग, यदि पसलमा मालिक छैन भने प्रायः पसलमा लापरवाही शुरु भैहाल्छ यसले हानी तपाईंलाई नै गर्दछ । किनकी तपाईंलाई तपाईंको तलव तपाईंको मालिकले नै दिने होइन कि ग्राहकले दिने हो । त्यसैगरी जति धेरै राम्रो ब्यपार भयो त्यति नै तपाईंको तलव वृद्धि हुनेछ । मेहनेतका साथ काम गर्नु तपाईंको दायित्व हो । मालिकले याद राख्नु पर्ने एउटा कुरा सन्तुष्ट कामदारले मात्र राम्रो काम गर्न सक्छन् । जब तपाईंले उचित अनि ठीक समयमा पारिश्रमिक दिनुहुन्छ तब कामदारले तपाईंले भनेको मान्दछन्, ग्राहकलाई छलेर चुरोट खाने, खैनी मोल्ने, फोनमा कुरा गर्ने, नाक कोट्याउने, नङ काट्ने जस्ता कुराहरु नर्गनुहोला । आवश्यक पर्दा प्राइभेट रुममा गएर गर्नुहोला ।
६. सकेसम्म तपाई मौसम या आफ्नो प्राइभेट कामको कारणले कहिल्यै पसल बन्द नगर्नुहोस् । किनकी तपाईंको पसलमा नै भनेर टाढावाट ग्राहक आएका हुन सक्छन् । एक पटक फर्किएका ग्राहक फेरि कहिल्यै नआउन सक्छन् । त्यस्तै पसल खुल्ने र वन्द हुने समय सकेसम्म परिवर्तन नगर्नुहोला ।
खासगरी यी माथिका कुराहरु ध्यानमा राखेर रेष्टुरेन्ट खोलियो भने राम्रो गर्न सकिन्छ । हुनत लामो समयसम्म रेष्टुरेन्ट व्यवसाय राम्रो गरिराख्ने मुख्य आधार खाना नै हो । त्यसैले हामीले खानालाई कसरी स्वादिलो र स्वास्थ्य वनाउने भन्ने बारेमा अध्यायन गरिरहनु पर्दछ । आज खाना खाएर गएको ग्राहकलाई यदि सामान्य पनि खानाको कारण स्वास्थ्यमा खरावी भयो भने उ त्यहाँ जिन्दगीभर आउँदैन । त्यति मात्र होइन प्रथम पटक हाम्रो खाना खाएको छ भने अन्य नेपाली पसलहरुमा पनि उ नजान सक्छ । कुनै जापानिज सँधैभरी एकै नासको खाना खाईरहन चहँदैन त्यसैले तपाईको कुकलाई केही जापानिज खानाको साथसाथै अन्य विभिन्न खानाहरुको पनि ज्ञान भयो भने ग्राहकलाई वाँधेर राख्न सजिलो हुन्छ । त्यसो त तपाईंलाई आफ्नो कामप्रति लगाव भयो भने यो खासै गाह्रो छैन तपाईंले इन्टरनेटको मद्दतवाट संसारको जुनसुकै खाना पनि बनाउन सक्नुहुन्छ । कहिलेकाहीं उचित र आरामदायी सिट नहुँदा, राम्रो पार्किङ्ग नहुँदा, अनि सजिलो र सफा शौचालयको व्यवस्था नहुँदा पनि ग्राहकहरु नआईदिन सक्छन् । तपाईंले तुरुन्त आफ्नो कमजोरी पत्ता लगाई सुधार गर्नु पर्दछ । कतिपयले सोचिरहेको हुनुहुन्छ कि यतिका चिराशी वाँडियो तर पनि ग्राहक आउँदैनन् । चिराशी जसले पनि बाँड्छ, तपाईं केही नौलो कुरा गर्नुस् । यो तपाईंको गलत सोचाई हो कि चिराशी बाँडदैमा ग्राहक आउँछन भन्ने । ग्राहक आउनको लागि खाना, वातावरण र सेवा यी तीन चिज राम्रो चाहिन्छ र तपाईंले वेच्ने भनेको पनि यी तीन वटै चिजको प्याकेज हो न कि खाना मात्रै । यो पंक्तिकारलाई लाग्दछ कि यी सबै कुराहरुमा ध्यान दिईयो भने जापानमा मात्र नभई जहाँ पनि रेष्टुरेन्ट व्यवसाय राम्रो हुन सक्दछ ।
(लेखक शप शारामा आवद्ध हुनुहुन्छ)